केदार तिमल्सिना
बनेपा, भदौ २८ गते । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान एक थान कटुवा पेस्तोलसहित मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नगरपालिका–९ मा कोठामा बस्ने सन्तोष श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।
श्रेष्ठको साथबाट एक थान कटुवा पेस्तोल एक नाल र ३६ राउन्ड गोली बरामद गरिएको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।