प्रिय भाइ,
यति बेला तिमी कहिल्यै नफर्कने गरी यस दुनियाँबाट विलुप्त भएको पनि चाँैतिस पुगेर पैँतिस वर्ष लागिसकेछ तर मेरो स्मृतिमा भने तिमी निरन्तर मेरो मनको मझेरीमा खेलिररहेका छौ, हरदम, हरपल मेरै वरिपरि घुमेर मेरो मनलाई अशान्त पारिरहेछौ । केही वर्षको अन्तरालमा नै सही, हामी दुवै एकै भेकमा जन्मिएका थियौँ । म मादीवारि यता फल्याङकोटमा अनि तिमी मादीपारि उता क्यामिन छापथोकमा । तिमीलाई त के थाहा हुने भयो र ? हाम्रो देशमा राणा शासन ढलेर प्रजातन्त्र आएको भर्खर दुई वर्ष पुग्न लागेको थियो । किसानहरूले भर्खर खेतीपाती थन्क्याएर सुस्ताउन थालेका थालेका थिए, त्यही समयमा पुस महिनामा क्यामिनको छापथोकभरि हर्षको एउटा लहर चल्यो । तिम्री आमालाई प्रसव वेदनाले जति पीडा दिए पनि उनले कुनै पीडा महसुस गरिनन्, तिमी धरतीमा खस्नेबित्तिकै उनको अनुहारभरि उज्यालो प्रकाशको आभा छरियो । दर्दमा पनि मुस्कुराउन जान्ने आमाहरूकी प्रतिनिधि तिम्री ममतामयी आमा मनमायाले चारचौरास चहारेर, माउ कुखुरीले अनेक बाधा र व्यवधानसित पौँठेजोरी खेल्दै आफ्ना चल्लाको रखबारी गर्दै हुर्काएसरी तिमी र तिम्रा भाइबहिनी केशव, निराजन तथा निताको लालनपालन र स्याहार सम्भार गर्न नसकेको भए कसरी हुर्कन सक्थ्यौ होला र तिमीहरू ? हाम्रा आमाहरूले उनीहरूको निश्छल र निस्वार्थ सेवाले यस धरतीलाई नसिञ्चने हो भने कसरी फव्रmेर फुल्ने थिए होलान् र प्रकृतिको बगैँचामा मगमग बास्ना दिने यी अनगिन्ती फूलहरू ?
यति बेला त तिम्रो गाउँ क्यामिन छापथोकमा पनि विकासे लहरको हल्कोले छोएको छ । तिमीले यसलाई प्राइमरी स्कुलको साँधुरो सिमाभित्र बाँधिएको पहाडी दूरदराजका गाउँहरू जस्तै एउटा सानो गाउँका रूपमा मात्र देखेका थियौ । अहिले भने यो गाउँले आफूलाई व्यास नगरपालिकाको एउटा अभिन्न अङ्गका रूपमा ७ नम्बर वडाको बिल्ला छातीमा टाँसेर सगर्व उभिएको छ । पूर्वतिर सतीस्वाँरा, तनहुँसुरसित काँधमा काँध जोडेर बसेको तिम्रो जन्मथलो पश्चिममा मादीनदीको स्निग्ध, सफा चिसो जलराशिमा आफ्ना पाउ पखाल्छ । तिमी मन्दा छ वर्षजति अगाडि मैले मेरो बेँसी स्यास्त्रीका फाँटमा पौडी खेलेको त्यही नदीको चिसो पानीमा तिमी पनि साथीभाइसित मिलेर उता दुलैपानी नजिकै बालुवाका बगरमा घामको न्यानो किरणमा पिठ्यँु सेकाउँदै म जसरी नै पौडी खेल्न आइपुगेका थियौ । हाम्रा बालपनका ती दिनहरू कति रमाइला थिए, तिनको स्मृति आज तिमी बाँची बसेको भए हामी दुई सँगै एकै ठाउँमा बसेर हाम्रा सम्झनाका पेटारामा लुकेर बसेका पोकाहरू कति रमाएर फुकाउँथ्यौँ होला भन्ने कल्पना गरेर म विगतको स्मृतिमा त्यसै हराउँछु ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि’ भन्ने कवितांश तिमीले सुनेकै थियौ । हामी नेपालीहरू हामीलाई जन्म दिने आमाबाहेक हाम्रो जन्मभूमिलाई पनि आमा नै मान्छौँ÷ भन्छौँ । यो हाम्रो सांस्कृतिक परम्परा हो । हामी नेपाल आमाका सन्तती हौँ भन्ने कुरामा गर्व गर्छौं । देश अनुसार भेष भने झैँ आफ्नो संस्कृति, चलन र परम्परा अनुसार कसैले देशलाई पितृभूभि पनि भन्ने गरेका छन् । जन्मदाता आमा हुन्, ती धरती जस्तै छन् ।
आफ्ना सन्ततीलाई मूल रूपमा पालन पोषण गर्ने त पिता नै हुन्, घरको मूली खाँबो । ती आकाश जस्तै लाग्छ मलाई । मानिसको जीवनमा पिताको महìव कत्ति पनि कम छैन । त्यो तिमीले बुझेकै थियौ । तिमीले मात्र नभई हरेक छोराले बुझ्नु पर्छ यो तथ्यलाई । पिता हाम्रा छहारी हुन् । तिनले हामीलाई झरीका समयमा ओत दिन्छन्, घाम लागेको बेला शीतल । पिता छैनन् त मानिस आपूmलाई असुरक्षित महसुस गर्छ । मानिसको जीवन असहाय हुन्छ, छानोबिनाको घर जस्तै । तर तिमीले त्यस्तो स्थिति बेहोर्नु परेन । क्यामिन छापथोक वाग्ले ब्राह्मण खलकका तिम्रा पिता न्यायमूर्ति विष्णुभक्त उपाध्याय तिमीहरूको लालानपालन र शिक्षादीक्षामा कुनै कमीकमजोरी होला कि भन्ने सुर्तामा थिए ।
तिमीहरूले गाउँको प्राइमरी स्कुलबाट पाँच कक्षा पूरा गर्दा नगर्दै तिम्रा पिताले तिमीलाई आफूसँगै आफूले जागिर खाने काठमाडौँ सहरमा लिएर गए र एउटा राम्रो स्कुलमा भर्ना गरिदिए । यसरी उर्वर मस्तिष्क भएका तिमीले शैशवकालमा नै शिक्षाको राम्रो जग बसाल्न सक्यौ । जता जता बुवाको सरुवा हुन्छ तिमी पनि त्यतै त्यतै उहाँका पदचापलाई पच्छ्याउँदै कहिले वीरगन्ज र कहिले भरतपुर पुग्यौ ।
त्यतै बढ्यौ, त्यतै पढ्यौ । किशोर वयमा नै एसएलसी पास गरेका तिमीलाई एउटा होनहार, आज्ञाकारी पुत्र बनाउने हरेक पिताको जस्तै तिम्राबाका पनि इच्छा–आकाङ्क्षा थिए । त्यसैले तिमीले एसएलसी दिएर नतिजा कुरी बसेको समयमा समेत पिताजीकै सल्लाह र अझ भनौँ निर्देशनमा केही समय तिमी चितवनको कुनै एउटा स्कुलमा शिक्षक हुन पुग्यौ । कलेज प्रवेश गरेपछि भने पँखेटा लागेर पूर्ण विकसित भएका चराका बचराले गुँडबाट पहिलो उडान भरेर खुला आकाशमा कावा खाँदै वेग हानेसरी तिमी ज्ञान आर्जनको बृहत् दुनियाँमा प्रवेश ग¥यौ ।
तिमीलाई सम्झना छँदै छ होला, त्यति बेला तिमी हामी अध्ययन गर्ने वीरेन्द्र इन्टर कलेजका प्राचार्य हुनुहुन्थ्यो, हामीलाई असाध्यै माया गर्ने हाम्रा आदरणीय गुरु, साहित्यकार आन्ददेव भट्ट । कलेजमा प्रत्येक जसो शुव्रmबार साहित्यगोष्ठी हुन्थे र तिमीहामी सबै सधैँ आफ्ना केही न केही रचना सुनाएर प्रारम्भिक कालको हाम्रो सिर्जना संसारलाई गोडमेल गर्नमा लागिरहेका थियौँ । त्यति बेला नै त हो तिमीले विस्तारवादी अधिनायकवादलाई हाँक दिएर राष्ट्रवादले भरिपूर्ण सुस्ता मेरै हो, सुस्ता मेरै हो, शीर्षकको कविता लेखेको । त्यही कविताको सिर्जनापछि त हो तिमीले सिर्जजालाई उमेरको कुनै हदबन्दी लाग्दैन भनेर ऐलान गरेको ! किशोरहरूको एउटा बिन्दु हुन्छ उमेरको जसलाई एउटा अपरिपक्व उमेर भनिन्छ, १३ देखि १९ वर्षसम्मको । अङ्ग्रेजहरूले भन्ने गरेको टिनएज यसैलाई त हो । तर तिमी त यही अपरिपक्व उमेरमा एउटा प्रौढ भइसकेका थियौ । यो कुराका साछी नौलो राँको अङ्क एक र दुईमा प्रकाशित तिम्रा दुई थान कविता नै यथेष्ठ छन् यसलाई पुष्टि गर्नका लागि ।
नौलो राँकोका विषयमा कुरा उठी नै हाल्यो । यस विषयमा पनि अलिकति थप कुरा गरूँ जस्तो लाग्यो । २०२५ सालको सुरुतिरको कुनै एक दिन, जनव्रmान्तिबाट पञ्चायत फाल्ने र जनताको सत्ता कायम गर्ने सपना देख्दै थियौँ तिमी–हामी । आन्तरिक रूपमा हामीलाई सहयोग गर्ने हाम्रा अग्रजहरू पर्दापछाडि छँदै थिए । चितवनका युवाहरूको एउटा भेला गरेर जनचेतना जगाउनका लागि हामीले नौलो राँको सामयिक सङ्कलन निकाल्ने अठोट ग¥यौँ । पत्रिकाको सम्पादकमा सर्वश्री मुरारीमोहन जोशी, हरिहर खनाल र प्रभातकुमार जोशी तथा प्रकाशकमा बाबुराम पाण्डेय, पशुपति वाग्ले र ऋद्धिनारायण पियाको टिम बन्यो । २००९ साल पुसमा जन्मेका तिमी त्यति बेला भर्खर १६ वर्षको किशोर वयमा हिँडिरहेका थियौँ तर सामाजिक, साहित्यिक र सांस्कृतिक काम गर्ने तिम्रो सुझबुझ, लगनशीलता, खुबी र तत्परता तिम्रा अरू कुनै प्रौढ मित्रहरूको भन्दा कम थिएन ।
यति बेला त वीरेन्द्र कलेजमा धेरै वर्ष पहिलेदेखि थुप्रै विषयका स्नातकोत्तर कार्यव्रmमहरू सञ्चालनमा छन् । त्यति बेला भने त्यसको नाम अनुसार नै आईए भन्दामाथिको अध्यनको सुविधा थिएन त्यहाँ । त्यसैले तिमी काठमाडौँतिर लाग्यौ र त्रिचन्द्र कलेजमा अर्थशास्त्र विषय पढ्न थाल्यौ । तिमी जे पढ्थ्यौ, त्यसलाई राम्ररी बुझेर ग्रहण गथ्र्यौ ।
त्यसैले त तिमीले कलेजबाट प्रदान गरिने अर्थशास्त्र विषयको प्रतिष्ठित तारापद पदक प्राप्त गरी तिम्रो शैक्षिक उन्नतिमा एक कीर्तिमान राख्न सफल भएका थियौ ! तिमीलाई माया गर्ने मान्छेहरू जो जहाँ भए पनि उनीहरूले तिमीलाई हरेक कुनाबाट हेरिरहेका थिए । तिम्रो प्रतिभा र खुबीका जानकार हामी सबैका असल गुरु आनन्ददेव भट्टले २०३० सालमा चितवन छाडे पनि उहाँको मनको कतै कुनै कुनामा तिमीप्रतिको स्नेह त छँदै थियो । त्यसो भएको हुनाले पनि होला, त्रिवि पाठ्यव्रmम विकास केन्द्रमा उहाँ उपनिर्देशक भएको समयमा उहाँले तिमीलाई बोलाएर उपप्रशासक पदमा जागिर खाने मौका मिलाइदिएको हुनाले तिमीले त्रिवि पाठ्यव्रmम विकास केन्द्रमा समेत केही समय आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने अवसर पायौ ।
तर तिम्रा पिताजी न्यायमूर्ति विष्णुभक्त सधैँ छोराले लोक सेवा आयोगको परीक्षा दिएर निजामती सेवामा प्रवेश गरेको हेर्न चाहनुहुन्थ्यो । पितृ आज्ञालाई शिरोपर गरी तिमीले पहिलो पल्ट २०३४ सालमा शाखा अधिकृत तहको लोक सेवा आयोगको परीक्षामा पनि सफलता प्राप्त ग¥यौ र श्रम विभागमा शाखा अधिकृत तहमा नियुक्त भई सरकारी जागिरे जीवनमा प्रवेश ग-यौ ।
२०३२ सालमा उमेरको हिसाबले पनि तिमी २३ बर्से तन्देरी भइसकेका थियौ । त्यसैले तिम्रा लागि एउटी असल कन्याको आवश्यकता देखेका तिम्रा मातापिताले गोन्द्राङका वसन्त पौडेलकी सुशील छोरी माधवी पौडेलसित तिम्रो लगनगाँठो नव वर्षको प्रथम मुहूर्तमा नै कसिदिनुभयो ।
समयको अन्तरालमा तिम्रा सुन्दर छोरीहरू पहिले प्रज्ञा र त्यसको केही वर्षपछि दिवा तिम्रो सानो सुन्दर पारिवारिक फूलबारीमा पूmल्न आइपुगे । तिनले भित्र चोटा कोठामा चाहारेको, भित्र–बाहिर गरेको, आगनमा खेलेको तिमी दुवै तन्मयतासाथ कृतकृत्य भएर हेथ्र्यौ, त्यो बालव्रmीडा देखेर हर्षले गदगद भएर रमाउँथ्यौ । दुई दिदीबहिनी छँदै थिए, एउटा भाइ पनि भइदिएको भए कति रमाइलो हुँदो हो भन्ने तिनको भित्री मनमा लाथ्यो, तिमी र माधवीका मनमा पनि त्यो कुरा भित्र कतै हृदयको अन्तरकुन्तरमा लुकेर बसेकै थियो । नभन्दै एक दिन दिदीहरूका पदचापलाई पछ्याउँदै आशिषले पनि यस धरामा पदार्पण ग¥यो । तिमीहरू सबैले आँगनमा स्वयं जून खेल्न आइपुगेको ठान्यौ ।
लेक सेवाका परीक्षा धेरै जसो मान्छेका लागि फलामका च्युरा साबित भएका छन् तर तिम्रा लागि भने ती सरल र सहज थिए । उपसचिव स्तरको परीक्षामा पनि तिमीले सहजै सफलता हासिल ग-यौ र जिन्दगीका अनेक मोड र कुइनेटाहरूमा छिचोल्दै, घुम्दै फिर्दै तिमी २०४६ सालमा यातायात व्यव्यस्था विभाग बुटवलको कार्यालय प्रमुखका रूपमा त्यहाँ पुग्यौ । यता घरमा माधवी घर धानेर छोराछोरीको पढाइ–गुनाइतिर लागिरहेकी थिइन् । उता तिमी आफ्नो नयाँ कार्यालयको कार्यभार समालेर निश्चित कार्यव्रmमसहित अघि बढिरहेका थियौ । दसैँ र तिहारका चाडबाड भर्खर सकिएका थिए । कात्तिक महिनाको आधाआधी समय घर्कन थालेको थियो । त्यही ताका तिमी सरकारी क्वार्टमा पारिवारिक रूपमा एक्लै थियौ ।
कसरी के हुन गयो कुन्नि ? तिमी फुड प्वाइजनिङको सिकार हुन पुग्यौ । तिम्रो परिवार, तिम्रा जहानबच्चा, तिम्रा साथीभाइ तिम्रा आफन्तजन सबै तिम्रो देहावसानको दुःखद खबर सुनेर स्तब्ध भए । तिमी साँचो अर्थमा एक होनहार युवा थियौ । केवल ३७ वर्षको युवावस्थामा त्यसरी अप्रत्यासित रूपमा भएको तिम्रो देहावसानले हामी सबै एकदम स्तब्ध र दुःखी भयौँ । तिम्रा परिवारजन र तिम्री अर्धाङ्गनी माधवीका आँखा कैयौँ दिनसम्म ओभाएनन् । बाँसका कलिला मुना जस्ता तिम्रा छोरीहररू र छोरा आशिषका अनुहारबाट धेरै दिनसम्म हाँसो हराएर गयो । अनुहारबाट उज्यालो लोप भयो ।
यति बेला तिम्रा मातापिता दुवै जनाले तिमीले जस्तै अनन्त यत्राको बाटो तय गरिसकेको सुन्छु म । तिम्र्री पत्नी माधवी र इन्जिनियर डिग्री हासिल गरेको छोरो आशिष अमेरिकाको भर्जिनिया उडल्यान्डमा, जेठी छोरी प्रज्ञा सपविार क्यालिफोर्नियामा र कान्छी दिवा क्यानडामा बसोबास गर्छन् । तिम्रो कान्छो भाइ निरञ्जन तथा बहिनी नीता पनि उतै क्यालिफोर्नियातिर सपरिवार बस्छन् भन्ने खबर पाएको छु । तिम्रो भाहिलो भाइ केशव भने पुर्खाको देशमा नै सपत्नी निवृत्त जीवन बिाइरहेका छन् ।
तिम्रो पारिवारिक बगैँचाबाट असमयमा नै एउटा सुन्दर फूल चुँडियो र विलुप्त भयो । त्यो फूल भनेको तिम्री थियौ । यति बेला तिमी भैदिएको भए, उन्नति र प्रगतिले हराभरा भएको यो तिम्रो पारिवारिक फूलबारी कति सुन्दर देखिँदो हो ? तिमीलाई देख्दा तिम्रा सन्तती र स्वजनहरू कति प्रफुल्ल हुँदा हन् ? जन्मेपछि मर्नु पर्छ यो प्रकृतिको नियम हो तर तिमी असमयमा नै बित्यौ । हाम्रो दर्द र पीडा त्यहीँनेर लुकेको छ जसलाई यिनै र यस्तै शब्दले बाहेक अरू कुनै किसिमले देखाउन सकिँदैन । मधुपर्क
अलबिदा प्रिय भाइ !!
धापासी, काठमाडौँ