• २० असार २०८२, शुक्रबार

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटनमन्त्री चौधरी पदमुक्त

blog

पदमुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी

अविनाश चौधरी

धनगढी, असार १९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ । 

मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई आज पद्मुक्त गरेर मन्त्रालयको जिम्मेवारी आफैले लिनु भएको हो । 

मन्त्री चौधरीसँग काम गर्न असहज भएको भन्दै केही दिन अगाडि नै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो । तर, चौधरीले आफूले कुनै पनि गल्ती नगरेको भन्दै राजीनामा दिन अस्वीकार गर्दै आउनु भएको थियो । 

चौधरीलाई आज पद्मुक्त गरिएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।