• १९ असार २०८२, बिहिबार

एसिसी यु–१६ कप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी सिङ्गापुर

blog

नेपाली खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, असार १९ गते । साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेभएको छ ।

बिहीबार भएको अर्को सेमिफाइनल खेलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यसअघि बिहीबारनै भएको सेमि फाइनल खेलमा नेपालले नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको थियो । 

जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४–४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । फाइनल खेल असार २१ हुने छ ।