महाभारत कालमा इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहले उत्तरायण नलागेसम्म शरीर नत्याग्ने इच्छा व्यक्त गरेका थिए । उनी आफ्नो मृत्युका लागि उत्तरायण कुरेर बसे । माघमा उत्तरायण लागेपछि उनले इच्छाधीन मृत्युवरण गरेको घटना महाभारतमा रोचक छ । धार्मिक ग्रन्थहरूमा उत्तरायणमा मृत्यु हुनेले मोक्ष प्राप्त गर्ने बताइएको छ । त्यसैले माघ महिनाको महिमा भए जस्तै धार्मिक आस्था र विश्वास अनुसार हिन्दु धर्मावलम्बीका लागि माघको पहिलो दिन अर्थात् माघे सङ्क्रान्तिको पनि अति नै महìव छ । ज्योतिषी डाक्टर सुनील सिटौलाका अनुसार ज्योतिषीय मान्यता अनुसार माघे सङ्क्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै माघको पहिलो दिनलाई ‘मकर सङ्क्रान्ति’ अर्थात् माघे सङ्व्रmान्ति भनिएको हो । खगोलीय दृष्टिकोणबाट पनि यही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने हुँदा दिन लामो हुने र रात छोटो हुँदै जान्छ भन्ने विश्वास रहिआएको छ । माघको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति भन्नासाथ पर्वको धार्मिक र सांस्कृतिक पक्ष त छँदै छ । दिन लामो र रात छोटो हुने प्रव्रिmयाको सुरुवातका रूपमा समेत आममानिसको बुझाइ रहेको उहाँको भनाइ छ ।
हाम्रो परम्परागत विविधताभित्र फरक फरक संस्कृति छ तर पनि माघे सङ्क्रान्ति हिन्दु धर्मावलम्बीमाझ साझा पर्वका रूपमा समाजमा महìवपूर्ण धार्मिक आस्था र विश्वास स्थापित भएको छ । माघे सङ्क्रान्ति पर्वका अनेकौँ सांस्कृतिक विविधता र यसको महìव समाजमा आपसी सद्भाव र मेलमिलापसँगै जीवन्त छन् ।
माघे सङ्क्रान्तिको धार्मिक दृष्टिकोणबाट पनि धेरै महिमा रहिआएको छ । ‘अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यति’ अर्थात् तीर्थ क्षेत्रमा गएर स्नान गर्नाले भुलवश भए गरेका पाप पनि नाश हुने र पुण्य प्राप्त हुन्छ भन्ने शास्त्रमा उल्लेख छ । त्यसैले उक्त दिन धार्मिक तीर्थस्थलहरूमा स्नान गर्नेकै लागि महìव छ । भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठुलो महìव बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा ठुलो मेला लाग्ने गर्छ । हिन्दुधर्मावलम्बीहरूको आस्थाको प्रतीक देवघाटधाम कालीगण्डकी र नारायणी दुई नदीको पवित्र सङ्गमस्थल पनि हो । यहाँ माघे सङ्क्रान्तिको दिन स्नान गर्न स्वर्गबाट देवताहरू आउने जनविश्वास छ । त्यसैले माघेसङ्क्रान्तिको दिन देवघाटको सङ्गमस्थलमा नुहाउनु पर्छ भन्ने प्रचलन नै छ ।
विविध जाति र समुदाय बाहुल्य रहेको नेपालमा प्रायः यो पर्व सबैले मनाउने गरेको पाइन्छ । विशेष गरी थारूहरूले आफ्नो मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्व माघीका रूपमा माघको पहिलो दिनलाई मनाउने गर्छन् । माघे सङ्क्रान्ति तिलान्नका लागि अत्यन्तै प्रसिद्ध छ । तिललाई भुटेर अनि सक्खरमा मुछेर बनाइएको लड्डु यस पर्वको विशेष परिकार हो । सनातन धर्ममा तिलको विशेष महìव छ । परम्परादेखि चलिआएको धार्मिक आस्था अनुसार यस दिन पितृहरूका लागि तिल, चामल, मासको दाल, नुन, बेसार, तरकारी, घिउलगायत खिचडीका सामग्रीहरू दान गर्ने परम्परा रहिआएको छ । माघे सङ्क्रान्तिका दिन दान गर्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ ।
यसका साथै घिउ, चाकु, तिलौरा, तरुल, पिँडालु, खिचडी आदि परिकारका लागि पनि माघे सङ्क्रान्तिको विशेष महìव छ । पर्वको बाहानामा भए पनि खाइने यस्ता खानेकुराले जाडो याममा शरीर तातो राख्न स्वास्थ्यका दृष्टिले पनि लाभदायक देखिन्छ ।
सांस्कृतिक विविधता
एकै दिन पर्ने र एउटै नामको पर्वलाई विभिन्न भेग र समुदायमा माघे सङ्व्रmान्ति फरक तरिकाले मनाउने प्रचलन छ । नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने ब्राह्मण, क्षेत्री, राई, लिम्बू, नेवार, गुरुङ, मगरलगायतका जातजातिले माघे सङ्क्रान्ति मनाउने आआफ्नो परम्परा, विशेषता र प्रकृति रहेको छ । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । माघ महिनाको सुरुवातका दिन यस पर्वलाई थारू जातिले माघी भनेर मनाउँछन् भने मगर जातिले पनि धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस भनेर मनाउने गर्छन् । नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवारहरू यस पर्वलाई ‘घ्युचाकु सँल्हु’ भन्छन् । यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने गर्छ । माघे सङ्व्रmान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ । त्यस्तै उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान रहेको यो मेलाप्रतिको आस्था र विश्वास अहिलेसम्म पनि उत्तिकै छ । यसै दिन इलामको माईबेनीमा लाग्ने मेलामा भने धान नाच, चण्डी नाच, बालन, सङ्गिनी, मारुनी नाच जस्ता परम्परागत नृत्य प्रस्तुत गर्ने गरिन्छ । भगवती माईदेवीका रूपमा प्रसिद्ध झापाको कन्काई नदी वरपर सङ्क्रान्तिदेखि पाँच दिनसम्म रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धान नाच देखाइने प्रचलन छ । त्यस्तै सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन भगवान् विष्णुको पूजा आराधना गरेर स्नान गरे मोक्ष पाउने विश्वासका साथ मेलाको आयोजना गरिन्छ । यस दिन धेरै ठाउँमा रमाइला मेला, महोत्सवको आयोजना हुने गछ ।
नुवाकोटको तारुकामा प्रत्येक वर्ष माघ १ गते भव्य रूपमा गोरु जुधाउने रमाइलो प्रतियोगिताको आयोजना गरिन्छ । तारुका गाविस वडा नं. ५ चन्दनी गाउँ रहेको एउटा बारीको ठुलो पाटोमा गोरु जुधाउने गरिन्छ । यस गोरु जुधाइ मेलाले नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत छुट्टै ऐतिहासिक पहिचान झल्काएको छ ।
दैलेखलगायत पश्चिम नेपालका अधिकांश जिल्लामा मकर सङ्क्रान्तिलाई चेली त्यार अर्थात् चेलीको तिहार भनेर मनाउने गरिन्छ । माघ महिनाभित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पु-याउने परम्परा रहेको छ । देशभरि विभिन्न जातजाति र समुदायमा माघे सङ्क्रान्ति मनाउने विभिन्न प्रचलनहरू छन् । पुख्र्यौलीदेखि चलिआएका यस्ता परम्पराको समाजमा महìव र उल्लास रहिरहनु भनेकोे हाम्रो धर्म र संस्कृति संरक्षण र पुस्तान्तरणका लागि सहयोग पुग्नु पनि हो ।
थारू समुदायमा माघी
माघको पहिलो दिनलाई थारू समुदायले भने आफ्नो मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्व माघी पर्वको रूपमा मनाउने गर्छन् । वर्षभरि गरिने कुनै पनि शुभ कार्य यस दिनलाई नयाँ वर्ष मानेर सुरुवात गर्ने प्रचलन छ । थारू संस्कृतिका अन्वेषक डा. कृष्णराज सर्वहारीका अनुसार माघको पहिलो दिन थारू समुदायमा गाउँलेहरूको प्रतिनिधिका रूपमा गाउँमा हरेक वर्ष अगुवा, पुजारी र चौकीदार चुन्ने काम हुन्छ । त्यस्तै, परिवारमा पनि सबैभन्दा ज्येष्ठ सदस्यमध्येबाट एक जना अगुवा चुन्ने, दाजुभाइबिच अंशवण्डा गर्नेलगायतका विभिन्न शुभ काम यही दिन गर्ने गरिन्छ । तिहारमा दीपावली गरिए जस्तै उक्त दिन अगुवाको घरमा मघौटा नाच नाच्ने, रमाइलो गर्ने र पैसा माग्ने प्रचलन छ । पुस पकाव, माघ खाव भन्ने प्रचलन चलिआएकाले माघे सङ्व्रmान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने र सङ्क्रान्तिको दिन खाने गरिन्छ । माघी थारू समुदायका लागि विशाल संस्कृतिले भरिएको पर्व बन्दै गएको छ । डा. सर्वहारीले भन्नुभयो, “उक्त दिन सामूहिक रूपमा तिलको डाँठ बालेर आगो ताप्ने, सबैको घरमा खिचडी (माघी), चामलको पिठोबाट बनाइने विभिन्न परिकार (ढिकरी) खाने र बिहे गरेका चेलीबेटीलाई कोसेलीका रूपमा पावर पठाउने, बयरको अचार, सिद्रा माछा, पिँडालुलगायतका परिकार खाने प्रचलनलाई पछिल्लो समय युवा पुस्ताले पनि अनुसरण गर्दै मनाउने र रमाउने गरेका छन् । मधुपर्क