• १९ असार २०८२, बिहिबार

एन्फा यु–१६ युथ लिग : उद्घाटन खेलमा मनाङ र श्री भगवती भिड्ने

blog

काठमाडौँ, असार १९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु१६ युथ लिग हुने भएको छ ।

एन्फा मैदान सातदोबाटोमा  हुने लिगमा ए डिभिजनका १४ वटै क्लबको सहभागिता रहने छ । उद्घाटन खेलमा मनाङ मर्स्याङदी र श्री भगवती क्लबबिच प्रतिस्पर्धा हुने छ ।

लिगको सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइयो ।  लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीर अनुशासित टोलीलाई १५, १५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

सहभागी टोलीलाई एन्फाले तयारी खर्च स्वरूप तीन लाख ५० हजार रुपियाँ उपलब्ध गराउने छ । लिगको बजेट एक करोड दुई लाख रुपियाँ रहेको छ ।