१. राष्ट्रिय चलचित्र अवार्ड २०८२ मा उत्कृष्ट चलचित्र घोषित हुन सफल चलचित्र कुन हो ?
शाम्बाला
२. पर्यटन नीति–२०८२ कहिले सार्वजनिक गरिएको हो ?
विसं २०८२ साउन १२
नीतिका विशेषता
– गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास गर्ने ।
– दिगो र उत्थानशील पर्यटन विकास गर्ने ।
– पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार गर्ने ।
– डिजिटल प्रविधि र एआई प्रयोग गरी प्रचारप्रसार गर्ने ।
– दिगो र वातावरणमैत्री पर्यटन पूर्वाधारमा जोड दिने ।
– ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ लागु गर्ने ।
– पाठ्यक्रममा पर्यटन समावेश गर्ने ।
३. हाल (आव २०८१/८२ को अन्त्यसम्म) नेपालको सार्वजनिक ऋण कति पुगेको छ ?
रु. २६ खर्ब ६९ अर्ब ५७ करोड
– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४३.७१ प्रतिशत पुगेको ।
– सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत रहेको ।
४. नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति रहेको छ ?
९०१
– विसं २०८२ साउनमा साइबेरियाली राजपुत्रिका (साइबेरियन स्यान्ड प्लोभर) नामक चरा फेला परेसँगै चरा प्रजातिको सङ्ख्या ९०१ पुगेको ।
– यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रूपमा पाइन्छ ।
५. बङ्गलादेशको ढाका नजिकै एक विद्यालय परिसरमा वायु सेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो ?
सन् २०२५ जुलाई २१ मा
– वायु सेनाको एफ–७ विमान विद्यालय परिसरमा दुर्घटनाग्रस्त भएको ।
– विमान माइलस्टोन स्कुल तथा कलेजको परिसरमा खस्न पुगेको थियो ।
– उक्त विमान दुर्घटनामा १९ जनाको ज्यान जानुको साथै १६४ जना घाइते भएका । ज्यान गुमाउनेमा अधिकांश विद्यार्थी रहेका ।
– दुर्घटनापछि बङ्गलादेश सरकारले राष्ट्रिय शोक घोषणा गरेको ।
६. ‘मिडिया लिडर अफ द इयर अवार्ड,’ २०२५ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
मनोज बस्नेत (अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक)
– अमेरिकाको प्रतिष्ठित कम्पनी ‘बाइस्ट्रिम्स्’ एलएलसीले बस्नेतलाई सो अवार्डबाट सम्मानित गरेको ।
– ‘बाइस्ट्रिम्स्’ ले हरेक वर्ष संसारभरका मिडियाका प्रभावशाली व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने गरेको ।
७. सन् २०२५ जुलाईमा प्रकाशित रिपोर्ट अनुसार हाल विश्वको सर्वाधिक धनी कम्पनी कुन रहेको छ ?
एनभिडिया कर्प
– एनभिडिया कर्प विश्वमै पहिलो पटक ४० खर्ब डलर बजार पुँजीकरण भएको कम्पनी बनेको ।
– एनभिडिया एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो ।
– यो कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट र कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकास गर्छ ।
– एप्पल र माइक्रोसफ्ट जस्ता ठुला टेक कम्पनीलाई समेत पछाडि पार्दै एनभिडियाले यो उपलब्धि प्राप्त गरेको ।
– एनभिडिया सन् १९९३ मा क्यालिफोर्नियामा स्थापना भएको थियो ।
८. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
भीमशमशेर
९. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?
विसं २०६४
१०. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
सुवानन्द दास
११. सिमबायोटिक लिङ्क भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई वुझिन्छ ?
इन्डो–प्यासिफिक क्षेत्र
१२. नेपालका प्रथम ग्य्राजुयट सिभिल इन्जिनियर को हुन् ?
डिल्लीजङ्ग थापा
– हेटौँडा–काठमाडौँ रोप वे, विसं १९९० को भूकम्पमा भत्केको धरहरा र घण्टाघरको पुनर्निर्माण, डिल्लीबजार चारखाल अड्डा, जनकपुर–जयनगर रेलवे, भूकम्पमा भत्केको शीतल निवासको पुनर्निर्माणलगायतका भवन÷मार्ग आदिको निर्माण डिजाइनमा यिनको भूमिका रहेको । यिनकै नामबाट काठमाडौँस्थित डिल्लीबजारको नामकरण गरिएको ।
१३. नेपालको स्विट्जरल्यान्ड भनी चिनिने ठाउँ कुन हो ?
जिरी, दोलखा
१४. मधेश प्रदेश सरकारले नागरिक घरधुरी बिमा कहिलेदेखि सुरु गरेको हो ?
विसं २०८२ साउन १
– आमनागरिक र सीमान्तकृत वर्गलाई प्राकृतिक विपत्, दुर्घटना तथा आकस्मिक मृत्यु जस्ता घटनाबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको ।
– धरधुरी बिमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधीहुरी र अन्य आपत्कालीन घटनामा हुने क्षतिको क्षतिपूर्ति दिइने । नागरिक बिमा १० लाखसम्म र घरधुरी बिमा पाँच लाख रुपियाँसम्मको गरिएको ।
– नागरिक बिमा अन्तर्गत आकस्मिक मृत्यु, शारीरिक अपाङ्गता, दुर्घटनाजन्य घाइतेसम्म समेटिएको ।
– बिमा दाबीका लागि साक्षीसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय पालिकाको सिफारिस र प्रदेशको नागरिक भएको प्रमाण आवश्यक पर्ने ।
१५. युइएफए वुमन्स् युरो २०२५ को उपाधि कसले जित्यो ?
इङ्ग्ल्यान्ड (उपविजेता : स्पेन)
– सन् २०२५ जुलाइमा सम्पन्न प्रतियोगितामा स्पेनलाई टाइब्रेकरमा ३–१ ले हराउँदै इङ्ग्ल्यान्डले लगातार दोस्रो पटक उपाधि हात पारेको ।
– निर्धारित १० मिनेट र अतिरिक्त समयमा दुवै पक्षबाट १–१ को बराबरी नतिजापश्चात खेल टाइब्रेकरमा पुगेको थियो ।
१६. नेपालको वर्तमान संविधान अनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ ?
राज्यशक्ति
१७. प्रसिद्ध भाजु पोखरी कहाँ रहेको छ ?
भक्तपुर (१२ औँ शताब्दीमा निर्माण भएको ।)
१८. विश्व बाघ दिवस कहिले मनाइन्छ ?
जुलाई २९
– पाटेबाघ संरक्षणको महìवबारे जनचेतना पैmलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा यो दिवस मनाउने गरिएको ।
– सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित
अन्तर्राष्ट्रिय बाघ मञ्चले यससम्बन्धी घोषणा गरेको ।
– पाटेबाघ विश्वका १३ देशमा पाइन्छ ।
१९. देशमा पहिलो पटक साइबर सुरक्षासम्बन्धी नीति कहिले पारित गरिएको हो ?
विसं २०८० साउन २३
– सञ्चार प्रविधिको सुरक्षाका लागि संस्थागत संरचना बनाउने, साइबर सुरक्षासम्बन्धी जनशक्ति उत्पादन क्षमता विकास गर्ने, साइबर सुरक्षाको विषयमा जनचेतना अभिवृद्धि गर्नेलगायतका उद्देश्य नीतिको रहेको ।
– साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, रोकथाम, पहिचान, प्रतिक्रिया तथा पुनर्लाभ गर्न सातै दिन २४ सै घण्टा सम्पर्क निकायको रूपमा कार्य गर्न, डिजिटल फरेन्सिकको अनुसन्धान गर्न तथा साइबर सुरक्षासँग सम्बन्धित, निकायको नियमनकारी निकायका रूपमा समेत कार्य गर्ने गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनासम्बन्धी कुरा
नीतिमा रहेको ।
२०. प्रसिद्ध धार्मिक स्थल बडीकेदार कहाँ रहेको छ ?
डोटी
२१. कर्णाली प्रदेश सरकारले घर बिमा कार्यक्रम कहिलेदेखि सुरु गरेको हो ?
विसं २०८२ साउन १२
– कर्णाली प्रदेश विपत्को उच्च जोखिममा रहेको र प्राकृतिक विपत्लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न कर्णाली प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटमा घर बिमा कार्यक्रम ल्याइएको थियो । सोही कार्यक्रम अन्तर्गत प्रदेश सरकारले घर बिमा कार्यक्रम सुरु गरेको ।
– यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ वटा स्थानीय तहका २१३ वडामा १६ हजार घर बिमा गरिएको ।
प्रस्तुतकर्ता : टङ्क केसी