बाँच्नु नै एक मात्र सपना
कोठामा ढल्किरहेको थियो ऊ । के मुड चल्यो, उठ्यो । बाहिर निस्कियो । बरन्डामा श्रमिती कमला देखिइन् । उनी फुटेको कुर्कुच्चालाई रगडी रगडी सफा पार्ने प्रयत्न गर्दै थिइन् । “हैन, बुढेसकालमा तरुनी हुने रहर चलेकै हो त ?” उसले जिस्क्यायो । “आः नकराऊ बूढा... ! बरु पछाडि हेर त साग कत्रो भयो, टिप्नु पर्छ ।”
रिटायर्ड हाकिम (कथा)
आज ऊ रिटायर्ड भएको एकतीसौँ दिन । एक महिनाको यो रिटायर्ड जीवनमा उसले भोग्नु नभोग्नु सबै भोग्यो । पैँतीस वर्षमा नचिनेको मान्छेहरूलाई चिन्यो । आफन्तहरूलाई चिन्यो । नजिकका साथीहरूलाई चिन्यो । सबैभन्दा बढी त उसले आफैँलाई चिन्यो । उसले जीवनमा सबैभन्दा नचिनेको र नबुझेको आफैँलाई रहेछ । आफूलाई नै नचिनीकन उसको पैँतीस वर्षे सरकारी सेवा कटिसकेको उसलाई पत्तै भएन ।