“छाडेर हिँडिदिनुपर्ने रहेछ यस्तो मान्छेलाई त; उता बस हिँड्न थालिसक्यो यता मोबाइल पो हेर्दैछ !” “हँ”, को बोल्दैछ भनेर हेर्छु त खलासी (बस सहयोगी) रहेछन् मसँग आगो भइरहेका । म बसतिर हानिन्छु र चढ्न खोज्छु आफू झर्दाको ठाउँमा उभिएको बसमा ।
निष्पट्ट अँध्यारो छ असारको, बादल धुम्मिएको आकाश हुनाले लेस मात्र उज्यालो आएको छैन । टाढाका बिजुली पोलमा झुन्डिएका आफूलाई नै बत्तीले खोज्नुपर्ने बल्बले जुनकिरीले झैँ मधुरो प्रकाश फालेको छ ।
उनी फेरि च्याँठिन्छन्, “आफू आएको बस पनि नचिन्ने कस्तो मान्छे, उमेर जाँदा पनि केटाकेटी जस्तो !”
उनको यो बोली खुब बिझाउँछ । यहीँ त थियो म चढेर आएको बस, अहिले अर्को पो त्यहाँ ल्याएर अड्याएको रहेछ । म चढेको बस त अलि अगाडि पो पु¥याएको रहेछ । सँगै बसेकी श्रीमतीले यात्रु छुटेको भनी चिच्याएपछि उनी र खलासी दुवै बसबाट झरेर मेरो खोजीमा निस्केका रहेछन् ।
म नरम हुँदै भन्छु, “अँध्यारोमा बस चिनिएन, झुक्कियो । अघि रोकेको ठाउँमा अर्को बस छ, अनि झुक्किन्न त ! ... कसरी छोडेर जान सक्छौ भाइ रिजर्भ गरेर आएको बसको यात्रुलाई ?” अनि मनमनै भन्छु, अँध्यारोमा बस नम्बर र बसको रूपरङ कहाँ राम्ररी याद गरिएको हुन्छ र ! बस चिन्ने हुलिया भनेको बस कहाँ अड्याइएको थियो भन्ने नै त हुन्छ प्रायः !
उनी अझै झोँक सुनाउँछन्, “यस्तो यात्रुले त छाडेर हिँड्यो भने बल्ल चेत पाउँछ !” उनको झोँक अझ उस्तै छ । जिन्दगीमा फेरि म उसको बस चढ्नु नपर्ला तर ऊ मलाई चेतावनी दिएर सुधार्न खोज्दै छ !
म तिल्मिलाउँछु उसको कुरा सुनेर तर रिसको पारो बढाउन चाहन्न । तिल्मिलाउनुको जायज कारण छ । पिसाबका लागि म झरेको पाँच मिनेट पनि भएको थिएन । शौचालय ३÷३ वटा रहेछन् महिला र पुरुषका लागि बराबर– एकदम समानुपातिक ! लाइन लाग्नुपर्ने पालोका लागि । चार बसका यात्रु धेरै नै थियौँ, १३५ जनाको त सूची नै थियो । आयोजक संस्थाले रिजर्भ गरेको थिए बस । मलाई लागेको थियो गल्ती भएकै छैन ।
यस बेलातिर बस रोकेको ठाउँमा शौचालय जाने, खाना खाने दुवै काम हुन्छ । खाना खान बेर लाग्ने हुँदा शौचालय मात्र जानेका लागि हतार हुन्न । अझ यो त रात्रि बस हो, यस्तोमा अलि लामै समय रोक्ने चलन हुन्छ, यस्तै जान्दै आएको हो ।
रातिको बेला, म झकाएको थिएँ यहाँसम्म आउँदा । बसका चालकले किन रोकेको र कति बेर रोकिन्छ भनी दिएको निर्देशन÷सूचना सुनेको थिइनँ । सायद भनेका हुँदा हुन्– दिसापिसाब गर्न १० मिनेट रोकिन्छ है । लामै रोक्ला भन्ने मेरो अनुमान मात्र थियो सूचना नसुनेकाले । सहयात्री एक जनाले म झकाइरहेको देखेर भनेका थिए, “बस रोकेको बेला दिसापिसाब गरिहाल्नुस्, नत्र फेरि कहाँ रोक्ला !” नच्यापेको भए पनि पिसाबसम्म त गरौँ ताकि एकछिनपछि नै पिसाबले नच्यापोस् र बस रोकिदिन भन्नु नपरोस् !
ढिलाको ख्याल नगरी मोबाइल हेरेर बसेको शङ्का ममाथि गरेका थिए उनले, तर म त मोबाइलमा समय हेर्न खोज्दै थिएँ, हाते घडीमा हेर्न मधुरो प्रकाशमा सम्भव नभएकाले । समाचार वा युट्युब च्यानल वा फेसबुक हेरेर ढिलो गरेको थिइनँ, जुन उसले ठानेको हुन सक्थ्यो ।
श्रीमती पनि रिसाउँदै थिइन्, “मैले नचिच्याएको भए बस त हिँडी नै सक्या थियो । अलि होस गर्नु पर्छ नि !”
हो, होस त गर्नु नै पर्छ । मानिस सफल हुने, असफल हुने, कुनै काम गरेर सन्तुष्ट हुने वा तनावमा फस्ने कारण भनेको नै कतिसम्म होस पु¥याउन सकियो भन्ने हो तर होस गर्छु भन्दैमा गरिने÷पुग्ने कहाँ हुन्छ र ! पहिले त होस गर्नु पर्ने खतरा देखेको हुनुप¥यो नि ! अर्थात् होस गर्नु पर्ने चेत पस्नु प¥यो । भनिन्छ नि, समस्याको समाधान तब मात्र निस्कन्छ जब समस्या के छ, कस्तो र किन छ भन्ने चेत घुस्छ÷पुग्छ । बस ढिलो भएर मलाई छाड्न सक्छ भन्ने खतरा मैले देखिनँ, अनि के होस पु¥याउनु ! पिसाब गर्न गएर खुरु खुरु फर्कंदै थिएँ । म पिसाब गर्न निस्केको ३÷४ मिनेट मात्र भएको हुँदो हो । मलाई बस रोकेको केही बेर भइसकेको होला भन्ने अनुमान थिएन झकाएको कारणले । अनि मानिसले खाना खाँदै होलान् भन्ने ठानेँ । खाना खानका लागि बस रोकिएको होइन भन्ने अनुमान नै थिएन ।
अब कुरो गरौँ, खलासीको व्यवहारको । मैले त होस गर्नु पर्ने ठानिनँ र गरिनँ रे । उसले त म जस्ता यात्रु धेरैसँग हिँडेको छ, थाहा पनि होला– यात्रुले कस्तो व्यवहार गर्छन्, कस्तोमा झुक्किन्छन् भन्ने । अनि त यात्रुको त्यो सीमा बुझ्न सक्ने थियो र त्यसलाई बुझेर प्रतिव्रिmया जनाउनु पर्ने थियो । त्यस्तो त पटक्कै भएन बरु ठानियो मलाई बडो हुस्सु– आफू चढेर आएको बस नै नचिन्ने ! धेरै यात्रु छन् चार वटा बसका, शौचालय कम छन् अनि कसैलाई दीर्घ शौच लागेको हुन सक्छ, त्यसैले पालो पर्खनु परेर वा आफैँलाई लामो समय लागेर ढिलो भएको हुन सक्छ– त्यो केही विचार छैन । अति नै हियाएर भन्छन्– यस्तो मानिसलाई छाड्नु पर्ने !
कत्ति पनि राम्रो लागेन, बरु मनमा ठेस नै लाग्यो उनको कुरा सुन्दा । तर यसो गम्छु, के म उसको ठाउँमा भएको भए उसले जस्तै प्रतिव्रिmया जनाउँदो हुँ ? अवश्य जनाउने थिइनँ । उसमा र ममा के कुरामा फरक भएकाले त्यसो नगर्दो हुँ भन्ने मलाई लागेको होला । म गम्न थाल्छु । किन यस्तो गरे होलान् उनले ? उनको त्यो व्यवहार पक्कै धेरै कुराको अभिव्यक्ति थियो ।
एक त धेरै मानिसले अरूको विचार गर्ने दृष्टिकोण नै राख्दैनन् । म जुन अवस्थामा मोबाइलमा समय हेर्न खोज्दै बसतर्फ आउँदै थिएँ, त्यो अवस्था त बसमा हिँडिरहने यात्रु जोकोहीले पनि भोगेको हुन सक्छ । सायद, ती खलासीले पनि बेहोरेको होलान् अरू बसमा यात्रु भएर यात्रा गर्दा । यस्तो हुन सक्छ यात्रु लापरबाह नहुँदा पनि । अर्काको ठाउँमा आफू पनि हुन सक्ने थिएँ भन्ने सितिमिति मनमा राख्दैनन् । अरूको ठाउँमा आफूलाई राख्नु अनि विचार गर्नु कि म के गर्दो हुँ ? यदि आफू पनि त्यस्तै गर्दो हुँ भन्ने लाग्यो भने उसलाई गलत नठान्नु वा ऊप्रति संवेदनशील हुनु नै विवेक हो । त्यो विवेक हुनु, नहुनुमा धेरै कारण हुन्छन्, सायद त्यही कारण प¥यो होला !
अर्को कुरा, जुन अभद्र शब्द र शैलीमा उनले प्रतिव्रिmया जनाए, के सबै खाले मानिसले यस्तो अवस्थामा यस्तै तवरले प्रतिव्रिmया देखाउँछन् ? मलाई लाग्दैन सबैले जनाउने प्रतिव्रिmया उस्तै हुन्छ । सायद म उनको ठाउँमा हुँदो हुँ त उनले जसरी प्रतिव्रिmया जनाउने थिइनँ कि ! यही नै मानिसले प्राप्त गरेको संस्कारजन्य व्यवहारमा हुने भिन्नता हो ।
यसो भनेर म आपूmलाई संस्कारी र उनलाई असंस्कारीको बिल्ला लगाउने धृष्टता गर्न खोजेको छैन । मलाई बडो हेक्का छ– कस्तो संस्कार पाउने भन्ने व्यक्तिको वशमा हुन्न, उसले स्वतः जन्मदेखि पाउँछ । अङ्ग्रेजीमा भन्छन् नि ‘गिभन’, हो त्यस्तै हो । यदि उनले पाएनन् भनेँ त्यसमा उनी दोषी होइनन् ।
उनले जुन प्रतिव्रिmया देखाए मप्रति, त्यसको आधारमा लाग्न सक्छ– त्यो उनको नितान्त व्यक्तिगत प्रतिव्रिmया थियो, उनको बुद्धि, विवेक र संवेदनाको उपज । हो, यी व्यक्तिका निजी गुण हुन् अर्थात् व्यक्तिपिच्छे फरक पर्ने । यसबापत आउने दण्ड, पुरस्कारको भागी व्यक्ति नै हुने हो तर यी तìव कुन हदसम्म व्यक्तित्वमा घुस्छ, विशेषता बन्न जान्छ भन्ने कुरा भने व्यक्तिको बुद्धि र विवेकमा मात्र भर पर्दैन, उसले पाउने संस्कारमा भर पर्छ । यसो भनौँ– उसले परिवार तथा समाजबाट के पायो भन्ने कुराको प्रभाव हुन्छ ।
अलि विवेकपूर्ण तवरले विचार गर्ने हो भने म उसले शौचालय जान देखाएको ठाउँको अगाडि नै थिएँ । म झरेको धेरैबेर भएकै थिएन । शौचालयमा भिड भएर ढिलो पनि हुन सक्ने थियो । अनि रातिमा अरू पनि बस रोकिएका छन् भने, अझ बस नै रोकिएको ठाउँमा नभई अर्को ठाउँमा रोकिएको छ भने यात्रु बस नचिनेर झुक्किन सक्छन् भनी अनुमान गर्दो हुँ म भएको भए । त्यस्तो अलमलिएको यात्रुलाई मिठो बोलीले नै बसमा फर्काउँदो हुँ किनकि यति गर्नु त मेरो जिम्मेवारीको काम हो भनी बुझ्दो हुँ । आफ्नो नियमित भूमिका निर्वाह गर्दा किन रिसाउनु ? अनि आफ्ना सेवाग्राही वा ग्राहकलाई र खुसी राख्नु पर्ने बोध हुँदो हो ।
रिसाउनु पर्ने गरी ढिलो भएकै थिएन । बिहान भएपछि मात्र उपत्यकाभित्र बस पु¥याउनु पर्ने हुँदा रोक्दै जानु पर्ने नै थियो, नत्र बिहान नहुँदै उपत्यका छिथ्र्याे बस । भोलि साँझ नै त होला काठमाडौँबाट वीरगन्ज फर्किने । काठमाडौँ पुगेर पनि दिनभर बस्नु नै थियो । त्यसैले बिग्रेको केही नहुँदा पनि उनी त्यसै रिसाए । उसको तातो रिसले मेरो मन कोतरिएको हुँदा मैले बस रिजर्भ गर्ने अवस्था भविष्यमा आएमा त्यो बस नगर्ने सोच राख्दो हुँ । यसको अर्थ व्यावसायिक रूपमा पनि भविष्यलाई असर पर्न सक्थ्यो ।
मानिस बडो विचार गरेर रिसाउने होइन, आवेगमा आएर रिसाउँछ । उसले त्यस बेला फाइदा बेफाइदाको हिसाब गर्दैन । भनाइ नै छ– रिसमा कसैले गीता पढ्दैन ।
हो, रिस उठ्नु र रिस उठ्दा गरिने व्यवहार संयमित हुनु भनेको विवेक र संस्कारको उपज हो । न त कुनै बिग्रने कुरा छ, न त रिसाइने पात्रले जानीजानी कुनै गल्ती नै गरेको छ तापनि रिसाउनुको पछाडि यिनै कुराको सन्तुलन नमिलेको हुनु पर्छ ।
ती खलासी युवाको पृष्ठभूमि त थाहा भएन तर आजसम्म खलासी काम गर्नेहरू कस्तो पृष्ठभूमिका हुन्छन् भन्ने आधारमा हेर्दा उनी पनि त्यस्तै होलान् भन्ने परिकल्पना गर्छु । बालककालमा घरको वातावरण अभावपूर्ण छ, घरमा बाबुआमाको बिचमा वा अन्य परिवारबिच झगडा भइरहन्छ, अशान्तिपूर्ण तथा कुण्ठाग्रस्त घरायसी वातावरण छ । यसबाट आजित भएर सानो उमेरमा नै घरबाट निस्केर बाँच्नका लागि बसको खलासी तथा गाडी बनाउने वर्कसपमा हेल्परका रूपमा काम गर्न थाल्छ एक बालक । घरमा त माया, प्रेम पाएन नै, घरबाट निस्केपछि काममा पनि अवहेलना, दुत्कार नै पाएको छ । जब आफूले कहिल्यै माया, प्रेम, राम्रो व्यवहार पाएन, उसको शुष्क भइसकेको मनबाट राम्रो व्यवहार तथा बोली कसरी निस्कियोस् । किनकि मानिस त्यस्तो प्राणी हो जो आफूले नपाएको कुरा दिन सक्दैन । मलाई लाग्छ– माया, दया तथा राम्रो बोली संस्कारको उपज हो, त्यो संस्कारमा हुर्कन, बढ्न नपाएको मानिसले त्यो कुरा कसरी दिन सकोस् त !
घर, परिवार तथा समाज सानो बालकले रोज्न सक्दैन । ऊ त त्यसले बनाएको साँचोमा ढल्छ । आपूmले रोज्न नपाउने कुरालाई मात्र दोष दिएर असंस्कारित भइरहनु पर्दैन । आफू तथा जीवन र जगतलाई बुझ्ने शिक्षा र संस्कारपछि आर्जन गर्न सकिन्छ ।
यो भर्खर नै बोध गरेर फर्कंदै थियौँ हामी । हामी फर्कंदै थियौँ ‘ब्रह्माकुमारी’ संस्थाको मुख्य कार्यालय रहेको भारत राजस्थानको माउन्ट आबुबाट । त्यहाँ सिकाउँदा रहेछन् अन्य कुराको साथ सद्व्यवहार कसरी गर्ने, रिस कसरी त्याग्ने । अनि त्यसको मूल आधार योग (राजयोग नाम दिइएको) अर्थात् ध्यान गर्दागर्दै आफूलाई आत्मा सम्झने, अनि परमात्मासँग जोड्ने गरी आत्मबोध गर्ने उपाय गरेमा मानिसको व्यवहार नरम सहयोगी, संवेदनापूर्ण हुन्छ । मात्र बताइएन, बरु त्यसका अनुयायीहरू हँसमुख र नरम र सभ्य तवरले व्यवहार गर्ने खालका भेटियो । यसले बतायो, सानोमा दुव्र्यवहार, अभाव, कुण्ठा बेहोरेकाहरू पनि परिवर्तन हुँदारहेछन् । त्यहाँ भेटिएका केही मानिसले बताएका थिए– तिनको बाल्यकाल सुखद थिएन, अभावग्रस्त, कुण्ठायुक्त थियो तर यहाँ आएर संस्कार परिवर्तन गर्न सकिएको छ ।
सरुवा रोग मात्र होइन, सद्गुण सद्व्यवहार तथा दुर्गुण पनि सरुवा हुन्छ । नयाँ युवा, बालबालिका तथा ठुला मानिससँग लामो समयसम्म सद्व्यवहार गरेर उनमा यस्तै गुण सार्न सकिँदो रहेछ । सानैदेखि यस्तै हो, फेरिन्न यो मानिस भन्न नपर्ने हुने रहेछ । मधुपर्क