• १३ भदौ २०८२, शुक्रबार

परदेशी छोरो (कथा)

blog

मरुभूमिको देशको यो सुविधापूर्ण बैठक कोठा शून्य छ । स्तब्ध छ । यो आफ्नी बुढी पनि साथमा नभएको भए भौतिक सामग्रीले परिपूर्ण यो कोठा अझ कति उराँठलाग्दो हुने थियो होला । बाहिर वातावरण स्तब्ध भए पनि म भने भित्रभित्रै व्यभिव्यक्तिमा आँधी र बबन्डर थामेर बसिरहेको छु । अर्धाङ्गिनी भन्छे, “टिभी खोल्नोस् न । के टोलाएर झोक्राएर बसिराख्या । छोरोले एसी खोलेर कोठा चिसो पारेर अफिस गाको छ । आपूmलाई भने एसीको चिसोले एलर्जी हुन्छ । एसी नखोली यो अरबको मरुभूमिमा बस्न सकिने कुरो हँुदैन । मलाई उदेक लाग्छ आफ्नो देशको मिठो हावापानी छोडेर यो बालुवाको हावा र खाडीको पानी खान किन यसरी शिक्षितहरू ओइरिएका हुन् यो मरुभूमिमा ।” छोरो भन्छ, यहाँको हावामा मसिना बालुवाका कण हुने गर्छन् । बतास चलेको बेला हावाले ती बालुवाका कणहरू उडाएर वातावरण नै धमिलो बनाइदिन्छ । ऊ त्यो झ्यालको ऐनाबाट देखिइने परको सडक नै धुलोले गर्दा देखिँदैन । ऊ त्यो परको अहिले देखिएको खजुरका रुखहरू छन् नि ! हो ती रुखहरूलाई पनि बबन्डरले छोपिदिन्छ । ती रुखहरूसँगैको अग्ला घरैघर देखिने बस्ती पनि धमिलो देखिन्छ । त्यस्तो बेलामा झ्याल खोल्नुहुन्न । बन्द गरिहाल्नु पर्छ । छोराको यस्तो सल्लाह मलाई अलि पच्दैन । आपूmलाई खुला हावामा झ्याल खोलेर बस्नु पर्छ । आफ्नो देशको घरमा पनि आफू त सधँै जसो घरको पोतेको खुला आँगनमै बसेर दिन काट्ने गरिन्छ । त्यस्तै काम परेको बेलामा मात्र यताउति जाने हो । नत्र त खुला ठाउँ नै रुचाइन्छ । एसी खोलेर झ्याल बन्द गरेर कैदी भैmँ घरभित्र बस्नु मेरा लागि सबभन्दा कठिन अवस्था त्यही हो । टाढा टाढा वातावरण धमिलो देखिइँदैछ । म झ्यालबाट बहिर नियाल्छु । बबन्डर वरसम्म पैmलँदै छ । म आफ्नी श्रीमतीलाई अह्राउँछु बझ्याल बन्द गर त । बतासले बालुवाका कण बोकेर वरसम्म आइपुग्दै छ । छिटो झ्याल बन्द गर् त ।”

बके झ्याल बन्द गर भन्दै हुनुहुन्छ तपाईं । फेरि स्वास फेर्न गाह्रो होला । यो परदेशमा तपाईंलाई केही भयो भने फेरि ।”

“मलाई केही हुँदैन । मैले बन्द गर् भनेपछि बन्द गरिहाल् न । किन लामो कुरा गर्छेस् ? ऐले टेबलभरि धुलो भरिन्छ । बुहारी आएर फेरि रिसाउली सजाएका सामानभरि धुलो भयो भनेर ।”

बल झ्याल बन्द गरिदिएँ । टेबलमा धूलो भए म छैन र । पुछिदिउँला नि नत्र छोरो रिसाइहाल्छ नि फेरि ।” श्रीमती टेबुल, सोफा, दराज आदि कपडाले पुछ्न लागी । धुलो नै जस्ता देखिइने बालुवाका कणहरू फँैलिएको दृश्य म बन्द गरेको झ्यालको ऐनाबाट देखिरहेछु । त्यो धुलोले मलाई नै आव्रmमण गरेर मेरो अनुहारभरि फैलिए भैmँ लाग्छ । धुलो छ्यापिएको मेरो अनुहार बालुवाको धुलोकै झापड खाए भैmँ अनुभव गर्न थाल्छु । यद्यपि बबन्डर झ्यालको ऐनाबाहिर मभन्दा धेरै नै टाढा छ । म टाढैबाट देख्दै छु खजुरका त्यति मोटा र बाक्ला पात भएका रुखहरू पनि बबन्डरको झापड र भयले आतङ्कित छन् । ती रुखहरू पनि बबन्डरले धमिलिने व्रmममा छन् । ऊ त्यो परको सडकको बाटो गरेर छोरो अफिस पुगिसक्यो होला । यो खाडीमा फेरि मोटर दुर्घटनाको अर्काे आतङ्क हुने रहेछ । नेपालमा बस्दा त म सधँै खाडीमा गर्मीको मात्र सोचर चिन्ता गर्ने गर्थंे । छोरो कसरी बस्दो हो त्यस्तो मरुभूमिमा यस्तो शीतल प्रकृतिमा जन्मे हुर्केको छोरो । आमा चाहिँ पनि यही कुराको चिन्ता गर्ने गर्थी । मोटर बेजोडले खुला सडकमा कुदाउँछन् प्रायः दुर्घटना हुने गर्ने मामला त हामीलाई अत्तोपत्तो थिएन । हामीलाई त केवल मरुभूमिको सहिनसक्नु गर्मीको मात्र पिर र डर थियो । यो खाडीको देश कहिले देख्या भए पो । भौतिकवादी भोक प्यासले मानिसलाई कहाँबाट कहाँसम्म पु¥याउँदो रहेछ । के नपुग्या थियो र हाम्रो छोरोलाई यति धेरै दुःख गर्नुपर्ने । मानिसलाई भोग विलासको सामग्री जति भए पनि पुग्दो रहने छ । कोठा सजावटका सामग्री देखेर म जिल्ला पर्छु । यति महँगा ठुला र उच्च जीवन शैलीका सजावटका सामान यो परदेशमा किन चाहिन्थ्यो र ? धातुका यति ठुला गमलामा सजिएको ठुला ठुला बोटबिरुवा । विभिन्न देशका काष्ठकलाका उच्चस्तरीय सजावटका सामग्री र अन्य निक्कै नै धेरै सामान । आजकलका बच्चाहरू सीमित रहनसहनमा बाँच्नै नसक्ने भए । आफ्नो देशको माटोलाई मरुभूमि बनाएर छोड्दै अर्काको मरुभूमिमा पसिना काढ्दै र सजाउँदै छन् । यो कुन नयाँ संस्कार र संस्कृति हो ?

मायाको बन्धन अचम्मको हुँदो रहेछ । हामी आमाबाबु भएकाहरू आफ्ना छोराछोरीलाई चटक्क छाड्न पनि सक्दा रहेनछौँ । उनीहरूलाई सम्हालेर आपूmले चाहे जस्तो गरी हिँडाउन पनि सक्दा रहेनछौँ । अब त हामी बुढाबुढी भएर उनीहरूकै कब्जामा छौँ । हामीले भने अनुसार उनीहरू होइन बरु उनीहरूले भने अनुसार पो हामी चल्नुपर्ने अवस्था छ ।

मैले छोरोसँग एक दिन खुला र प्रस्टसँग भनेँ, “मैले यसलाई केही दिन सकिनँ । अरू त त्यस्तै हो । तेरी आमाको ठुलो चाहिँ तिलहरी, सुनको चुरा र सौभाग्यका सबै गहना बेचियो । तेरो व्यवहार मिलाइयो । एउटा तिलहरी चाहिँ तेरी आमालाई तैँले यो सुनको देशमा किनिदिएस् । तेरो कमाइ पनि राम्रो मात्र होइन, धेरै राम्रो रहेछ । अरू हामीलाई केही चाहिन्नँ । त्यति चाहिँ यसलाई दिएस् ।”

छोरो, तिलहरी त तपाईंले पो आमालाई दिने त ! म छोरोले आमालाई तिलहरी दिने हो र ? तिलहरी जस्तो गहना त लोग्नेले पो दिन्छन् त । छोरोले हो र ?”

बुहारीको व्यङ्ग्यात्मक हाँसोको अनन्त छाल उर्लियो र चुचुरोसम्म पुग्दै खस्दै गर्न लाग्यो ।

मैले फेरि छोरोलाई सम्झाएँ, तँलाई त्यस्तो लाग्छ भने तेरी आमालाई एकजोर सुनको चुरा किनिदेन त !”

बुहारीको हाँसो अकस्मात थामियो र हाँसो यतिखेर रिसमा परिणत भयो । अनि उसले प्याच्च बोली, “तपार्इं मर्नुभा’छ र आमालाई सुनको चुरा हामीले किन्न ? त्यस्तो प¥यो भने हामी किनिदिउँला । धन्दा नमान्नोस् । बुवा !”

“मेरी स्वास्नीले एक जोर सुनको चुरा लगाउन म मर्नुपर्ने ? ऊ विधवा हुनुपर्ने ? के भनेकी बुहारी त्यस्तो ?”

त्यसपछि मेरा सबै शब्दहरू घाँटीमा बाँध बाँधिएर बन्द भए र म फेरि अवाक भएँ । मैले आफ्नै सन्तानबाट आपूm अपमानित भएको महसुस गरेँ । खाडीको अनन्त सामुद्रिक पानी खाडीको सहरभित्र भिœयाइएका अनन्त आँसु जस्तै पानीका नहरहरू एकातिर थिए भने अर्कोतिर निरन्तर एकपछि अर्को गर्दै आँधीका झोक्काले समेटेको मरुभूमिको बालुवाको झापड आफ्ना दुवै गालाले अटुट खाइरहेँ झैँ यति बेला मलाई अनुभव भयो ।

अलि अलि ऋण तिर्नु थियो भनेर छोरोसँग गुनासो गरेको थिएँ । “हजुरको सम्पत्ति पनि मलाई चाहिँदैन । म हजुरको ऋण पनि तिर्न सक्तिनँ भन्यो छोरोले । भोलिपल्ट मैले श्रीमतीसित भनेँ, “डाइभोर्स गरिदिन्छु” भनेर बुहारीले छोरोलाई धम्की दिने गर्दि रहिछन् । त्यसैले त्यो स्वास्नीसँग डराउँछ । मन मिलेरै बिहे गरिदिएको हुँ । खै के हो के ? म त केही बुझ्नै सक्दिनँ ।”

मेरी श्रीमतीले भनी, “यहाँ बसेको अवधिभरि हामीलाई सबै कुरा पु¥याएरै राखेको छ छोरोले तर त्यो एक जोर सुनको चुरा किन्ने कुरामा चाहिँ चाख नै राख्दैन । सुन्नै चाहँदैन, छोरो !”

“किन ? थाहा छ तँलाई ? ऊ आफ्नो वशमै छैन । सबै बुहारीको इसारा, नियन्त्रण र सल्लाहमा चल्ने गरेको छ । तेरी बुहारी तँलाई सुनको चुरा किनाउन चाहँदिनँ ।”

अकस्मात् बुहारी हाम्रो अगाडि उभिन आइपुगी र भन्न थाली, “सुन कहाँ एकैचोटि किन्न सकिन्छ र ? अलिअलि गरेर किन्ने हो । अहिले जति पैसा ल्याउनु भा’छ त्यसको जति सुन आउँछ त्यति नै किन्नुस् । पछि पैसा जम्मा गर्दै गर्नू । हामीलाई पठाए पनि हुन्छ । हामी तपाईंले पठाएको त्यो पैसाले सुनको चुरा किनेर ल्याइदिउँला । 

हुन्न ?” त्यति बेला म चाहिँ चुप लागेर बसेको थिएँ । हामीसँग साथमा फुट्टी कौडी भए पो । मैले श्रीमतीलाई भनेँ, “मकैबारी बेचेर तँलाई एक जोर सुनका चुरा किनिदिउँला । भैगो, छाडिदे । चित्त नदुखा ।” श्रीमती झन्झन् र फनफन गर्न लागी, “प¥या छैन मकैबारी बेच्न । छोरो घर फर्केपछि के खाला आफ्नो बारी बेचेपछि ।”

“खाला अब तेरो छोरोले मकैको ढिँडो ? उसलाई मासुभात नरुच्ने भइसक्यो । देखिनस् ?”

“नबेच्नुस् है त्यो मकैबारी । मैले भन्द्या छु । मलाई चाहिया छैन सुनको चुरा । मेरो छोराको मन सधैँ खुसी भइरहोस् । निरोगी होस् । बाँचिरहोस् ।” श्रीमतीको यति वचनले पनि मेरो मन हर्षित भयो ।

यस मरुभूमिको बबन्डर पनि थामियो । बाहिरको उष्ण, प्रकृति शान्त देखियो । कोठाभित्र बस्दा बस्दा मलाई उराँठ लागेर आयो । जाऊँ कहाँ जाऊँ । यो नयाँ ठाउँ । नजाऊँ एकै ठाउँमा बसिरहन जिन्दगीमै कहिले सक्या छैन । त्यस्तो प¥या नि छैन । मन विरक्त भएको बेला घरमा बस्न मन लाग्दैन । श्रीमतीलाई अनुनय गरेँ, “तँ चाहिँ यही बसिराख् । म यसो डुलेर आउँछु ।” उसले ठाडै जवाफ दिई, “यहाँको घाम त गोमन सर्पको विष जस्तो हुन्छ रे बुढा ! घामले मान्छे भुक्लुक्कै ढल्छ रे । अनि खुत्रुक्कै मरिहाल्छ रे ।”

“नचाहिँदो कुरा !”

“हो ! बुहारीले त्यसै भन्थी । मलाई जाडो भएर बिहानीको घाम कौसीमा बसेर तापेको थिएँ । ऊ चाहिँ यहाँ घाम ताप्नु हुन्न भन्दै थिई ।”

“म पनि त दिनदिनै घाम तापिराखेकै छु नि । पुसमाघको जाडो । बिहानबेलुका त यहाँ पनि जाडै हुँदो रहेछ । एक्कैछिन बाहिर ऊ त्यहीँसम्म डुलेर आउँछु । टाढा जान्न ।”

“ऊ त्यो भित्ताको घडी हेर्नुस् त । अब एक घण्टामा छोराबुहारी काम सकेर अफिसबाट आउने बेला हुन्छ । छिट्टै आइहाल्नुस् है ? मैले भनेको त पटक्कै मान्ने नै होइन । नजानुस् भनेको मान्नु हुन्न ।”

“ल म गएँ बाहिर घुम्न । तँ ढोकामा चुकुल लाएर बस् ।” “पर्दैन चुकुल लाउन । यहाँ जतिको सुरक्षा त आफ्नो देशमा पनि छैन भन्ने गर्छ छोरो । उनीहरू हुँदा नि ढोकामा कहिले चुकुल लगा हुँदैन । विस्तार जानुस् 

है ? लिफ्टबाट जानुस् नि । सिँढीबाट नजानुस् । सिँढीमा त मान्छे बेहोस् भएर ढलेको वा मरेको पनि कसैलाई थाहा हुँदैन भन्थ्यो छोराले । ल मैले ढोका ढप्काएँ ।”

म चाहिँ हिँडे बाहिरतिर घुम्न भनेर तर कहाँ घुम्नु र ? कताबाट कता पुगिन्छ भन्ने पनि थाहा छैन । गाडी पार्किङ गरेको ठाउँको अलि परतिर एउटा भारतीय नागरिक जस्तो देखिने मानिस हिँडिरहेको रहेछ । त्यसैको पछि लागेँ । अलि हिँड्दै गएपछि खजुरका रुखहरू वारिदेखि पारिसम्म लस्करै फैलिएका देखेँ । आफ्ना छरछिमेकमा केराको बोट लगाएको सम्झेँ तर यतिविघ्न त होइन । खजुरका बोटको लस्कर देख्दा पनि मानिसकै उपस्थिति जस्तो लाग्यो । यो मुसो पनि नभेटिने समय र ठाउँमा यति कसा खजुरको रुखले मलाई नै पर्खेर स्वागत गर्न कुरेका जस्तो लाग्यो । रुखलाई अँगालु जस्तो लाग्यो तर अँगालिन । पर झ्यालबाट श्रीमतीले मलाई नै हेरेर बसेकी छ 

कि ? रुखलाई अँगाल्न श्रीमतीको लाज लाग्यो । खजुरका बोटका ठुला ठुला पङ्खा जस्ता पातहरू देखेर अचम्म मानेँ । तलसम्म लत्रेको पातको सानो टुव्रmा चुँडाल्न खोजेँ तर कहाँ सजिलै चुँडालिनु र ? तर पनि मुस्किलले चँुडालेँ । कस्तो साह्रो र बलियो पात रहेछन् मेरै हात जस्ता । गाई भैँसी स्यारेको, घाँस पराल काटेको हाम्रो हात जस्ता दह्रा पात रहेछन् यी खजुरका रुखका पनि । हाम्रो देशका केराका पात त कति नरम हुन्थे । खजुरका रुखका लस्करको पारि सडक रहेछ । किसिम किसिमका मोटर र ठुला–ठुला गाडीहरू बेतोडले कुदिरहेका । एउटासम्म पनि मानिस सडकमा थिएन । सडकको चकमन्नलाई चिरेर सवारी साधनका बेतोडले कुदेका आवाजको कोलाहल बाढी नै बगेको थियो । खजुरको बोटमा आड लाएर र कहिले सकड वारिको डन्डीका बारको आड लिएर एकनासले कुदेका गाडीहरूलाई हेरिरहेँ । गाडीहरू आफ्ना गन्तव्यतिर कुदिरहेका थिए । म चाहिँ ती कुदिरहेका गाडीलाई निःसन्देह एकटकले हेरिरहेको थिएँ । एकैछिनपछि पछाडि फर्केर हेरेँ । देखेँ त केवल टाढा टाढासम्म फैलिएको बलौटे धरती अनि देखेँ खाडीको क्यानलको अथाह पानीनजिकैको बालुवामा उभिएका घाँटी लामो भएका सारस चरा भैmँ बालुवामाथि उभिएका अग्ला अग्ला थरी थरीका घरहरू । फर्केर दायाँतिर मोडिएर हिँडेरै गए । त्यसरी त्यो बलौटे भूमिमा त्यहाँ हिँड्ने मबाहेक अर्को कोही थिएन, सिवाय मौनता फैलिएको आकाशले छोपेको पैताला पोल्ने आव्रmान्त भूमि र मभित्रको कहाली लाग्दो मौनता । दुवै आँखाले अचम्मसँग प्यासी पशु पन्छी भैmँ आँखा टोलाइरहे । मुख बाइरहेथे । आफ्नै आँखाका हेराइ अवाक देखेर म छक्क परेँ । टोलाइरहेँ । हैन के छ यस्तो यो मरुभूमिमा, जसले गर्दा आफ्ना हराभरा भूमि छोडेर आव्रmान्त मनले जन्मभूमि बिर्सने गरी देशैबाट भाग्दै यहाँ छिर्ने गर्छन् । यो मरुभूमिको ठुलो सहरमा त सुनका तस्करहरू, अवैध व्यापारीहरू, हत्याराहरू र डाकाहरू भित्रिने गर्छन् रे भन्ने सुनेको थिएँ । त्यति धेरै पढेलेखेको हाम्रो सुकुमारी सज्जन छोरो ककसको लहैलहैमा लागेर यस्तो निर्जन शून्य र निरस ठाउँमा भित्रिन पुगेछ । आफ्ना बारीका पाटाका हरियालीलाई मरुभूमि पारेर बिरानो बालुवामा के पो खोज्न आएको होला । मैले जीवनमा रुपियाँपैसालाई कहिले वास्ता गरिनँ । मकैका खोस्टा भैmँ ठान्थेँ, गाउँमा स्कुल निर्माणका लागि लाखौँ पर्ने जमिन सित्तैँमा शिक्षा जस्तो परोपकारी काम भनेर दान दिएँ । अब यो छोरा त्यही जाबो खोस्टे पैसाको पछि कुदिरहेछ । न खानको ठेगान छ । सधैँ होटेलको खाना खाने गर्छ । न सुत्नको ठेगान छ यो बिरानो देशमा । राति नौ बजेपछि सहरबजार घुम्न जान्छ । उसलाई आफ्नो गाउँ होइन, अर्काको सहर चाहिन्छ । सम्भावना नै सम्भावनाको लहर उसले त्यहीँ देखेको छ । उसले आपूm किसानको छोरो भन्ने नै बिर्सिदिएको छ । म यो पैसट्ठी वर्षको बुढो उमेरमा चल्दै छु, फिर्दै छु । जब सास फेर्न गाह्रो भएर आउँछ मलाई आपूm छिट्टै मर्छु कि भन्ने डर लाग्छ । म मरिगएँ भने मेरी स्वास्नीले दुःख पाउँछे भन्ने चिन्ता लाग्छ । एउटा भएको छोरोको यो हालत र व्यवहार छ । उसलाई आफ्नो कामबाहेक अरू केही कुराको चासो वा मतलब पटक्कै छैन । केही कुरा सम्झायो भने रिसाइहाल्छ । मलाई र त्यसलाई त ठाडै त्यसै, निलिहाल्छ । बुहारी हामीलाई त्यति वास्ता गर्दिनँ । बुढो हुँदै गएर एक दिन मरियो भने गाउँमा आफ्नो घरपरिवार सम्हालिदिने पनि कोही हुँदैन । तीन वटै छोरीहरू बिहे गरिदिएर डाँडा कटाइसकेँ । उनीहरूलाई वर्षको एक पटक आउन पनि मुस्किल छ । ममा किन हो, यसरी जीवनप्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेछ । गाउँको खेतीपाती र छोरोको बिदेसिने चाल देखेर र आफैँसँग र आफ्नो जीवनसँग नै विरक्त भएको छु । मेरो जीवनसँगको आस्था बढ्दै गएर हो कि मलाई मृत्युसँग जहिले पनि डर लाग्छ । आफ्नै शिथिलताले गाँजेको मनलाई म राम्ररी बुझ्छु । नजिकैको खजुरको बोटमा आड लगाएँ र बलौटे माटोमै थचक्कै बसिदिएँ । फरक्क फर्केर हेरे । टाढाको एउटा पन्ध्रतले घरको आठौँ तलाको झ्यालतिर आँखा पु¥याए । कतै श्रीमतीले मलाई हेरेर बसेकी पो छ कि । धमिलो आँखा र टाढाको झ्याल भएकाले आँखाले केही भ्याएन । मेरो नजिकै एउटी एसियाली मूलकी देखिइने सायद मलेसियाली केटी एउटा सानो कुकुर डो¥याउँदै आइपुगिन् । सायद उसको आफ्नो त्यो सानो कुकुरलाई हगाउन÷मुताउन आएकी होली । एकचोटि उसले मलाई पुलुक्क हेरी र नदेखेँ भैmँ गरी अघि बढ्दै अर्कै दिशातिर लागी । सायद उसले मलाई बहुलाहा ठानी होली किनकि दौरासुरुवाल लाउने मैले त्यहाँ एक जना पनि देखेको छैन । त्यसले मलाई त्यसैले होला अनौठो मानेर हेरेकी । ऊ अगाडि बढ्दै गई । उसको अनुहार र पछाडिको आकृति दुरुस्त मलाई पार्वती जस्तै लाग्यो । फरक यति थियो पार्वती र यस केटीमा । धोती लगाएकी पार्वती गाग्री बोकेर म उसलाई ढुकेर बस्ने बाटो गरी जाने गर्थी र म उसलाई जिस्क्याउने गर्थे । यो केटी पाइन्ट, कमिज लगाएर कुकुर डो¥याएर म बसेकै बाटो गरी गइरहिछ । अनुहार भने दुवैको उस्तै उस्तै रहेछ । यौवनकालकी मेरी पुरानी प्रेयसी पार्वतीको सम्झनाले मेरो हृदयको तारलाई झङ्कृत पार्न लाग्यो र मलाई त्यही पुरानो समयमा पु¥यायो । मनले दोहो¥याएर तिनै शब्द बोल्यो, ‘ए पार्वती किन त्यसरी मस्की मस्की गाग्री लिएर हिँडेकी । मतिर एकचोटि हेरिदिऊ न । माया गर्ने मान्छेसँग एकफेर बोलिदेऊ न ।’ आफैँ झसङ्ग झस्केर बिउँझिए भैmँ भएँ ।

म मेरो देशमा होइन, खाडीको देशमा थिएँ । फेरि पनि मलाई यही महसुस भयो । मध्य दिनको सुर्जेले आफ्नो प्रकाश अराजकताले फैलायो । प्रचण्ड, उग्र र सहन मुस्किल पर्ने घाम मेरो शिर र ढाडमा सिधा पर्न गयो । आफ्नो देशको घामले धेरै त न्यानो नै गराउँथ्यो । अरबको घाम टाउको लुकाउने ठाउँ पनि कतै नभएको ठाउँतिर एक्लै हिँड्दै थिए म । शरीर मात्र होइन, मेरो मन पनि त्यति नै थाकिसकेको थियो । साथमा आफ्नी बुढीलाई लिएर हिँड्नुपर्ने रहेछ । उसको कचकच र गनगनले भए पनि मेरो मन त बहकिन्थ्यो । बस र अन्य गाडी खजुरका बोट पारी सडकतिर हुइँकिँदै थिए । एक मन त लाग्यो । त्यो बस कहाँ रोक्दो रहेछ त्यही चढेर कतै पर ओर्लिऊ र घुमफिर गरेर आऊँ तर मध्य दिन ढल्कने व्रmममा थियो । मलाई त्यसो गर्ने आँट वा हौसला पनि भएन किनकि फर्कंदा अबेर भयो भने बाटो भुल्ने डर हुन्छ । यति ठुलो सहरमा हराएर अलपत्र परियो भने बेइज्जती हुन्छ र फेरि त्यही छोरोलाई खोज्नलाई दुःख हुन्छ । मेरो मन बसको यात्राको योजनाबाट हटेर यही सुक्खा भूमिमा टेक्न पुग्यो । एउटा टहरोको छायामुनि म थचक्क बसेँ केही थाकेर र केही तिर्खाएर अनि भोकाएर पनि । छोराको डेरातिर लाग्ने मन पनि भएन । कोठाभित्र कैदी जस्तो भएर बस्ने इच्छा पनि भएन । बुढीले बुढो यतिबेलासम्म पनि आइपुगेन भनेर झोव्रmाइरहेकी होली । बालुवाको सानो ढिस्को थियो त्यहाँ । त्यो बालुवा हातले खेलाउन थालेँ । खेलाउँदा खेलाउँदै केही राम्रा बान्की परेका सेता र कलि अलि रङ्गीन केही सिपीहरू पनि भेटेँ । केटाकेटी जस्तो भएर म ती सिपी जम्मा गर्न थाले । के देखेर हरियाली मुलुकका मानिसहरू यो मरुभूमिमा आउँदा होलान् । म त यहाँ सिपी सिवाय मोती कहीँ पनि देख्दिनँ । सायद त्यो खाडीको पानीमुनि होला । छोरासँग हामी त केवल किनारसम्म मात्र रमाएर साँझ बिताएका थियौँ । त्यहाँ पनि सिपी नै थिए । सोधेको थिए छोरोलाई–

“त्यो समुद्रको पानीमुनि मोती होला हगि बाबु ?”

“बुबा पनि कस्तो कुरा सोच्नुहुन्छ । सतहमा मोती कहाँ भेटिन्छ त ?”

मलाई फेरि पनि सोध्न त मन लागेको थियो, यो अरबको खाडी देशमा नेपाली छोराछोरी त्यही मोती भेट्न त ओइरिएका होलान् नि । मोती भनेको आफ्ना कमाइको रुपियाँ पैसा त होला नि ! थाकेर म त्यहीँ थचक्कै बसेँ । म्युनिसिपालिटीको जिप आएर मेरो अगाडि रोकियो । मलाई अलि अलि डर लाग्यो । यसले मलाई अनौठो पहिरनमा देखेर केही शङ्का मिसिएको प्रश्न गर्न लाग्यो कि क्या हो । उसले दुई वाक्य बोल्यो । मैले बुझिनँ र केही सुनिनँ पनि । उसले दोहो¥यायो तैपनि बुझिनँ । उसले अझ ठुलो स्वरले तेह¥यायो । अहिले चाहिँ सुनेँ । ऊ मलाई विनीत भावमा हिन्दी भाषामा सोध्दै थियो बम यो गाडी केहीबेर यहाँ रोक्न सक्छु ? तपाईंलाई कुनै बाधा त पर्दैन ?” मैले नजानेरै टुटेफुटेको हिन्दीमा अर्थ लाग्ने गरी सहमतिको बोली बोलिदिए । ऊ त्यो गाडी त्यही रोकेर पर कतै पैदल गयो र केही छिनमा फर्केर आफ्नो गाडी लिएर गयो । ऊ पाकिस्तानी मूलको मानिस थियो भन्ने मैले अनुमान लगाएँ किन कि उसको हिन्दी शुद्ध नभएर उर्दू मिसिएको थियो जस्तो लाग्यो । अधिकांश मानिस अरबी, हिन्दी र उर्दू बोल्दा रहेछन् यहाँ । त्यो मान्छे गएपछि त्यही बालुवामा एकैछिन टहराको छहारीमा पल्टिने मन थियो तर अलि अप्ठेरो लाग्यो र पल्टिन । बिस्तारै बिस्तारै हिँड्दै अलि परसम्म पुगेँ । त्यहाँ लामो खाल्डो खनेर बसेका केही श्रमिकहरू देखेँ । उनीहरूसँग टुटेफुटेको हिन्दीमा बोल्न थालेँ । ती पाकिस्तानी, भारतीय र मलेसियाली श्रमिक रहेछन् । सबैले हिन्दी बोले । मैले पनि आफ्नो परिचय र बसेको नजिकै घर र छोराको बारे बताइदिएँ । मानिसहरूसँग कुरा गर्न पाउँदा मलाई खुसी लाग्यो । मानिस देख्न त यहाँ बजार, मल, होटेल, समुद्रको किनार आदिमा पाइने रहेछ त्यही पनि धेरै मानिस हेर्न त सरकारी छुट्टीको दिन मात्र । यति ठुलो सहरमा म यस्तो अनुभव गर्दै थिएँ, मलाई एउटा मरुभूमिको टापुमा एक्लै छोडिदिएको छ र म आफ्नो अस्तित्व र जीवनशैलीले यस टापुसँग मुकाबिला गर्दै छु । आकाशतिर फर्केर हेरेँ अलि अलि अँध्यारो हुँदै थियो । गुलाफी, प्याजी र सुन्तला रङको क्षितिज पर फिँजिएको देखेँ । बिरानो बालुवाको टापुमा एक्लै छोडिएको स्वैर काल्पनिक मनस्थितिबाट कसरी हो, आफैँबाट अकस्मात उद्धार भएर उज्यालो र उन्मादपूर्ण क्षितिजमा अवतरित भएँ । यति बेला त छोरो पनि अफिसबाट फक्र्यो होला । मनले सोच्यो अब घर फर्कन्छु र गोडाहरू त्यतैतिर लागे । वातावरणमा गर्मी र सुक्खापन घटेर हराउँदै थियो । शरीरको तापव्रmम पनि ठिक्क हुन थाल्यो । धारिलो हत्यारा घामको अस्त भएछ । झमक्कै साँझ परेछ । यो अपरिचित वातावरणको एउटा अपरिचित मान्छे भएर म लुरुलुरु छोरोको डेरातिर फर्कने व्रmममा थिएँ । सेतो गोमन सर्प जस्तो बालुवाको बाटो हुँदै झमक्क साँझमा आफ्नो पुरानो लहडी हिँडाइमा घरतिर हिँड्न थालेँ । क्षितिजपारिको सुर्जेको चमकको कुनै अस्तित्व थिएन तर पनि त्यसको तेजिलो राप बालुवामा थियो नै र केही मात्रामा वातावरणमा पनि । यो जाडोको मौसम भएर । गर्मी भए त के खपिसक्नु हुन्थ्यो र ? गाउँघरमा भए कसैले ‘माइला–बा कता गएछन् ?’ भनी सोध्दा गाउँलेले ‘ऊँभो गाछन् वा उँधो गाछन् वा तल्लो गाउँ माथिल्लो गाउँतिर गएको देख्या थियौँ भन्ने थिए होलान् । यहाँ त कसैलाई पनि कसैको मतलब वा चासो छैन । एउटै लिफ्टमा चढ्दा ओर्लंदा पनि एकअर्कासित चिनाजानी छैन । बोलचाल छैन । कोही नेपाली देखेर बोलिहाले पनि एक अपरिचितले अर्को अपरिचितसँग बोले भैmँ । गोधुलीको एक्लो गाई भैmँ झमक्कै साँझपख लखरलखर फर्कंदै थिएँ । कोठामा मलाई निसास लाग्छ । थुनिएको कैदी झैँ लाग्छ । ८०२ नं. को कैदी । हामी पस्ने कोठाको ढोकाबाहिर ८०२ लेखेको छ । गोडा बालुवामाथि भए पनि मन भने कोठासम्म पुगिसकेको थियो । घर छाडी पराइको तापिलो मुलुकमा सुख खोज्नु छोराको भ्रम थियो । विदेशी बालुवामा कागजको खोस्टासँग बौद्धिक श्रम साट्नु छोराको बेवकुफी थियो । त्यसैमा जान्नेसुन्ने र धनी भएर रमाउनु झुट र भ्रम थियो । कति त विदेशी माटोमा ढोकेपाले बनेर र रगतको फोहोरा बगाउने सिपाही बनेर अवहेलित पनि भएका छन् । कसलाई दोष दिने ? व्यवस्थालाई ? व्यक्ति स्वयम्लाई ? आमाबाबुलाई ? संहारकारी नयाँ संस्कृतिलाई ? भौतिकवाद फैलिएको आगोको ज्वालालाई ? 

ठुलो घर, महँगा गाडीलाई महानता दिने बदलिँदो सहरी सभ्यतालाई ? आफ्नो देशको माटोको सपनाले फुस्रो आँखा पारिरहेछन् । विरक्त भएर हल्का अँध्यारो हुन लागेको बाटोमा म थकाइ र भोकले एउटा सानो ढुङ्गामा ठेस लागेर झन्डै झन्डै लड्न लागेको थिएँ । अपर्झट आपूmलाई सम्हालेँ र फेरि आफ्नो पाइला अघि बढाएँ । धमिलो वातावरणमा परबाट एउटा गाडी यतैतिर आइरहेको देखेँ । यो ठाउँमा प्रायः मोटर आइरहँदैन । छोराको गाडी जस्तै लाग्यो । नभन्दै हो रहेछ । मेरो नजिकै त्यो ठुलो गाडी अकस्मात् रोकियो । गाडीभित्रबाट एउटा खैरो सुट लगाएको मानिस ओर्लेर अप्रत्याशित रूपमा मेरो दाहिने हात समायो । अचम्म मानेर पुलुक्क उसको अनुहार हेरेँ । ऊ अर्को कोही नभएर आफ्नै छोरो रहेछ । रिसले चुर भएर चिच्यायो, “हामीलाई किन यसरी अतासमा पारेको । तपाईंलाई खोज्न हामी कहाँ पो पुगेनौँ । तीन घण्टा भयो गाडी लिएर यो सहरमा घुमेको । पुलिसलाई पनि 

खबर गरिसक्यौँ ।”

गाडीबाट मेरी बुढी पनि ओर्लेर मेरो खुट्टो समातेर विह्वल भएर रुन लागी । मैले के के न अपराध गरे जस्तो । म यो उमेरको बुढो मान्छे कहाँ जान्थेँ र । तरुनी ठिटी भए पनि एउटा कुरा । रायोलाई त्यसै पनि पहाड बनाउँदा रहेछन् । पाखुरामा समातेको समातै छोरोले मलाई गाडीभित्र हुल्यो । नगरेको अपराध करकापमा परेर कबुल गरे भैmँ म मुन्टो निहु¥याएर गाडीभित्र पसेँ । गाडी गन्तव्यस्थानतिर कुद्यो । अघिल्लो सिटमा मोटर हाँक्दै गरेको छोरोसँग नजिकै सिटमा बसेकी बुहारी छोरोलाई उजुरी गर्दै थिई “मैले त भनेकै थिएँ नि तिमीलाई । यिनीहरूलाई हामीकहाँ नल्याऊ भनेर । खुब ठुलो सहर देखाउन ल्याएका होइनौँ ? काठमाडौँको सहर देखिहाल्या थिए । त्यति भए पुगिहाल्या थियो नि यिनीहरूलाई !”

छोरो, बबाआमाले तेरो सुनको सहर र तँ बसेको ठाउँ हेर्ने हाम्रो धोको छ भन्नुभयो । अनि त झिकाएको नि । अबको चार दिनमा त गैहाल्नु हुन्छ नि । हामीले सबै ठाउँ हरेक साँझ घुमाउन लगेर देखाइसक्यौँ । अब त्यही एउटा डुभ चढेर क्यानल (नहर) पारि गएर सुनका पसलहरू त देखाउन बाँकी छ नि ।” 

बुहारी “सुन चाहिँ किनिदिने होइन नि त्यहाँको । देखाइदिने मात्र । सुन पनि किनेर र दिएर साध्ये हुन्छ ? हामीलाई कस्तो डिस्टर्भ भइराख्या छ यिनीहरू बसेर । भान्सा र कोठा त्यतिकै फोहोर हुन्छ ।”

छोरो, “तिमीले सफा गर्नुप¥या छैन । तिमीले पकाउनुप¥या छैन ? तिमीले माझ्नुप¥या छैन । तिमीलाई केको पिर ? सधैँ होटेलमै खाना खुवाउने र होटेलबाटै घरमा खाना मगाउने गरेको छु । घरमा त आमाले त्यहीँ चियासिया पकाउने मात्र त हो नि !”

बुहारी “कति पाल्नु यिनीहरूलाई । आपूmलाई नयाँ डिजाइनको सुनको चुरा किन्ने पैसा त यिनीहरूलाई खुवाउँदै र डुलाउँदै सिद्धिसक्यो ।”

छोरो, “कति लाउँछ्यौ सुनको चुरा, नाडीदेखि कुमसम्म भइसक्यो । अझ पुग्या छैन ? मेरा वा आमाको केको पिर गछ्र्यौ ? तिमीलाई खर्च गर्नुप¥या छैन ।”

बुहारी “हेर है ! आमालाई सुनको चुरा किनिदियौ भने म तिमीलाई डाइभोर्स गरिदिन्छु ।”

छोरा, “कैले आमालाई सुनको चुरा किनिदिन्छु भने र ? तिमीलाई कहिले भन्या छु ? भन त ? कस्तो अबुझ मान्छे होला ।”

बुहारी, “सुटुक्क आमाको ब्यागमा पैसा हालिदिने होला ।” छोरा, “हाल्दिनँ बाबा, म हाल्दिनँ । तिमी ढुक्क भएर बस ।” मैले उनीहरूको कुरा सुनिनँ वा वास्ता गरिनँ । मेरो आँखाभरि र मनभरि भने जत्ति हिँडे पनि नसिद्धिएको मरुभूमिको बलौटे जमिन मात्र थियो । आँखाभरि मुटुभरि बालुवा नै बालुवा । मेरो ढाल जस्तो छातीले जिन्दगीका सङ्घर्षहरू कैयौँ आँधी र छालले झापट हिर्काएको नदी खोलाको दर्शन ढुभभैmँ सामना गरिआएको थियो । अहिले यो शरीर र मनलाई छोरोले अपराधी झैँ व्यवहार गरेको देख्दा अप्रत्यासित रूपमै यो मनभित्रदेखि नै तर्सिएर काँमे भैmँ भयो । यतिबेला मलाई लाग्यो, म साँच्चै बुढै भइसकेछु । मेरो शरीर र मन अलि अलि काँपे जस्तो भयो । छोराले हाँकेको गाडी लामा र खुला देखिइने आठ लाइनको सडकमा बेतोडले कुदिरह्यो । गाडीको द्रुतगति देखेर मन काँप्न थाल्यो । हामी यहाँ नभएको बेलामा कतै अनिष्ट वा दुर्घटना पो हुने हो कि । गाडी यस्तरी अति नै छिटो हुने गरी कुदाउँदो रहेछ छोरोले । मैले भगवान्सँग पुकारे ‘भगवान् त्यस्तो अनिष्ठ त कहिले नहोस् । भोक र तिर्खाले होला छोरा बुहारीको नबुझिने आवाजहरूको बिच म आवाजहीन भएछु । मेरा इन्द्रियहरू कमजोर र अशक्त भैmँ भए । यस्तो अवस्थामा पनि बुहारीको खरो आवाज सुन्न पुगेँ ।

बुहारी, “बुबा जुत्ता नै नझारी गाडीभित्र पस्नुभयो । गाडीभित्र बालुवै–बालुवा पस्यो होला । त्यो कसले सफा गर्ने हो नि ?”

छोरा, “सधैँ जसले गर्ने गरेको छ त्यसैले । म गरिहाल्छु नि ।” ओहो कस्तो समय आयो । मेरो सारा अस्तित्व बुइगलको भान्छामा भरी गाग्री पोखिएको पानी भैmँ छताछुल्ल भयो । आँधी बतासले भैmँ हृदयको खाँबो हल्लियो । जिन्दगीका समयहरू बौलङ्गी सपनाको उडान भैmँ भयो । आफ्नै जिन्दगी आफैँलाई अर्काको भैmँ भयो । अन्याय र अत्याचारका शब्द र व्यवहारहरू एउटी तपस्वी धरतीमाताले भैmँ सहेर निहुरेर बसिरहेकी त्यस मरुभूमिमा एक मात्र मानवीय आत्मा मेरी अर्धाङ्गिनी थिई । ऊ मसँगै मलाई बलियो गरी अँठ्याएर बसिरहेकी थिई । मलाई हराउन नदिए भैmँ गरी । अगाडि सिटमा बसेको छोरो र बुहारीलाई हेरेँ अकस्मात् हावा हुरीले आपूmसँग ल्याएको बालुवा मेरो आँगनमा छ्यापेजस्तो भयो । गाडीका ऐनाहरू बन्द थिए । मन्द एसी निरन्तर आफ्नो गतिमा चलेर चिसो हावा फ्याँकिरहेको थियो । आत्मीयतामा सम्बन्धहरूलाई घामको चाप र बालुवाको तापले जलाएर भष्म पार्दै गइरहेको र त्यसपछि पानी खन्याइएको निसासिने भान भयो । मेरो मुखबाट निस्कन सक्ने सम्भाव्य शब्दहरू त्यसै त्यसै विलय हुँदै गइरहेका थिए । मभित्र हरियाली र मरुभूमिले आपसी युद्ध गर्दै थियो । हरियालीले आफ्नो अस्तित्व जोगाउन खोज्दाखोज्दै पनि मरुभूमिले अग्नि रूप लिएर बनजङ्गल बालीनाली मेरो मनभित्रै सखाप पार्ने कोसिस गरिदियो ।

मलाई आपूm मरुभूमिको पोल्ने आगोभित्र पिल्सिँदै गए भैmँ अनुभव हुन लाग्यो । घर फर्कने दिन नजिकिँदै आइरहेथ्यो । छोटिइँदै गएको बाँकी दिन गन्दै थिएँ । प्रत्येक दिन एक घटाउँदै गन्दै गर्न लागेँ र खुसी हुँदै गएँ । दुई कुराले खुसी हुन पुगेँ । पहिलो त छोरो खुसीले रमाएर बाँचिरहेको छ । दिन बिताइरहेको छ । म किन दुःखी हुने भनेर । दोस्रो चाहिँ ओहो, यो एउटा वैभव र सम्पन्नताबिच यो खाडीको बन्दी जीवनको यातनाबाट मुक्त हुन पाएँ भनेर । छोरोले हामी बसेको गाडी हुइँकाइरहेथ्यो एकैछिनमा हामी बसेको घर आइपुगेछ । छोराले गाडी रोक्यो । म सद्दे मान्छे पनि रोगी मान्छे भैmँ भएर श्रीमतीको भरोसामा बिस्तार गाडीबाट ओर्लिएँ ।

घर फर्कने दिन पनि आइपुग्यो । हामीलाई छोराले आफ्नो गाडीमा हालेर, एयरपोर्ट पु¥यायो । यतिबेला मलाई छोरोसँग छुट्टिनुपर्दाको दुःख लाग्यो र अत्यन्त खुसी पनि लाग्यो । परदेशबाट उन्मुक्ति पाएको खुसी बलौटे भूमिमा फेरि फर्केर कहिले पनि आउने छैन । छोरो त परदेशी भइसकेछ । रहनसहन, बोली व्यवहार, आर्थिक सम्पन्नता र अनुहारको शैली पनि, सबै कुरामा । एक मन खुसी पनि लाग्यो । मेरो कमिजको फेर समातेर मेरो पछि पछि लाग्ने छोरो आज पूर्ण रूपमा आत्मनिर्भर भइसकेछ । बाइबाइ छोरो भन्दै हात उठाएँ । त्यसकी आमा चाहिँ सुँक्क सुँक्क गर्दै थिई । मनले यही पुकारेँ ‘छोरो तेरो मन फर्कियोस् र आफ्नो घर फर्किएर स्वदेशी छोरो नै भएर आफ्नै देशमा नै बाँचिरहेस् । बिदा ! परदेशी छोरो, बिदा !!