पूर्वीय वैदिक परम्परा तथा संस्कृतिलाई हेर्दा चाडपर्वहरूले मानव जीवनका लागि उत्साह, खुसी र ऊर्जा लिएर आएका हुन्छन् । आफन्तहरूसँग भेटघाट गर्ने र खुसी साट्ने भरपर्दो माध्यम पनि हो चाडपर्व । यी चाडबाड एकपछि अर्को गरी आउँथेनन् भने मानव जीवन निश्चय नै निरस हुन्थ्यो ।
चाडपर्व, धर्म, संस्कृति तथा रीतिरिवाजले हामी एकदम सम्पन्न छाँै । चाडपर्वको उद्देश्य नै हामी सबैलाई एकताको सूत्रमा बाँध्नु हो । साथै यी पर्वले सामाजिक, सांस्कृतिक तथा आर्थिक महìव पनि उत्तिकै राखेका हुन्छन् । वर्तमान समयमा अन्य धर्म सम्प्रदायलाई पनि बिस्तारै तिजको सङ्गीत र नृत्यले आकर्षित गरिरहेको छ ।
हरेक चाडपर्वको आआफ्नै विशेषता हुने गर्छ । तिजमा विवाहित दिदीबहिनी माइतीघर जाने चलन छ । परम्परित लोक मान्यता अनुसार तिजमा छोरीचेली लिन जाने चलन थियो । लिन जान नभ्याएमा खबर वा चिठी पठाउने गरिन्थ्यो । त्यो खबर या चिठीलाई चेलीहरूले मान्यता दिँदैनथे । अनि त्यसको उत्तर यसरी फर्काउँथे–
मेरो माया हुँदो हो त
बाबा लिन आउँदा हुन्
कागजुको चिर्कटोले जान्न बरिलै ...
यसो भन्दै अभिभावकको भौतिक उपस्थिति खोज्थे ।
वर्तमान युग प्रविधिमय भएको छ । त्यसैको सदुपयोग गरी फोनबाटै छोरीचेलीलाई तिजको निम्तो दिने चलन आएको छ । यसरी परम्परा बदलिँदै छ । टाढै भए पनि रमाई रमाई तिजमा माइतीघर जानुको मज्जा बेग्लै हुने गर्छ । यो हाम्रो पुरानो परिपाटी नै हो । यसले दाजुभाइ र दिदीबहिनीबिच सौहार्दपूर्ण वातावरण कायम रहन्छ ।
तिजको अघिल्लो दिनमा मिठा मिठा विशेष परिकार बनाउने र बडो चाखपूर्वक रमाइलो गरेर खाने गरिन्छ । त्यसैलाई दर भन्ने गरिन्छ । पहिला पहिला आमा तथा दिदीबहिनीहरूले दिनभरि नाचगान गर्ने अनि राति उठेर बिहानको प्रहर नलाग्दै खिर, ढकनी अथवा सेलरोटी खाने गर्थे । दर भनेको भोलिका व्रतका लागि आडिलो होस् भनेर अघिल्लै दिन खाइने पौष्टिकताले भरिपूर्ण परिकारका रूपमा बुझिन्थ्यो ।
भदौको समय, त्यो पनि झरी बादलमा रुझेर धान वा कोदो रोपी लखतरान भएको शरीरलाई आराम दिनका लागि पनि तिजको पोषणयुक्त दरको ठुलो महìव रहेको हुन्थ्यो । त्यस समय हुने खाने वर्ग मात्र नभएर हुँदा खाने वर्गले पनि मिठो मसिनो खानका लागि जोहो गर्थे । त्यसो त अहिले पनि चलन त्यही छ । तिजको दिन नदी वा घरमै स्नान गरी शुद्ध रातो पहिरनमा देवालय वा घरमै भगवान् शिवको पूजा आराधना गरी निराहार बस्थे, व्रत गर्थे । सुख, शान्ति तथा समृद्धिको अपेक्षमा श्रीमान्को दीर्घायुको कामनामा एक चित्त हुन्थे । अविवाहित किशोरी तथा नारीहरूले पनि आफूले रोजेको जीवनसाथी पाउनका लागि व्रत बस्ने चलन थियो । अहिले पनि त्यही छ ।
धार्मिक दृष्टिले यसै दिन शिव र पार्वतीको विवाह भएको थियो । यसैको उपलक्ष्यमा हरितालिका मनाइएको पनि भन्न सकिन्छ । पहिलेका गीतमा यस्तै आशय हुन्थे ।
कहाँमा जान्छौ रानीचरी बगाल
बरिलै भगवान्लाई भेट्न
भगवान्लाई भेट्न केके पाहुर चाहिन्छ
बरिलै फूलपाती अक्षता ।
त्यतिखेर देवताको गीत गाउने चलन थियो । ती गीतहरू अहिले दुर्लभ भइसके । यस्ता गीतहरू आधारित छन् त केवल लोक परम्परामा । प्रायजसो पश्चिमी भेगका गीतहरूको अन्त्यमा बरिलै भन्ने गरिन्छ, जुन अहिले थेगो नै बनेको छ ।
समय फेरिएर अहिले अर्कै भएको छ । त्यतिखेर छोरीचेलीहरूले सुख तथा समृद्धि कल्पँदै मनको विरहलाई गीतमार्फत बिसाउने गर्थे । सासू र श्रीमान्बाट दबिएर गुजार्नु पथ्र्याे दिनहरू । ती असम्मानित महिलाहरूले गीतमार्फत यसरी वेदना पोख्ने गर्थे–
स्वामी मुख हेरौँ भने खुन खाएको बाघ झैँ
सासू मुख हेरौँ भने पोल्ने आगो झैँ ।
सामाजिक संरचना नै यस्तै किसिमको भएकाले महिलाहरूले पीडा सहनुबाहेक अर्को विकल्प थिएन । महिला स्वतन्त्रता कुन चरीको नाम हो त्यो पनि थाहा थिएन उहिले । कुनै घटना वा सन्दर्भलाई लिएर वनमा जाँदा या घाँस काट्दा गीत जुराउँथे । आफ्नो मनको बहलाई वनैभरि घन्काएर गीत गाउँदा मन पनि हलुङ्गो हुन्थ्यो ।
बिस्तारै समाज रूपान्तरण हुँदै गयो । परन्तु समाज रूपान्तरित भए पनि समाजमा लैङ्गिक विभेद भने कायमै थियो । महिलामा शिक्षाको चेतना जागेको थियोे तथापि घरको कामले विद्यालय जान नपाउँदाको आव्रmोशलाई उनीहरू यसरी पोख्थे–
घरको काम गर्दा गर्दै स्कुल जान पाइएन
बतासेमा क्याम्पस खुल्यो पढ्न पाइएन,
दाजुभाइ जान्छन् बाबा क्याम्पसमा पढ्न
म मात्र चेलीलाई भाँडा माझन ।
दाजुभाइलाई पढ्न क्याम्पस पठाउने तर छोरीको भागमा कामको रास थुपारिएपछि दिदीबहिनीले गाउने गीतको अंश हो यो ।
समय नित्य परिवर्तनशील छ । परिवर्तित समयसँगै अन्य मुलुकमा विकासले छलाङ मा¥यो । यसको प्रभाव नेपालमा पनि प¥यो । देशमा लोकतन्त्र आएपछि नारी चेतना, लैङ्गिक चेतना, युगबोध तथा महिला अधिकार र अस्तित्वमाथि दृष्टि दिन थाले । यी सबै चेतनाले गर्दा नारीहरूले गीतमार्फत दाइजो प्रथाको विरोध गर्न लागे । त्यतिखेरको गीतको बोल यस्तो छ–
विदेशका नारीहरू चन्द्रलोक गएर
नयाँ विकास गर्न लाए बाटो खोजेर
हिँड्छन् विश्व थर्काउँदै जहाजमा चढेर
हामी भन्छौँ खुबै ग-यौ क, ख, पढेर
उता अन्तर्राष्ट्रियस्तरका महिलाहरूले विश्व थर्काउँदै हिँडेका छन् भने यता हामी नेपाली महिला भुइँ मान्छेकै दर्जामा छौँ भन्न खोजेको छ यस गीतले । समाजमा देखिएको दाइजोप्रथाको विरोध अर्को ठाउँमा उनीहरूले यसरी गरेका छन्–
तेरा मेरा पढाइमा के छ केटा सवाल
के भनेर गरिस् केटा दाइजोको कबल
दाइजो नै लान्छस् भने लैजा भैँसी तानेर
बसिँदैन सामन्तीलाई लोग्ने मानेर ।
यसरी समाजमा देखिएको डरलाग्दो कुप्रथालाई सचेत नारीहरूले साहसपूर्ण रूपमा विद्रोह गरेका छन् । किन सर्वेसर्वा मान्छ पुरुषले आफूलाई ? आजका नारी कम छैनन् केही कुरामा पुरुषभन्दा ।
विकास परिवर्तनको संवाहक हो । परिवर्तन हुने व्रmममा वर्तमान समयका तिजका गीतमा मौलिकता हराउँदै गएको छ । सूचना तथा सञ्चारको क्षेत्रमा भएको अग्रगतिले पनि गीतमा प्रभाव पार्न थाल्यो । पछिल्लो समयका तिजका गीतमा विकृति आउन थाल्यो । बिस्तारै फैलिँदै छन् यी विकृति र विसङ्गति । विगतका वर्षमा (एक दुई दशक अगाडिसम्म) तिजको अघिल्लो दिनमा मात्रै दर खाने गरिन्थ्यो । अहिले आएर महिना दिन अगाडिदेखि नै गरगहना तथा महँगा कपडासहित तडकभडकका साथमा पार्टीप्यालेसमा गएर दर खाने गरिन्छ । यस्तो परिपाटीले समाज कता जाला ? आउँदो पुस्तालाई तिजको महìव कसरी बोध गराउने ? यतिखेर जटिल अवस्था सिर्जना भएको छ हाम्रोसामु । मौलिकता तथा आफ्नोपनले भरिएको तिजको जगेर्ना कसले गर्ने ? सामान्य चाडपर्व मनाउँदा बजारको महँगीले हाम्रो ढाड सेक्छ भने एक महिने तिजले हाम्रो आर्थिक अवस्था कस्तो रहला ? अहिले स्थिति बडो सोचनीय छ । अन्तर्राष्ट्रियस्तरमै आर्थिक मन्दीको नारा घन्किँदै गर्दा त्यसको बाछिटा नेपालमा पनि परेकै छ । यसको प्रवाह नै नगरी मज्जाले तिजमा आवश्यकताभन्दा बढी खर्चालु हुँदै छौँ हामी । घाँटी हेरी हाड निल्नु पर्ने अवस्थामा बेलगामको घोडा दौडे जस्तो एकोहोरो दौडिरहेका छौँ । यस्तो अवस्थामा सामान्य नागरिकले कसरी मनाउने चाडपर्व ? आखिर चाडपर्वले वर्ग छुट्याउँदैन, भेदभाव पनि गर्दैन । उहिले उहिलेका वर्षहरूमा हाम्रा आमाहरूले आफैँ गीत सिर्जना गरेर गाउनुहुन्थ्यो भने अहिले ढयाङ् ढयाङ्को तालमा नाच्छौँ हामी बडो सानसँग । मानौँ हामीसँग सिर्जना गर्ने क्षमता नै छैन ।
कुनै पनि गीत शिक्षाप्रद, सन्देशमूलक र सूचना सम्प्रेषित गर्ने खालका हुनु पर्छ । हिजोको समयमा तिजको योगदान ठुलो थियो । परिवर्तनकामीहरूले, समाज रूपान्तरणका अगुवाले व्यवस्थामाथि प्रहार गर्थे गीतमार्फत । त्यसमा चेतनामूलक गीतहरू गाइन्थ्योे । सूचना र सञ्चारले गर्दा अहिलेका तिज गीतमा व्यापारीकरण भएको छ । कतै पुरुष कलाकारको तिजको गीतमा भएको उपस्थितिले उटपट्याङ भावहरू भित्राएको त छैन ? त्यस्ता गीतहरूले बजार तताएको त छैन ?
अहिलेका गीतमा खासैै मौलिकता छैन । महिलाले तिजको गीत सिर्जना गर्ने हो भने महिलाको आवाज सशक्त भएर आउने थियो । महिलाको अन्तरहृदयबाट गाइएका गीतहरूमा उनीहरूको वास्तविकता र यथार्थताको भाव छुन सकिने थियो । जसले दुःखकष्ट भोग्छ, उसलाई मात्र थाहा हुन्छ वास्तविक रूपमा महिलाले भोगेको हिंसा र दमनहरू । संवेदना बेगरका हुन्छन् अचेलका प्रायः तिज गीतहरू । कला, साहित्य, सङ्गीत भनेको त्यस समाजको एक प्रतिविम्ब हो । जसमा भावना, विचार र दर्शन जोडिएको हुन्छ । नारीका गीतहरू प्रायः संवेदनामूलक हुन्छन् । त्यस्तै युगको इतिहास रच्ने गीतहरू छन् ।
अचेल तिजको गीत वास्तविक तिजको गीत जस्ता हुन छोडेका छन् । वर्तमान समयमा रत्यौली हो या तिजको गीत भन्ने छुट्याउन पनि कहिलेकाहीँ गाह्रो हुने गरेको छ । बडो अप्ठ्यारो हुन्छ कहिलेकाहीँ अभिभावकसँगै बसेर कतिपय गीत हेर्न र सुन्न पनि ।
समयले मुहार फेर्दै गयो । नारीहरूकोे राजनीतिक, आर्थिक तथा प्रशासनिक क्षेत्रमा हुन थालेको अग्रताले पनि तिजमा नयाँपन आइरहेको छ । सदियौँदेखि हुर्कंदै आएको पारम्परिक संस्कारलाई छोडेर जागरणको गीत आउन थाले जस्तो–
उठ अब दिदीबहिनी नबसौँ है रोएर
सङ्घर्ष नै गर्नु पर्छ कम्मर कसेर
नारीलाई जागरुक बनाउने यस्ता गीतहरू पनि आएका थिए । मौलिक सिर्जनाले स्थान पाएका थिए तर अहिले हामी आफ्नो सिर्जना मारेर अरूकै गीतमा कम्मर मर्काई मर्काई नाचेका छौँ । हाम्रोमा पश्चिमी संस्कृति भित्रिँदै गएपछि त्यही लयमा नेपाली तिज गीतसमेत ¥याप शैलीमा परिणत भएको छ । जुन हाम्रो संस्कार र संस्कृतिको लय होइन । जस्तो एउटा दृष्टान्त लिऊँ—
दिदीबहिनी मात्र नाच्छन् जैले पनि तिजमा
हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा
माइलाबाले छोरी आउँदा मह काटेर हात चाटे
साइलाबाले छोरी आउँदा कुखुरो काट्ने रे
परम्परित सोचलाई समय अनुकूल गरेर जीवनका गीत र समाजमा देखिएका घटना परिघटनाहरूलाई हामीले प्रस्तुत गर्नु पर्दछ । यस्ता उटपट्याङ गीतले हाम्रो संस्कृति नै ध्वस्त पारिदिने हुन् कि भन्ने डर रहेको छ ।
त्यसो त सबै तिज गीत उटपट्याङ मात्र छैनन् । नराम्रा मात्रै छैनन् । राम्रा तथा सन्देश दिने खालका पनि छन् । नेपालमा त्यस्तै अर्को डरलाग्दो रोग बनेको छ युवाहरू विदेश पलायन हुनु । प्लसटु पास गरेपछि बाहिरै जाने मानसिकता बनाएका युवा देख्दा बडो डर लाग्छ । काँध थाप्ने युवा नभएर कतै देश रित्तिने त होइन भन्ने पनि डर छ । यस सन्दर्भलाई लिएर गाइएका गीत भने अहिले निकै समय सान्दर्भिक देखिन्छ–
युवा जति हिँडे खाडी विदेश जाने ताँती छ
देश रुँगेर खानेहरू नानाभाती छ ।
गाउँघरमा थला परे कोही छैनन् साथमा
औषधी र पानी ख्वाउने छैनन् बरिलै ।
तिजको अर्को दिनमा अथवा पर्सिपल्ट ऋषिपञ्चमीको पूजा गरिन्छ । त्यस दिनमा नदी वा घरमा नुहाएर शुद्ध वस्त्र लगाइन्छ । ऋषिपञ्चमीको दिन महिलाहरूले मन्दिर अथवा घरमा नै ब्राह्मणलाई बोलाएर सप्तऋषिको पूजा गर्छन् । त्यस अघि लागि ३६५ वटा दतीवन ऋषिलाई चढाइने अनि फूल अक्षतालगायत सबै थोक ३६५ वटा नै चढाइने गरिन्छ । पञ्चमीको पूजा गर्दै पश्चिमतिर गाउने तिज गीत अहिले हराइसकेको छ–
कौना बेला आउली कौना बेला जाउली
कौना बेला गरौली देवतीको ध्यान
उदाएमा जामला अस्ताउनीमा आम्ला
मध्यानीमा गरौँला देवतीको ध्यान
यसो भन्दै प्रश्नात्मक शैलीमा बडो रोचक तरिकाबाट गीत गाइन्थे । यसरी तिजको कार्यव्रmम सकिएपछि छोरीहरू पुनः आआफ्ना घर जान्थे भारी मन लिएर । तिजका गीतहरूमा परिवेश अनुसारको लवज हुन्थ्यो ।
अहिले म विगत र वर्तमानको चव्रmव्यूहमा फसेकी छु । न त विगततिर फर्किएर त्यसलाई अवलम्बन गर्न सकेकी छु न वर्तमानलाई नै अँगाल्न सकिरहेकी छु । लोक गीत तथा लोक कला संस्कृति पाएर हामी निकै धनी छौँ भन्ने विश्वास अहिले कायम हुन सकेको छैन । यी हाम्रा अमूल्य सम्पत्ति हुन् । हिजोआज लोकसाहित्य अन्तर्गत पर्ने लोकगीत, पर्वगीत तथा लोकआख्यानहरू अनुसन्धाताहरूले खोज गरिरहेका छन् । अनेक विद्वान्हरूबाट त्यो कार्य भइरहेको छ । १९४६ मा नेपाली लोकसाहित्यको खोजी गर्ने कार्य बोधविव्रmम अधिकारीबाट सुरु भएको थियो । यी मानव जीवनका महìवपूर्ण कर्म हुन् । बुढा मरे भाषा सरे भने झैँ समयचव्रmसँगै हुने स्वाभाविक परिवर्तनलाई हामीले आत्मसात् गर्दै जानु पर्छ । परन्तु अस्वाभाविक किसिमको परिवर्तनगामी चाहिँ कदापि हुनुहुँदैन । सम्पूर्ण नारी जातिले संस्कृतिको जगेर्ना गर्ने किसिमले तिज मनाऔँ । तिजको अवसरमा सबै खुसी हुँदै समृद्धितर्फ लम्किऔँ ।
कीर्तिपुर–१, काठमाडौँ
मधुपर्क