काठमाडौँ, असार १४ गते । भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं. ५ मा स्थायी बसोवास गर्दै आउनु भएका प्रतिनिधि सभाका सदस्य दुर्लभ थापा क्षेत्री वि.सं. २०४४ देखि राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । नेता थापा बुवा रामबहादुर थापा क्षेत्री र आमा अम्बिका थापाबाट २०२५ भदौ २३ गते जन्मनुभएको हो ।
नेपालमा भएका आन्दोलनमा भक्तपुरबाट नेतृत्व गर्दै आउनुभएका नेता थापा नेपाली कांग्रेसको भक्तपुर जिल्ला सभापति हुनुहुन्छ । जिल्ला सभापति भएको यो दोस्रो अवधि हो । नेपाल कमर्श क्याम्पसमा नेविसङ्घबाट राजनीति प्रारम्भ गर्नुभएका थापाले २०७९ को प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा निर्वाचित हुनुभएको हो ।
कटुञ्जे लिफ्ट घट्टेखोलाका संस्थापक उपाध्यक्ष रहेर कटुञ्जेवासीलाई पानीको हाहाकारबाट मुक्त गरेको भनाइ उहाँको छ । २०१५ को निर्वाचनमा पनि भक्तपुरबाट कांग्रेस विजयी भएको इतिहास औँल्याउँदै उहाँले विकासका लागि निरन्तर लागेको दाबी गर्नुभयो ।
भक्तपुरको खानेपानी, ढल निकास, सडक, बिजुली बत्ती, विद्यालय भवन निर्माणदेखि धार्मिक तथा पुरातात्विक विकास गरेको दाबी गर्नुहुने नेता थापा अरुले जस्तो आफूले ‘स्टन्टबाजी’ नगरेको बताउनु हुन्छ ।
प्रस्तुत छ– भक्तपुर नेपाली कांग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीसँग उहाँले संसदमा खेलेको भूमिका, भक्तपुरको विकासमा पुर्याएको योगदानलगायतका विषयमा पत्रकार नारद गौतम, मनोज रत्न शाही र केशब गुरुङले गरेको भिडियो संवाद :