मायाजाल यो जगत (कविता)
मन यो डुल्यो कामनामा धेरै, राख्नु छ यो बाँधीकन, जीवन भुल्यो वासनामा बरै, रोक्नु छ यो बेहोसीपन, लोकाचारी मायाजालमा डुबेर बरै, सेवक यो तनमन, संसारी अभिलाषामा रमेर धेरै, जीवन भो पराधीन, आफैँ स्वयं भुलेर जगत भो स्वामी, भई चित्तको अधीन, कामनामै डुबेर मायाको बन्यो दास, भयो जीवन अचेतन,
भूगोलपार्कको बच्चा (कथा)
‘डल्लीले बच्चा त पाउने नै भई तर त्यो बच्चाको बाबुको टुङ्गो चाहिँ जन्मिनुभन्दा पहिले नै लगाइसक्नुपर्छ है । हो कि होइन त केटा हो ?’ म त भन्छु– ‘डल्लीले जन्माउने बच्चाको बाबु म नै हुँ । तिमीहरू बेकारमा मेरो–मेरो भनिरहेका छौ, तिमेरु फुच्चेहरूको त हुनै सक्दैन । डल्लीले तोकेरै भनिदिए हुन्थ्यो, तैँ होस् मेरो पेटको बच्चाको बाबु भनेर । ऊ पनि खै को हो, को हो पो भन्छे !’
आफैँलाई धिक्कारिरहेछु (कविता)
के तिमी र हामी एउटै युद्ध मैदानमा लडेका सिपाही होइनौँ ? एउटै विचार, सिद्धान्त पढेका विद्यार्थी होइनौँ ? एउटै जेलमा जकडिएका एउटै नेलमा नारिएका
एक सत्य इतिहास (कविता)
शान्तिदीप रायमाझी उनी बिरामी थिए अस्पतालमा थिए लाग्थ्यो उनी फेरि तङ्ग्रिने छ्न्
माथिमाथि मुनिमुनि (कथा)
सहरबाहिर एउटा पक्की पुल थियो । पक्की पुलछेउमा एक दिन उसले एउटा जुत्ता मिल्केको देख्यो । जुत्तालाई उसले गडेर हे¥यो । जुत्ताबारे ऊ अनुमान गर्न उत्सुक भयो । पहिलो त यो अनुमान ग¥यो, जुत्ता कसको हो ? जुत्ता जसकसैको हुन सक्थ्यो । जुत्ता मेल फिमेलमध्ये पुरुषकै थियो । फित्ता बाँध्ने खालको । जुत्ता मिल्किएको ठाउँमा उत्तानो परेर आँ गरेर बसेको थियो मानौँ पूरै आकाश निल्न तयार छ । ऊ त्यो पुल भएको सडकछेउको गाउँमा डुल्न आउँथ्यो । मर्निङ वाकमा । गाउँको छेउमा एउटा चियापसल थियो र बिहानको भ्रमण सकेर फर्कने बेलामा
निजात्मक आख्यान र नोबेल–२०२२
शरद ऋतु हाम्रा चाडवाड र पर्वको आल्हादकारी समय त हो नै, सँगसँगै पुरस्कारको मौसम पनि । मदन, पद्मश्रीजस्ता स्वदेशी पुरस्कार मात्र होइन, विश्वप्रसिद्ध नोबेल पुरस्कारका धारावाहिक चर्चाले विविध विधाका मान्छेहरू तरङ्गित भइरहे गत महिना । केही महिनाअघि अमेरिकामा सलमान रुस्दीमाथि भएको आक्रमणपछि यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उनले पाउने चर्चा चलिरहेको बेला विरलै पढिएकी फ्रान्सेली लेखक एनी एर्नोउले बाजी मारिन् । एकाएक उनका फुटकर लेख÷रचना सामाजिक सञ्जालमा छाउन थाले । उनका किताबबारे बहस हुनथाल्यो, पुराना लेख र समीक्षा उपलब्ध भइरहे । उनको लेखनमा पाइने ‘साहस र असंलग्न तीक्ष्णता’का निम्ति उनलाई यस वर्षको नोबेल दिइएको जनाइएको छ । नोबेल समिति थप खुलाउँछ, ‘यही तीक्ष्णताको बलमा वैयक्तिक स्मृतिका मूलस्रोत, विच्छेदन अनि सामूहिक संयमलाई सतहमा ल्याएकी छन् उनले ।’
जीवनको नदी
सन् १९२५ देखि १९६२ सम्म चलचित्र निर्देशनमा लागेका विश्व सिनेमा जगत्का ध्रुव तारा जँ रेन्वाले युग अनुरूप प्रविधिको उपयोग गर्दै विविध विषयका चलचित्र बनाए र इतिहास रचे । सन् १९४१ देखि १९५१ सम्म अमेरिका बसेर पनि चलचित्र बनाए । अमेरिका बसाइका क्रममा रुमेर गोडेनको पुस्तक ‘द रिभर’मार्फत भारतसँग परिचित हुने मौका पाएका रेन्वाले त्यसैलाई चलचित्रमा उतारे पनि । सन् १९५१ मा बनेको ‘द रिभर’ रेन्वाको अन्तिम र एक मात्र उत्कृष्ट अमेरिकी चलचित्र थियो । रेन्वाको पहिलो रङ्गीन चलचित्र पनि ‘द रिभर’ नै हो । श्याम श्वेत चलचित्रका जादुगर रेन्वाको ‘द रिभर’लाई संसारमा बनेका अत्यन्तै उत्कृष्ट रङ्गीन चलचित्रहरूमध्ये पहिलो नम्बरमा राख्दा फरक पर्दैन । उनकै तेस्रो रङ्गीन चलचित्र ‘फ्रेन्च कानकान’ हेर्ने हो भने लाग्छ कि यी निर्देशकका पिता (पिएर ओगुस्त रेन्वा) आएर चलचित्र निर्देशन गर्ने काम गरे । जँ
देवकोटाको कवितात्मक गद्यकारिता
लक्ष्मीप्रसाद देवकोटासँग मेरो अजिबको सम्बन्ध छ । काव्यभन्दा पहिले मैले महाकविको गद्य पढेँ । म उनको लेखन शिल्पीले मोहित भएँ । उनको भाषाले अहिलेसम्म तानिरहेको छ । त्यो विशिष्ट प्रकारको साङ्गीतिकतालाई म ‘कवितात्मक गद्यकारिता’ भन्न रुचाउँछु । त्यही कवितात्मक गद्यकारिता मैले पछि शङ्कर लामिछाने, मञ्जुल, राममणि रिसाल, डा. दुर्गा भण्डारी र शारदा शर्माका निबन्धमा पाएँ ।
शारदीय घाम र भुइँ कुहिरो (कविता)
मसानबाट जुरुक्क उठेर दिउँसै बर्बराउन थालेको छ मृतात्मा यहीबेला निर्लज्ज बयलगाढा चालकले निस्फिक्री समाइरहेछ विरुदावली जहाजको स्टेरिङ अलपत्र र निरीह प्यासेन्जरहरू
कलमको कुरा (कविता)
कलमको कुरा जान्नेहरू मसिको कुरा गर्न जान्दैनन् । मसीको कुरा जान्नेहरू कलमा प्रवाहित हुन सक्दैनन् ।
म बाँच्न सकूँ सधैँ [कविता]
हृदय तलका, नाता माया, नझर्न दिनू रवि अमर कृतिझैँ, बाँच्ला प्याला, यही सुखले कवि असल मृदु होस्, हाँस्दा हाँस्दै, ललाट महान् कुनै मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।१।।
पदार्थहरूको गीत (कविता)
जतिबेला मलाई ‘तिर्खा’ लाग्छ त्यतिबेला बनिदिन्छौ तिमी ‘पानी’ भोक लाग्दा ‘अन्न’ वा ‘फलफूल’
तारानाथ शर्मा सरलाई म पनि चिन्दछु
प्रसङ्ग मधुपर्क असार २०७९ तारानाथ शर्मा विशेष । मैले उहाँलाई पहिलो र अन्तिम पटक २०५६ सालमा भेटेको हुनुपर्छ । मेरो कान्छो छोरा नोबेल अकाडेमीमा प्लस् टू पढ्दाताकाको कुरा हो । उहाँ प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँका बारेमा सुनेको थिएँ । ‘बेलाइततिर बरालिँदा’ र अन्य एक दुई कृति पढेको थिएँ । उहाँले चाँदनी शाह (रानी ऐश्वर्य)का कविता अनुवाद गरेको सुनेको थिएँ । साहित्यको फाँटमा खेती गर्ने धेरै हुन्छन् तर स्थापित धेरै कम । उहाँ स्थापित लेखक साहित्यकार विद्वान् हो, बुझेको थिएँ ।
ओरालो लागेको घाम
रुँदा रुँदा थाकेको आँखा लोलाएर चमेली कुर्सीमा झोक्राइरहेकी थिई । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । पसिनाले निथ्रुक्क भिजेर बसेकी आमालाई घरमा देखेर फराज र समिन खुसी भए । बिहान सबैरै र बेलुका रातपरेपछि मात्र उनीहरू आमालाई कोठामा देख्न पाउँथे ।
ओइलाएको गुलाफ
शरद्को शीतल बिहान । छ किलो फलामझैँ गह्रौँ मन बोकेर उठेँ म । तलतिर त्रिवेणी बगिरहेछ । ढुङ्गाका कापकाप फोडेर बगेको नदीको कलकल सुसेली मलाई नमीठो लागिरहेछ । मानौँ, आफ्नै मुटुका कापकाप फोड्दै निस्केको आफ्नै बिरही बिलौना हो त्यो सुसाहट ।
यौनिकता [कथा]
रातको निक्र्याैलअनुसार नै मैले उनीहरूलाई भनेको थिएँ– “म अब जोनलाई हेर्न छोड्छु ।” “किन ?” “यसै ।” “यसै भन्ने पनि हुन्छ ? केही त कारण होला, आवर्ली कम भयो वा यस्तै ।”
नेपाली प्रबन्धरानी
लक्ष्मीप्रसाद देवकोटा खुला झ्यालनेर बस्न मन पराउँथे । त्यहाँबाट ‘नीलो पहाडी पर्खालले परिवेष्ठित पूर्वपट्टिको दृश्य’ देख्न सकिन्थ्यो र मौसम राम्रो रहेका दिनहरूमा त दूरवर्ती हिमशिखरहरूको लहर पनि टड्कारै देखिन्थ्यो । यस्तो दृश्यावलोकनबाट आँखामा पट्याइ लागेको विचारशून्य क्षणमा उनी ‘आफ्ना सहकर्मी लेखकहरूको चेहराको’ अध्ययन गर्ने गर्दथे । उनको नजिकै संस्कृतका पण्डितहरू शम्भुप्रसाद ज्ञवाली ब
उमेर, सम्बन्ध र बेला
ऊ एक असल श्रोता रहिछ । मलाई लागेको थियो । ऊ सानै छ । पहिले पहिले अथर्वा म देखेर लजाउँथी । एक दिन मलाई लुकेर हेरिरहेकी थिई । मैले रङ्गेहात उसलाई हेर्दिएँ । केटीहरूले लुकेर हेरिरहेको बेला नदेखेझैँ गर्नुपथ्र्यो या मुसुक्क हाँसिदिनुपथ्र्यो वा के हेरेको त्यसरी भन्नुपथ्र्यो ? कि अरू केही । आफू अनभिज्ञ परियो । मैले हेरिदिएँ बस ।
मिथिलाको दशैँका सांस्कृतिक पाटाहरू
हिलो–मैलो–गर्मीबाट मुक्ति दिलाउँदै अनि शान्त–सुशीतल मौसम लिएर आउने चाड हो– विजया दशमी । भौगोलिक र सांस्कृतिक वैविध्यले सम्पन्न हामीकहाँ दशैँ मान्नेहरू यथेष्ट छन् । उसो त पछिल्लो समयमा विजया दशमी-दशैँ नमान्ने वा मान्न नहुने भनी जिरह गर्नेहरू पनि देखिन थालेका छन् ।
सम्झनामा दशैँ
टीकाको दिन टीको लाइदिँदै बुबाले भन्नुभयो, आजदेखि केटाकेटीको दशैँ गयो । अब पूर्णेसम्म त आउनेजाने पाहुनापातको हो ।
दशैँ महिमा
यादेवी सर्वभूतेषु शक्तिरूपेणसंस्थिता ।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।दशैँ शक्ति उपासनाको पर्व हो । यतिबेला शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले आयु, आरोग्य र सुख, शान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास पाइन्छ । शक्ति सबैलाई नभई नहुने तìव हो । वैदिक सनातन संस्कृतिले माता भगवतीलाई त्यसैको प्रतिनिधि मानेर पूजा तथा उपासना गर्न सिकाएको छ, लगाएको छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार देवताहरूले समेत गाह्रोसाह्रो पर्दा उनकै उपासना गर्ने गरेका छन् । भगवान् रामले पनि रावणमाथि विजय पाउन उनकै उपासना गरेका थिए, कृष्णले पनि आपत्विपत्मा उनकै सम्झना गरेका थिए । माता भगवतीले पनि आवश्यकताअनुसार महाकाली, महालक्ष्मी, महासरस्वती, दुर्गा, भीमा, भ्रामरी, शाकम्भरी, शताक्षी आदि जहाँ जस्तो रूपको आवश्यकता पर्छ त्यस्तै रूपमा प्रकट भएर सशङ्कट निवारण गर्दै आएकी छन् । बगलामुखी, उग्रतारा, कमला, छिन्नमस्ता, त्रिपुरासुन्दरी जस्ता दस महाशक्तिका उत्पत्ति पनि त्यस्तै किसिमका सङ्कट निवारण निम्ति भएका हुन् ।शक्तिउपासनाको परम्परा कहिलेदेखि सुरु भयो भन्नेबारे यसै भन्न सकिन्न तर मनदमणि दीक्षित, राहुल साङ्कृत्यायन आदि विद्वान्हरूले यसको सुरुवात असुरहरूले गरेका हुन् भन्ने आशय व्यक्त गरेका छन् । उनीहरूका अनुसार सुरुमा अनार्य अर्थात् असुर संस्कृति भएकाले सुर अर्थात् आर्यहरू यस्ता संस्कृतिलाई योनी र लिङ्ग पूजक भन्थे, घृणा र तिरस्कार गर्थे तर पछि गएर उनीहरू आफैँ यसै धारामा प्रवाहित हुन पुगे । प्रा.डा. माधवप्रसाद पोखरेलले पनि यस्तैयस्तै आशय व्यक्त गरेका छन् आफ्ना आलेखहरूमा तर ऋग्वेदीय सूक्तहरूमै शक्तितìवको विशद विवेचन भेटिने भएकाले यसका प्राचीनतामा भने शङ्का गर्नुपर्ने देखिन्न । (देवीसूक्त ऋग्वेद १०।१२५) त्यस्तै उपनिषद् ग्रन्थहरूमा पनि विभिन्न नाम र स्वरूपमा शक्तितìवको राम्रै चर्चा भएका छन् । बह्वृचोपनिषदका अनुसार संसारमा जेजति उत्पन्न भएका छन्, जेजति उन्नति र प्रगति भएका छन् सबैका मूलमा शक्तिस्वरूपिणी माता भगवतीकै भूमिका रहेको देखिन्छ तर यस आलेखको उद्देश्य त्यता जाने नभई दशैँ पर्वमा शक्ति उपासना गर्नुका आशय केलाउनु रहेकाले त्यसैतर्फ ध्यान केन्द्रित गर्ने प्रयास गरिएको छ ।यद्यपि हिजोआज कतिपय तह र तप्कामा दशैँ पर्वले कसैलाई होच्याउने वा मान मर्दन गर्ने कुराको पक्षपोषण गरेकाले बहिष्कार गर्नुपर्छ भन्ने गरिएको पनि सुनिन्छ । विचार हो राख्न पाइन्छ र आफूलाई लागेको कुरा भन्न पनि पाइन्छ तर यथार्थ के हो भने दशैँ पर्वले न कतै त्यस्तो भनेको छ न उद्देश्य नै त्यस्तो छ । अपितु यसको उद्देश्य शरीरलाई निरोगी र स्वस्थ राखी आयु आरोग्य बढाउने किसिमको रहेको छ ।परम्परागत पक्ष दशैँ पर्वमा नौ रातसम्म दुर्गा भगवतीको उपासना हुने भएकाले यसलाई नवरात्र भन्ने गरिएको हो । यसो त पौराणिक ग्रन्थहरूमा चारवटा नवरात्र उल्लेख भएको पाइन्छ, जसमा माघ, चैत, असार र असोज महिनामा पर्ने नवरात्र पर्छन् । यिनमा आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म मनाइने नवरात्रलाई प्रमुख मानिएको छ । अन्य तीनमध्ये चैत्रशुक्ल पक्षमा मनाइने नवरात्रलाई सामान्यरूपमा मनाइने गरिएको पाइन्छ भने बाँकीमा खासै ध्यान दिइएको पाइन्न । अपवादमा कतै भेटिए छुट्टै कुरा होइन भने सबैले मनाउने नवरात्र यही नै हो, जलाई दशैँ भनिन्छ । नौ दिनसम्म शक्ति उपासना गरी दसौँ दिन विसर्जन गरेर मनाइने भएकाले व्यावहारिक भाषामा दशैँ भन्ने गरिएको अनुमान लगाउन सकिन्छ तर यस पर्वको परम्परागत पक्षभन्दा शास्त्रीय, धार्मिक, सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक पक्ष अझ बढी महत्वको देखिन्छ, जसलाई निम्नानुसार केलाउन सकिन्छ । शास्त्रीय पक्षशास्त्रीय पक्ष भन्नाले धर्मशास्त्रमा उल्लेख भएका विधि र विधानलाई लिनुपर्ने हुन्छ । यसअनुसार यस पर्वको पहिलो दिन अर्थात् आश्विनशुक्ल प्रतिपदाको दिन बिहान दियो, कलश, गणेश पूजा गरी घटस्थापना गरिन्छ र विधिपूर्वक दुर्गा स्थापना गरी पूजा गरेर जमरा राख्ने कार्य हुन्छ । पूजाको कार्य सकिएपछि यथासम्भव सप्तशती पाठ, हवन तथा बलिदान गरी साँझ आरती गरेर त्यस दिनको कृत्य पूरा गरिन्छ । बलिदानमा कुभिण्डो, नरिवल, उखु, काँक्रो, मूला, बेल आदिको प्रयोग हुने गर्छन् । कतैकतै राँगा बोका, कुखुरा हाँस आदिलाई पनि बलिका रूपमा लिने गरिएको पाइन्छ तर पूजा सात्विक नै उत्तम हुने कुरालाई भने बिर्सन हुँदैन । अन्य दिनका पनि पूजा विधान यिनै हुन् । यिनमा थप हुने भनेका छैटौँ दिन साँझ गरिने विश्व निमन्त्रण, सप्तमीको दिन सरस्वतीपूजा, फूलपाती भिœयाएर गरिने भद्रकालीपूजा, अष्टमीको रातमा गरिने कालरात्रि, नवमीको दिन गरिने त्रिशूलिनी पूजा र दशमीको दिन गरिने जया, विजयाको साथमा अपराजिता देवीको पूजा आदि नै हुन् ।धार्मिक पक्षनौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरी मान्यजनका हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले सङ्कट निवारण भई आयु र आरोग्य वृद्धि हुन्छ भन्ने मान्यता छ । यसबाट केकति धर्म हुन्छ यसै भन्न सकिन्न तर देवी, देवताको पूजा, त्यतिबेला अप्नाउनुपर्ने नियम तथा खानपान र आहार विहार आदिका सन्तुलनले मन, वचन र कर्म शुद्धि पार्न सघाउने कुरालाई बिर्सन मिल्दैन । मन, वचन र कर्म शुद्ध भएपछि पापकर्मबाट बच्न सकिन्छ भनी ठान्नु पनि आफैँमा अस्वाभाविक होइन । संसारमा जति पनि पाप हुन्छन् मन, वचन र कर्म बिग्रिएर नै हुने हुन्, जसलाई मस्तिष्कबाट हुने पाप, मुखबाट हुने पाप र शरीरबाट हुने पाप भन्न सकिन्छ । यिनमा लोभ, छलकपट, घृणा र द्वेष मस्तिष्कबाट हुने पाप हुन् । त्यस्तै झुट बोल्नु, अनावश्यक गफमा समय बिताउनु र कठोर बोलीवचन गर्नु मुखबाट हुने पाप हुन् भने हत्या, हिंसा, आतङ्क, चोरी, डकैती र यौन दुराचार आदि शरीरबाट हुने पाप हुन् । यिनलाई बिगार्न खानपान तथा आहार विहारको विशेष भूमिका रहन्छ । यतिबेला आहार विहारको सम्बन्धमा धर्मशास्त्रले नै अनुशासित बनाउने प्रयास गरेकाले त्यस्तो अवस्थामा शरीर, मुख र मस्तिष्क बिग्रने प्रश्नै आउन्न । सांस्कृतिक पक्षयस पर्वको सांस्कृतिक पक्ष पनि उत्तिकै महìवको छ । खासगरी यसले नेपालीपन र परम्परालाई जोड्ने काम गरेको छ । यद्यपि हिजोआज कहीँकतै यसलाई हिन्दूहरूको मात्र पर्व हो भन्ने गरिएको पनि पाइन्छ तर यथार्थ त्यस्तो होइन । हिन्दूहरू त अन्यत्र पनि पाउन सकिन्छ तर दशैँ मनाउने परम्परा भने जहाँसुकै पुगेका भए पनि नेपालीहरूमा मात्र पाइन्छ । त्यहाँ न वर्णसम्प्रदायको कुरा आउँछ न यो र त्यो भन्ने कुराले नै स्थान पाउँछ । यस अर्थमा यस पर्वलाई नेपाली मात्रकै पर्व हो भन्नुपर्ने हुन्छ । जहाँसुकै रहेबसेका भए पनि निधारमा रातो टीका र कानमा पहेँलो जमरा देख्ने बित्तिकै स्वतः नेपाल र नेपालीपन झल्किन पुग्छ । सामाजिक पक्षदशैँ पर्वको सामाजिक महत्व पनि त्यति नै शिखरमा देखिन्छ । काम विशेषले जहाँसुकै पुगेका भए पनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जाने–आउने गर्छन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई सारा नेपालीलाई वर्षको एक पटक आफन्तसँग भेटघाट गराउन सहयोग पुर्याउने महत्वपूर्ण कडीको रूपमा लिन सकिन्छ । यसबाहेक सानालाई शुभाशीष दिने र ठूलाबाट आशीर्वाद लिने परम्पराले यदि कोही कसैमा वर्षदिन भरिको अवधिमा टोल, छिमेक एवं आफन्त तथा परिवार जनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने पनि त्यसलाई मेटाएर प्रेम र सद्भाव वृद्धि गर्ने पर्वका रूपमा समेत लिन सकिन्छ । यसैका कारण विदेशिएको छोरो घर आउँछ । वर्ष दिनअघिदेखि परदेश गएको श्रीमान्को घर फर्किने बाटो हेरेर बसेकी श्रीमतीले न्यानो भेट पाउँछिन् । पितृघर छोडी पतिघर पुगेकी त्यागकी प्रतिमूर्ति तथा माया र ममताकी खानी चेलीबेटीले माइती घरको दर्शन पाउँछिन् । घर, परिवार, टोल, छिमेक र आफन्तबीच द्वेष र कलहको तुष फाली प्रेम र सद्भाव जगाउँछ । सम्भवतः संसारमा यति बढी विविध पक्षको धनी पर्व कुनै छ भने दशैँ पर्व नै हो भन्नुपर्ने हुन्छ । यसबाहेक धेरथोर आन्तरिक र बाह्य पर्यटनमा सहयोग पुगेको तथ्यलाई पनि बिर्सन मिल्दैन । आध्यात्मिक पक्षआध्यात्मिक पक्षको कुरा गर्दा यसलाई मौसम विज्ञान, शरीर विज्ञान र व्यवहार विज्ञानको त्रिवेणी मान्न सकिन्छ । जस्तो हामीलाई थाहा छ यतिबेलाको समय भनेको ऋतु परिवर्तनको समय हो । सबैलाई थाहा भएकै कुरा हो दशैँ पर्व शरद ऋतुमा पर्छ । यो समय भनेको प्रकृतिको त्यस्तो सन्धि समय हो जसले गर्मी (तातो) समय र शीत (चिसो) समयलाई जोड्ने काम गरेको हुन्छ । यति बेलादेखि नै प्रकृतिमा बिस्तारै गर्मी सकिएर जाडो आउन सुरु गरेको हुन्छ । यस्तो अवस्थामा जसरी मौसममा परिवर्तन आइरहेको हुन्छ त्यसैगरी शरीरले पनि त्यसलाई पचाउन तयारी अवस्थामा रहनुपर्ने हुन्छ । अन्यथा त्यसलाई शरीरले पचाउन नसकेर रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले यस पर्वले यतिबेला अप्नाउनुपर्ने खानपान र व्रतोपवासको माध्यमबाट शरीरलाई सोहीअनुसार परिवर्तनको अवस्थामा ल्याउन खोजेको प्रतीत हुन्छ । विशेष गरी नवरात्रको नौ दिनमा नवदुर्गा अर्थात् माता भगवतीको नौवटा रूपको पूजा गरिन्छ । यसमध्ये पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने गरिन्छ । शैलपुत्री भनेको पहाडकी छोरी हो । पहाडकी छोरी भन्नाले यसलाई पृथ्वी तìवसित जोडेर हेर्न सकिन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथिवी तत्वबाटै भएको हो । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतिकात्मकरूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो । दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । ब्रह्मचारिणी भनेको ब्रह्मचर्य अर्थात् मेधा शक्तिको प्रतिनिधि स्वरूप हो । शरीरलाई मौसमअनुसार स्वस्थ रहन ब्रह्मचर्यको विशेष आवश्यकता पर्छ । ब्रह्मचारिणी शक्तिको उपासनालाई सोही मेधाशक्ति संरक्षणको प्रयासको रूपमा लिन सकिन्छ । तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना हुने गर्छ । चन्द्रघण्टालाई शब्दशक्ति अर्थात् आकाश तìवको प्रतीकका रूपमा लिन सकिन्छ । शरीरलाई व्यावहारिक बनाउन शब्दशक्तिको पनि त्यति नै आवश्यक पर्छ । चन्द्रघण्टाको उपासनाले यसैलाई प्रष्ट पार्ने प्रयास गरेको छ । चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । कुष्माण्डा भनेको कुभिन्डो अर्थात् वनस्पति जगतको प्रतिनिधि हो । यसको उपासनाबाट तिनै वनस्पति तìवलाई रसिलो, स्वादिलो र पोसिलो बनाउन खोजेको देखिन्छ । त्यस्तै पाँचौँ दिन स्कन्दमाता शक्तिको उपासना गरिने प्रावधान छ । स्कन्दमाता भन्नाले वनस्पति जगत्को पनि अधिष्ठात्री शक्ति भन्ने बुझिन्छ । यस्तो परिप्रेक्षमा स्कन्दमाता शक्तिको उपासना भनेको सोही वनस्पति जगत्को अधिष्ठात्री शक्तिलाई मजबुत बनाउने प्रयास भएको प्रतीत हुन्छ ।छैटौँ दिन पूजा हुने कात्यायनी शक्तिलाई विद्या तìव, सातौँ दिन पूजा गरिने कालरात्रि शक्तिलाई अज्ञान, अन्धकार र मोह नाशक शक्तिका रूपमा लिन सकिन्छ । जीवनलाई स्वस्थ र फुर्तिलो पारी सदैव अग्र गति प्रदान गर्न यी तत्वको आवश्यकता कति पर्छ भनिरहनुपर्दैन । आठौँ दिन पूजा गरिने महागौरीलाई बुद्धि तìव र नवौँ दिन पूजा गरिने सिद्धिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति वा कार्य सफल भएको अवस्थाको प्रतीकको रूपमा लिन सकिन्छ । आखिर विद्या र बुद्धिले समन्वित भई अज्ञानको अँध्यारोबाट माथि उठ्न सकिएको अवस्थामा नै काममा सफलता अर्थात् सिद्धि पाउन सकिने हो । दर्शनशास्त्रमा प्रतित्यसमुत्पाद नियमको कुरा आएको छ । यो भनेको प्रकृतिमा स्वतः हुने नियममा वा प्रकृतिको शाश्वत नियम हो । यसमा बीज प्रकटीकरणको नियम, बीच बिस्तारको नियम र बीज उच्छेदको नियम पर्छन्, जसलाई कार्य र कारणको नियम पनि भन्न सकिन्छ । मानिसको कर्मअनुसार पहिले फल अर्थात् बीज उत्पत्ति हुन्छ । त्यसपछि त्यसको बिस्तार हुने क्रम सुरु हुन्छ । यसले मन, वचन र शारीरिक कर्म बिग्रेपछि नराम्रो फलको बीज प्रकट हुन्छ र बिस्तारै त्यसैको विस्तार हुँदै गएर समग्र जीवनचक्र विशाक्त हुन पुग्छ भन्ने कुरालाई जनाउँछ । त्यसैले यसलाई उच्छेद गर्न अर्को त्यस्तै किसिमको कर्म गर्नुपर्छ, जसलाई बीज उच्छेदको नियम भन्न सकिन्छ । नवरात्रमा गरिने कृत्यले त्यही बीच उच्छेदमा सघाउने काम गरेको देखिन्छ । यदि बीज उच्छेदको नियमलाई लागू नगर्ने हो भने बीज विस्तारको नियमले जुन फल प्राप्त भएको थियो त्यही नै अर्को फलको कारण बन्दै जान्छ र अन्त्यहीन शृङ्खला सुरु हुन पुग्छ । त्यसैले जेजसरी उत्पन्न भएको भए पनि नराम्रो कर्मबाट प्राप्त हुने बीज उच्छेद हुनै पर्छ । जब नराम्रो कर्मफलको बीज उच्छेद हुन्छ तब मात्र त्यस स्थानमा राम्रो कर्मफलको बीज प्रकटी हुन पुग्छ । दशैँ पर्वमा सम्पन्न गरिने कृत्य र खानपान तथा आहार विहारलाई यसैभित्र लिनुपर्ने हुन्छ । यसरी दशैँ पर्वले शरीरलाई स्वस्थ र निरोगी राख्ने प्रयास गर्दै जीनवका समग्र आवश्यकता पूरा गर्नेसम्मको उदात्त परम्परा बसाएको देखिन्छ । यद्यपि हिजोआज कतिपय तह र तप्कामा दशैँ पर्वले कसैलाई होच्याउने वा मान मर्दन गर्ने कुराको पक्षपोषण गरेकाले बहिष्कार गर्नुपर्छ भन्ने गरिएको पनि सुनिन्छ । विचार हो राख्न पाइन्छ र आफूलाई लागेको कुरा भन्न पनि पाइन्छ तर यथार्थ के हो भने दशैँ पर्वले न कतै त्यस्तो भनेको छ न उद्देश्य नै त्यस्तो छ । अपितु यसको उद्देश्य शरीरलाई निरोगी र स्वस्थ राखी आयु आरोग्य बढाउने किसिमको रहेको छ । त्यसैले यो पर्व कुनै एकको र अर्कोको भन्ने नभई सबैको हो भन्ने प्रष्ट भएकाले यसको आवश्यकता हिजो जति थियो आज त्योभन्दा बढी हुन पुगेको अनुभूत गर्न सकिन्छ ।
दशैँ, लुम्बिनी र बुद्ध
२०६७ सालको दशैँ पनि उति उत्साहजनक थिएन । तैपनि अघिल्ला वर्षहरूको जस्तै सबै किसिमले रमाइलो बनाउने कोसिस गरिएकै थियो । उत्साह नहुनुमा सीताजीको शारीरिक कमजोरी थियो । उहाँको शरीरमा त्यति घातक क्यान्सर रोग हुर्किरहेको थियो भन्ने हामीलाई थाहै थिएन ।
दशैँले दिएको पुनर्जीवन
दशैँ नेपालीका प्रमुख चाडमध्ये एक हो । दशैँ वसन्त ऋतु र शरद ऋतुमा गरेर दुई पटक आए पनि शरद ऋतुको दशैँलाई बडा दशैँका रूपमा मनाइन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन जमरा राखेर यस दिनदेखि नवमी तिथिसम्म शक्तिको पूजा गरेर दशौँ दिनका दिन मान्यजनका हातबाट टीका र जमरा थापी नवदुर्गाको प्रसाद ग्रहण गरेर मनाइने यो चाड पूर्णिमासम्म शुक्लपक्ष नै रहने हुनाले मान्यजन टाढा टाढा भए पनि टीका ग्रहण गर्न जाने चलन छ । नवमीसम्मका नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री नामक न
दशैं महिमा
दशैं शक्ति उपासनाको पर्व हो । यतिबेला शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले आयु, आरोग्य र सुख, शान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास पाइन्छ । शक्ति सबैलाई नभई नहुने तत्व हो । वैदिक सनातन संस्कृतिले माता भगवतीलाई त्यसैको प्रतिनिधि मानेर पूजा तथा उपासना गर्न सिकाएको छ, लगाएको छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार देवताहरूले समेत गाह्रोसाह्रो पर्दा उनकै उपासना गर्ने गरेका छन् । भगवान् रामले पनि रावणमाथि विजय पाउन उनकै उपासना गरेका थिए, कृष्णले पनि आपत्विपत्मा उनकै सम्झना गरेका थिए ।