तारानाथ शर्मा : प्रखर समालोचकदेखि सरल लेखकको यात्रा
मैले करिब तीस वर्षअघि भेट्दा तारानाथ शर्मा ताना सर्माबाट तारानाथ शर्माको रूपमा पुनः फर्किसकेको थियो । प्रखर समालोचक, माक्र्सवादी चिन्तक, फ्रिडियन उपन्यासकार– तारानाथ सरको पुरानो परिचय । आक्रामक निबन्धकारबाट मिलनसार, शालीन र आदरणीय व्यक्तित्व, सन्तुलित लेखक र अलिकति राजावादी, अलिकति प्रजातन्त्रवादी– नयाँ चिनारी तारानाथ सरको । उहाँ दुई जना छोराको बुबा, नियात्राकार; अनुवादक; विश्व साहित्यको विद्यार्थी; कवि; लचिलो समालोचक; गीतकार र मिजासिलो निबन्धकार– मैले भेटेको तारानाथ शर्मा ।
एउटा नयाँ क्षितिज (कविता)
प्रेम गर भावनाको सागरमा डुबुल्की लगाऊ चञ्चल हुन्छ मनको पाइला... अक्सर बहकिरहन्छ ठेस लागेर कतै दुखिहाल्यौ भने भन्दिनँ... रुँदै नरुनू ...
आखिरी इजलासमा (कविता)
पोतिएर सुनौला मन्त्रहरू वेद–वेदाङ्गहरूभरि, त्रिपिटकभरि तोरा, ताल्मड र पवित्र बाइबलभरि हाडीथभरि, कोरानभरि ब्रह्मवाणीहरू, बुद्धवाणीहरू यिसु वचनहरू, मोहम्मद प्रवचनहरू
ब्रेथिङ स्पेस अफ औँला (कविता)
एक जोर औँलाहरू पर्खिरहेका छन् शरणार्थी मानसिकता कटेपछि देशभन्दा पर देशको अनुहार बल्ल अघाउँछ औँलाको पेट
दुखेको कुरो (कविता)
धन्य, अहिलेसम्म मेची, महाकाली, तराईं र हिमाल साक्षी छन् । सगरमाथा र, नागरिकता पनि सद्दे छन् ।
मानवकै उपकार, संस्कार ! (कविता)
ढासा ढर्र्रा अतिसय बढी चढ्न थाले विकार । के बच्लान् खै ? प्रचलन प्रथा दिव्य संस्कार सार ।। बोझा थप्दै घरघर यहाँ ढोँगको ढोल बज्छ । राम्रा हाम्रा मुनिमत कठै ! खस्छ पाताल खस्छ ।।
घामको उज्यालो (कविता)
सत्य बोल्दैनन् कोही सबै भ्रमको खेती गर्नमै व्यस्त छन् भ्रम रोपिरहेका छन् भ्रम गोडिरहेका छन् भ्रम नै काटिरहेका छन्
आँसुको घाउ (कविता)
मेरा जीवनका सम्पूर्ण सपनाहरूको लाशले बनेको साँघुरो गल्ली भएर मलाई भेट्न किन आयौ ? पत्रकार !
देश आज [कविता]
दोहोरो भूमिकामा छ देश दोहोरो भूमिका छ नेतृत्व र, दोहोरै भूमिकामा छन् मानिसहरू ।
हिन्दु देवता नरबलि खान्थे !
‘‘वरुण देव ! तिमी महान् छौ, द्यावा भूमि सर्वत्र निर्वाध विचरण गर्न सक्छौ । जस्तोसुकै मै हुँ भन्ने शत्रुलाई पनि पाता फर्काएर हैसियत देखाउन सक्छौ । तिमीजस्ता सामथ्र्यशाली व्यक्तित्वले मजस्ता सामान्य मानिसलाई मारेर के पाउँछौ । यसमा न तिम्रो बहादुरी देखिन्छ न विशेषता नै झल्किन्छ । उल्टै लोकले खिसीट्युरी गर्नेछन्, वरुण जस्ता पश्चिम सागरका अधिपतिले पनि शुनःसेप जस्ता बालकको बलि खाए भन्नेछन्, घृणा र तिरस्कार गर्नेछन् । विन्ती छ नमार । माता अदितीको रोइरहेकी छन् । पिताजीको अवस्था त्यस्तै छ । उनीहरूको आँशु पुछ्न चाहन्छु । (ऋग्वेद १।२४।१) बाबु आमाको सेवा गर्नु छोराछोरीको धर्म पनि हो कर्म पनि हो, त्योभन्दा पनि बढी कर्तव्य हो
कपुत (कथा)
असी वसन्तको उकालो चढसेकेकी आमा डाडाँमाथिको जूनझैँ पिँढीको डिलमा बसेर अतीतका दिन गन्ती गर्दैछिन् । घरमा दुई बूढाबूढी मात्रै छन् । घरको काम सघाउन बीसौँ वर्षदेखि बसेकी बालविधवा वसन्तीले भने अझै साथ छाडेकी छैनन् । घर ठूलै छ । दुवै तलामा बस्ने डेरावालसित कुनै सम्पर्क छैन । भाडा बुझ्ने बुझाउने बेलामा पनि वसन्तीले नै कुरा मिलाउँछिन् । दुई छोरा दुई छोरी समेत चार सन्तान हुन् उनीहरूका । चारै सन्तान विदेशिएको वर्षौं भयो । अन्डा कोरल्ने र हुर्काउने कर्तव्य सुम्पेको छ नियतीले । पखेटा लागेपछि नौ डाँडा काटेर जान्छन् माउलाई चटक्कै बिर्सेर । दुःखजिलो गरेर छोराछोरीको हातखुट्टा लगाइदिए, हुर्काए पढाए र जान्ने सुन्ने बनाए । बाबु आमालाई बिर्से परदेशी भए ।
अक्षरबाटै शिखर आरोहण
साढे तीन दशकअघिको कुरा सम्झँदै छु यतिखेर, त्यतिखेर साहित्यकारहरूलाई भेटेर उहाँहरूकै हस्ताक्षरमा परिचय सङ्ग्रह गर्ने रहर पालेको थिएँ । सङ्ग्रहको काम अघि बढ्दै जाँदा डा. तारानाथ शर्माको लेखन सम्झेर उहाँलाई भेट्ने आँट पलाएन, कस्ता कस्ता साहित्यकारलाई समालोचनाको झटारो हानेर झाँको झारेर लेख्न सक्नेले म भर्खर साहित्यमा चासो राख्नेले भेटेर कुराकानी गर्नु भनेको त्यतिबेला बुताबाहिरको ठान्थेँ । गोविन्द गोठाले, कमल दीक्षित, दयाराम सम्भव, आनन्ददेव भट्ट, प्रेमा शाह आदि स्रष्टालाई भेटेपछि अलि हौसिएको पनि थिएँ । मलाई त्यतिखेर नाट्यकर्मी दाजु अशेष मल्लले डा. तारानाथ शर्मासँग आफ्नै मोटरसाइकलमा राखेर बानेश्वरस्थित उहाँको डेरामा लगिदिने भनेपछि लाग्छ, त्यसको २–४ रात म सुत्न सकिनँ । तारानाथजस्ता साहित्यकारलाई भेट्दैछु भन्ने एक किसिमको गौरवबोधले पनि होला, एक किसिमको डर पलाएको पनि थियो ।
‘पश्चिमका केही महान् साहित्यकार’ सँग साक्षात्कार
काम विशेषले साझा प्रकाशन गएको थिए तारानाथ शर्मा । त्यहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग प्रमुख वासुदेव त्रिपाठीसँग भेट भयो । त्रिपाठीले अकस्मात् पश्चिमका साहित्यकारहरूबारे पुस्तक लेख्न अनुरोध गरे । त्यो अनुरोध सुन्नेबित्तिकै साझा प्रकाशनका व्यवस्थापक क्षेत्रप्रताप अधिकारीले केही रुपियाँ शर्मालाई बैना मारिहाले ।
ऐठन [लघुकथा]
नाताले उनी मेरा मामा पर्थे । लामो समय अमेरिकातिरै बसेका थिए । अकस्मात मेरै टोलको गल्लीमा फाटेका किताबहरूको झोलासहित प्रकट भए । उनको अनुहारमा थकान र खिन्नता थियो । भोकै छन् कि क्या हो भनेर मैले उनलाई अनुरोध गरेँ– “मामा यतिबेला भइसक्यो, खाना खानुभएको छैन होला, हिँड्नुहोस् घरमै जाऔँ, खाना खाऔँ ।” “हैन, हैन नजाऔँ,” उनले भने ।
तारानाथ शर्माको साहित्येतिहास लेखनकला
तारानाथ शर्मा (जीवनकाल : वि.सं. १९९१ असार ९–२०७८ फागुन ३) नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व हुन् । इलामको बरबोटेमा प्रजापति उपाध्याय र देवकीका जेठा छोराका रूपमा उनको जन्म भएको थियो । उनले नेपाली साहित्यका निबन्ध, यात्रासाहित्य, उपन्यास, समालोचना र साहित्येतिहास विधामा आफ्नो सिर्जनात्मक सक्षमता, समालोचनात्मक दृष्टि र साहित्येतिहास चेतना प्रस्तुत गरेका छन् । नेपाली भाषाको व्याकरण लेखन तथा संरचनागत व्यवस्थानिर्माण अभियानमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ । साहित्यिक कृतिको सम्पादन, पत्रपत्रिकाको सम्पादन तथा विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद गर्ने कार्यमा पनि उनले विशिष्ट योगदान गरेका छन् । विभिन्न तहका पाठ्यपुस्तकलेखन पनि उनका लेखनीको एउटा पाटो हो । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका शर्माका जीवनको मुख्य पेसा प्राध्यापन र लेखन रहेको देखिन्छ । झर्रोवादी आन्दोलन र त्यसको प्रभाव रहेको समयसम्म ‘तानासर्मा’ नामले परिचित उनको लेखकीय जीवन समग्रतः सफल र उर्वर रहेको देखिन्छ ।
एउटा वर्जित फूल हुँ म (कविता)
दुुनियाँको पहुँचभन्दा पर पारि पहरामा फुलेको एउटा अनाम फूल हुँ म झुक्किएर पनि नहेर्नु यता एउटा वर्जित फूल हुँ म
छेपाराहरू [लघुकथा]
राजगद्दी खालि भयो । नयाँ राजा चुन्नुपर्ने भयो । राजा चुन्ने क्षमता कोहीसँग थिएन । अकस्मात् कसैले उपाय सुल्झायो । लावण्य देशमा त हात्तीले राजा चुनेको थियो ।राजा चुन्न हात्ती ल्याइयो । राजा हुन काला, गोरा, सेता, नीला, पहेँला उम्मेदवारहरू लाममा खडा थिए ।राजा छानेको दृश्य हेर्ने दर्शकहरूको घुइँचो थियो । दर्शकमा छेपाराहरू पनि थिए । छेपाराहरूको अनुमान थियो– हात्तीले पक्कै सेतोलाई राजा छान्छ । त्यसैले छेपाराहरू पनि सेतो रङमा लामबद्ध भएर बसेका थिए ।हात्तीलाई राजा छान्ने आदेश दिइयो । हात्ती आँखा देख्दैनथ्यो । त्यसैले उसले सुँडले छामेर राजा छान्नुपर्ने थियो ।छेपाराहरूको अनुमानविपरीत हात्तीले उम्मेदवारमध्येबाट कालोलाई आफ्नो सुँडले उचालेर राजा घोषित गरिदियो ।कालो राजा घोषित हुनासाथ सेता छेपाराहरू तत्कालै रङ बदलेर कालै भए । उनीहरू दर्शक दीर्घाबाट अगाडि सर्दै नवघोषित राजाको अगाडि झुम्मिएर भन्ने थाले– “हेर्नुस् त महाराज ! हाम्रो रङ पनि कालै छ । महाराज पनि कालो हामी पनि कालो ।” राजाले जुँघाको ताउ मिलाउँदै छेपारातिर हे¥यो ।राजाको गद्दीरोहण भयो । छेपाराहरूले दाम राखेर स्वस्ती गरे । तत्कालै राजालाई रथारोहण गराएर सहर परिक्रमा गराइने भयो ।राजा सवार रथ अगाडि बढ्यो । छेपाराहरू तँछाड मछाड गरेर राजाको नजिक हुन तम्सिरहेका थिए । छेपाराहरू रथतिर जतिजति अगाडि बढ्थे उतिउति धमाधम रथको पाङ्ग्रामुनि परेर घुनझैँ पिसिँदै थिए । नवरङ्गधारी छेपाराहरू इहलीला समाप्त गर्दै थिए । रथमा सवार राजालाई यसको कुनै मतलब थिएन ।पुराना छेपाराहरू एकपछि अर्को गरी मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।
तारानाथ शर्माका कथामा प्रगतिवादी चेतना
वि.सं २००७ को क्रान्तिपछि जब देशमा प्रजातन्त्र आयो, राजनीतिक स्वतन्त्रताको अधिकतम उपभोेग गर्न पाउने मौलिक अधिकार पनि आम जनताले पाए । धमाधम राजनीतिक दलहरू एकपछि अर्को गर्दै देखिन थालिए । जनताले वाक् स्वातन्त्रता पाउनुको फलस्वरूप समाचार पत्रिकाहरू पनि प्रकाशन हुन थाले । रेडियो नेपालजस्तो सञ्चार माध्यम बिस्तारै बिस्तारै जनचेतना जगाउन क्रियाशील भयो समग्र नेपाली साहित्यमा नयाँ धारको श्रीगणेश भयो । पूर्णवर्ती साहित्य, परम्पराले नयाँ गति र दिशा लिन थाल्यो, किनभने निरङ्कुश राणातन्त्रले लगाएको पर्खाल भत्किसकेको थियो । देशभर प्रजातन्त्रको नयाँ किरण झलमलाएको थियो । नयाँ चेतना र उत्साहको लहर सर्वत्र फैलिएको थियो । यसै पृष्ठभूमिमा २००७ सालको क्रान्तिको सफलताले विशेष गरेर आधुनिक कथा परम्परामा एउटा अत्यन्त महìवपूर्ण मोड आयो ।
तारानाथ गुरुलाई पूरा बुझ्न शान्ता शर्माको कुरा पनि सुन्नुपर्छ
दर्जनौँ पुस्तकका लेखक आदरणीय डा. तारानाथ गुरुको जीवनकाल (१९९१–२०७८) मा प्रकाशित सिर्जनात्मक पुस्तकमध्ये अन्तिम पुस्तकको नाम हो ‘चरी भरर’ । त्यस दिन यो पुस्तक उपहार स्वरूप मेरो हातमा थमाउनुअघि शान्ता शर्माले यसको रचनागर्भबारे सविस्तारमा बताउ“दै लेखकीय पृष्ठमा रहेको मुटुमा सञ्चित मायाको कोसेली शीर्षक पाठ ‘आफैँ पढेर सुनाउँछु’ भन्दै पाना त पल्टाइन् तर सात आठ हरफभन्दा अगाडि बढ्न सकिनन् उनी । पढ्दापढ्दै बीचैमा अनायासै भावविह्वल हुन पुगिन् । गला अवरुद्ध भयो, आँसुले पूरै भिज्यो आ“खा, भक्कानो फुट्यो उनको । त्यो परिस्थितिले मलाई पनि स्तब्ध पारिदियो । एकछिनभरि म केही बोल्न सकिन“, केही सोध्न सकिन“ । मात्र मौन भएर पढिरहे“ उनको त्यो विदीर्ण अनुहार र भिजेका आ“खाहरू, जहा“ साहित्यकार पतिप्रतिको उनको अथाह प्रेम र श्रद्धाभाव छचल्किरहेको थियो । सँगसँगै पतिको भौतिक अवसानले शून्य बन्न पुगेको उनको एक्लो जीवनको अत्यास र उच्चाट पनि उस्तैसित त्यहा“ प्रतिध्वनित भइरहेको प्रतीत हुन्थ्यो ।
मेरा अनौठा र अड्भाङ्गे साथीहरू
हामी दिनहुँ नौला नौला मान्छेहरूलाई भेट्छाैँ, बात गर्छौं, उनीहरूसँगै काम पनि गर्छौं । तर ती सबैसँग हाम्रो हेम्खेम बढ्न सक्तैन र तुरुन्तै झन्नै जम्मै जसोलाई नै बिर्संदै जान्छौँ । हुन पनि यस लामो जीवनमा सबैलाई सम्झेर साध्य पनि हुँदैन किनभने हाम्रो सानो मगजमा ती सबैका नाउँहरू, आकारहरू, अनुहारहरू, बानी–बेहोराहरू र चाखहरूका लागि ठाउँ नै हुन सक्दैन । म आफूलाई थाहा छ, मान्छेसँग राम्रो बोली वचन गर्नुपर्छ भन्ने ज्ञान पलाएदेखि आजसम्म अर्थात् कुन्नै पन्ध्र वर्षसम्ममा मैले दस लाखभन्दा बढ्ता
कथा : भयाक्रान्त
मुख्य सडक । यसको बायाँतर्फ छेउमा एउटा मन्दिर । भित्रपट्टि अर्को सहायक सडक । वरिपरि मानव बस्ती । ठाउँ–ठाउँमा चिबहाःहरू । चैत्यहरू । सानातिना देवलहरू पनि । अलिक पर एउटा ढुङ्गेधारा । धारो–मास्तिर पुरातन फल्चा ।
कपुत (कथा)
असी वसन्तको उकालो चढसेकेकी आमा डाडाँमाथिको जूनझैँ पिँढीको डिलमा बसेर अतीतका दिन गन्ती गर्दैछिन् । घरमा दुई बूढाबूढी मात्रै छन् । घरको काम सघाउन बीसौँ वर्षदेखि बसेकी बालविधवा वसन्तीले भने अझै साथ छाडेकी छैनन् ।
तयारी (कथा)
सात बजे घरबाट निस्किने तय भएको छ । चार बजे नै मेरो निन्द्रा खुल्छ । चाँडै उठेर के गर्ने ? ओछ्यानमा नै छु । उठ्दिनँ । निन्द्रा लागेको छैन । अल्छी लागेको छ । मनमा कुराहरू खेलिरहेका छन् । खुसी छु । धेरै दिनपछि उपत्यका छोड्ने मौका मिलेको । ताजा हावामा सास फेर्नुको आनन्द नै अर्कौ छ ।
कथा : सेकेन्ड धिमाल
दीपेन्द्र दोङ तामाङआमा बितेपछि सेकेन्ड धिमाल साँच्चिकै एक्लो भयो । छनलाई ऊभन्दा माथिका दुई दाजुहरू थिए तर उनीहरू भए पनि नभए सरह थिए । आफ्नै दाजुहरूलाई त कुनै मतलब थिएन, झन् भाउजू र भतिज भतिजाले के मतलब राख्थे र ? ऊ जहाँ जाओस्, जे खाओस् कसैलाई कुनै मतलव थिएन । कतिसम्म भने भर्खरै गएको न्वागीमा समेत दाजु, भाउजूले उसलाई सम्झेनन् । आमाले मर्नुअघि आफ्नो जिउनी जग्गा कान्छा छोरा अर्थात् उसको नाममा गराइदिएपछि त्यस घरमा ऊ सबैको आँखाको तारो बनेको थियो । तीन दिनको ज्वरो र पखलाले थलापरेकी उसकी आमाले चौथो दिनमा सधैँका लागि आँखा चिम्लेकी थिइन् । त्यस दिनदेखि ऊ अर्थात् सेकेन्ड धिमालका लागि यो दुनियाँ बिरानो बनेको थियो । उमेरले ३८ लागे पनि सेकेन्ड धिमाल गाउँका बच्चादेखि बूढापाका सबैका तिमी थियो । सबैले उसलाई तिमी नै भनेर बोलाउँथे । ऊ बोल्न त सक्थ्यो तर बोली प्रष्ट थिएन । दिमाग पनि अलि सुस्त थियो । त्यसैले बैंस ढल्नै लाग्दासमेत उसको घरजम भएको थिएन । यसो भनौँ न घरजम हुन सकेको थिएन । ऊसँग लोभिन न आकर्षक शारीरिक बनोट थियो न त उसको व्यक्तित्व नै आहा भन्ने खालको थियो । योग्यताको नाममा माछा मार्ने पोही, चाउकी, डुङरी र सोल्टी जस्ता जाल निगालो या बाँसको चोयाबाट बुन्ने कला भने उसले गजबले सिकेको थियो । व्यक्तित्व जस्तोसुकै भए पनि उसको मन असाध्य सफा थियो । तर अहिलेको समयमा मनको मूल्य कसले पो तोकिदिएको छ र ? ऊ सोझो थियो तर अरूका लागि त्यो सोझोपन लठेब्रो लाग्थ्यो । सेकेन्ड धिमाल उसको न्वारान नाम थिएन । न्वारानको नाम त उसको लाले धिमाल थियो । तर उसकी आमाबाहेक कसैले उसलाई लाले भनेर बोलाउँदैन थियो । अरूका लागि त ऊ सेकेन्ड धिमाल थियो । राख्नेले खै किन सेकेन्ड नाम राखिदिए थाहा भएन । घडीका तीन सुईमध्ये सेकेन्ड सुई सबैभन्दा छिटो चल्छ । सायद उसको लठेब्रोपन र आवश्यकताभन्दा बढी सोझोपनलाई व्यङ्ग्य गरेर सेकेन्ड नाम राखिदिएका हुन् कि । अथवा फस्ट क्लास नागरिकमा पर्ने कुनै योग्यता नभएकाले उसलाई सेकेन्ड भन्न थालिएको पनि हुनसक्छ । कारण जे भए पनि उसको नाम सेकेन्ड धिमाल थियो । तर त्यो नाम उसका लागि कुनै दृष्टिबाट मिल्दो थिएन । त्यसो त उसलाई आफ्नो नामसँग कुनै लिनुदिनु पनि थिएन । आमा बितेको तीन महिना मात्र भएको थियो तर आज सेकेन्ड धिमाललाई आमाको साह्रै याद आइरहेको थियो । बिहानै दाजु र भाउजूको नमीठो शब्दले उसको मन भाँचिएको थियो । फुसको त्यो एककोठे सानो घर उसको मनजस्तै रित्तो थियो । तीन महिना अघिसम्म उसकी आमा र ऊ त्यही घरमा बस्थे । भारी मन बोकेर ऊ घरभित्र पस्यो । घरका भित्तामा आमाले टाँसेको बालक श्रीकृष्ण र आमा यशोदाको फोटो थियो । फोटोको यशोदा उसलाई आफ्नी आमा जस्तै लाग्यो । मन थाम्न साह्रै गाह्रो भयो उसलाई । छेउमा रित्तो पलङ थियो, सँगै चिसो चुल्हो र आमाले कपडा बुन्ने खाली खाली पेटाने देखेपछि उसलाई आमाको यादले मन अझ भारी बनायो । सेकेन्ड धिमाल । ओइ सेकेन्ड धिमाल । बाहिरबाट कसैले बोलाएको सुनेर उसले आफूलाई सम्हाल्यो । अनि झ्यालबाट मुन्टो बाहिर निकालेर हे-यो । बाहिर चेतन सर आएको रहेछ । ओइ सेकेन्ड धिमाल एक्लै घरमा के गरेर बसेको । आइजा जाऔँ रतुवामा माछा छोप्न । जाल थाप्न त तिमी खप्पिस छौ नि । उमेरले चेतन सर अर्थात् चेतन भण्डारी ऊभन्दा ३–४ वर्ष जत्तिको कान्छो थियो तर अरूले जस्तै उसले पनि सेकेन्ड धिमाललाई तिमी नै भनेर बोलाउँथ्यो । तर अरूभन्दा चेतनले सेकेन्ड धिमाललाई बेसी माया गथ्र्यो । यो कुरा सेकेन्ड आफैँले अरूलाई सुनाउँथ्यो । चेतन सर यहाँको रैथाने भने थिएन । यहाँको सरकारी विद्यालयमा शिक्षक बनेर आएको थियो । घर त पश्चिम पाल्पातिर हो भन्थ्यो । जागिरे उसलाई घरको सरसफाइदेखि, लुगाफाटा धोइदिने मान्छे चाहिएको थियो । त्यसैले सेकेन्ड धिमालसँग उसले मित्रता बढाएको थियो । चेतन सरले माछा मार्न जान गरेको प्रस्तावले ऊ पुलकित भयो । माछा मार्न भनेपछि सेकेन्ड धिमाललाई सानैदेखि रमाइलो लाग्थ्यो । अर्को कुरा माछा मार्न जाने त चेतन सरको बाहाना मात्र थियो । किनभने माछा मार्न जाने निहुँमा उसकै विद्यालयमा कक्षा १० मा पढ्ने सुनिता घिमिरेलाई यसरी नै बिदामा भेट्थ्यो चेतन सर । काँसघारीमा बसेर चेतन सर र सुनिताले घण्टौँ बात मारेको सेकेन्ड धिमाललाई पनि राम्रो लाग्थ्यो । त्यसैले माछा मारेको बाहानामा लुकी लुकी चोर नजरले चेतन र सुनिताको चियो गर्दा उसको मनमा अनौठो गुदगुदी हुन्थ्यो । ००००चेतन सर र सेकेन्ड धिमाल रतुवा खोला पुगे । उनीहरू अक्सर मान्छेको चहलपहल नहुने ठाउँमा जान्थे । धेरै मान्छे नआउने ठाउँमा माछा पर्ने सम्भावना बढी हुन्छ भन्थ्यो चेतन सर । तर चेतन सरले भनेको ठाउँमा दिनभरिमा मुस्किलले तीन, चारवटा माछा जालमा पथ्र्यो । चेतन सर सधैँझैँ काँसघारीमा बस्यो । अनि सेकेन्ड धिमाल चाहिँ माछालाई जाल थाप्न खोलामा पस्यो । उसले आज पोही र चाउकी गरी दुईथरीका जाल बोकेको थियो । ती जालहरू ऊ आफैँले बाँसको चोयाबाट बुनेको थियो । उसको अनुमान आज पनि सही ठहरियो । केही समयपछि सुनिता त्यही आइपुगिन् । साँढे पाँच फुट अग्ली सुनिताको ज्यान केही दुब्लो थियो । तर छाती उमेरभन्दा केही ठूलो । अनुहारको बनोट सामान्य भए पनि उनी गाउँकै गोरीमा पर्थिन् । झापाको उधुमको गर्मीमा उनको त्यो गोरोपन वरिपरिका ठिटाहरूका लागि बत्ती जस्तै थियो । बत्ती बल्दा कीरा झुम्मिए जसरी गोरी सुनिताको वरिपरि ठिटाहरूको लाम लाग्थ्यो । तर सुनिता भने चेतन सरमा फिदा थिइन् । यसको साक्षी सेकेन्ड धिमाल थियो । आज पनि सेकेन्ड धिमालले जालमा माछा छोपेजस्तो गरी चेतन सर र सुनिताको चर्तिकला चियो गरिरह्यो । तर आजको दृश्य पहिलेको जस्तो थिएन । सुनिता रुँदै थिइन् । कहिले उनीहरूबीच झगडा परे जस्तो देखिन्थ्यो । कहिले चेतन सरले सुनितालाई अँगालो मारे जस्तो पनि देखिन्थ्यो । खास के भइरहेको छ, सेकेन्ड धिमालले मेसो पाउन सकेन । तर मनमनै यति अनुमान चाहिँ लगायो– आज कुछ गडबड छ । साँझ पर्ने छाँट देखेपछि सुनिता छुटेर गइन् । यसको मतलब हो अब उसले पनि माछा मार्ने कार्यक्रम आजका लागि रोकिदिनुपर्छ । नभन्दै चेतन सरले सिट्टी बजाएर उसलाई बोलायो र जाने सङ्केत दियो । आज ख्याल ख्यालमा सेकेन्ड धिमालले सातवटा माछा छोप्न भ्याएछ, जानुअघि खुङ्गीमा हेर्दा बल्ल चाल पायो उसले । ०००बुझ्यौ सेकेन्ड, आज तिमी र म बसेर तिम्रै घरमा यो माछा र रक्सी खाने । तिमी चिन्ता नगर माछा तिमी पकाउ, रक्सी म किनेर ल्याउँछु । सेकेन्डको घरछेउ पुग्नै लाग्दा चेतनले भन्यो । सेकेन्डले नाइँ भन्ने आधार थिएन किनभने कुनै कारण पनि त ऊसँग थिएन । तर चेतन सरको प्रस्तावले अघि उसले भनेको कुछ त गडबड छ भन्ने कुरा साँचो ठहरियो । त्यसैले ऊ फिस्स हाँस्यो । उसले केही बोल्नुअघि ल म रक्सी लिएर आउँछु भनेर चेतन सर दोकानतिर लाग्यो । मुन्टो हल्लाउँदै सेकेन्ड धिमाल सरासर घर गयो र माछा केलाउन थाल्यो । माछा समात्न मात्र होइन, पकाउन पनि सिपालु थियो सेकेन्ड धिमाल । त्यो कला उसलाई आमाले सिकाएकी थिइन् । धेरै समयपछि चेतन सरसँग माछाको सितनसँग रक्सी खाने मेलो जुरेको थियो उसलाई । चेतन सरलाई मनका कुरा केही सुनाउनु प-यो भने यस्तो मेलो जुथ्र्यो । पछिल्लोपटक सुनिता र आफ्नो बारेमा सुनाउँदा यस्तै मेलो जुराएको थियो चेतन सरले । सेकेन्ड धिमालले आज माछा अझ मन लगाएर पकायो । मसला खासै नभए पनि बाहिरसम्मै बास्ना आइरहेको थियो । उसले पकाएको माछाको विशेषता भनेकै यही थियो । झन्डै एक घण्टापछि चेतन सर हातमा रक्सीको बोतल बोकेर आइपुग्यो । अनि ५० वाटको मधुरो चिमको उज्यालोमा उनीहरूको माछा पार्टी सुरु भयो । सेकेन्ड अब तिमी बिहे गर । म केटी मिलाइदिन्छु । रक्सी चढ्दै गएपछि चेतन सरले भन्यो । बिहेको कुरा अनि केटी पनि मिलाइदिन्छु भन्ने सरकारको कुरा सुनेर सेकेन्ड धिमाललाई अचानक करेन्ट लागेजस्तै भयो । उसले पनि बिहे गर्न नचाहेको कहाँ हो र ? केटी नमिलेरै विवाह हुन सकेको थिएन । त्यसैले उसले चेतन सरको कुरामा कुनै जबाफ फर्काएन, फिस्स हाँसिदियो मात्र । तिमीले नपत्याएको ? मैले साँच्चिकै भनेको के, तिमी र सुनिताको बिहे गराइदिन्छु म । चेतनले फेरि भन्यो । सुनिताको नाम सुनेर ट्वाल्ल प-यो सेकेन्ड । अघि बिहेको कुरा उठ्दा जागेको थोरै आशा पनि सेलायो उसको अब । सुनिताको कुरा झिकेर चेतनले आफूलाई उडाएको उसलाई कति पनि मन परेन ।तर चेतन सरले सुनिता र सेकेन्ड धिमालको विवाह गराइदिने कुरा रक्सीको सुरमा भनेको थिएन । उसले सम्झाउँदै र बुझाउँदै गएपछि रक्सीको मातसँगै सेकेन्ड धिमाललाई कता कता आफूमा बैँसको मात पनि चढ्दै गएको अनुभव हुँदै गयो । बीस वर्ष पनि नकटेकी रहरलाग्दो सुनितालाई पाउने भएपछि उसको मन उडेर अर्कै ग्रहमा पुगिसकेको थियो । सपना हो कि विपना छुट्याउन मुस्किल परिरहेको थियो उसलाई । ००००नभन्दै ३८ वर्षको उमेरमा सेकेन्ड धिमालको लगन जु¥यो । गाउँकै राम्रीमा पर्ने १९ वर्षकी गोरी सुनितालाई स्वास्नी बनाउन पाउँदा उसलाई अझै विपना नै हो भनेर पत्याउन गाह्रो परिरहेको थियो । गाउँका केटाहरू सेकेन्ड धिमालसँग आरिसले जल्न थालिसकेका थिए । उनीहरू भन्थे– घुसघुसे सेकेन्डले नपत्याउने गरेर सिक्सर मा¥यो यार । कतिपयले सुनिताले षड्यन्त्र गर्न विवाहको नाटक रचेको पनि भन्न भ्याए । तर जे भए पनि सुनिता उसकी स्वास्नी बनिसकेकी थिइन् । यसैमा मख्ख थियो ऊ । त्यसमाथि हिजोसम्म उसलाई सेकेन्ड भनेर उडाउनेहरूको मन डाहाले जलेको देख्दा उसको मनमा बेग्लै शीतल अनुभूति भइरहेको थियो । मानौँ संसारकै ठूलो युद्ध जिते जस्तो लागेको थियो उसलाई । आजभोलि भन्दाभन्दै सुनिताको जिउ फुल्दै जान थाल्यो । एक दिन सेकेन्ड धिमालले गाउँको अरूकै मुखबाट सुन्यो– सेकेन्ड धिमालकी स्वास्नी बच्चा पाउने भाकी छे । गोज्याङ्ग्रो भन्ने ठानेको त्यो मोरो सेकेन्ड त निकै फास्ट पो निक्लियो । यस मामिलामा सेकेन्ड मात्र होइन उसकी स्वास्नी सुनिता अझ फास्ट निस्किन् । किनभने उनले पाँच महिनामै घोर्ले छोरो पाएर सेकेन्डलाई मात्र छक्याएन दुनियाँलाई नै चकित पारिदिइन् । अरूले के भने त्यसमा सेकेन्डलाई कुनै चासो थिएन, ऊ त यति चाँडो बाउ बन्न पाएकोमा त्यसै त्यसै दङ्ग थियो । तर बच्चा जन्माएको तेस्रो दिनमै नाबालक छोरालाई छोडेर सुनिता एकाएक बेपत्ता भइन् । त्यही दिनबाट चेतन सर पनि गाउँबाट हरायो । आफन्त र गाउँलेले पुलिसमा नालिस हाल्न सुझाए सेकेन्डलाई तर उसले खै किन हो यसपटक कुनै चासो नै देखाएन । काभ्रे (तेमाल) हाल जोरपाटी, काठमाडौँ ।