लक्ष्मीप्रसाद देवकोटासँग मेरो अजिबको सम्बन्ध छ । काव्यभन्दा पहिले मैले महाकविको गद्य पढेँ । म उनको लेखन शिल्पीले मोहित भएँ । उनको भाषाले अहिलेसम्म तानिरहेको छ । त्यो विशिष्ट प्रकारको साङ्गीतिकतालाई म ‘कवितात्मक गद्यकारिता’ भन्न रुचाउँछु । त्यही कवितात्मक गद्यकारिता मैले पछि शङ्कर लामिछाने, मञ्जुल, राममणि रिसाल, डा. दुर्गा भण्डारी र शारदा शर्माका निबन्धमा पाएँ ।
हो, मैले ‘मुनामदन’भन्दा पहिले ‘दाडिमको रुखनेर’ पढेँ ।
महाकविका काव्यिक सिर्जना नपढ्दै उनको गद्यले म कायल भएँ । प्रकृतिको सानिध्यमा लेखिएका हरफहरूले मलाई बौलाहा बनायो । कतिसम्म भने २०४७÷४८ सालतिर मैले उनको ‘दाडिमको रुखनेर’ अधिकांश निबन्ध कण्ठस्थ पारेको थिएँ । अनि पो मैले शब्दहरूको शक्ति बुझेँ । अनुभूतिको गहिराइमा प्रहार गर्ने शब्दको सामथ्र्यलाई चिनेँ । असल र कालजयी सिर्जनाको परख गर्न जाने । शक्तिशाली र अनुभूतिको गहिराइसम्म प्रहार गर्न सक्ने गरी शब्दलाई सामथ्र्यवान् बनाउन सकिन्छ भन्ने देवकोटाको निबन्ध पढेर नै मैले थाहा पाएको हुँ ।
देवकोटाबाट नेपाली आधुनिक निबन्धको थालनी मात्र भएन, नेपाली निबन्धले नयाँ भाव र शैली पनि पायो । नेपाली निबन्धमा देवकोटा भन्नु लगभग सवा दुई दशकको समय हो । नेपाली निबन्धको उर्वर र चहकिलो क्षण पनि त्यही नै हो । उनको रुमानी भाव र शैलीले नेपाली आत्मपरक निबन्ध शक्तिशाली र सामथ्र्यवान् बनेको छ । नेपाली निबन्ध पढ्न चाहनेका लागि देवकोटा मानक हुन् । निबन्धको जग बसालेका देवकोटाले निबन्ध के हो ? यो कस्तो हुनुपर्छ ? भन्ने आम पाठकको जिज्ञासालाई आफ्नै निबन्धमार्फत शान्त पारेका छन् । मलाई थाहा छ, आत्मपरक निबन्धमा अनुपम नमुनाका रूपमा देवकोटाका निबन्धहरू आएका छन् ।
‘लक्ष्मी निबन्ध सङ्ग्रह’को भूमिकामा प्रस्तुत भएका देवकोटाका निबन्धसम्बन्धी दृष्टिकोणहरूले निबन्धको सैद्धान्तिक स्वरूपलाई स्पष्ट पारेको छ । निबन्धगत मूल्य र मान्यतालाई आधार मानेर हेर्ने हो भने देवकोटाका निबन्धहरूलाई नेपाली निबन्ध साहित्यकै सर्वोत्कृष्ट सिद्धि मान्न सकिन्छ । तर देवकोटाको काव्यिक सिर्जनाको ज्यादा चर्चा हुने गरेको छ । कविताको तुलनामा निबन्ध सिर्जनामा देवकोटाको कलमको गति निकै सुस्त रह्यो । तर उपलब्धिका रूपमा कवितामा झैँ निबन्धमा पनि देवकोटा एक अविजेय साधक हुन् । म उनको कवितात्मक गद्यकारिताको ठूलो प्रशंसक हुँ र कविताको छायामा उनका निबन्ध परेको सत्यसँग अपरिचित पनि छैन ।
नेपाली आधुनिक निबन्धको आरम्भ
वि.सं. १९९३ कात्तिकको ‘शारदा’मा देवकोटाको प्रथम निबन्ध ‘आषाढको पन्ध्र’ छापियो । यसै निबन्धबाट देवकोटाको निबन्धयात्रा आरम्भ भएको हो । त्यसो त त्यसको दुई वर्षअघि अर्थात् वि.सं. १९९१ फागुनको शारदामा बालकृष्ण समको ‘बर्दाहामा सिकार’ भन्ने निबन्ध छापिएको थियो । तर कतिपय समालोचकले ‘बर्दाहामा सिकार’लाई कथा भनेका छन् । सम आफैँले पनि यसलाई कथा नै भनेका छन् । यसरी देवकोटाको ‘आषाढको पन्ध्र’बाट नेपाली आधुनिक निबन्धको आरम्भ भएको मान्न सकिन्छ ।
निबन्धयात्राको यस थालनीसँगै नेपाली निबन्धले आधुनिकताको बाटो स्पष्ट रूपमा अँगालेको देखिन्छ । वि.सं. १९९५ सम्ममा ‘शारदा’मै उनका ‘निन्द्रा’, ‘फूल’, ‘भलाद्मी’ जस्ता निबन्धहरू छापिए । त्यसको दुई वर्षपछि १९९७ मा प्रकाशित उनको ‘पहाडी जीवन’ निबन्ध नेपाली आधुनिक निबन्धको मानक रचना हो । देवकोटाको अनुवाद र सम्पादनमा १९९८ मा निस्किएको ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ले निबन्धप्रति नेपाली पाठकलाई डोहो¥याएन मात्र पाश्चात्य निबन्धकलाको पर्याप्त ज्ञान देवकोटामा रहेको प्रष्ट पा¥यो ।
नेपाली निबन्धमा देवकोटाले प्रयोग गरेका शैली र विशिष्टता उनको जागिरसँग जोडिन्छ । यदि उनले भाषानुवाद परिषद्मा जागिर खाएका थिएनन् भने निबन्धका यति राम्रा बान्कीहरू आउथेँ भन्नेमा शङ्का उब्जिन्छ । महाकवि देवकोटा वि.सं. २००० सालमा भाषानुवाद परिषद्मा जागिरे थिए । त्यसबेला उनको काम लेख्नु र अनुवाद गर्नुभयो । त्यही समय उनको निबन्ध लेखन माझिएको र अब्बल सिर्जना जन्मिएको देवकोटाकालीन समालोचक र अध्येताहरूले जनाएका छन् । त्यसो त भाषानुवाद परिषद्को जागिरे भएकै बेला उनले तयार पारेको ३७ वटा निबन्धको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ २००२ सालमा प्रकाशित भयो । प्रष्ट बोल्ने महाकवि देवकोटाले आफूले जागिर खाने भाषानुवाद परिषद्लाई ‘मगज कारखाना’ संज्ञा दिएका छन् भने त्यही समयमा प्रकाशित लक्ष्मी निबन्ध सङ्ग्रहलाई ‘मगज कारखानाका उत्पादन’ भनेका छन् । देवकोटाको यो निबन्ध सङ्ग्रह नेपाली निबन्धकै विशिष्ट उपलब्धि हो । त्यसपछि २०३९ सालमा प्रकाशित दाडिमको रुखनेर मेरा प्रिय निबन्धहरूले भरिएको छ । राजेन्द्र सुवेदीले सम्पादन गरेको यस कृति नेपाली निबन्धको अब्बल कृति हो ।
अङ्ग्रेजी निबन्ध पनि अब्बल
महाकवि देवकोटाले अङ्ग्रेजीमा पनि थुप्रै निबन्ध लेखेका छन् । तीमध्ये केही प्रकाशित पनि छन् । पचासभन्दा बढी अङ्ग्रेजी निबन्ध रहेको समालोचक चूडामणि बन्धुले ‘देवकोटा’ पुस्तकमा लेखेका छन् । उनले त्यहाँ देवकोटाका अङ्ग्रेजी निबन्धको सूची नै छापेका छन् । देवकोटाका यल जभबचष्लन भिनभलमक बदयगत यधलकभाि त मैले पनि पढेको छु । प्रिय लेखक शङ्कर लामिछानेको नेपालीमा अनुवाद गरेको त्यो निबन्ध पढ्दा म निकै रोमाञ्चित बनेँ । ‘आफ्नो चर्चा आफैँले सुन्दा’ शीर्षकमा २०२२ मा प्रकाशित त्यो निबन्ध मेरो लेखनको महìवपूर्ण प्रेरणास्रोत हो ।
एउटा सानो ईश्वर !
उदात्त भावना, स्वच्छन्द कल्पनाले भरिएका देवकोटाका निबन्धमा अनावश्यक र देखावटी बौद्धिकता छैन । रोमान्टिक चेतनामा रहस्यवादको उत्खनन् भेटेको छु मैले उनका निबन्धमा ।
प्रकृतिप्रधान मानवता उनको निबन्धको आधारभूमि हो । प्रकृति र मानवताभन्दा पर जानु पनि कहाँ । जे छ यिनैमा छ । यहीँ छ ।
‘यो टेबिलगफ मात्र हो, शास्त्र होइन, यो एउटा फुर्सदको मनोरञ्जन हो ।’ आफ्ना निबन्धबारे देवकोटाले भनेका पनि छन् । भयङ्कर भयङ्कर शब्दहरू राखेर बौद्धिकता छाँट्ने काम उनले गरेका छैनन् । तर मैले उनका निबन्धहरूमा ज्ञानको ओजस्वी दृश्य र चेतनाको फराकिलो क्षितिज भेटेको छु । निबन्ध आत्मपरक हुनुपर्छ भन्नेमा अडिग उनी साहित्यमा बाहिरी सिँगारपटारभन्दा सहज प्राकृत अभिव्यक्तिका पक्षमा थिए । त्यसो त जीवनका विसङ्गतिको आलोचना, प्रकृतिको रौद्रपक्षको चित्रण, विद्रौहपूर्ण भावावेग, रोमान्टिक प्रगतिवादतिरको उन्मुखता देवकोटाका निबन्धमा पढ्न सकिन्छ । ज्ञानविज्ञानका विविध आयाम र जीवनका मूल्य मान्यताहरूलाई सन्तुलित शैलीमा निबन्धमा लेख्ने उनको परिपक्वता, बौद्धिकता र तार्किकताको म प्रशंसक हुँ ।
देवकोटाले निबन्धमा आफ्नै ईश्वरसत्ताको प्रतिपादन गरेका छन् । सर्जकको कल्पना शक्तिलाई उनी ईश्वरीय शक्तिको संज्ञा दिन्छन् ‘सिर्जनाका क्षणमा म पनि एउटा सानो ईश्वर हुँ ।’
समालोचकको स्वीकारोक्ति
म मोहनराज शर्मा, दयाराम श्रेष्ठ र चूडामणि बन्धुका साहित्यिक समालोचना र साहित्यिक इतिहास पढेर हुर्किएको मानिस हुँ । उनीहरूले पनि आआफ्ना समालोचना र इतिहासमा देवकोटालाई नेपाली निबन्धमा आधुनिक निबन्धगत मूल्यलाई समग्रता आत्मसात गर्ने पहिलो निबन्धकार भएको उल्लेख गरेका छन् । आधुनिक निबन्धका क्षेत्रमा देवकोटा अब्बल रहेको उनीहरूले आआफ्नो कृतिमा दाबी गरेका छन् । समालोचक राजेन्द्र सुवेदीले पनि देवकोटालाई ‘निबन्ध क्षितिजका एकछत्र रथवाही’ भनेर प्रष्ट लेखेका छन् । लक्ष्मीप्रसाद देवकोटा आधुनिक नेपाली निबन्धका मानक प्रतिभा रहेको सर्वत्र स्वीकार भएको कुरा हो । तर काव्यिक सिर्जनाको अत्यधिक चर्चाका कारण उनका निबन्धहरू ओझेलमा पो परे कि भन्ने मलाई लाग्छ । हुन त सिर्जना छोपेर कहाँ छोपिन्छ ? नेपाली निबन्धकै विशिष्ट उपलब्धि मानिएको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ र ‘दाडिमको रुखनेर’ कालजयी निबन्धहरूले भरिएको कृति हो ।
मनमौजी मसला र प्रकृति
महाकवि देवकोटाले आफ्ना निबन्धहरूलाई ‘विभिन्नताका मौजी मसला’ भनेका छन् । विषयगत विविधताले भरिएका उनका निबन्धहरू विशृङ्खलित छन् । विषयान्तर छन् । तर पाठकले पत्तो नपाईकनै ती जोडिइसकेका हुन्छन्– शैली र भाषाको जादुले । सबैलाई थाहा छ, देवकोटाको निबन्धको आधारभूमि प्रकृति हो । उनी प्रकृतिका कलकल र झरझरमा रमेका छन् । जीवन फलेफुलेको हेर्न प्रकृतिकै शरणमा जानुको विकल्प नभएको सत्यलाई भलिभाँती जान्दछन् । त्यही भएर प्रकृति चित्रणबाट उनका कुनै पनि निबन्ध अलग छैनन् । विभिन्नताका मौजी मसलाको कुरा गर्ने देवकोटा आफ्ना निबन्धको विषयवस्तु आफैँ बनेका छन् । उनले कतै लेखेका पनि छन्, ‘कहीँ म प्रबन्धभित्र आफैँ घुसेको छु–व्यक्तित्वको रङ रङाएर आफूलाई चिन्न तथा चिनाउनका लागि ।’
त्यसो त निजी मान्यतालाई विषयवस्तु बनाउन खप्पिस देवकोटाले जीवनजगत्सम्बन्धी आफ्ना मान्यताहरू प्रष्ट पारेका छन् । उनका कतिपय निबन्धहरू आध्यात्मिक छन् । वेदान्ती छन् । कति निबन्धहरू पढ्दा देवकोटालाई ईश्वरसँग भरोसा छजस्तो लाग्छ । ‘आखिर रहेछ श्रीकृष्ण एक’ भनेर जीवनको उत्तराद्र्धमा उनले लेखेका पनि छन् । तर उनका निबन्ध पटक पटक पटक पढिसकेपछि मैले देवकोटालाई कतै अध्यात्मवादी, कतै मानवतावादी र कतै रहस्यवादी देखेको छु । त्यसो त ‘धूमपानको क्षमाप्रार्थना र जुवा’ दुई देवकोटाको ‘मास्टरपिस’ बौद्धिक निबन्ध हुन् ।
स्वच्छन्दताका सर्जक
देवकोटाका निबन्धले कुनै नियमको बन्देज स्वीकार गर्दैन । वस्तुमयताभन्दा हार्दिकता, विवेकको नियन्त्रणभन्दा स्वतःस्फुर्तता, बौद्धिकताभन्दा भावुकता रोज्छ । त्यसो त निबन्ध भनेकै स्वच्छन्दता हो । भाषिक शैलीगत वैशिष्ट्य रहेका निबन्धहरूलाई सर्वाधिक पढिएका र कालजयी बन्ने गरेका छन् । उनी रोमान्टिक कवि हुन् र निबन्धमा पनि उनको त्यही रोमान्टिक चेत प्रष्ट छ ।
उनी भन्छन्,
–‘अलङ्कार चन्द्रोदयका नियमअनुसार कविता लेख्ने, सिँगारी पटारी राम्रो बन्ने । सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरा निम्ति रद्दी लेखनदास हुन् ।’
–‘म मै जस्तो छु, अरू जस्तो छैन... प्राकृतिक भावमा चले मेरो सच्चा रूप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्न, आएको कुरा आओस् ।’
देवकोटाका निबन्ध अनौपचारिक गफको शैलीमा छ । बन्धनमुक्त भएर निस्कपट बोलेका छन् । निबन्धमा उनी औपचारिकताको विरोधमा छन् ।
००० ०००
हार्दिकता मिश्रित बौद्धिकताले भरिएका उनका निबन्धहरूको जति चर्चा हुनुपथ्र्यो त्यति हुन सकेन भनेर म फेरि पनि दोहो¥याउँछु ।