भञ्ज्याङमाथि भट्टेडाँडा
आहा कति रमाइलो दिन आज खुसीको । प्रकृतिलाई आँखामा भेटेको । आज दिनभरि प्रकृतिमै विलीन भई बिताउने योजना बुनेको । प्रकृतिसँग सन्निकटताको अनुभव गर्न हतारिएको । प्रकृतिको मीठो मुस्कानको स्वागतमा पाहुना बनेर प्रकृतिकै पाखाखेरासम्म चहार्न उत्सुक बनेको । भीर, झोर, झाडी, कुनाकाप्चा, घुम्ती, कुइनेटा आदि सबै छिचोलेर प्रकृतिमै सुन्दरताको रस चाख्ने धोको धेरै पहिलेको । स्थानीयपन र पहिचानको रसास्वादन गरी चखिलो मिठासको आभासमा हराउने लालसा ।
बेड नम्बर पाँच (निबन्ध)
‘बेड नम्बर पाँचको को हुनुहुन्छ ?’ अचानक यो आवाज सुनेर हामी त्यहा“ कुरुवा बसिरहेका तीन जना झसङ्ग भएका थियौँ । हाम्रा वरिपरि कुनै बेन्च थिएन, भएका बेन्चहरूमा पनि अरू बिरामीका कुरुवाले पहिले नै कब्जा जमाइसकेका थिए । पर्याप्त ठाउँ पनि त थिएन । त्यसैले गर्दा हामी कुर्सीमा टेक लगाएर उ“घिरहेका थियौँ । शनिबार रातिको ११ बज्नलाग्दो प्रहर थियो । अचानक बिहानैदेखि सुरु भएको आकासेझरी कहिले दर्किने र कहिले झर्किने गरे पनि थामिन मानिरहेको थिएन । यस्तैमा वीर अस्पतालको नया“ आईसीयू कक्षको प्रवेशद्वार खुलेको थियो र वातावरणमा नारी स्वर गुन्जेर हामीलाई झसङ्ग पारेको थियो ।
घाटखोला भएर घोडादाउन्या
मुखैभरि माखैमाखा ! राति नि झिङा भन्केर मुखमा बस्थे । मुख छोपे सास फेर्न गाह्रो हुने– नछोपे मुखमा माखा बसेर हैरान । कत्ति गरे नि म सुत्नै सकिनँ । बिहान चैनपुरबाट आइपुगेथ्यौँ । दिउँसोबाट सुरु भएको धर्म, संस्कृति र कलाको सङ्गम चम्किरह्यो अबेर साँझसम्म । देउडाका चाल नरले नि चाले, नारीले चलाए । ती सुरिला, स्वादिला र सुनिरहँ लाग्ने देउडामा घण्टौँ नाचेँ मै पनि ।
तिमी आऊ,तिमी नआऊ
तिमी नआऊ, होस् तिमी नआऊ यस्तरी पुज्न मलाई, बुझ्न मलाई पूmलहरू चुँड्दै, मुठ्याउँदै श्रद्धा चढाउन होस् नआऊ मलाई । आउँदा दियो र सलाई बोकेर आउँछौ र सलाई कोरेर दियो बालेर मलाई हेर्छौ
अनुबद्ध युवा तिमी
वासना मत्त आवेग कामना तीव्र वेदना अनुशासनको मृत्यु कामकेलि विडम्बना पराग यौन तृष्णा हो पिई कैल्यै नरित्तिने चेतना हो युवाशक्ति पालुवाझैँ नओइलिने
समाचारको धुलो
मस्तिष्क भोजको राजकीय थालीमा सुन्दर मासुका टुक्राहरू राजनीतिको लुतो कन्याइरहेकाहरू परमानन्द ब्रेकफास्टमा
म जुम्ली (कविता)
हो, म जुम्ली हुँ म जुम्लाको नागरिक म जुम्ली हुनुको गर्व म जुम्ली हुनुको स्वाभिमान सगरमाथाभन्दा अग्लो लाग्छ मलाई
ऊ शहीद भयो (कविता)
हटेन ऊ कैले पछि, अन्तिम दमतक लडिरह्यो जबसम्मन पुग्दैनथ्यो, मोर्चातिर बडिरह्यो पढ्नुपर्छ हामीले त्यो, इतिहासका पानाहरू देख्छौ तब कसोगरी, उसले शिखर चढिरह्यो
अन्तिम उज्यालो जस्तो
घाम पोखिएर आकाशको झ्यालबाट बजिरहेका छन् बिहानीका प्रभाती बाँसुरीहरू, छर्लङ्ग देखिन थाल्यो उज्यालो प्रेमको गहिराइहरूमा नीलो भएका
नदीको आत्मा त उसको गहिराइमा छ
नदी बगिरहेको देखिन्छ नदी बगिरहेको सुनिन्छ तर नदी लम्बाइ र चौडाइ मात्र होइन न त दौड्ने गति मात्र हो
श्रीमान्
मैले जिन्दगीमा कयौँ पटक सम्झौता तोडेकी छु सम्झौता तोडेको अभियोग लगायोस् । समयसँगै चल्न नसकेर रहरहरूको हत्या गरेकी छु, हत्यारा आरोप पुष्टि गरियोस् ।
म हराएको दिन
मदेखि म हराएको दिन मैले म जस्तै म गुमाएको दिन न ऊ ऊजस्तै रहन सक्यो न म मजस्तै रहेँ ऊ र म मिलेर बनेको सम्बन्धको लहरा पहराबाट छुटेको दिन
बुढो नबनाइदेऊ
मुहारको आभा निस्तेज दृष्टि बिस्तारै धूमिल छ । प्रश्नै–प्रश्नका धर्सा छन् सायद ती गालाका चाउरीमा निको होला भन्दा बल्झिँदैछ
गीत
झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन, छनछन चुरा छिनछन बज्दा कायल मन भो झनझन । फनफन चङ्गा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो, मनमन शङ्गा–बादल लाग्दा दिल रञ्जन भो झनझन ।
ओ शैलराज !
नियालेको छु तिमीलाई कहिले समीप त कहिले दूरबाट धेरै वर्षदेखि सबै यामहरूमा ए शैलचुली ! म तिमीसँगै बात मारिरहेको छु ।
शकुन्तला
ओ शकुन्तला ! तिम्रो बोल्ने रूपमा सुन्दरता कोरिन्छ जब चरित्र झल्किन्छ बुट्टा बनेर तिम्रो चित्रमा
तिमी....
के भनौँ तिमीलाई कल्पना वा यथार्थ ? कल्पना भनौँ त यथार्थमा छौ यथार्थ भनौँ त कल्पनामै छौ त्यसोभए मेरो यथार्थ नै काल्पनिक हो त ?
राम्रो
जस्तै जुनेली नभ हुन्छ राम्रो झुल्के बिहानी पनि हुन्छ राम्रो । सदैव यौटै क्षण हुन्न राम्रो होस् एक त्यस्तै घरबार हाम्रो ।। १ ।।
केही छोटा कविता
१. परिवर्तन कसैको आँशु मोती हुन्छ कसैको आँशु पानी हुन्छ कहानी मोतीको आफ्नै कहानी पानीको आफ्नै झिँजा, दाउरा, मूढाको आफ्नै रापतापमै चम्किन्छ जीवन सुन झन झन खारिन्छ
दुई छोटा कविता
१. लोकतन्त्र पहिले पक्की बाटो थिएन मेरो गाउँमा बसाइँ सर्नेहरू हाम्रै गाउँको गोरेटोबाटै सर्थे त्यही गोरेटो भएर रातिराति एक हुल जङ्गली हात्तीहरू हिँड्दा मध्यरातमा कुकुर भुकिरहन्थे
कविता
सुख हो कविता, दुःख हो कविता कविका मनको बह हो कविता । रस मिश्रित भाष्य न हो कविता हुन पद्य र गद्य दुवै कविता ।।
शोक धून
गीत बगेको छैन भुइँमा परेलाभित्र सन्नाटा छ, खडेरीग्रस्त छन् आँखाहरू, बुर्कुसी मार्दै माटो चपाइरहेछन् घोडाहरू
सूर्यलाई सम्बोधन
झुल्कँदै गरेको घामलाई प्रणाम गरेर मेरी आमा भन्ने गर्नुहुन्थ्यो– दिवाकर ! तिमी छौ र म छु तिमी छौ र नै मेरा खसम छन् मेरा छोराछोरीहरू छन्
अचेल
भीडभित्र मान्छे एक्लो छ अचेल कोलाहल भित्र मान्छे सुनसान छ अचेल,