सहरबाहिर एउटा पक्की पुल थियो । पक्की पुलछेउमा एक दिन उसले एउटा जुत्ता मिल्केको देख्यो । जुत्तालाई उसले गडेर हे-यो । जुत्ताबारे ऊ अनुमान गर्न उत्सुक भयो । पहिलो त यो अनुमान ग-यो, जुत्ता कसको हो ? जुत्ता जसकसैको हुन सक्थ्यो । जुत्ता मेल फिमेलमध्ये पुरुषकै थियो । फित्ता बाँध्ने खालको । जुत्ता मिल्किएको ठाउँमा उत्तानो परेर आँ गरेर बसेको थियो मानौँ पूरै आकाश निल्न तयार छ । ऊ त्यो पुल भएको सडकछेउको गाउँमा डुल्न आउँथ्यो । मर्निङ वाकमा । गाउँको छेउमा एउटा चियापसल थियो र बिहानको भ्रमण सकेर फर्कने बेलामा ऊ त्यो चियापसलमा पसेर एक कप कालो चिया पिउँथ्यो । चिया बिनाचिनीको । सुगरको रोगी भइसकेको थिएन तर डाक्टरले उसको रगतको रिपोर्ट हेरेपछि भनेको थियो– चिनी खान बन्द गर्नुस्, सकेसम्म खाँदै नखानुस् । सुगर बोर्डर लाइनमा छ ।’ बोर्डर लाइनमा माने अट्याक गर्न तयार ।
डाक्टर मधुमेह विशेषज्ञ थियो । विशेषज्ञतासहित उसको ख्याति पनि थियो । सहरमा ऊ मात्र थिएन मधुमेह विशेषज्ञ तर अरू डाक्टरकोमा नगएर ऊ त्यहीँ गएको थियो । यति थाहा पाइराख्दा ऊ किन बिनाचिनीको कालो चिया खान्छ भन्ने स्पष्ट हुन्थ्यो । तर चिया खाइसकेपछि ऊ एकछिन चियापसलको लामो बेन्चको एक छेउमा बसेर बिसाउँथ्यो । पिसाबको पनि समस्या थियो । चियापसलेले ऊ हिँडाइले थाकेर विश्राम लिन यही ठाउँ उपयुक्त मानेको भन्ठान्थ्यो । कुरा यसो थिएन । बिहान त्यसै बेला चियापसलमा दूध पु¥याउन आउने एक युवतीको रूप र जिउडालबाट ऊ मोहित भएको थियो । त्यसैले ऊ कहिलेकाहीँ अलि चाँडै प्रातःभ्रमणमा निस्कन्थ्यो तर कहिलेकहिले चियापसलमा युवतीलाई अलि अबेरसम्म कुर्नुपर्दा दुई चोटि कालो चिया खाने गथ्र्यो ।
आज माने आजैको कुरा थिएन त्यस दिन फर्कंदा उसले पुलछेउ त्यो जुत्ता मिल्काइएको अवस्थामा देख्यो । जुत्ता फाल्नैपर्ने गरी पुरानिएकोे थिएन । तर उसलाई जिज्ञासा भयो, एउटा जुत्ता मात्र यहाँ किन फालिएको छ ? जुत्ता कालो रङको थियो तर स्याहार पुगेनपुगेजस्तो अधकल्चो अवस्थाको थियो । केही दिनको अन्तरालमा पालिस पाउने गरेजस्तो रूप र रङको । यी सबै उसका अनुमान थिए । जुत्ता ठूलो साइजको थिएन । युवाहरूले लगाउने खालको थियो– अलि लामो चुच्चो भएको । पुलको रेलिङमा अडेसिँदै उसले सोच्यो– जुत्ता हातमा लिएर हेरूँ । तर त्यसो गरेन । जुत्ता हिजोआज नै फालिएको थियो । यस्तो देखियो । अलि दिनअघि फालिएको भए यसलाई कसैले किक हानेर तल खोलामा पु¥याइदिने थियो । यहाँ यसरी आँ परेर रहिरहने थिएन । यस ठाउँमा आएर तलको खोलो अलि साँघुरिएर बग्ने भएको थियो । पुल पनि खोलाभन्दा अलि उचाइमा नै थियो । आत्महत्या गर्ने आशयले हामफालेदेखि मानिस मर्ने थियो । यता कसैले पुलबाट हामफालेर आत्महत्या गरेको समाचार स्थानीय पत्रिकामा आएको थिएन । चियापसलेले पनि उसलाई त्यसबारे जानकारी दिन सकेन ।
‘मैले जानेसम्म यता यस्तो केही घटना भएको छैन ।’ थपथापमा चियापसलेले यतिसम्म भन्न सक्थ्यो– ‘म यसै ठाउँमा जन्मेँ–हुर्केबढेँ, त्यस्तो केही भएको भए मैले थाहा पाउनुपर्ने थियो ।’ पसले यही भन्न चाहन्थ्यो– त्यसरी हामफालेर आत्महत्या गरेको घटना यो ठाउँमा भएको छैन । माने यो पुलमा । तर एउटा जुत्ता यहाँ एक्लै फालिएको थियो । उसलाई यत्ति जिज्ञासा थियो अर्को जुत्ता खोइ ? अर्को जुत्ता भेटिए उसले आफ्ना खुट्टा घुसारेर हेर्ने थियो ? भनियो, जुत्ता पुरानो थिएन । तर अर्को भेटिएन । उसले मिल्काइएको जुत्ता दाहिने खुट्टाको थियो देब्रेको, त्यो खुट्याएन । जे भए पनि अर्को जुत्ता कतै खोलामुनि मिल्किएको त छैन भनेर उसले पुलबाट निहुरी परेर हे¥यो । पानीमा धेरै वस्तु तैरिरहेका थिए । अधिकांशमा प्लास्टिकका झोला थिए । कतै तिनैमुनि जुत्ता डुबुल्किएर बसेको होला । मान्छेको लास भए पनि ती रङ्गबिरङ्गी प्लास्टिकका झोलाले ढाकेर राख्ने थिए ।
थपमा तीनचार दिनदेखि त्यो दूध पु¥याउने केटी यता देखिएकी थिइन । उसलाई त्यसबारे पनि जिज्ञासा थियो ।
‘बाजे तपाईंको पसलमा दूध पु¥याउने केटी कता गई । अचेल आउने छाडी कि ? यति दिन भइसक्यो, मैले देख्न पाइनँ ।’ चियापसले बोल्न अलि अनकनायो । बाजे भनिएकाले हो कि ? उसको जात के हो उसले सोधखोज गरेन । अचेल जातको के मतलब ? पसले अनकनायो– कुनै रहस्यलाई अभैm रहस्यको गर्तमै लुकाउन खोज्यो । रहस्य रहस्य नै रहोस्, त्यही ठीक हुन्छ । उसको सोच यस्तो थियो । दूध पु-याउने केटी देखा नपर्नुको कारण अर्कै थियो । केटी कता गई भन्ने उसलाई थाहा थियो । तर कता गई र कोसित गई भनेर ठाउँठेगान र उसलाई भगाउने केटाको पक्कापक्की परिचय भन्न सक्दैनथ्यो । के भने केटी पोइल गएकी चाहिँ पक्कै हो । तर गाँठो त्यहीँनिर कसिएको छ । पसलेले मुख खोलेन । करुणाजनक कुरो थियो । तर एउटा अपराधबोध पनि थियो उसमा ।
उसले कालो चियाको अर्को अर्डर थप्यो । कालो सादा चिया जति खाए पनि भो । पिसाबको समस्या थियो उसमा । पहिलो गिलास कालो चियाले दबाब बनाइसकेको थियो । पिसाब फेर्न उसले वरिपरि हे¥यो । पर सघन झाडी थियो । गाउँठाउँमा चियापसलबाहेक घरहरू नजिकमा थिएनन् । ऊ त्यतै झाडीको आडमा गयो र उभिएर फरफारक भयो । फर्केर आएर बेन्चको त्यही भागमा बस्यो जहाँ ऊ अघि बसेको थियो । पसलेले कालो सादा चियाको गिलास उसको छेउमा राखिदिँदै भन्यो– ‘कुरो यस्तो छ हजुर, केटी उमेरकी भइसकेकी थिई ।’ पसलेलाई कुरा ओकल्न अपच भएको स्पष्ट थियो ।
सहरको बोलीचालीमा हुर्केको उसले अलि स्पष्ट हुन सोध्यो– ‘उमेरकी भन्नाले ?’
‘भन्नाले तरुनी । बिहे गर्न लायककी ।’ पसलेले आफ्ना उपल्लो ओठमाथिको छाँटेर छोटो पारिएको जुँगा सम्याउँदै भन्यो । जुँगा त्यति लामो थिएन जसलाई तह लाउन सम्याइराख्न परोस् । कुरा रोचक हुन सक्छ भनेर उसले आफ्नो छेउभागको बेन्चको रिक्त ठाउँलाई थपथपाउँदै पसलेलाई बस्न इसारा ग¥यो । पसलेले पसलतिर र बाटोतिर यसो हे¥यो । ग्राहक आइरहेका छन् कि छैनन् ? पसलमा चियाबाहेक घरायसी आवश्यकताका खित्रिङमित्रिङ पनि राखिएका थिए । पसलेको ब्रह्मले ग्राहक आइहाल्ने सम्भावना नदेखेपछि उसको छेउमा आसन जमायो ।
‘अनि ?’ उसले चियाको सुर्को तान्दै भन्यो । ऊ चिया पु-याई पु-याई खाइरहेथ्यो, अर्को गिलास चिया मगाउन नपरोस् । चिया सोभैm उसको मूत्राशयमा पुगेर तल झर्न बाटो खोज्दै टुप्पोबाट चुहिने अवस्थामा पुग्थ्यो । डाक्टरलाई देखाउनुपर्ने त थियो तर ऊ लापरवाही गरिरहेथ्यो । पिसाब चुहिने हुनु पनि कुनै समस्या हुन सक्छ ? उसको यो ढिठता थियो ।
‘अनि के नि सर ।’ पसलेले उसलाई सर सम्बोधनको सम्मान दिँदै कुरा गाँस्यो । दिनका दिन एक दुई गिलास चिया खाइदिने ग्राहकलाई ‘सर’ भनेर फुक्र्याउँदा के नै हानि छ र ? मीठो वचनले ग्राहकलाई सेवा दिने त हो । पसले पुरातन विचारको थियो वा थिएन तर उसले ग्राहकलाई आधुनिक तरिकाले ‘सर’ भनेर सम्बोधन गरेको थियो ।
‘सर कुरा यो प¥यो, केटी तरुनी भई । यो मैले अघि भनिसकँे ।’ तर केटी तरुनी थिई भनेर बारम्बार दोहो¥याउनमा पसलेले मज्जा मानिरहेको देखियो । मुख मिठ्याउँदै भन्यो– ‘तर त्यसको परिणाम के हुँदो रहेछ भने उमेरले जोडिदार पनि खोज्दो रहेछ । अचेल त झन् हावापानी बदलिएकाले केटीहरूमा ताप बढेको छ । तापले के गर्दो रहेछ भने उत्ताउलो पार्दो रहेछ ।’ पसले रोकियो । केटीहरूबारे ग्राहकले के सोच्छ भन्नेतिर एकाएक उसको ध्यान गयो । उसलाई कतै बर्ता त बोलिन भन्ने डर पनि लाग्यो । महिलाहरूप्रति अन्टसन्ट पाराले मूल्याङ्कन गर्ने जमाना छैन भनेर उसले बुझेको पनि थियो । तर यथार्थप्रति ऊ आँखा चिम्लन पनि सक्दैनथ्यो । दूध पु¥याउन आउने केटीको घटनामा पनि उसको यही राय थियो । केटीले उसको पसलमा दूध पु¥याउन आउने गरेको पनि तीन वर्ष नाघेर चार वर्ष लागेको थियो । उसले यो कुरो क्यालेन्डरमा कोरेर राखेभैmँ तिथिमितिसहित सम्झन सक्थ्यो । केटी हेर्दाहेर्दै तरुनी भई, उसकै आँखाअगाडि । पसलेका आँखाले केटीको यौवन फस्टाएको देख्यो यद्यपि युवती पूरा लुगाले ढाकिएर हिँड्थी । मात्र कति भने मादक पिँडौला देखिने गरी छोटो फरिया लगाएकी हुन्थी । तर सूर्यलाई हत्केलाले छेकेर छेकिँदैन । उसले यो उपमा पनि प्रयोग ग¥यो ग्राहकलाई केटीको यौवनावस्था बुझाउन । उसको मान्यतामा यौवन पनि एउटा सत्य हो । ऊ अहिले बुढेसकालतिर लागेको छु भन्न सक्थ्यो तर अनुमान गर्नेले उसलाई ज्यादामा ज्यादा पचासवरिपरिका हुनुभयो भन्थे । ऊ यसमा मक्ख पनि पथ्र्यो । खासमा ऊ साठीको हुनहुन लागेको थियो ।
‘त...’ ग्राहक केटीको विषयमा बढी जान्न चाहन्थ्यो । पसलेले उसको यो भित्री इच्छा बुझेको पनि थियो । केटी भनेपछि पुरुषमा एक प्रकारको यौनाकर्षया पनि हुन्छ । त्यसमा दुई राय गर्न सकिन्न । उसले कुरोलाई खास सन्दर्भ दिएर आफ्नो दृष्टिकोणसहित प्रस्तुत गर्न चाहन्थ्यो । उसले केटीको गतिविधिमा केही विचलन आएको आभास पायो । एक दिन गाउँपारिको अर्को गाउँको केटो उसको चियापसलमा एकाबिहानै चिया खान आएको थियो । हातमा केही थियो । एउटा पोको । उसले चिया खाँदै बाटोतिर हेरिरहन्थ्यो । ऊ कसैको व्यग्र प्रतीक्षामा थियो । वास्तवमा ऊ केटीको प्रतीक्षामा बसेको रहेछ । केटी दूध पु¥याउन आएको टाढैबाट देखेपछि केटा जो लक्का जवान थियो, उसको अनुहार उज्यालो भयो । उसको अनुहार यति उज्यालो भयो, पसलेले त्यसको चमकभित्र चिया फिट्दै गर्दा पनि अनुभव ग¥यो । कारण यो थियो, युवकको अनुहारको चमकले उसको पसल नै झलमल्ल उज्यालो भएजस्तो भयो ।
केटीले हतारहतार दूध पसलेको सधैँजसो टेबिलमा राखिछाड्ने भाँडामा खन्याएर बाहिर हिँडिहाली । उसले दूध कति लिटर भयो भन्ने पनि नापिन र कपीमा टिपाइन पनि । ऊ बाहिरिएपछि केही पर गएर एउटा सानो रूखमुनि उभिई । घाम उदाउन लागेको थियो र रुखको छाया पनि रुखमुनि नै डल्लिएर बसेको थियो । जाडोजाडो पनि थियो । केटोले पनि गिलासको चिया एकै घुट्कोमा निल्यो र चियाको दाम टेबलमा राखिछाडेर केटी भएतिर पोको च्यापेर लम्कियो । रुखमुनि केटीछेउ पुगेपछि उसले पोको केटीको हातमा राखिदियो । केटा र केटी केहीबेर मीठामीठा कुरामा लट्ठिए । पसलेले उनीहरूका कुरा सुन्न सकेको होइन । उसलाई लाग्यो उसको श्रवणशक्ति कमजोर भएको छ । एकछिन उसले कानहरूलाई सराप्यो । तर यौवनले तमताएका केटा र केटीका कुरा तिताटर्रा हुन सक्तैनथे भन्ने सजिलै ठम्याउन सकिन्थ्यो । पोको लम्केर लिएपछि केटीले हाँस्दै केही भनी । पसलेका आँखा उतै थिए । उसले यो देखिन भन्न सक्तैनथ्यो । केटोले केटीलाई च्याप्प समातेर आपूmतिर तान्यो र गाला चुम्न खोज्यो तर केटीले पसलतिर देखाएर केटालाई पर धकेली ।
घटनाको सन्दर्भमा यो कुरो पसलेले पृष्ठभूमिका रूपमा बयान ग-यो । ‘तर सर कुरो अलि बित्याँस पर्दो खालको छ ।’ पसलेले भनेपछि ऊ झसङ्ग भयो । ऊ केटोले केटीको गाला चुमिरहेको दृश्य कल्पना गर्नमा व्यस्त थियो । युवतीका चिल्ला पोटिला गाला...च्च ! पसलेले बित्याँस पर्दोछ भन्नुको अर्थ उसले बुझेन । प्रेमकथाको परिणति सदैव दुखद हुँदैन यद्यपि प्रेमको अन्त्य दुखद भएमा नै त्यसले लोकमा ख्याति पाउँछ । यस्तो उसले सोच्यो र भन्यो, ‘किन ?’ पछि उसले किन भनेर सोध्नुभन्दा के भएछ त्यसतो भनेर सोध्नु उपयुक्त मान्यो । पसलेले लामो सास छाड्यो । पसले चुरोट खाँदैनथ्यो तर उसको सासमा अर्कै किसिमको हस्को थियो जुन उसको नाकले अनुभव ग¥यो ।
पसलेले भन्यो– ‘त्यो केटो र केटी अस्ति राति नै भागे । हेर्नोस् सर भाग्न त भागे तर केटीका घरकाले पहिले नै सुइँको पाइसकेका रहेछन् । केटीको गतिविधि जासुसी गर्ने गरेका थिए तिनले । केटीलाई सम्झाउने गरेका पनि रहेछन्– जात नमिल्नेसँग लसपस नगर भनेर । प्रेम अन्धो हुन्छ भन्थे । तर केटी अन्धी पनि थिइन र लाटी पनि । केटी राति हिँडी । केटालाई भेटी । ऊ हिँडेको केहीबेरपछि थाहा पाएर रातारात घरकाले र गाउँकाले ती दुवैलाई खोज्न थाले । केटो र केटीको जात मिल्दैनथ्यो, यो मैले भनिसकेँ सर । यस जमानामा जातभातको के कुरा भने पनि समाजमा यो अभैm गहिरो गरी कायमै छ । केटी उपल्लो जातकी र केटो तल्लो जातको । घरकाहरू उनीहरूको प्रेममा सहमत थिएनन् । उनीहरूले खोज्ने क्रममा केटो र केटी धेरै पर नपुगेको थाहा पाए । औँसीको रात थियो । केटा र केटीले पनि बाटो सही तरिकाले पहिल्याउन सकेनन् । भन्नेले भने तर मैले त देखिन सर, मलाई यस्ता कुरामा सुलसुल्याइँ गर्नु पनि छैन तर केटीका घरकाहरूले तिनलाई पुलनिर भेट्टाएछन् । अब फेला पारे भने केटालाई मारेर यतै खोलामा फाल्ने हुन् र मलाई जगल्ट्याउँदै घर लग्ने हुन् भन्ने सोचेर केटीले उपाय गरिछ । केटाको ज्यान जोगाउन सकिने हैन म मात्र बाँचेर मेरो प्रेमको के मूल्य भनेर केटीले केटाको हात समातेर पुलको रेलिङमाथि चढी र लामो सास तानेर नदीमा हाम फाली भन्ने भनाइ छ । म त्यस दिन पसलमै सुतेको थिएँ तर निद्राको तोडले यी सब थाहा पाइन । तर अन्तिम पटक केटी चिच्च्याएको जस्तो त सुनेको थिएँ ।’
पसलेले उसको कस्तो प्रतिक्रिया आउँछ भनेर पर्खिरह्यो । उसले यति मात्र भन्यो– ‘कस्तो कथा हो यो ? तर पुलमाथि त एउटा जुत्ताबाहेक केही देखिँदैन ।’
‘पुलमाथि होइन नि सर देखिने । पुलमुनि जमेको पानीमुनिको कुरो हो नि सर । तर एउटा कुरो यो पनि छ सर जुन नभन्ने हो भने केटा र केटीको प्रेमप्रति अन्याय गरेसरह हुन्छ । त्यो के भने, यो रमाइलो पनि छ, कसैले भन्छन् केटोकटी अँध्यारोको फाइदा उठाएर भीडबाट तर्कंदै यसरी भागे जसले गर्दा उनीहरूलाई समात्न सकिएन । उनीहरू सहरभित्र पसेर हराए । यताबाट गएका केटीका घरका र कुटुम्बहरूले सहरभरि छान मार्दा पनि तिनको सुइँको पाउन सकेनछन् । सहरको कुरा नै अर्को नि सर । यस्ता कति जोडीले सहरमा जातथर ढाँटेर त्राण पाएका छन् ।’
ऊ उठ्यो । कथाको सुखद अन्त्यप्रति ऊ आश्वस्त हुन चाहन्थ्यो । उसले पिसाबको थैलीमा दबाब अनुभव ग¥यो र टुप्पामा चिलचिलाएको महसुस ग¥यो । भनाइको मतलब उसले पिसाब नफेर्ने हो भने चुहिने डर थियो । त्यसैले ऊ झाडीको आडमा गयो र हलुका भयो । त्यसपछि ऊ पसलतिर फर्केन । पुलतिरै हानियो । पुलमाथि अगिको जुत्ता थिएन । जुत्ता केटो भाग्दा यतै छुटेको होस् भन्ने कामना गर्दै ऊ घरतिर लाग्यो ।