• १९ असार २०८२, बिहिबार

करेन्ट लागेर एकको मृत्यु

blog

प्रवीणकुमार शर्मा  

चन्द्रपुर (रौतहट), असार १९ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका-२, शीतलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ८ बजेको समयमा ३० वर्षीया रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा  बिहान ७ बजेर १५ मिनेटमा मोटरबाट करेन्ट करेन्ट लागेर घाइते भएका सोनारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो । 

घाइते सोनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रायले बताउनुभयो ।