• २८ भदौ २०८२, शनिबार

जिपको ठक्करले घाइते बालकको मृत्यु

blog

नवराज नेपाली

बागलुङ (गलकोट), भदौ २८ गते । बागलुङमा बोलेरो जिपले ठक्कर दिँदा घाइते भएका बालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका-३, गुठीमा बस्ने दुई वर्षीय सचिन किसानको निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त पाण्डेले जानकारी दिनुभयो।

शुक्रबार दिउँसो ४ः५० को समयमा ध. १ च. १३७६ नम्बरको जिपले बागलुङ नगरपालिका–३, गुठी बसपार्क सडकमा रहेको अवस्थामा बालकलाई ठक्कर दिएर गम्भीर घाइते बालकको उपचारका लागि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको थियो । बाटोमा नै अवस्था नाजुक भएका कारण पर्वत अस्पतालमा उपचारका लागि लग्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पाण्डेले जानकारी दिनुभयो । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।