समालोचनामै साठी वर्ष
वासुदेव त्रिपाठीले कतिलाई पढाउनुभयो सायदै लेखाजोखा होला ? एउटै वासुदेव त्रिपाठीलाई पढाउने चाहिँ धेरै भए । उहाँले कीर्तिपुरमै स्थिर भएर चालिस वर्ष पढाउँदा विद्यार्थीको
किर्नो (कथा)
स्वभावैले जवानीमा उनी निर्बल थिएनन् । हट्टाकट्टा, बलियाबाङ्गा थिए । जिउलाबाट एकै खेपमा दुई मुरी धान ओसार्थे । चार जनाले बोक्ने घाँसदाउराको बिटो हुन्थ्यो उनको । ‘काँधमा
सगरमाथा बैसाखी सापटी देऊ (कविता)
रहरलाग्दा हरिया फाँटहरूमा सूर्यको रापले शीतलता दिन नसकेपछि दृश्यबाट एकाएक अ
भरे दिन्छु (कथा)
बिहान भइसकेको थियो । तर ऊ उठेको थिएन । निदाएको पनि थिएन । उसकी श्रीमती उठेर कौसी, बरन्डा, भ-याङ हुँदै आँगनसम्म कुचो लगाउँदै थिई । बाहिर अलि अलि मान्छेको हल्लाखल्ला भने अघिदेखि नै सुरु भइसकेको थियो ।
रहरले मात्र होइन होला (कविता)
रहरले मात्र होइन होला बाध्यतामा छन् अहिले युवायुवती घर छोड्न, देश छो
भनिन्छ नि नजिकको तीर्थ हेला
त्यस्तै भयो कालु पाण्डे पार्क मेरा लागि । बिहान उठेदेखि राति नसुतुन्जेल
म त लालीगुराँस भएँ छु
नवजारको हत्केलाले छोपेको घाम चुहिएर साइबेरिया फेरि तात्न थालेको छ तर मौसमको कुरा के भन्न सकिन्छ र
साहित्यमा सफलता र साधना
दुनियामा सबैभन्दा अपरिभाषित कुनै विषय छ भने त्यो ‘सफलता’ हो । कसले मलाई बताइदिन र बुझाइदिन सक्छ सफलता भनेको के हो ? आज यस वर्ष (२०८१) को लक्ष्मीपूजाको
अबको बाटो
दृश्यसमय: अपराह्नको समय । स्थान: सुकुमवासी बस्ती । धेरैजसो छाप्रो नदीले बगाएको छ । बस्तीको वातावरण मसानघाट जस्तै चकमन्न र भयावह बनेको छ । कता कता मानिसहरू बोलेको, रोएको आवाज आइरहेको छ । बचेका केही छाप्राहरूको नदीतर्फको भाग बगाएको छ । चुनीमाया छाप्रोको अवस्था देखेर रोई रहेकी छे । यत्तिकैमा सामाजिक अभियन्ता आशाकिरण छाप्रोमा आइपुग्छिन् । उनको पछि–पछि एक जना पत्रकार र एक जना ठुलो झोला बोकेको भरिया पनि सँगै छ । पत्रकार छाप्राको दृश्य क्यामेरामा कैद गर्न व्यस्त छ । आशाकिरण: हेर त छाप्राको अवस्था । कुनै कुरा बाँकी नराखी बगाएछ । नरोऊ बहिनी । विपत्का बेला सबैलाई यस्तै हो ।चुनीमाया: (हतारहतार आँशु पुस्दै) नरोएर के गर्ने दिदी । बाढीले केही बाँकी राखेन । आशाकिरण: छाप्रा त आफ्नै हो नि ?चुनीमाया: छाप्राको मालिक त अरू नै छ । हामी त यहाँ भाडा तिरेर बस्दै आएका छौँ । आशाकिरण: यो छाप्रा आफ्नो होइन ? (पत्रकारतिर पुलुक्क हेर्छिन् ।)चुनीमाया: (सलको सप्कोले आँशु पुस्दै) होइन नि दिदी । यहाँका धेरै जसो छाप्राहरू भाडाकै त हुन् नि । कति वटाको त नामो निशान छैन ।आशाकिरण: श्रीमान् खोई त ?चुनीमाया: छोरी खोज्न गा’छ ।आशाकिरण: (आश्चर्य मान्दै) किन ? छोरी कता गई ?चुनीमाया: हिजो राति बस्तीमा बाढी पसेपछि हामी लोग्नेस्वास्नी सामान बचाउनतिर लाग्यौ । पछि छोरी खोज्दा छोरी छाप्रोमा थिएन । आशाकिरण: कतै उद्धार टोलीले भेटाएर राखिदिएको हुन सक्छ । शिविरमा बुझ्नु पर्छ । चुनीमाया: मेरी छोरी जीवित छन् कि मरिसकी, बुढो नआई थाहा हुँदैन दिदी । चुनीमाया उसै गरी फेरि सुकसुकाउन थाल्छे । आशाकिरण: छिः के भनेकी त्यस्तो । शुभ शुभ बोल्नु पर्छ । बुवासँगै छोरी फर्केर आउँछे । ढुक्क बस । (भरियाले बोकेको ब्यागबाट एक बोतल पानी, भुजा र दालमोठको एउटा एउटा पाकेट दिँदै) ल, यो समाऊ । म दाताहरूसित तिमीहरूका लागि राहतको अपिल गरौँला । मन बलियो गरेर बस । सब ठिक हुन्छ । अभियन्ता आशाकिरण, पत्रकार र भरिया अर्काे छाप्रातिर जान्छन् । यति नै बेला शमशेर नियास्रो अनुहार पारेर छाप्रोमा फर्केको छ । चुनीमाया ः (लोग्नेलाई एक्लै देखेपछि) ल, खै त छोरी ? भेटेनौ ?शमशेर ः (लामो सुस्केरा हाल्दै रुन्चे स्वरमा) धेरै ठाउँ खोजँे । धेरैलाई सोधेँ । प्रहरी चौकीसम्म पुगेँ तर कसैले देखेँ भनेनन् बुढी । हाम्री छोरीलाई बागमतीले निल्यो बुढी । (ग्वाँ ग्वाँ रुन थाल्छ । लोग्ने रोएपछि चुनीमाया पनि लोग्नेलाई अँगालो मारेर रुन थाल्छे । केहीक्षण सँगै रोएपछि) चुनी, भो नरो । (आँशु पुछिदिँदै) हाम्रो भाग्य नै यस्तो रहेछ । मेयरसापले यहाँ बस्न जोखिम छ, बस्ती खाली गर भन्दा उल्टै ढुङ्गामुढा ग¥यौँ । आखिर त्यति बेलै छोडेर अन्तै कतै गएको भए यसरी छोरी गुमाएर निःसन्तान हुनु पर्ने थिएन ।चुनीमाया ः पसलका लागि ल्याएको कपडा, चुल्हो, भाँडाकुँडा, अन्नपात सबै बगाएर लग्यो बुढो । अब साहुको ऋण, छाप्राको भाडा के गरी तिर्ने होला ? (शमशेरको मलिन अनुहारमा हेर्दै) यतिन्जेल केही खाएको छैनौ होला ?शमशेर ः तैँले पनि त केही खाएकी छैनस् होली नि । केही भए पो खान्थिस् । व्यापार गरेको पच्चिस सय रुपियाँ कमेजको खल्तीमा थियो, त्यो पनि मालसामानसँगै बगाएछ । चुनीमाया ः (दालमोठ र भुजाको पाकेट खोल्दै) एक जना दिदी पत्रकार लिएर आएकी थिइन् । उनैले दिएर गएकी । खाऊ ।शमशेर ः खान मन छैन । (भुजा र दालमोठतिर हेर्दै)चुनीमाया ः खान त मलाई पनि कहाँ मन छ र ! तर भोकभोकै बाँच्न सकिँदैन बुढो । यति खाएर छोरी खोज्न जाऔँ । कतै भेटि पो हाल्छ कि ।शमशेर ः ठिकै भनिस् । मलाई त अझै कमलीसित भेट हुन्छ भन्ने आशा छ । दुवै जनाले भुजा दालमोठ पानीसित कुपुकुपु खान्छन् र लोग्नेस्वास्नी छोरी खोज्न छाप्रोबाट प्रस्थान गर्छन् । दृश्य परिवर्तनसमय ः दिउँसो । स्थान ः चव्रmपथ छेउको खुला ठाउँ । बाढीपीडितहरू दिउँसोको भोजन गर्न लाइन लागेर बसेका छन् । लाइन लामो छ । शमशेर र चुनीमाया पनि लाइनमा खाना पर्खेर बसेका छन् । शमशेर ः चुनी, यसरी कति दिन राहतको भरमा बस्ने होला । बरु गाउँ फर्काैं ।चुनीमाया ः यतिका वर्ष भयो गाउँ छाडेर आएको । अब गाउँ फर्केर के गर्ने ?शमशेर ः पौरख गर्नलाई अभैm पाखुरा मजबुत छ चुनी । गरौँला नि केही न केही । किन चिन्ता गर्छेस् ।चुनीमाया ः जाने भए जाऔँ न त । स्वयंसेवकहरू खाना बाँड्दै उनीहरूसम्म आइपुगेका छन् । शमशेर र चुनीमायाले पेटभरि दाल–भात खान्छन् । शमशेर ः नयाँ बसपार्कबाट गाउँ जाने बस दुई बजे छुट्छ । (उठ्दै) बरु लागाँैं ।चुनीमाया ः अनि बस चढ्नलाई भाडा चाहिएन ? शमशेर ः छ मसँग । बिहान रामलालसित भेटेर बाह्र सय जति लिएँ । अरू पछि दिने भनेको छ । उनीहरू महानगरको बस चढेर नयाँ बसपार्कतिर प्रस्थान गर्छन् । दृश्य परिवर्तन काठमाडौँको नयाँ बसपार्क । विभिन्न गन्तव्यतिर जाने लामो दुरीका बसहरू लहरै रोकिराखेका छन् । आउने जाने यात्रुहरूको बाक्लै चहल पहल छ । काउन्टरबाट माइकमा यात्रुहरूलाई सूचना दिने काम भइरहेको छ । शमशेरले धादिङ जाने दुई वटा टिकट लिन्छन् र दुवै प्रतीक्षालयमा गएर बस्छन् । यत्तिकैमा एउटी बालिका भिख माग्दै उनीहरू भएतिर आउँछे । चुनीमाया ः (लोग्नेलाई कोट्याएर बालिकातिर इङ्गित गर्दै) उता हेर त, हाम्रै कमली जस्तै । शमशेर ः (राम्ररी नियाल्दै) ल, यो त हाम्रै छोरी जस्ती छे त चुनी ।चुनीमाया ः जसको छोरी देखे पनि आफ्नै जस्तो लाग्ने है बुढो ?शमशेर ः हेर्न, हाम्रै कमली जस्तै छे ।चुनीमाया ः जाऔँ जाऔँ । बस छुट्ने बेला भयो । दुवै बेन्चबाट उठ्छन् र बस भएतिर बढ्छन् । बालिका ः (दौडँदै आएर पछाडिबाट चुनीमायाको कुर्तामा समाउँदै) मैले बिहानदेखि केही खाएकी छैन आन्टी । बिस्कुट खाने पैसा दिनु न । चुनीमायालाई अहिले कमली बोलेकी जस्तो लाग्छ र फर्केर हेर्दा त्यो बालिका उनीहरूकै छोरी कमली हुन्छे । आमा छोरीको नजर जुझ्छ । चुनीमाया ः (बालिकालाई एकाएक अँगालो हालेर रुन्चे स्वरमा) छोरी, कमली तँ यहाँ ?कमली ः (चुनीमायालाई च्याप्प समातेर) ममी !चुनीमाया ः (अघि अघि लागेको लोग्नेतिर हेरेर चिच्याउँदे) औ बुढो ! यता हेर त । हाम्रो छोरी भेटियो ।शमशेर ः (फर्केर हेर्दा आमाछोरीलाई अँगालोमा बाँधिएको देख्छन् र दौड्दै आउँछ र राम्ररी नियाल्दै) कमली मेरी छोरी ! (मायाले सुम्सुमाउँदै) यति दिन कहाँ थियौ छोरी ? हामीले तिमीलाई कहाँ कहाँ खोजेनौ । (यता बसले प्रस्थान गर्नलाई हर्न बजाएर अन्तिम सङ्केत दिन्छ । शमशेर र चुनीमाया छोरीलाई डो-याउँदै हतार हतार बस चढ्छन् । बस छुट्छ ।) मधुपर्कहेटौँडा, मकवानपुर
नयाँ थितिरीति
मित्र ! तपाईंले म कहाँ हराएँ भन्ने चिन्ता लिनुभएको छ भने त्यसलाई चटक्कै छोडिहाल्नुस् है । वास्तवमा म आजकल अति नै व्यस्त छु । त्यसैले तपाईं हिँड्ने गोरेटो र म दौडिरहेको घोडेटो
पशुपति वाग्लेका नाममा एउटा पत्र (स्मृति)
प्रिय भाइ, यति बेला तिमी कहिल्यै नफर्कने गरी यस दुनियाँबाट विलुप्त भएको पनि चाँैतिस पुगेर पैँतिस वर्ष लागिसकेछ तर मेरो स्मृतिमा भने तिमी निरन्तर मेरो मनको मझेरीमा खेलिररहेका
ढोका अझै बन्द नै छ (कथा)
निस्किन त म घरबाट निस्केँ तर म निकै दोधारमा छु– जाउँ कि हतार गरेर वा अहिले नै नजाउँ । जुन ठाउँमा मान पाइने हो या तिरस्कार पाइने हो थाहा छैन, त्यो ठाउँमा जान सजिलो नहुँदोरहेछ ।
काठको बाकस (कथा)
इमानदार नेपालीको जन्म सुदूरपश्चिम डडेल्धुरा जिल्लाको रुवाखोला गाउँमा निम्न वर्गीय किसान परिवारमा भएको हो । गुजारामुखी कृषि पशुपालन गरी जेनतेन जीवन चलाइरहेको
त्यो भेट (कथा)
उनीसँग अचानकै लिफ्टमा भेट भयो । म माइनस वानबाट रगतको स्याम्पलिङको रिपोर्ट बुझेर आउँदै थिएँ । भुइँतलाको बन्द हुनै लागेको लिफ्टमा असिन पसिन हुँदै उनी पसिन् । पहिलो झल्कोमा उनै नै हुन भन्ने सोच्न पनि सकिनँ ।
याचक (कथा)
याचकको अनुहारमा कुन तालको स्थायी भाव हुनु पर्छ, त्यो मलाई थाहा थिएन । यहाँ इज्जत नगुमोस् भनेर थाहा छैन भने पनि थाहा नभएको होइन । मेरो शैली उही हो । धेरैलाई थाहै छ
नेपाली गजल, नेपाली गायन
फारसीबाट उर्दुमा र उर्दुबाट हिन्दी हुँदै नेपालीमा भित्रिएको गजल गायन परम्परा नेपाली आधुनिक सङ्गीतको उठानको मूलविन्दुमै बिजारोपण भएको देखिन्छ । मोतीराम तथा सेतुराम गजल
मङ्सिर, किसान र सपना
आएछ मङ्सिर जहाँ धनधान्य बोकी झार्छन् किसान पसिना प्रतिभा नरोकी
धर्म सङ्कट
“सत्यराजजी तपाईं यति राति !? सबै कुशल त छ ? मेरो प्रश्नमा सत्यराजले भने, “कुशलता त अब तपाईंको हातमा निर्भर छ ।” मैले प्रतिप्रश्न गरेँ, “मेरो हातमा !?” हो दाजु ! गा
नेपाल यसरी झन् ठुलो हुने छ
पछाडि फर्केर हेर्नुहुन्छ भने मानिसको यायावरी जीवन सकिएको छैन । यायावर भनेको घोडा हो, जसले बस्न जानेको हुँदैन । असली घोडा थकाइ मार्न बस्दैन, उसले उभिएरै एउटा खुट्टा खुम्च्याएर पालैपालो थ
लोक आस्थाको छठ : विविध आयाम
नेपालमा मुख्यतः मैथिली तथा भोजपुरी समुदायले मनाउने हिन्दुहरूको पर्वमध्ये महìवपूर्ण धार्मिक एवं सांस्कृतिकपर्व छठ (छइठ, छठी, षष्ठी) पर्व हो । यो पर्व मुख्यतः नेपालको मध्य र पूर्वी तराई क्षेत्रका साथै
इन्द्रेणी तिहार र भैलो गीत
सुखमय पारी सब संसार आयो रसिलो चाड तिहार !! कवि शिरामणि लेखनाथ पौड्यालका यी पङ्क्तिहरूले साँच्चै नै तिहारको चरित्र चित्रण गरेका छन् । तिहारले हाम्रा जीवनजगत्का विविध पक्षलाई समेटेको छ । यो धार्मिक पौराणिक दृष्टिले जति महìवको छ, सामाजिक सांस्कृतिक दृष्टि
नेपाली भाषाको विशिष्टता आदरार्थी प्रयोग
भाषा सामाजिक वस्तु भएकाले यसको अभिव्यक्तिमा व्यक्तिका आपसी सामाजिक सम्बन्धको पनि प्रतिविम्बन रहेको हुन्छ ।
फूलको हत्या (कथा)
“आमा, मैले नयाँ फूलको बोट लेराको छु । घरमाथि सार्छु है ! बिहानबेलुका तपाईंले पानी हाल्दिनू ।” चार ब
आजको नेपाली कला
नेपालमा समसामयिक कला छरपस्ट कला शैलीका रूपमा देखिन्छन् । यथार्थता अनि अमूर्तताको घेराभित्र चर्चा परिचर्चा गर्ने परम्पराभन्दा धेरै पर अर्थात् विचार, अवधारणमा उभिएका कला भाव–भावनादेखि धेरैमा