• १० भदौ २०८२, मङ्गलबार

तिज : वैकल्पिक दृष्टिकोण

blog

हरेक चाडपर्वले धर्म, भाषा र जातिको अस्तित्व बोकेको हुन्छ । यसै प्रसङ्गमा तिज पनि हिन्दु महिलाको विशेष पर्वको रूपमा मनाउने गरिन्छ । तिज पर्व मनाउँदै गर्दा यसका दुई पाटाहरू धार्मिक र वैज्ञानिक पक्षलाई पनि गहन रूपमा चर्चा गर्नु आवश्यक हुन्छ । हाम्रा धर्म संस्कारले मानिसको जीवनलाई सहज र सरल अनि सकारात्मक रूपमा अगाडि लैजानका लागि विशेष नियमहरूको पालना गर्नुपर्ने संस्कार बनाएका छन् । यिनै संस्कार तथा परम्पराका आधारमा आज पनि आफ्नो जाति भाषा, धर्म परम्परा र पर्वलाई उतिकै महìवका साथ मनाउने गर्दै आएका छाँै । तिज पर्व सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोण महìवपूर्ण चाड हो । विशेषतः हिन्दु विवाहित व्रत बसी, पूजापाठ, नाचगान गरी मनाउने गर्दछन् भने अविवाहित केटीहरूले असल श्रीमान्को कामना गर्दै यो व्रत बस्ने गर्दछन् ।


धार्मिक परम्परा

तिज भन्नेबित्तिकै नाचगान, धर्म, परम्परा, श्रीमान्को लामो आयुका लागि बसिने, दर खाने, धेरैपछि दिदीबहिनीहरूसँगको भेटघाटका सन्दर्भसँग जोडिन्थ्यो भने हाल आएर यो पाटोभन्दा पनि पर्व मनाउने पाटो फरक बन्दै गएको छ । आधुनिकीकरण, विश्वव्यापीकरण, शिक्षाको विकास, नयाँ नयाँ प्रविृत्तिको विकासले हाम्रा परम्परागत पर्वमा पनि विभिन्न परिवर्तन देखापरिरहेका छन् । हिन्दु नारीहरूको महान् पर्वको रूपमा मानिने तिज भाद्र शुक्ल तृतीयामा मनाउने गरिन्छ । तिज पर्वको सुरुवात कसरी भयो भन्नेबारे चर्चा गर्दा भगवती पार्वतीसगँ जोडिन्छ । पार्वतीद्वारा श्रीमहादेव स्वामी पाऊँ भनी कष्टले गरिएको तपस्यासँग यो पर्व सम्बन्धित छ । व्रतका कारण पार्वतीको विवाह शिवजीसँग भएको थियो । तिजको व्रतपश्चात पार्वतीले श्रीमहादेव स्वामी पाएकाले कन्याहरूले असल पति पाइयोस् भनी तिजको व्रत बस्ने गर्दछन् भने विवाहित महिलाले श्रीमान्को दीर्घायुको कामना गरी यो व्रत बस्ने गर्दछन् । यो एक कठिन व्रत मानिन्छ कतिपय महिलाहरू पानी पनि नखाई दिनभरि व्रत बस्छन् भने कोही पानी र फलफूलसम्म खाएर व्रत बस्ने गरेका हुन्छन् । शिव मन्दिर गएर पूजाआजा गरी नाचगान गर्दछन् । तिजका गीतमा महिलाका मनभित्र गुम्सेका भावना प्रस्फुटित गर्ने चलन थियो । हाल यस्ता चलनमा परिवर्तन आएको भए पनि तिजका गीत भन्नेबित्तिकै रोदन र पीडाको लय वा राग भनेर बुझिन्छ । घरमा सासूससुरा, नन्दले दिएका चोट र व्यथाका कुरा बुहारीहरूले गीतमार्फत व्यक्त गरी एक दिन भए पनि नाचगान र रमाइलो गर्ने गर्दछन् । यसै गरी भाउजूबुहरीले दिएका दुःख कष्टलाई अन्द अमाजू तथा सासूहरूले पनि बिलौना गरेर तिजका गीत रच्न र गाउने गर्दछन् । मनमा गुम्सेका व्यथालाई गीतमाफर्त व्यक्त गरिने हुँदा उनीहरू मानसिक रूपमा स्वस्थ हुने र समाजमा हुन सक्ने नराम्रा व्रिmयाकलापबाट हुन सक्ने दुर्घटना कम हुने समाजशास्त्रीहरू बताउँछन् । यो पर्वले परिवारमा सुख, शान्ति र मेलमिलापको वातावरण कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।


आधुनिक दृष्टिकोण

तिज पर्वले मनसुनलाई स्वागत गरेको हुन्छ । नेपाल कृषिप्रधान मुलुक हो । तिज शब्दको सम्बन्ध पतेरा र तामे किरा जस्ता (असारे किरा, किर्थिका) सँग सम्बन्धित छ पनि भनिन्छ, जुन वर्षात्को मौसममा माटोमुनिबाट निस्कन्छन् । कतिपय किरा राता हुन्छन्, यसको रातो रङको प्रतीकका रूपमा हिन्दु विवाहित महिलाहरूको सौभाग्यलाई सङ्केत गरेको कुरा पनि चर्चा गर्ने गरिन्छ । वर्षात्मा यो किरा देखिनुलाई निकै राम्ररो मानिन्छ । अझ बुढापाकाहरू असारमा छिट्टै राता पतेरा देखिएमा चाँडै वर्षा सुरु हुन्छ भन्छन् । हाम्रा हरेक चाडपर्व आर्थिक व्रिmयाकलाप र आर्थिक पक्षसँग जोडिएको हुन्छन् तर यसका सामाजिक र सांसकृतिक सन्देश हुन्छन् । 

हाल तिज मनाउने परम्परामा विभिन्न परिवर्तनहरू देखिएका छन् । “कागले कान लग्यो भन्यो भने आफ्नो कान नछामी कागको पछि लाग्ने” भने जस्तै तिजको महìव नबुझी अरूको लहैलहैमा लागेर देखावटी संस्कृितको विकास हुँदै छ । आफूलाई आधुनिक भनाउनेहरू आर्थिक अवस्था कमजोर भए पनि साथीहरूको अगाडि बढी खर्च गर्नाले परिवारमा कलहको बिउ रोपिन पनि पुग्दछ, जसले स्वर्ग समान घर बिग्रन बेर लाग्दैन । त्यसैले बुढापाकाले घाँटी हेरेर मात्र हाड निल्नु भन्ने गर्दछन् । आजकल देखिने तडकभडकले तिजलगायत हाम्रा कला, संस्कृति, चाडपर्वलाई अर्के दिशातर्फ लगिरहेको छ । पहिलेका तिजमा दिदी, बहिनी, साथीहरू भेट्दा दुःखसुखका, आफ्ना कथा, व्यथा सुन्ने सुनाउने गरिन्थ्यो तर आजकल गरगहना कपडाका कुरा बढी हुने गर्दछन् । घरमा खाइने दर होटल र पार्टी प्यालेसमा खाने खुवाउने आडम्बर बढ्दै छ । अझ हाल त टिकटक र रिल बनाउने प्रवृत्ति बढ्दै छ । यस्तो प्रवृत्ति र परिवर्तनलार्ई नराम्रो भन्न खोजेको होइन । यसका पनि कतिपय सकारात्मक पाटोहरू पाउन सकिन्छ । यस्ता अभ्यास र प्रचलनले कतिपय मानिसलाई मनोरञ्जन प्रदान गर्दै मानसिक तनावबाट मुक्त पार्ने गरेको पाइन्छ तर चाडपर्वको नाममा देखावटीपन र बढप्पनको विकास भएको हो कि भन्न सकिन्छ । दिनभरि भोकै व्रत बसेका हुन्छ, व्रतको अर्थ र सन्देश नबुझी मन्दिर दर्शन गर्न लाइन बसेकाहरूको ध्यान र समर्पण पूजामा होइन मोबाइल, तस्बिर, फेसन, टिकटक र रिलमा केन्द्रित देखिन्छ । विभिन्न पोजमा फोटो खिचेर फेसबुकमा राख्ने अनि कति लाइक र कमेन्ट आयो भनी हेर्ने गर्दछन् । अरूलाई देखाउन आफ्ना भएभरका गरगहना लगाएर देखाउने, भड्किला पहिरन नृत्यले पनि तिजको अर्थलाई अनर्थ बनाउन सक्छ । 

तिज पर्वको धार्मिक, सांस्कृतिक महìवका साथै समाजशास्त्रीय महìव पनि उत्तिकै हुन्छ । चाडपर्वले समाजमा मेलमिलाप र सामाजिक सम्बन्धलाई दह्रो बनाउने काम गर्दछ । कसैसगँ रिसराग भए पनि यस्ता पर्वले सम्बन्धलाई सुमधुर बनाउन मद्दत गरेको देखिन्छ । यदि चाडपर्व नहुँदो हो त समाजलाई एकआपसमा बाँधेर राख्ने डोरी पनि हुँदैनथ्यो होला । नेपाली समाज कृृषि अर्थतन्त्रमा आधारित रहेको छ । खेतीपातीको काम सकिने वित्तिकै विभिन्न चाडपर्वहरू सुरु हुने गदर्छन् । हाल आएर केही विकृति देखिए पनि चाडपर्वका मर्म कायमै राख्न समाजका सदस्यहरू चनाखो हुनु पर्छ । तिज पर्व मनाउने शैली पनि समय परिवर्तन सँगै फेरिँदै छ पहिला तिजको व्रतको अघिल्लो दिन मात्र दर खाने गर्थे । तर हाल आएर तिज आउन एक महिना अगाडिदेखि टोलटोल वा समूह र विभिन्न कार्यालयमा दरखाने कार्यव्रmम आयोजना गरिँदै आएको छ । हुनेले त यस्ता अनावश्यक खर्चका लागि खर्च जुटाउन सक्छन् । तर आर्थिक अवस्था कमजोर हुनेहरूलाई चाडपर्व अत्यन्तै कष्टकर बन्न पुग्छन् । कतिपय परिवारले ऋण गरेर पनि तिज मनाउन पर्ने अवस्था आएका र आउन सक्ने देखिन्छ । जसले गर्दा पर्व सकिएपछि ती महिलाको जीवनमा विभिन्न कठिनाइहरू आइलाग्छन् । यसले गर्दा समाजमा नयाँ प्रकारको विभेद र असमानताको जन्म हुन सक्छ । समाजलाई एकताको सूत्रमा बाँध्नुपर्ने चाडपर्व नै समाजलाई खण्डित गर्ने साधन पनि हुन सक्छन् । व्रत बस्नुलाई विज्ञानले पनि राम्रो मानेको छ । व्रत बस्दा हाम्रो पाचन प्रव्रिmया राम्रो हुने विज्ञहरू तर्क राख्छन् । यस पर्वले वैवाहिक सम्बन्धलाई सुमधुर बनाउने गर्दछ । तडकभडक नगरी साधारण साथै पूर्ण भक्तिभावका साथ यो पर्व मनाउनु पर्दछ । यसको सुरुवात आफैँबाट गर्नु पर्दछ । संस्कृति विषयका उपप्राध्यापक तथा भक्तपुर दरबार हेरचारका अधिकृत रज्जु हाडाका अनुसार तिज मनाउने परम्परागत जाति वा समूहबाहेकका अन्य जाति÷समूहका महिलाले पनि तिज मनाउनु सकारात्मक छ । विगतको तुलनामा हाल सबै जाति समूहका महिलाले तिज मनाउन थालेका पाइन्छ । खास गरी विद्यालय, कलेजदेखि कार्यालयमा काम गर्ने विभिन्न जातजातिका महिलाबिच आपसी सम्बन्ध बलियो गर्न मद्दत गर्ने उहाँको विचार छ । अहिले त पुरुषहरू पनि कुनै न कुनै रूपमा तिज मनाउने कार्यव्रmममा सहभागी हुँदै छन् । यसबाट तिजलाई अझ फराकिलो बनाएको छ, जसबाट सामाजिक एकीकरणका प्रव्रिmयालाई सघाउ पुग्छ । तर तिजमा अनावश्यक रूपमा गरगहना, दरखाने चलनमा देखिएको तडकभडकले हाम्रो संस्कृतिमा नकारात्मक प्रभाव पारेको र भविष्यमा अझ बढी प्रभाव पार्न सक्ने बारेमा सबैको चिन्ता र चासो हुनु पर्छ । आज हामीले मनाउने चाडपर्वहरूमा निकै विकृति विसङ्गती देखिन थालेका छन् । चाहे ती दसैँतिहार, होली, तिज वा अन्य कुनै चाडबाड हुन् । सबै चाडपर्वमा विभिन्न विसङ्गति देखिन थालेका छन् । स्थानीय मनमाया सिल्पकार आफू नेवार भए पनि केही वर्षदेखि तिजको व्रत बस्दै आएको बताउनु हुन्छ आफ्नो वरपरका महिलाले तिजको व्रत बसेको देखेर रमाइलोका साथै स्वास्थ्य पनि राम्रो हुने विश्वासमा तिजको व्रत बसेको उहाँको भनाइ छ । व्रत बस्नाले महिनावारी भएका बेलामा हुने गरेका छोइछाइहरूको दोष पनि कट्ने हुनाले व्रत बसेको उहाँ बताउनु हुन्छ । उहाँको छिमेकमा धेरै नेवारहरूले पनि तिजको व्रत बस्ने तर क्षेत्रीबाहुन महिलाले जस्तो व्रतको अघिल्लो दिन दर खाने चलन चाहिँ नरहेको बताउनुभयो । वास्तवमै व्रत बस्नु धार्मिक मात्र नभई विभिन्न वैैज्ञानिक तथ्यका हिसाबले पनि राम्रो मानिन्छ । कतिपय महिला तिजको व्रत बस्नाले श्रीमान् श्रीमतीको सम्बन्ध पनि राम्रो हुने गरेको बताउँछन् । त्यसैले पनि तिज पर्वलाई आत्मीयताको पर्वका रूपमा पनि मनाउने गरिन्छ । यसले मानवीय सम्बन्धमा भएका फाटो र खाडललाई पुर्ने कार्य गर्दछ । यसै गरी तिज पर्वका बारेमा व्यवसायी ज्ञानु कुवर तिजमा अरू महिलाले व्रत बसी रमाइलो गरेको देखेर आफूलाई पनि जाऊँ जाऊँ जस्तो लाग्ने बताउनुभयो । तिजमा गरिने मनोरञ्जनले कसको मन छुँदैन र ? भनिन्छ, गीत सङ्गीतको सीमा रेखा हुँदैन । यसले सबैलाई आनन्द दिन्छ । आजका शिक्षित महिला र समाजशास्त्रीहरूले तिज पर्वलाई सिर्जनात्मक, सशक्तीकरणका अवसरमा हेर्न थालेका छन् । यसै विषयमा सम्बन्धित रहेर विभिन्न लेख, रचना, गीत, अनुसन्धान हुन थालेका छन् । तिजको धार्मिक पक्ष मात्र नभई सामाजिक तथा वैज्ञानिक पक्ष पनि निकै महìवपूर्ण रहेका यस्ता अध्ययन तथा अनुसन्धानका निष्कर्षबाट पुष्टि भएका छन् । 

तिज हिन्दु नारीहरूको महान् पर्व भए पनि अन्य महिला तिजमा सहभागी हुँदै छन् । तिजको अघिल्लो दिन दर खाने र भोलिपल्ट पानी पनि नखाई व्रत बस्ने गरिन्छ । व्रतको दिनमा शिव मन्दिरमा गएर पूजा गर्ने नाचगान गर्ने गर्दछन् । आफ्ना सारा पीडा, दुःख, तनाव भुलेर गीतको तालमा नाच्दै एकअर्कासँग खुसी साटासाट गर्ने हुनाले यो पर्वलाई महिलाको मिलन वा भेटघाटको पर्वका रूपमा मानिन्छ । तिजकै प्रसङ्गमा विभिन्न गीत निस्कने गर्दछन् । यसले पनि तिजमा रौनक ल्याउने काम गर्दछ । मानिस जब मुस्कुराउँछ उसको जीवनमा सकारात्मक प्रभाव पर्ने गर्दछ । ‘तिजको लहर आयो बरिलै’ जस्ता गीत, सङ्गीतमा रमाएका हामी आधुनिक नामका गीतमा कतिपय भड्किला र सन्देशविहीन गीतमा पनि नाच्दछौँ । जे होस् तिज महिलाका लागि एक मिलन विन्दु बन्न पुगेको छ । संस्कृति र आधुनिकताको जुगलबन्दी परम्परा बचाउँदै नयाँ दृष्टिकोणको विकास गर्न तिज जस्ता पर्वको महìव हुनछ । चाडपर्वले संस्कृति जोगाउनुको साथै चाडपर्वमा आधुनिकताको प्रवेश पनि गराउँदै आएको देखिन्छ । नयाँ नयाँ प्रविधिको प्रयोगले गर्दा हाम्रा चाडपर्व बारे विभिन्न अध्ययन अनुसन्धान, जानकारी, तथ्य, कथा, कहानीहरू सहजै रूपमा पाउन सकिन्छ । जसले गर्दा नयाँ पुस्ताले सहजै रूपमा आफ्ना जातिभाषा, चाडपर्वको बारेमा विभिन्न जानकारीहरू सहजै प्राप्त गर्न सक्छन् । तिज पर्वले पनि हाम्रा जीवनशैलीलाई प्रकृतिसँगको सम्बन्ध र आधुनिकताबिचको निकटता र प्रभावबारे चर्चा गर्न मद्दत गरेको छ । तिजमा प्रयोग हुने विभिन्न चिज जस्तै दतीउन, अन्य झारको सम्बन्ध र वैज्ञानिकताबिच एक अनौठो जुगलबन्दी रहेको छ । तिजमा गाइने गीतदेखि खाइने दरसम्मका पक्षमा आधुनिकताले प्रभाव पारेको देखिन्छ । आधुनिक नयाँ प्रविधिसँगै मानिसको जीवनशैलीमा पनि परिवर्तन देखिएका छन् । मानिसको लवाइखवाइ, बोली, भाषामा प्रभाव परेका छन् । मानिस चाडपर्वका माध्यमबाट भए पनि विस्तारै प्रकृतितर्फ फर्कंदै छन् । 

नेपाली महिलाका लागि तिज एक विशेष पर्वको रूपमा मनाइन्छ । नेपालमा मात्र नभए विश्वका विभिन्न देशमा पर्व विभिन्न नामले महिला दिदीबहिनीले मनाउँदै आएका छन् । तिज पर्व आजको सन्दर्भमा विभिन्न अर्थ र अभ्यासमा देखिएको छ । परम्परा र परिवर्तनको दोबाटामा उभिएको तिज न त धार्मिक पर्व मात्र हो न त सामाजिक वा केवल मनोरन्जन र देखासिकीको पर्व हो । यो बहस, विचार विर्मश र सामाजिक परिवर्तनको माध्यम बन्न सक्ने सम्भावना बोकेको पर्व हो । यसको संरक्षण गर्नु आजको आवश्यकता हो । मानिसहरू प्रकृतिबाट पर रहन सक्दै, त्यसैले त यस्ता चाडपर्वमा जहिले पनि सहअस्तित्व, सहसम्बन्ध, आमीयता, र सामीप्यता देखिन्छ । तिज पर्वले परम्परागत मान्यता र संस्कारलाई अँगाल्दै आधुनिकताको दोबाटोमा मानवीय सम्बन्धलाई डो-याइरहेको छ । हरेक पर्वका सकारात्मक र नकारात्मक पक्ष हुने गर्दछन् । हामीले सकारात्मकतालाई जोड दिन नै हाम्रा पर्वहरूको मूल मर्म बुझेर पर्व मनाउने र मनाउन उत्प्रेरणा दिनु पर्दछ । तिज पर्वलाई पनि कम खर्चमा, बिनातडकभडक, मनाउने गर्नु पर्दछ । यसले श्रीमान् श्रीमतीको सम्बन्धमा नयाँ आयाम थप्ने छ । अनावश्वक खर्चले पारिवारिक कलह र झगडा निम्त्याउने गर्दछ । हामीले हाम्रो परम्परा पनि जोगाउनु छ । साथै आधुनिक लहरमा पनि समेटिनु छ ।  मधुपर्क