- न्यायपालिकामा स्वच्छ छवि, निडर निर्णय र भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताका लागि परिचित उहाँलाई इमानदार, निष्पक्ष र साहसी नेतृत्वकर्ता मानिन्छ।
काठमाडौँ, भदौ २७ गते । नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की २०८२ भदौ २७ गते नेपालको नयाँ प्रधानमन्त्री बन्नु भएको छ। भदौ २३ बाट चर्किएको सरकारविरोधी ‘जेनजी आन्दोलन’का बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि विभिन्न दलको सहमति अनुसार उहाँलाई सरकार प्रमुखको रूपमा अघि सारिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार उहाँले प्रधानमन्त्री पदको शपथ लिनुभयो । नेपालको पहिलो महिला प्रधानन्यायाधीशको हैसियतमा कार्की २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म सर्वोच्च अदालतको नेतृत्व गरिसक्नु भएको छ। न्यायपालिकामा स्वच्छ छवि, निडर निर्णय र भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताका लागि परिचित उहाँलाई इमानदार, निष्पक्ष र साहसी नेतृत्वकर्ता मानिनुहुन्छ ।
उहाँको कार्यकालमा ऐतिहासिक महत्त्वका फैसला भएका थिए । आमाको नामबाट नागरिकता लिन पाइने आदेश, उच्चस्तरीय नेताविरुद्धको भ्रष्टाचार मुद्दामा कठोर निर्णय, तत्कालीन सांसद मोहम्मद अफताब आलमको इँटाभट्टा हत्या प्रकरणमा अनुसन्धान अघि बढाउने आदेश लगायतका निर्णयले उहाँलाई न्यायपालिकामा दृढसंकल्पी नेतृका रूपमा चिनायो।
कार्कीमाथि सत्तापक्षीय दलले महाभियोग प्रस्ताव ल्याए पनि त्यसलाई जनसमर्थनले निष्प्रभावी बनाइदियो। त्यसपछि न्यायपालिकाको स्वतन्त्रता पुनर्स्थापित गर्ने प्रमुख व्यक्तित्वको रूपमा उहाँको पहिचान झनै मजबुत भएको हो।
कार्कीलाई नजिकबाट चिन्नु हुने विराटनगरका भरत आचार्य भन्नुहुन्छ, ‘‘उहाँ र उहाँको परिवार नै प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन सरिक रहेको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भयो र २०३४ सालमा विराटनगरमा आयोजित कार्यक्रममा बीपी कोइराला, ऋषिकेश शाहसँग मैले पहिलो पटक उहाँ सुशीला कार्कीलाई देखेको थिएँ । उहाँको जीवन आदर्शमय रहेको छ ।’’
विराटनगरकै उषा पोखरेलका अनुसार, सुशीला कार्की विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । कार्कीको जीवन सरल र स्वच्छ छविको रहेको भनाइ पोखरेलको छ ।
व्यक्तिगत जीवन र शिक्षा
२००९ जेठ २५ मा जन्मनुभएकी कार्की पिताको सात सन्तानमध्ये जेठी हुनुहुन्छ। विराटनगरमा किसान परिवारमा हुर्कनु भएकी उहाँ बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत रहँदा कांग्रेसका नेता दुर्गाप्रसाद सुवेदीसँग वैवाहिक जीवनमा बाँधिनु भयो। विराटनगरका पुराना बासिन्दा डिल्लीबहादुर कार्कीका सात सन्तानमध्ये सुशीला जेठी छोरी हुनुहुन्छ । उहाँका चार बहिनी र दुई भाइ छन् ।
विराटनगरको जनता माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिनु भएकी कार्कीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट २०२८ सालमा स्नातक उत्तीर्ण गर्नुभयो । त्यसपछि बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभयो । त्यस्तै, नेपाल ल क्याम्पसबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गर्नुभएकी कार्कीले २०३६ सालदेखि धरानस्थित तत्कालीन जिल्ला अदालत सुनसरीबाट कानुन व्यवसाय सुरु गर्नुभएको हो ।
व्यावसायिक जीवन
विराटनगरको जनता माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिनुभएकी कार्कीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट २०२८ सालमा स्नातक उत्तीर्ण गर्नुभयो । नेपाल ल क्याम्पसबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गर्नुभएकी कार्कीले २०३६ सालदेखि धरानस्थित तत्कालीन जिल्ला अदालत सुनसरीबाट कानुन व्यावसाय सुरु गर्नु भएको हो । त्यसपछि बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभयो ।
न्याय क्षेत्रमा सक्रिय रहँदै उहाँले आत्मकथा ‘न्याय’ (२०७५) र उपन्यास ‘कारा’ (२०७६) प्रकाशन गर्नुभएको छ।
प्रधानमन्त्रीको रूपमा नयाँ यात्रा
आज शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएसँगै कार्कीले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज एक्लै शपथ लिनुभएको छ । मन्त्रिपरिषदको बाँकी संरचना सार्वजनिक हुन बाँकी छ भने कर्फ्युबीच सुरक्षा निकायका प्रमुख र विशिष्ट श्रेणीका कर्मचारी, राजनीतिज्ञकाे उपस्थितिमा शीतल निवासमा शपथ भएको हो ।
नेपाल ल क्याम्पसबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गर्नुभएकी कार्कीले २०३६ सालदेखि धरानस्थित तत्कालीन जिल्ला अदालत सुनसरीबाट कानुन व्यावसाय सुरु गर्नुभएको हो । विराटनगरका पुराना बासिन्दा डिल्लीबहादुर कार्कीका सात सन्तानमध्ये सुशीला जेठी छोरी हुनुहुन्छ । उहाँका चार बहिनी र दुई भाइ छन् ।
युवा पुस्ताको आन्दोलनको जगमा सत्तारोहण
विसं. २०८२ भदौ २३ गते नवयुवाको समूह (जेनजी) को आह्वानमा नयाँ वानेश्वरमा हजारौंको प्रदर्शन भएको थियो । सो प्रदर्शनमा घुसपैठ भएपछि प्रदर्शनकारीले निषेधज्ञा तोड्दै नयाँबानेश्वमा रहेको संघीय संसद भवनभित्र प्रवेश गरेपछि सुरक्षाकर्मीको गोली प्रहारबाट त्यही दिन १७ जनाको ज्यान गएको थियो । त्यसको विरुद्धमा भदौ २४ गते काठमाडौँमा सुरु भएको प्रदर्शन देशव्यापी भयो र हिंसात्मक बन्न पुग्यो ।
नेपालका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मूल भवनहरू खरानी बने। सिंहदरबारदेखि संसद भवन, बबरमहलदेखि सर्वोच्च अदालत, राष्ट्रका धरोहर खरानीमा बदलिए । काठमाडौं उपत्यका— इतिहासमै पहिलो पटक मुलुकका सबैभन्दा महत्वपूर्ण सरकारी भवनरू एकैसाथ आगजनी र लुटपाटको चपेटामा परे ।
एकै दिनको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो र नयाँ राजनीतिक परिस्थिति सिर्जना भयो । यही जगमा न्यायमूर्ति सुशीला कार्कीको सत्तारोहण सुरु भएको छ । अनगिन्ती चुनौतीका माझ सत्ता सम्हाल्ने कार्की नेता जन्माउने शहर विराट नगरको हुनुहुन्छ ।
विराटनगरले रच्यो नयाँ इतिहास
राजनीतिक चेतनाको उर्बर भूमि विराटनगरले बेला–बेलामा नयाँ राजनीतिक इतिहास रच्दै आएको छ । २००७ सालको क्रान्तिपछि नेपालको पहिलो नागरिक प्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुनुभयो । त्यति मात्र होइन नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला पनि विराटनगरकै हुनुहुन्थ्यो ।
त्यसैगरी, पञ्चायतको अवधिमा प्रधानमन्त्री हुनुभएका नगेन्द्रप्रसाद रिजाल पनि विराटनगरबासी नै हुनुहुन्थ्यो । २०३० सालमा सिंहदरबार जलेपछि कीर्तिनिधि विष्टले राजीनामा दिएपछि रिजाल प्रधानमन्त्री बन्नुभएको थियो । जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो ।
त्यति मात्र होइन २०५२ सालमा नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मोहनमोहन अधिकारी पनि विराटनगरकै हुनुहुन्थ्यो । हो, त्यही राजनीतिज्ञ जन्माउने भूमिमै सुशीला कार्कीको जन्म भएको हो ।