साहित्यको इतिहास हजारौँ वर्ष पुरानो छ । मौखिक रूपमा एउटा पिँढीबाट अर्काे पिँढीमा सर्दै आएको साहित्य लिपिको आविष्कारपछि लेखिन थाल्यो र छापाखाना अस्तित्वमा आएपछि छापिन थाल्यो । उत्पादन प्रक्रियामा सहभागी मनुष्यमा संवाद र सौन्दर्यको आवश्यकता बोध साहित्य सिर्जनाको प्रमुख कारक थियो । सौन्दर्यको आवश्यकता बोध आनन्दसँग मात्र सम्बन्धित थिएन, जीवनको ऊध्र्वगामितासँग पनि सम्बन्धित थियो । मनुष्यलाई अभ्यान्तरिक रूपमा परिष्कृत र समृद्ध गर्न साहित्यको महत्त्वपूर्ण भूमिका रहन्छ । साहित्यमा मनुष्यले आफू, आफ्नो समय र स्वप्नलाई अभिव्यक्ति दियो । अतीत, वर्तमान र भविष्यलाई व्यक्त ग-यो । उसका विचार, भावना, अनुभव, कल्पना, स्वप्न र संवेदनाले अभिव्यक्ति पाए । स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवता, प्रेम, सहिष्णुता, सद्भाव, मर्यादा, एकता, सामूहिकताका विचार एवं भावना प्रकट भए । साहित्यले आफ्नो विशिष्टतासहित सौन्दर्यात्मक, विचारधारात्मक, संज्ञानात्मक र शिक्षात्मक भूमिका सम्पादन ग-यो ।
मनुष्यलाई एकअर्कासँग जोड्न, एकताबद्ध गर्न र सामूहिक भावनाको विकास गर्न साहित्यले प्राचीन समयदेखि नै महìवपूर्ण योगदान दिँदै आएको छ । साहित्यले यो भूमिका युगीन सीमाभित्रै रहेर सम्पादन गरेको छ । हृदय एवं भावनाको परिष्कार, मानवीय मूल्यको निर्माण, जीवन एवं जगत्बोध, मनुष्यको सामाजिकीकरण, आलोचनात्मक विवेकको विकास एवं समाजको रूपान्तरणमा साहित्यको महìवपूर्ण भूमिका रहन्छ । साहित्यलाई संवेदनाको भाषाका रूपमा उल्लेख गरिन्छ । यस भाषाले मनुष्यलाई आपसमा जोड्न योगदान दिन्छ । यसै कारण साहित्यलाई मनुष्यलाई परस्पर एकतामा बाँध्ने र उसमा सामूहिक भावनाको विकास गर्ने विशिष्ट माध्यमका रूपमा लिइन्छ । साहित्यका कारण मनुष्य एकताबद्ध भएको छ र सामूहिक रूपमा अघि बढ्ने सङ्कल्प गरेको छ । साहित्यमा पाइने उदात्त मूल्यहरूले मनुष्यलाई अरूलाई पनि आफू जस्तै ठान्न सिकाएका छन् । साहित्यमा प्राचीन समयदेखि पाइने यो विशेषता आधुनिक युगको विकाससँगै अझ समृद्ध बन्यो । आधुनिक युगको निर्माणमै साहित्यको उल्लेखनीय भूमिका रहेको छ । आधुनिक साहित्यले मनुष्यलाई परस्पर जोड्न, एकताबद्ध गर्न र सामूहिक भावनाको विकास गर्न ठुलो योगदान दियो र दिँदै छ ।
साहित्यलाई शासकहरूले आफ्नो सत्ताको रक्षा, हितहरूको संरक्षण, विरोधीहरूको दमन, आफ्नो हित अनुकूल विचार, भावना र मूल्यहरूको निर्माण, आममानिसको चेतना एवं संस्कारलाई आफ्नो स्वार्थ अनुरूप अनुकूलन र आफ्नो यशोगानका निम्ति पनि प्रयोग गर्दै आएका छन् । वर्गीय, जातीय, लैङ्गिक विभेद र उत्पीडनको संरक्षण एवं विस्तार, अमानवीय मूल्यको निर्माण, सांस्कृतिक सङ्कीर्णता र अहङ्कारको विकास, जातीय श्रेष्ठताको भावनाको निर्माण, जीवनविरोधी दृष्टिकोणको विकास र त्यसको संरक्षण, निरङ्कुशता, अधिनायकवादको समर्थन, व्यक्तिवाद र सुखवादको विस्तारका निम्ति पनि साहित्यलाई उपयोग गरिएको छ । सामन्तवादी युगमा साहित्यको ठुलो अंशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सामन्तवादको संरक्षण र संवर्धनका निम्ति भूमिका सम्पादन ग-यो । यसले समाजलाई एकताबद्ध हुन र सामूहिक भावनाको निर्माण गर्नबाट रोक्यो । भयका कारण बाहिरबाट हेर्दा समाज एकताबद्ध जस्तो देखिए पनि सामन्तवादी व्यवस्थामा समाजमा वास्तविक एकता कायम हुन सकेको पाइँदैन । सबैलाई समान ठान्ने मानवीय मूल्यको निर्माणमा यसले व्यवधान उत्पन्न ग-यो । स्वतन्त्रता, समानता र सामाजिक न्यायका भावनालाई दबाइयो । साहित्यको ठुलो भाग समाजकपरक हुनुभन्दा स्तुतिपरक, आध्यात्मिक, नैतिक, औपदेशिक र शृङ्गारिक बन्यो । साहित्यलाई आफ्नो उद्देश्य अनुरूप डोहो¥याउन साहित्यकारहरूलाई दरबारमा आश्रय दिइयो । भाट र चारणहरू जन्माइए । साहित्यलाई यस रूपमा उपयोग गरिए पनि खुला र प्रच्छन्न रूपमा जीवन एवं परिवर्तनमुखी साहित्यिक धारा पनि सँगसँगै सव्रिmय रह्यो । यसका आफ्ना सीमाहरू थिए तर त्यहाँ परिवर्तन एवं सत्यम्, शिवं र सुन्दरम्का स्वप्नहरू थिए । यस्तो साहित्यले उदात्त मानवीय मूल्यको निर्माण र मनुष्यको आभ्यान्तरिक परिष्कार, एकता र सामूहिकताको भावना निर्माणमा महìवपूर्ण भूमिका सम्पादन ग¥यो । आधुनिक युगको साहित्यको ठुलो अंश जीवनमुखी रहेको छ । साहित्यलाई आज पनि सत्ता रक्षाको उपकरण, सत्ता अनुकूल सङ्कथन र मूल्य निर्माण एवं उत्पीडक वर्गको हितका निम्ति प्रयोग गरिँदै छ । पुँजीवादको विभेदकारी संरचनाको संरक्षणमा साहित्यको प्रयोग हुँदै छ । वर्गभेद, रङ्गभेद, जातिभेद, लिङ्गभेदको संरक्षण र विस्तारमा साहित्यलाई उपयोग गरिँदै छ । एकता, सहिष्णुता, सद्भाव, परस्पर विश्वास, मानवता, करूणा आदिलाई नष्ट गर्न साहित्यको उपयोग आजको कटु यथार्थ हो । साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई पाखा लगाउँदै यसलाई ‘कमोडिटी’ बनाइएको नमिठो यथार्थ हाम्रा अगाडि छ । मानव निर्मित यस भाषिक कलाको आजको जस्तो चीरहरण यसअघि कहिल्यै भएको पाइँदैन ।
मनुष्यको संवेदना जगत् एवं मूल्यको परिष्कार, नयाँ मूल्यको निर्माण, नैतिकता र सौन्दर्यबोधको विस्तार, दृष्टि र दिशाको निर्माण, जीवन र जगत् बोधमा साहित्यले योगदान पु¥याउने भएकाले यसले मनुष्यलाई एकतामा बाँध्न र सामूहिक भावनाको निर्माण गर्न सहयोग पु¥याउँछ । यसका निम्ति साहित्य सबै प्रकारका विभेद एवं उत्पीडनका विरुद्ध उभिन सक्नु पर्छ, विविधता र बहुलतालाई स्वीकार गर्न सक्नु पर्छ, पहिचानको सम्मान र संरक्षणका निम्ति आवाज उठाउन सक्नु पर्छ, सहअस्तित्व, सहिष्णुता र सद्भावलाई महत्त्व दिन सक्नु पर्छ, स्वतन्त्रता, समानता र सामाजिक न्यायका पक्षमा उभिन सक्नु पर्छ, जातीय श्रेष्ठता, अहङ्कार, सङ्कीर्णता र साम्प्रदायिकताका विरुद्ध अभिव्यक्ति दिन सक्नु पर्छ, आलोचनात्मक विवेकको विकासमा योगदान दिन र सबै प्रकारका अतिवादका विरुद्ध जुझ्न सक्नु पर्छ, आफ्नै वस्तुकरणका विरुद्ध सङ्घर्ष गर्न सक्नु पर्छ ।
साहित्यका सम्बन्धमा गरिने भावनात्मक कुराको अर्थ हुँदैन । सबै एकताबद्ध बनौँ, सामूहिक भावनाको विकास गरौँ, देशभक्तिको भावना जागृत गरौँ भनेर मात्र हुँदैन । यी सबै कुरा कसरी प्राप्त हुन सक्छन्, प्राप्त हुन नदिने बाधक तìवहरू के के छन् भन्ने कुरामा पनि साहित्यको ध्यान जानु पर्छ । साहित्यले तिनका विरुद्ध सङ्घर्ष गर्ने दृष्टि, दिशा र प्रेरणा प्रदान गर्न सक्नु पर्छ । साहित्यमा व्यक्त गरिने एकता, सद्भाव, सहिष्णुता, सामूहिकता, उच्च मानवीय मूल्य, संवेदना, विभेद र उत्पीडनका विरुद्ध गरिने सङ्घर्षमै सार्थक हुन्छन् । साहित्य आफैँमा केही होइन । यो मानवीय सिर्जना हो । मानवीय सिर्जना भएकाले कस्तो साहित्य रचना गर्ने भन्ने कुरामा स्रष्टाका विचार, अनुभव, संवेदना, बोध प्रमुख बन्छन् । स्रष्टाको वैचारिक, अनुभवात्मक एवं संवेदनात्मक पक्ष कस्ता छन् भन्ने कुराले साहित्य कस्तो हुनु पर्छ भन्ने कुराको निर्धारण गर्छन् ।
उत्पीडनका समस्त रूपहरूका विरुद्ध उभिएर र स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय मूल्य, सद्भाव, सहिष्णुता र सहअस्तिìवलाई केन्द्रमा राखेर नै स्रष्टाले एकता र सामूहिक भावनाको निर्माणमा योगदान दिन सक्छन् । एउटा मुलुकभित्रका बासिन्दाहरू बिचको एकता सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य एवं समानता र सहअस्तिìव बोधमा अडिएको हुन्छ । मानिसले सामानता र सहअस्तिìवको बोध व्यवहारमै गर्न पाउनु पर्छ । समकालीन संसारमा अनेकता र द्वन्द्व बढ्नुको एक प्रमुख कारण स्वतन्त्रता, समानता, सामाजिक न्याय एवं सहअस्तिìवलाई व्यवहारमा अनुभूति गर्न नपाउनु हो । संविधानमा जे लेखिए पनि र राजनीतिक रूपमा जे भनिए पनि यथार्थ बेग्लै छ र त्यसले मनुष्यलाई एकताबद्ध गर्नुको साटो विभाजित गरेको छ । बढ्दो असमानता र कष्टकर वर्तमानका कारण भएको एकता, सहअस्तिìव र सद्भाव पनि बिथोलिदै छन् । कैयौँ मुलुक युद्ध र आन्तरिक द्वन्द्वका सिकार छन् । साहित्यलाई निकृष्ट उद्देश्य पूर्तिका निम्ति उपयोग गरिएको छ । यो स्थितिलाई बदल्न आवश्यक छ । साहित्यले यसका निम्ति भूमिका सम्पादन गर्नु पर्छ । यसका निम्ति स्रष्टा के गर्ने भन्ने कुरामा स्पष्ट हुनु पर्छ । यथास्थितिवाद, रूढिवाद, सुखवाद, व्यक्तिवाद, उपभोक्तावादको पक्षधर भएर यस दिशामा योगदान गर्न सकिन्न । राष्ट्रिय एकता, समानता, सहअस्तिìव, समान अवसर, समान भूमिका र आत्मसम्मानको अनुभूतिमा अडिएको हुन्छ । मुलुकलाई जोगाउन, बाह्य थिचोमिचोको प्रतिवाद गर्न र स्वाधीनता एवं स्वाभिमानको रक्षा गर्न समानता र सहअस्तिìवको जगमा आधारित एकताबाटै सम्भव हुन्छ । साहित्यले यसै अनुरूप भूमिका खेल्नु पर्छ ।
नेपाली समाजलाई एकताबद्ध गर्न, उनीहरूमा सामूहिक भावनाको विकास गर्न, देशभक्तिको भावनालाई अझ गहिरो र बलियो बनाउन, राष्ट्रिय एकताको भावनाको विकास गर्दै सहअस्तिìव, सहिष्णुता, सद्भभाव र उच्च मानवीय मूल्यको विकास गर्न नेपाली साहित्यले महìवपूर्ण योगदान दिएको छ । यस मुलुकको रक्षा र यसको समुन्नतिमा यस मुलुकका सबै बासिन्दाको योगदान छ । परिवर्तन र अघिल्तिर प्रस्थानका निम्ति सबै मिलेर सङ्घर्ष गरेका छन् र परिवर्तन सम्भव भएको छ । परस्पर एकता, सद्भाव र सहिष्णुता नेपाली समाजको महìवपूर्ण विशेषता हो । प्राथमिक कालदेखि नै नेपाली साहित्यले कमबेसी यस्तो भूमिका निर्वाह गर्दै आएको छ । नेपाली साहित्यको यस्तो भूमिकाको चर्चा गरिरहँदा सत्ताले यसको उपयोग कसरी गर्दै आयो भन्ने यथार्थलाई भने बिर्सन मिल्दैन । सामन्तवादका पक्षमा साहित्यलाई गजबले उपयोग गरियो । राजामहाराजाहरूको स्तुति गाइयो । परिवर्तनको विरोधमा प्रयोग गरियो । सत्ताको विचार प्रवाहको उपकरण बनाइयो । साहित्यमा असमानता, अन्याय, उत्पीडनलाई प्रश्रय दिने विचार आए ।
लोकतन्त्रको स्थापनापछि साहित्यको भावभूमिमा परिवर्तन आयो तर पञ्चायतको स्थापनासँगै साहित्यलाई पुनः निरङ्कुश सत्ताको अभीष्ट अनुसार प्रयोग गर्न थालियो । कैयौँ स्रष्टा सत्ताका प्रशंसक बने । एकताको गीत त गाइयो तर नेपाली समाजलाई त्यसले बलियो गरी एकताबद्ध गर्न सकेन । निरङ्कुश शासन व्यवस्थामा राष्ट्रिय एकता यथार्थ कम र बढी भ्रमका रूपमा रहन्छ । एउटै भाषाभेषको विचारले विविधतालाई एकताको बलियो सूत्रमा बाँध्न सक्दैनथ्यो । समग्र राजनीतिक प्रणाली एवं सांस्कृतिक चिन्तन नै विविधता र बहुलताको विरोधमा थियो । लोकतन्त्रको पुनः स्थापना पछि स्थिति फेरिए पनि मुलुकमा पुनः द्वन्द्व सुरु भयो । राजनीतिक अस्थिरता मात्र बढेन, ध्रुवीकरण पनि बढ्यो । राष्ट्रिय एकता र सामूहिक भावना निर्माणका दृष्टिले नेपाली समाज अघि बढ्न सकेन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि परिस्थिति फेरिएको छ तर एकता, सामूहिकता, सहअस्तिìव, सद्भाव र सहिष्णुताको भावना निर्माणमा आज पनि गम्भीर व्यवधानहरू छन् । एकता भावनाबाट मात्र सम्भव नहुने भएकाले यसका निम्ति आवश्यक पर्ने आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक आधारहरू निर्माण गरिनु पर्छ । नेपाली समाजमा आर्थिक असमानता र उत्पीडन छ । यसबाट समाजमा आर्थिक श्रेणीको निर्माण भएको छ । वर्गले यही श्रेणीलाई बुझाउँछ । एकातिर सम्पन्नहरू छन अर्कातिर विपन्नहरू । आर्थिक असमानता र उत्पीडनले मुलुकलाई एकताबद्ध गर्न, सहअस्तिìव, सद्भाव र सहिष्णुताको निर्माण गर्न सधैँ व्यवधान उत्पन्न गर्छन् । यो वर्गीय द्वन्द्वका साथै अन्य द्वन्द्वहरूको पनि कारक बन्छ । नेपाली समाजमा छुवाछुतलगायत जातीय विभेदका विविध रूपहरू छन् । लैङ्गिक विभेद र उत्पीडन समाप्त भएको छैन । आदिवासी, जनजाति र मधेशीहरूले अहिले पनि आफूलाई उपेक्षित र उत्पीडित अनुभव गर्छन् । यस्तो अनुभवका निम्ति आधारहरू पनि छन् । राष्ट्रिय एकता, सहअस्तिìव, सद्भाव र सहिष्णुताको नेपाली परम्परालाई अझ सुदृढ गर्न यस स्थितिलाई अन्त्य गर्न आवश्यक छ ।
नेपाल सांस्कृतिक विविधता र बहुलता भएको मुलुक हो । यो यसको महìवपूर्ण विशेषता हो । राष्ट्रिय एकताको कुरा गर्दा अत्यन्त गम्भीर र संवेदनशील बन्नुपर्ने विषयका रूपमा सांस्कृतिक विविधता र बहुलतालाई लिइन्छ । सांस्कृतिक विभेद र उत्पीडनका कारण मुलुकहरू टुव्रिmएका उदाहरण छन् । संस्कृति पहिचानको महìवपूर्ण आधार भएकोले यससम्बन्धी विभेद र उत्पीडनलाई गम्भीरतापूर्वक लिइन्छ । संस्कृतिको समरूपीकरणको विश्व र नेपालमै गम्भीर प्रतिवाद हुँदै आएको छ । एकले अर्काको संस्कृतिको सम्मान गर्दै संस्कृतिभित्र विद्यमान एकताका सूत्रहरूलाई बलियो बनाउनु पर्छ र एउटा खास संस्कृतिलाई मात्र महìव दिने दृष्टिकोण र व्यवहारबाट राज्य एवं समुदाय मुक्त हुनु पर्छ । नेपाल संस्कृतिको इन्द्रेणी फूलबारी हो । यस फूलबारीको कुनै पनि फूलले आफूलाई हेपिएको, ठगिएको र उपेक्षा गरिएको अनुभूति गर्नु हुँदैन । साहित्यले यस दिशामा महìवपूर्ण भूमिका सम्पादन गर्न सक्छ । साहित्य एकातिर सांस्कृतिक विभेद र उत्पीडनका विरुद्ध उभिनु पर्छ, अर्कातिर संस्कृतिमा विद्यमान एकताका सूत्रहरूलाई अझ बलियो बनाउन लाग्नु पर्छ । साहित्य राज्य र समुदायमा विद्यमान कमजोरीहरूको आलोचक बन्न सक्नु पर्छ । जातीय अहङ्कार । सङ्कीर्णता र साम्प्रदायिक भावना नेपाली समाजमा पनि छन् । धार्मिक बहुसङ्ख्यकवादी विचारहरू पनि सव्रिmय पाइन्छन् । सांस्कृतिक श्रेष्ठताको भावना पनि नेपाली समाजमा पाइन्छ । साहित्य यी सबैका विरुद्ध आलोचनात्मक रूपमा प्रस्तुत हुन सक्नु पर्छ ।
नेपाल भौगोलिक दृष्टिले विशाल मुलुक नभए पनि जाति, भाषा, धर्म, संस्कृतिका दृष्टिले विविधतापूर्ण मुलुक हो । यहाँ १४२ जाति र १२४ भाषा छन् । नेपालको संविधानमा यसलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनिएको छ । संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, समाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद, सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ उल्लेख गरिएको छ । नेपाली साहित्यले संविधानको यस मर्मलाई अझ गहिराइमा आत्मसात् गर्न आवश्यक छ । नेपाली साहित्यमा पाइने देशभक्तिको भावना, सबै प्रकारका विभेद र उत्पीडनको विरोध, समतामूलक समाज निर्माणको चाहना, राष्ट्रिय एकता, सहिष्णुता र सद्भावको भावनालाई अझ गहिरो र फराकिलो बनाउन जरुरी छ ।
नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै आजको संरचनाबाट अझ सुन्दर संरचना निर्माणतर्फ बढ्ने संवेदना र दृष्टि नेपाली साहित्यले प्रदान गर्न सक्नु पर्छ । परम्परामा विद्यमान उज्याला कुराहरूलाई ग्रहण गर्दै समकालीन साहित्यले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउन सक्नु पर्छ । साहित्यले राष्ट्रिय पहिचान र सामूहिक चेतनालाई आकार प्रदान गर्ने कार्य गर्छ । यसले इतिहास, मूल्य र विश्वासहरूलाई संरक्षण गर्न योगदान दिन्छ । साहित्यलाई सांस्कृतिक एकता, नैतिक मूल्य र देशभक्तिको भावनाको विकासको माध्यमका रूपमा लिइन्छ । राष्ट्रिय एकता, सहिष्णुता, सद्भाव र मानवीय मूल्य निर्माण आलोचनात्मक विवेक, तर्क र तथ्यसँग जोडिन्छन् । यसका विरुद्ध उभिने संरचना, दृष्टिकोण र मूल्यसँग नजुझी एकताबद्ध समाज निर्माण गर्न सम्भव छैन । साहित्यले हाम्रो मनमस्तिष्कलाई गहिरो गरी स्पर्श गर्ने भएकाले मनुष्यको आभ्यान्तरिक रूपान्तरणमा साहित्यको ठुलो भूमिका हुन्छ तर कामनाले मात्र समाज नबदलिने भएकाले साहित्यले यसै अनुसार भूमिका सम्पादन गर्नु पर्छ ।
नेपाली समाजलाई बिथोल्न आज अनेकन तìवहरू सव्रिmय छन् । तिनका आआफ्ना अभीष्ट छन् । बाह्य हस्तक्षेपका अनेकन तस्बिर हाम्रा अगाडि छन् । हाम्रो स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र आत्मसम्मानमाथि चोट लाग्दै आएको छ । बेलाबखत जातीय, धार्मिक एवं सांस्कृतिक विद्वेषको आगो सल्काउने प्रयास हुँदै आएका छन् । नेपाली समाजमा विद्यमान विभेद र उत्पीडनलाई यसका निम्ति उपयोग गरिँदै छ तर नेपाली समाजले आपसी एकता, सहिष्णुता र सद्भावलाई मर्न दिएको छैन । मुलुकको रक्षामा सबै एक भएर उभिएका छन् । साहित्यले नेपाली समाजको यस विशेषतालाई अझ समृद्ध गर्न योगदान दिनु पर्छ । हामी इतिहासको कठिन घडीमा छौँ । सांस्कृतिक, भाषिक आव्रmमणको पीडा मात्र हामीले झेल्दै छैनौँ, हामी आत्मविसर्जनको सिकार पनि हुँदै छौँ । हामीलाई आफ्नो होइन, अरूका कुरा प्रिय र महान् लाग्दै छन् । हामीलाई हाम्रो आफ्नै उज्यालो अतीतप्रति प्रेम र गौरव छैन । तिनलाई हामी व्रmमशः बिर्संदै छौँ । वर्णशङ्करीकरण, समरूपीकरण, व्यक्तिवाद, उपभोक्तावाद र प्रभेदीकरणको सिकार हुँदै गरेको नेपाली समाजलाई जोगाउन साहित्यले सशक्त भूमिका निर्वाह गर्नुपर्ने समय हो यो । हामी अत्यन्त संवेदनशील र गम्भीर बन्नुपर्ने समयमा छौँ । समयले हामीबाट अझ प्रभावकारी भूमिकाको अपेक्षा गरेको छ । वैश्विक रूपमा दक्षिणपन्थी, लोकप्रीयतावादी एवं नवफासिवादी विचार फस्टाउँदै गरेको समयमा साहित्य व्यक्तिगत सोख, आत्मसन्तुष्टि र आत्ममुग्धताको उपकरण बन्नबाट जोगिनुपर्छ । मानवता, एकता, सामूहिकतामाथि गम्भीर प्रहार भएको समय हो यो । व्यक्तिवाद, सुखवाद र उपभोक्तावादको आगोमा मानिस डढ्दै गरेको दृश्य हाम्रा अगाडि छ । विग्रह र द्वन्द्व बढ्दै गरेको समयमा हामी छौँ । हामी पनि यस विश्वका बासिन्दा हौँ । समस्या हामीभित्र पनि छन् । साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई महìव दिएर र मुलुक एवं जनताप्रति उत्तरदायी भएर नै नेपाली साहित्यले राष्ट्रिय एकता, सहिष्णुता र सद्भावलाई बलियो बनाउन सक्छ । मधुपर्क