• १२ माघ २०८२, सोमबार

धादिङमा माटोको ढिस्कोले पुरिएर घाइते दुई जनाको उद्धार

blog

धादिङमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएकाको उद्धार गरिँदै । तस्बिर : नेपाली सेना

धादिङ, माघ ११ गते । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको सकुशल उद्धार गरिएको छ ।

सोमबार बिहान भएको उक्त घटनामा पुरिएका दुवै जनालाई नेपाली सेनाको गजुरीस्थित भैरवदल गणको टोलीले अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा उद्धार गरेको हो । उद्धारपछि घाइते दुवै जनालाई थप उपचारका लागि मलेखुस्थित टिचिङ हस्पिटल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।