स्वभावैले जवानीमा उनी निर्बल थिएनन् । हट्टाकट्टा, बलियाबाङ्गा थिए । जिउलाबाट एकै खेपमा दुई मुरी धान ओसार्थे । चार जनाले बोक्ने घाँसदाउराको बिटो हुन्थ्यो उनको । ‘काँधमा राखी घोडा उचाल्थे । बुुढीऔँला र चोरऔँलाको बिचमा चाँदीको दोबिटे कम्पनी च्यापी दोब्य्राउन सक्थे । पौँठेजोरी खेलमा ‘मै हुँ’ भन्नेले पनि हराउन सक्दैनथ्यो ।’ उनको बहादुरीको गाथा गाउँटोलमा अझसम्म पनि जनजिब्रोमा झुन्डिएकै छ ।
यो सब जवानीको ताकत रहुन्जेलको कुरा भयो । जस्तो कि त्यस उमेरका सबैलाई हुने दम्भको भूत सवार उनीमाथि पनि थियो । त्यो के भने उमेर, ताकत, जवानी सदाका लागि हो । यो कहिल्यै नसकिने पानीको मूूल हो । कहिल्यै नखिइने धातु हो । त्यसैले यो जति पिउँदा पनि हुन्छ । जति घोट्दा पनि हुन्छ । यही सोच राखी उनी जति पसिना बगाउँथे त्यसको दोब्बर मात्रा तमाखु हसुर्थे । उनको बिहानी एक फाँको तमाखुबाट सुरु भएर रात पनि एक फाँको तमाखुबाटै सकिन्थ्यो । हिसाब गर्दा एक माना त अवश्य त पुग्दो हो ।
यद्यपि तमाखुको डोज नपाएको दिन बिरलै हुन्थ्यो । भनौँ सौँबारे औँसी । कथंकदाचित् एकाध वर्षमा एक पटक त्यस्तो औँसी परिहाले उनी नुन खाएको कुखुरा अथवा जाँडले छोडेको जँड्याहा भइहाल्थे । दिसाजङ्गल जान बिर्सिन्थे । निराहार बस्थे । मौनव्रत धारण गर्थे । ससानो कुरामा झर्किन्थे । यति मात्र कहाँ हो र ? अरू बेलामा गौ प्राणी भनी कहलिएका बुुढा, त्यस दिनमा परिवारका सदस्यलाई बाघ भएर झम्टिन जाइलाग्ल्थे ।
‘बा ! तमाखु ।’ यस्तो दौरा पर्नासाथ कान्छो छोरो बुुढाको रिस थामथुम पार्ने जुगाड निकालिहाल्थ्यो ।
‘ला पिपी ।’ उनी छोराको हातबाट तमाखुको प्याकेट खोेस्दै सिरानीबाट पिपरमेन्ट निकाली थपक्क छोराको हातमा थमाइहाल्थे । कान्छो सिँगाने उमेरकै थियो । बाहुनले राखेको नाम त के थियो कुन्नि ! उनी छोरालाई चङ्खेको नामले पुकार्थे । ऊ हरहमेसा बाबुकै वरिपरि लुटपुटिइरहन्थ्यो ।
बुुढा त्यस बेलामा घाउटे उमेरका थिए । भोटा फटाएको हिसाबले ‘बुुढा’ को लेबल लगाइहाल्नुपर्ने उमेरका भइसकेका थिएनन् । त्यस्तै अर्धशतकको आसपासका मात्र हुँदा हुन् । तर अत्यधिक तमाखु सेवनका कारणले कलिलो उमेरमै दमको बिमारीले थला पा¥यो । गाउँमा काठेपाते, कछुवाको हड्डीसिवाय केही उपलब्ध हुँदैनथ्यो । धामीझाँव्रmीको शरण पर्नुुको विकल्प थिएन । यसैले असमयमै खास उमेरभन्दा दुई दशक ज्यादा देखिन थाले । पाकेका दारी झुस्स बढेर बाँझो खेत देखिन थाल्यो । खडेरीले खाएको धान खेत देखिन्थ्यो कपाल । कुच्चिएको सिल्भरको ताउली थियो कन्चट र छाती । सुकेका रुखका बोव्रmा लाग्थ्यो जिउको छाला । उठ्नु पर्दा भित्ताको सहारा लिनुपथ्र्यो । कलो चपाउनु, भातको गाँस निल्नु भनेको नालापानीको युद्ध जितेसरह हुन्थ्यो । मनकली हुन्जेल समय समयमा तातोचिसो गर्थिन् । बेला बेलामा सन्चोविसन्चो सोध्ने गर्थिन् । उनले पनि स्वर्गको बाटो समातेपछि आकाशतिर मुन्टो तन्काएर उनी हरदम एउटै रटान मार्न लागे, ‘मनकली ! यहाँको बसाइ हदै कष्टकर भयो । मलाई पनि छिट्टै बोलाउने चाँजोपाँजो मिलाई टिकट पठाउने व्यवस्था गर ।’
‘तातो पानी दिने मनकली बाटो लागिहाली । अब मेरो चङ्खे नै बुढौतीको लट्ठी हो । बाँचुन्जेल त बाँच्ने उपाय गर्नै प¥यो ।’ कान्छो सुपुत्र । त्यसमाथि बाबुलाई विशेष हेरचाह गर्ने भएर होला, उनले सम्पूर्ण भरोसाको चाङ चङ्खेमाथि नै लादेका थिए ।
०००
‘बालाई नेपालगन्जको अस्पतालमा लैजानु पर्छ कि क्या ? जति धामीझाँव्रmी बसाल्दा, काठेपाते खुुवाउँदा पनि रोग बिसको उन्नाइस भएन । ज्योतिष, जान्ने सबैलाई देखाइसकियो ।’ चङ्खेले मालतीको मुख ताक्यो ।
‘मेरो मुख के ताक्छौ ? यस्तो सरसल्लाह जेठाबाठा दाइहरूसँग गर्नु नि ।’ मालती गाबु लिएर भैँसीको थुन समात्न गई ।
‘खै दाइहरू लाखापाखा लागिसके । बुुढाको कुटिरो बलियो भए पो साक्किन्थे । उनीसँग करङका पाताबाहेक केही छैनन् ।’ उसले सत्य वचन ओकल्यो ।
‘सहर पस्न त कम्मर बलियो गर्नै पर्ला । यस्तो सन्निकट आइपर्दा दाजुभाउजू नगुहारे कसलाई गुहार्छौ ?’ मालतीले दुध दुहुन छाडी निस्पट्ट अँध्यारोमा टुकीको उज्यालो देखाई ।
०००
उसका दुई वटा दाजु थिए । गाउँकै स्कुलमा मास्टरी गर्थे । दुवैको एक मानोको राम्रै व्यवस्था थियो । ऊ मात्र शुद्ध किसान थियो । त्यो पनि आफ्नै खोजाले । भाग्य किन भने बाबुले उसलाई कलमकापी थमाउन नखोजेका होइनन् तर जति सम्झाए, तर्साए, बेतले चुटे पनि ऊ स्कुलको बाटो लाग्नुको सट्टा डिङाको पछि लागिहाल्थ्यो । घाँसदाउरा गर्न जङ्गल पसिहाल्थ्यो ।
‘सल्लाह त माग्नै पर्ला । बाबुले जन्म मात्र दिएनन् । खुट्टासमेत टेकाए । चार अक्षर चिनाए र त दाजुहरू अहिले समाजमा शिर ठाडो गरी हिँड्ने भएका छन् । कसका सन्तान मानो नछुट्याएर बसेका छन् र ! चुलो छुट्टियो भन्दैमा रगतको साइनो त कसरी चुँडिएला ?’ उसले रातभरि ढिँडो पकायो र आँखा मिच्दै भालेको डाकमा ठुुलो दाजुको घरको ढोका ढकढक्याउन पुग्यो ।
‘कता आउनुभयो, कान्छा ? एकाबिहानै ।’ उनीहरूको घरको आँठो जोडिएकाले देवर आउनुको उद्देश्य जानकारी नहुने सवालै उठेन । तर पनि भाउजूले ढोकाको सँघारबाटै औपचारिकतासम्म निभाइटोपली ।
‘दाइ बाहिर हिँड्नु भएको त छैन ?’ उसको स्वरमा हल्का कम्पनको साथमा द्विविधा थियो ।
‘बुुढालाई सन्चै त छ ?’ दाइ लोटा समाती बाहिर निक्लिँदै गर्दा वार्ता सुुनिहाल्यो । उसले ‘बा’ सम्बोधन गरेन । ‘कुचेरी बुुढा’ फुत्काइसकेको थियो, नभनी ‘बुुढा’ मात्र भन्यो । उसको भनाइमा आदरभन्दा पनि अनादर झल्किन्थ्यो ।
‘त्यही भएर त सल्लाह गर्न आ’को । धेरै दिनदेखि सन्चो छैन । रोगले गालिसक्यो । जिउमा हाडछालाबाहेक केही छैन । बा ओछ्यानमै बिलाउन लागिसके । एक मुठी परानी कसरी अट्केको छ ? दैव जाने । तैपनि सास रहुन्जेल आस ...।’ उसको गला वास्तवमै अवरुद्ध भयो ।
‘के गर्नु कान्छा ! बालाई उपचार गराउने मेरो पनि मन नभएको कहाँ हो र ? मास्टरीको नोकरी । तलब नपाएको तीन महिना नाघिसक्यो । तेरो भतिजोको एसएलसीको रिजल्ट हुनै आँटेको छ । पास भएपछि सहरमै नपढी नछाड्ने सुगा रटाइँ गर्दै छ । नपठाऊँ भने मास्टर भई टोपलेको । दुनियाँलाई अर्ती बाँड्दै हिँड्ने । मास्टरको छोरालाई हलो जोताउँदा छिमेकी, समाज, जोरीपारीले के भन्लान् ?’ दाइले ढोकाको सँघारबाटै आफ्नै रामायण वाचन ग¥यो र कानमाथि जनै बेरी टाप कसिहाल्यो ।
चङ्खेले त्यहाँ उभिइरहनुको औचित्य देखेन । निभ्नै लागेको टुकी हातमा लिएर उसले माइलो दाइको आँगनमा पाइलो टेक्यो । माइलो दाइले निधारमाथि चन्दन, घाँटीमा जनै, कम्मरमा सेतो धोती बेरेर शुद्ध ब्राह्मण भेष धारण गरेको थियो । ऊ तुलसीको मठमुन्तिर पिर्कामा बसी गीता पाठ गर्दै थियो ।
‘दाइ...।’ दाइले गीता पाठ सम्पन्न गरी ‘हरि शरणम्’ भन्दै पुस्तक बन्द गर्नै लाग्दा उसले जेठो दाइको घरमा कहेको व्यथाको पेटारो खोल्यो ।
‘हुन त हो । जन्म दिने बाबु हुन् । छोराको कर्तव्य । उनी बाँचे पनि नबाँचे पनि लोकलाजका लागि पनि एक पटक राम्रो अस्पतालमा पु¥याउनै पर्ने हो तर तँलाई थाहै छ । तलब जति नुनतेलमै सकिन्छ । पर्खी । कसैसँग हात थाप्नुपर्ला ।’ उसले घुमाउरो पाराले जेठा दाइकै पारामा रामायण दोह¥यायो ।
उसले रामायणको मजबुन बुझिहाल्यो ।
०००
‘दाजुहरूले मुख फर्काए पनि बाबुलाई अकालमै मर्न त दिनुभएन नि तर गर्ने के ?’ चङ्खेले निन्याउरो मुख लगाई गहुँजौँ पकाउँदै घरको बाटो लाग्दै गर्दा झ्वाट्ट सम्झ्यो– ‘जिउनी खेत र काका नाता पर्ने मुखिया ।’
‘बा सिकिस्त बिरामी छन् काका । बालाई उपचार गर्न धनगढी नलगी नहुने भयो ।’ उसले मुखियाको खुट्टामाथि फाटेको टोपी राख्यो ।
‘जाबो एउटा खेत छ । त्यो पनि बेचे परिवारको पेटमा चारो कसरी हाल्छस् ?’ मुखियाले सदासयता देखाए झैँ ग¥यो र हुक्का गुडगुडाउन थाल्यो ।
‘जसरी पनि पालुँला, काका । भारी बोकुँला । हलो जोतुँला । भाँडा मस्काउँला तर बाको दर्द त सहनै सक्दिनँ । उनैले कमाएको सम्पत्ति हो । उनैलाई खर्च गर्छु ।’ ऊ सतिसाल देखियो ।
मुखियाको दलानमा जग्गाको मोलमोलाइ भयो । दुई मुरीको खलो भएको खेत । चलनचल्तीको मूल्य पचास हजारभन्दा बढ्तै थियो । मुखियाले तीस हजारभन्दा एक चुन दाम बढी दिन मानेन । उसले अनेक बिन्तीभाउ ग¥यो । स्वर्गनरक सम्झना गरायो तर मुखिया टसमस नभएपछि उसले कागजमा ल्याप्चे ठोक्न बाध्य भयो । नोट गोजीभित्र घुसा¥यो । बसमा चढ्दै गर्दा एउटै मात्र पुकारा ग¥यो– ‘हे इष्ट देवता ! मेरो बाको रोग निको बनाइदेऊ । म सकेको सेवा गरूँला ।’
०००
उसले सहर पस्दा बलियो भ्रम के पालेको थियो भने बाबुलाई अस्पतालमा पु¥याउनेबित्तिकै बाको रोग छुमन्तर भइहाल्ने छ । त्यहाँका मान्छे सहृदयी र सहयोगी हुने छन् । अस्पतालको चौरमा टेक्नासाथ डाक्टरले उपचार सुरु गरिहाल्ने छन् ।
तर...।
‘पा...नी ।’ हस्पिटलको एउटा कुनामा थन्क्याएर निधारको पसिना पोछ्न नपाउँदै बुुढाले पानी पिउने
चाहना गरे ।
‘पानी कता पाइएला, बहिनी ।’ उसले चारैतिर धारो खोजेर नपाएपछि सेतो ड्रेस लगाएर काउन्टरमा बसी मोबाइलमा व्यस्त महिलालाई सोध्न पुग्यो ।
‘बाहिर पसलमा ।’ टाउको नउठाएरै महिलाले जबाफ फर्काई ।
‘ए, सहरमा जाबो पानीलाई पनि पैसो पर्दो रहेछ कि क्या ?’ ऊ अन्योलग्रस्त हुँदै पसलमा गयो र एक बोतल बिसरली किनेर ल्यायो ।
बुुढाको घाँटीभित्र एक घुट्को पानी परेपछि उनको हप्याक हप्याक केही मत्थर भयो । उनले चारैतिर
नजर दौडाए ।
‘नरकमा ल्याइस् कि क्या हो, कान्छा !’ उनले संशय व्यक्त गरे ।
‘ज्यादा नकराउनुस् बा । दम बढ्छ । यो अस्पताल हो । नरक होइन । यहाँ औषधीमुलो गराएर बिसेक भई आफ्नो घर फर्किने हो । अरू पचास वर्ष संसार भोग्ने हो ।’ बालाई उसले बच्चालाई झैँ सुमसुम्यायो । थुमथुम्यायो ।
०००
‘पहाडबाट बिरामी बालाई ल्या’को । डाक्टर साहेबलाई देखाउनुपर्ने ।’ ऊ पुनः उही काउन्टरमा बसेकी महिलासामु निहुरियो ।
‘लाइनमा उभिने । पालो आएपछि नाम लेखाएर पर्ची लिने । अनि डाक्टरको ढोका अगाडि उभिने ।’ महिलाले च्याठिँदै अत्यन्त रुखो स्वरमा नियम पढाई ।
महिलाले अथ्र्याए अनुसार पर्ची लिएर ऊ डाक्टरको ढोका अगाडिको बेन्चीमाथि बस्दा मध्यदिन भइसकेको थियो । बेन्चीमाथि बसेको दुई घण्टापछि उसको पालो आयो । ‘गाउँमै मर्न दिएको भए हुन्थ्यो । यो कान्छाले सजिलै परानी पनि जान नदिने भयो ।’ यस अवधिमा बुुढाले सत्रपल्ट गनगन गरिसकेका थिए ।
‘के भएको हो ? डाक्टरले स्टुलमाथि बसेका बुुढालाई हेर्दै नहेरी प्रश्न ग¥यो ।
‘रातभरि खोकिरहन्छन् । एक निमेष पनि परेला चिम्लिँदैनन् । चार महिना अगाडिसम्म त ठिकठिकै थिए । अहिले त ओछ्यानबाट हलचल गर्न नसक्ने भइसके । बिन्ती छ, डाक्टर साहेब ...।’ उसले भक्कानिँदै डाक्टरको खुट्टामा टोपी राख्यो ।
‘बिरामीलाई भर्ना गर्नु पर्छ । गोजी कति बलियो छ ?’ बिरामीलाई छामछुुम गरी डाक्टरले सरकारी नियम जानकारी गरायो । ‘मरेपछि बिल नतिरी लास लिन पाइँदैन ।’ भन्न खोजेको थियो । भनेन ।
‘कति दिनमा रोग बिसेक होला, डाक्टर साहेब ।’ उसले गोजी छाम्दै अबोध प्रश्न ग¥यो ।
‘म कसरी भन्न सक्छु ? मेरो काम औषधी गर्ने हो । बाँकी राम भरोसे ।’ सरकारी अस्पताल त भइगो । बाहिर पालो पर्खेर बसेका पचासौँ बिरामी थिए । उसले झर्किंदै भित्तामा टाँसेको रामसीताको फोटोतर्फ औँलो सोझ्यायो ।
‘रोग बिसेक नहुने भए खल्ती किन टकटक्याउनु
त ? भएको पैसाले...।’ ‘काजव्रिmया गर्न पुग्ला ।’ बुुढाले तितो यथार्थ ओकली छाडे ।
‘तपाईंको विचार ।’ डाक्टरले ढाड तनक्क तन्कायो ।
‘धेरै नबोल्नुस् बा । बिरामी मान्छे धेरै बोल्न हुँदैन । सकस पर्छ ।’ उसले बालाई सहारा दिँदै जाँच गर्ने टेबुलमाथि सुतायो र डाक्टरलाई उपचार सुरु गर्न अनुरोध ग¥यो ।
०००
बुुढालाई अस्पताल भर्ना गरी उपचार सुरु भयो । उपचार सुरु गर्नुको अर्थ भित्ताको सहारा लिएर उठ्न सक्ने बुुढालाई बेडमा लम्पसार पारी नाकमुखभित्र पाइप कोचियो । चारैतिरबाट तल्र्याङतुर्लुङ पाइप झुन्ड्याइयो । एक घण्टाको बिचमा सत्र पल्ट रगत निकालियो । दिसापिसाब ओछ्यानमै गर्नुपर्ने भयो । एक्स रे, रगत जाँच, मूत्र जाँच जस्ता सामान्य प्रव्रिmया हुने नै भए । रिपोर्ट आएपछि एक झोला औषधी खरिद गर्न लगाइयो ।
बुुढा भने उँभो हुनुको सट्टा दिनदिनै उँधो हुँदै गए । खस्किँदै गए । उनले हरपल एउटै रटान मार्न थाले, ‘नगर कान्छा ! अरू जोड । यी डाक्टर भनेका किर्ना रहेछन् । मेरो एक पित्को सास र तेरो जेबमा एक सुक्को रहुन्जेल यिनले चुस्न छाड्नेवाला छैनन् । बरु लैजा घरमै । आफ्नै घरआँगनमा हुरुक्क सास
त जाला ।’
‘अब कति दिनमा बिसेक होला ?’ डाक्टर राउन्डमा आउनासाथ उसको पहिलो जिज्ञासा हुन्थ्यो । प्रश्न गर्दै गर्दा ऊ फाटेको कमिजमा प्वाल परिसकेको जेब छाम्न भने बिर्सिंदैनथ्यो ।
‘धैर्य गर्नुस् । फल मिठै होला ।’ डाक्टर चार्टमा केही लेखेर निक्लिन्थ्यो । केहीको अर्थ थप जाँच गर्ने निर्देश हुन्थ्यो । पुरानो औषधीको ठाउँमा थप औषधी खरिद गर्नुपर्ने हुन्थ्यो ।
..... ..... .....
अस्पताल भर्ना भएको सातौँ दिनमा बुुढाको अवस्था झनै नाजुक भयो । बोली बस्यो । उनी गुलेली लागेर घाइते भएको परेवा जस्तो छटपटाउन थाले । आँखा पिर्लिक पिर्लिक पल्टाउन लागे । घाँटी किकलिक किकलिक पार्न थाले ।
‘डाक्टर साहेब ।’ ऊ चिच्च्याउँदै डाक्टरको कोठाभित्र पस्यो । डाक्टरले कानभित्र इयर फोन कोचेको थियो । सायद ‘सिलाकी जवानी....।’ सुन्दै थियो ।
‘इडियट । सोमतलेस गवार । के भयो ?’ डाक्टरले कानबाट इयर फोन थुत्यो ।
‘मेरा बा...।’ उसले दुई शब्दमै भएको बेहोरा निवेदन ग¥यो ।
‘चिच्च्याउनु पर्छ त । बुुढाको मिति सकियो होला । जाऊ म आउँछु ।’ डाक्टरले हप्काउँदै फेरि इयर फोन कानभित्र कोचिहाल्यो । उसले चिम्टिभर पनि संवेदना देखाउने कष्ट गरेन ।
‘मुर्दारलाई कोदाको रोटी, मकैको ढिँडोको ताकत देखाउनु पर्छ कि क्या ?’ ऊ खुट्टा बजार्दै कोठाबाट बाहिरियो ।
डाक्टर त मुन्टियो तर एक घन्टापछि । आफ्नो चेहरालाई प्लास्टिकले छोप्यो । उसले पुनः बुुढाको नाकमुखभित्र पाइप घुसार्न लगायो । नाडीमा सलाइनको पाइप घुसा¥यो । उसको पिठ थपथपायो, ‘चिन्ता लिनु पर्दैन । थप तीन दिन ।’
‘भुुत्राको ठिक हुन्छ । मरेको मान्छे पनि कहीँ बिउँतिन्छ ।’ सब चर्तिकला हेरिसकेपछि उसले लाटो रिस निकालेर फतफताउँदै डाक्टरको कठाल्नो समातुँला झैँ ग¥यो ।
‘लिने भए लैजाऊ न त । कसले रोकेको छ र ? ए सिस्टर मिस्टरलाई हिसाब किताब सम्झाइदेऊ ।’ डाक्टर जुत्ता बजार्दै बाहिरियो ।
०००
‘कोर लागेर मरोस् बजिया । शरीरभरि किरा परी मासुु फतफती खसोस् । मर्ने बेलामा पानी खान नपावस् । सेतो कोट लगाएको किर्नो ।’ उसले जानेसम्मको सराप फलाक्दै बिल चुक्ता ग-यो र बाबुको लासलाई डोकोमा राखी नदी किनार खोज्न हिँड्यो । मधुपर्क