• ९ वैशाख २०८३, बुधबार

खरानी खोस्रेर निकालेको वैशाख ! (कविता)

blog

यस पटक काँस फुल्नु र काँसभरि खरानी उड्नु 

उसो त खरानीकै पहाड ठडिनु एकै पटक भए ।


प्रातः भ्रमणमा देखिएका काँसका घारी छिचोल्दै 

घाम खोज्न हिँडेको थिएँ

बलात् खरानीको थुप्रोमा ठेसिन पुगेँछु ।


आव्रmोशको आगो घरघरमै थुनिएको रहेछ

कुन सड्को सडकभरि सल्कियो 

आव्रmोशमा सीमान्त सपनाका लर्कन पनि रहेछ

त्यही आव्रmोशको आगो सहरभरि लपलपायो

आगोले सम्पदा र धरोहर केही छुट्याउँदो रहेनछ

आगोले रिस र विवेकको पनि छ्यानब्यान गर्न जान्दो रहेनछ 

मन र वन दुवैमा नझोस्नु आगो भन्थे बराजुहरू

सहरमा काँस फुल्नु र आगो लपलपाउनु एकैचोटि भयो यसपालि ।


काँसमाथि हावा बयलिनु कि खरानी 

ध्यानस्थ आवेग बेगिलो बन्नु र काँस फुल्नु संयोगै हो क्यार

आवेगको आगोले सहरका बारबगैँचा, घर, महल केही चिनेन 

जमोठ भएको आवेग र आव्रmोश तरल बनिदिएछ 

त्यही जमोठ आव्रmोशको आवेग पग्लिएर 

थुपै्र निरोका अगाडि सहरबस्ती ह्वारह्वार्ती बल्यो र बलिरह्यो ।


काँस फुलिरहेकै थियो, खरानी उडिरहेकै थियो ।


म जहिल्यै पतझडको याम आउँदा बेहद खुसी हुन्छु,

कारण छ– पतझडपछि वसन्त आउँछ

वसन्तले वैशाख ल्याउँछ 

वैशाखले केही न केही नयाँ ल्याउँछ 

नयाँले नयैँ ल्याउँछ ।


काँस फुलेकोफुल्यै छ

उता सहरमा अग्नि पर्व चलेको छ

अग्नि पर्वमा खुब खरानी उडे 

खरानीसँगै सबैथोक उडे

खरानी बन्न केही बाँकी रहेन

यति खरानी उड्यो कि खरानीकै पहाड बन्यो

पहाडैपहाडको देशमा 

अर्को पहाड खरानीको पहाड ठडियो 

सुधीजन, त्यही खरानीको पहाड पछिल्तिरबाट

उदाउने बिहानीले कस्तो चाहिँ वैशाखको अभ्युदय गराउला ?

तीव्र उत्सुकता जागेको जाग्यै छ 

उत्कट चाहना छ खरानीको पहाड पछिल्तिरबाट 

उदाएको स्वप्निल बिहानी हेर्ने 

नितान्त नयाँ वैशाख हेर्ने । 


हेटौँडा–४, हुप्रचौर