साहित्यको सामाजिक उद्देश्य सुधारको एक सहयोगी
यस व्याख्यानले प्रोटोनिज्म सिद्धान्तको परिचयात्मक सिंहावलोकन प्रदान गर्दछ र यसको निम्न पाँच मुख्य आयामहरूको व्याख्या गर्दछ– प्रोटोनिस्मियोटिक्स, पुनस्र्थापना (रिस्टिट्युसन), जाँच (इन्क्वायरी), सत्य (ट्रुथ) र नैतिकता (एथिक्स) । सन् २००५ मा जब मेरो पुस्तक प्रोटोनिज्म : थ्योरी इन प्राक्टिस प्रकाशित भयो, यो अवधारणा बाल्कन सन्दर्भमा तत्काल सान्दर्भिक थियो । कम्युनिस्ट युगको समाप्तीपछिको समयमा भएको राजनीतिक र सामाजिक उथलपुथल र १९९० को युगोस्लाभ युद्धहरूको परिणाम स्वरूप जातीय क्रोधले अक्सर साहित्यि
मन्त्रहरूमा मेरो सालु मेरो रामेछाप
साहित्यका विधाहरूमा अन्यका तुलनामा कविता बढी फस्टाएको देखिन्छ । तर कविता लहडको विषय होइन । सनातनदेखि मन्त्र र ऋचाबाट साहित्यको प्रारम्भ भएको हुँदा कविताले लोकप्रियता प्राप्त गरेको हो । कहलिएका आख्यानकारहरूको प्रारम्भिक यात्रा पनि कविताबाटै सुरु भएको देखिन्छ ।
‘दर्शन, बौद्धिकता र यथार्थको त्रिवेणी
रञ्जना निरौलाको निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ भर्खरै सार्वजनिक भएको छ । निरौलाले आफ्नै जीवनीय अनुभूतिलाई मूल विषयवस्तु बनाएर फरक चिन्तन र विचारपरक भावधारालाई निबन्धमार्फत अवतरण गराएकी छिन् ।
‘फादर अफ अङ्कोलोजी’को जीवनगाथा
जीवनमा धेरै कुरा आफैँ भइरहेको हुन्छ, त्यसलाई हामी सुरुमा आफ्नो कर्तव्य ठान्छौँ र पछि त्यहीँ समाज सेवामा जोडिन्छ । समयअनुसार मान्छेले आफ्नो कर्तव्यपथबाट च्यूत नभई कार्य गरे भने पक्कै पनि त्यो मान्छे पुजिन्छ यहीँ समाजबाट ।
टुप्लुक्क टोकियो पुगेपछि..
स्रष्टा गिरीका रहरै रहरमा रमेको यात्रा विवरण– टुप्लुक्क टोकियोभित्र पसेपछि थाहा हुन्छ रहर पूरा गर्न गरेका सङ्घर्ष, मिहिनेत, प्रतीक्षा, निराशा र अप्रत्यासित मौकाले दिने खुसीको मूल्य । सबैभन्दा गहन कुरा लेखकीय स्वधर्म–इमानदारी ।
बर्गम्यान र उनको सेभेन्थ सिल
व्यक्तिगत मानवीय पीडा, मानसिक उथल पुथल र निसहायपन तथा मानव अस्तित्वमाथि ज्यादा केन्द्रित भएर अत्यन्तै गम्भीर चलचित्रहरू बनाउने महान् हस्ती हुन् इङ्गमार बर्गम्यान । सन् १९४६ मा क्राइसिस नामक चलचित्रमार्फत निर्देशनमा हात हालेका बर्गम्यानले जब द सेभेन्थ सिल (१९५७) बनाए चलचित्र क्षेत्रका मसिहा ठहरिए ।
देवताको ओढ्नी (देय् फांगा)
मञ्चमा क्रमशः प्रकाश छरिन्छ । सुकुल ओछ्याइएको छ । दायाँबायाँ धानका बोराहरू एकमाथि अर्काे गरी मिलाएर राखिएको देख्न सकिन्छ । फ्रक लगाएकी र दुई चुल्ठी बाटेकी, अन्दाजी १४ वर्षकी केटी सुकुलमा बसेर एक्लै तरकारी केलाइरहेकी छन् । मञ्चको प्रकाश त्यस केटीमा केन्द्रित हुन्छ । तरकारी केलाउँदाकेलाउँदै गरेका उनका हातहरू एक्कासि स्थिर हुन्छन् । उनी कुनै कुरामा ध्यानमग्न भएझैँ देखिन्छिन् । मञ्चमा अन्धकार व्याप्त हुन्छ ।
अष्टावक्रको दार्शनिक चिन्तन
‘अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत्’ अर्थात् जो आफूलाई जान्दैन त्यो आफ्नै शत्रुतुल्य छ । आफूलाई जान्न, आफू आफ्नै शत्रु हुनबाट बच्न, आफूले आफूलाई चिह्न तथा म को हुँ ? भनी बोध गराउन धेरै महापुरुष तथा सद्गुरुहरूले जन्म लिनुभयो । हामीले उहाँहरूलाई चिन्न सकेनौँ र अहिले त्यस्ता कति सन्त, योगी, महात्माहरूको नाम–परिचय नै छैन । उहाँहरू चतुराक्षर शब्द इतिहासकै भएर पनि अस्तित्वको इतिहासमै मात्र अट्नुभयो, हाम्रो इतिहासमा अट्नु भएन । तैपनि हामी भाग्यमानी छौँ र गर्व गरौँ कि हाम्रो इतिहास र हाम्रो दर्शनमा दर्शन प्राप्त द्रष्टा अष्टावक्र हुनुहुन्छ । जो एक्लैको छहारीमा सबैले शीतलता प्राप्त गर्न सक्छाैँ । जसका वाणीका वाणले अज्ञानता र अन्धकारको जालो छेडी ज्ञानको आभामा प्रवेश गर्न सक्छौँ । जसको सामीप्यमा नबलेको दीपले ज्योति प्राप्त गर्छ भने मन्द ज्योति प्रज्वलित भई बल्छ ।
समयपछि (निबन्ध)
समय बलवान् समय, जन्म र मरणबीचको समय जीवन समय, अमूल्य समय, पलपलदायी समय मनोहर सुखद लालिमा भावपूर्ण समय । उमङ्ग र उत्साह भावविभोर समय ।
जन नाटककार तिवारी
नाटककार भीमनिधि तिवारीको जीवनकालको समयमा पार्सी थिएटर, हिन्दी उर्दू नाटक मञ्चनको प्रभाव नेपालमा अझ विशेष गरेर राजधानीका पूर्वज नाटककारमा व्याप्त थियो । नाटक र नाटक मञ्चनमा नेपाली माटोको सुगन्धभन्दा विदेशीको अत्तर छर्कने काम भइरहेको थियो । नाटककार तिवारीले दरबारिया नाटक मञ्चनको प्रचलित चलनबाट सर्वसाधारण जनताको भाषा, समाज, अभिव्यक्ति र नाटकीय मञ्चनको मूलधारमा प्रवेश गराएर आफ्नो नाटकीय सिर्जनशीलतालाई एउटा अतुलनीय क्रान्तिकारी रूपमा मोडिदिनुभयो । नाटक लेख्ने शास्त्रीय परम्परा अथवा भनौँ पश्चिमी, भारतीय, उर्दू, पार्सी प्रकारका आयातित शास्त्रीय नाटकीय परम्परालाई स्वदेशी नमानेर नाटक लेखनमा एउटा नयाँ मोड ल्याउनुभयो । उहाँको सिर्जनशीलताको क
हिउँद (कविता)
हिउँद सेतो बर्काे ओढेर निस्किसक्यो गर्दै क्याटवाक उँघ्दै बसेको छ
पाँच मुक्तक
रहेनन् भने सम्भावना रहरका जिउने कसरी बिराना बने भने बस्ती मनको सहरका जिउने कसरी भन्न त सजिलो छ विगत भुल्नुपर्छ भविष्य राम्रो पार्न तर मेटाएर याद ती सुनौला प्रहरका जिउने कसरी
दौलत दाइको जन्मथलो
वि.सं. २०२७ सालमा नेपाली साहित्य संस्थाले बृहत् नेपाली साहित्य सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रम स्थल थियो विराटनगर । त्यो सम्मेलन खास गरेर साहित्य संस्थानका अध्यक्ष कवि केदारमान व्यथितको सत्प्रयासबाट सम्भव भएको थियो । उहाँलाई साथ दिनेहरूमा विजय मल्ल, चित्तरञ्जन नेपाली, खड्गमान मल्ल आदि थिए । सबैको प्रयास र मन्त्री व्यथितको हुटहुटीले कार्यक्रमले अत्यन्त गौरव र लोकप्रियता आर्जन गर्न सफल भएको मलाई लाग्छ । सोही कार्यक्रममा मैले सर्वप्रथम दार्जिलिङ, आसाम र सिक्किमतिरबाट भाग लिन आउनुभएका देवकुमारी थापा, लक्खीदेवी सेवा सुन्दास र लीलाबहादुर क्षेत्रीहरूलाई देखेको ।
‘आँसु त्यसै त्यसै छचल्किन्छ’भित्रका दौलत
वि.सं. २००५ मा शारदा पत्रिकामा ‘ऊ गयो’ नामक कथा प्रकाशित गराएर कथायात्रा आरम्भ गरेका दौलतविक्रम विष्टले कथा र उपन्यास लेखनमा नयाँ मोड ल्याएबापत वि.सं. २०३२ मा महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्दछन् । उनको छैटौँ कथा सङ्ग्रह आँसु त्यसै त्यसै छचल्किन्छ (२०४८) ले पनि साझा पुरस्कार प्राप्त गरेको देखिन्छ । यस पुरस्कृत सङ्ग्रहमा विभिन्न पत्रिकामा पहिले नै प्रकाशित १४ वटा र यसै सङ्ग्रहमा रहेका दुईवटा गरी १६ वटा कथा सङ्कलित छन् । तीमध्ये २००६ मा लेखिएको र स्वास्नीमान्छे पत्रिकामा २०१५ प्रकाशित पिपासा कथा एउटा हो । यसमा जुद्धशमशेरले साधु हुने निर्णय गरी प्राइमिनिस्टरको जिम्मेवारी पद्मशमशेरलाई सुम्पी घरका कैयौँ धाई, सुसारे, तालिमे नानीलाई बक्सिस दिएर बिदा गरिएमध्येकी एक तालिमे नानीको कथा
पुस्ता भेद र विश्वास (कविता)
मलाई मेरो नाति छिमेकीको घर टहरा भत्काएको देखेपछि अङ्ग्रेजीमा सोध्छ “यसरी डोजर लाएर किन भत्काएको बुबा ?” म जवाफ दिन्न र नेपालीमा प्रश्न गर भन्छु ऊ मलाई त्यसको नेपाली के हुन्छ भन्छ,
झ्याल र महिला
झ्याल त कुनै समस्या थिएन तर त्यहाँबाट देखिने ती महिला भने समस्या नै थिइन् । उनी बसस्टपमा धेरै बाँदर, केही काग र एक जोडी कुकुर लिएर बसिरहेकी थिइन् । बसस्टप मेरो कोठाको ठीक अघिल्तिर थियो र म र मेरो सानो लेखन टेबलको सामुन्ने । म त्यसमा केही लेख्छु भन्ने होइन तर त्यसले मेरो अस्तित्वमा एक प्रकारको जिम्मेवारीको भावना भरिदिएको थियो । कोठा सस्तो थियो; यसमा समान रूपमा सस्तै भेन्टिलेसन थियो । मेरो ओछ्यान, सानो कपाट र गितार अटाउने प्रशस्त ठाउँ थियो । म गीतारमा तीनवटा कर्ड बजाउन सक्थेँ– जी, डी र ए । लकडाउन समाप्त होस् अनि थप सिकौँला भन्ने योजनामा थिएँ । मेरो कोठाबाट सडेको चियाको धुलो र बिरालोको फोहोरको जस्तो गन्ध आइरहेको थियो । मलाई थाहा थिएन किन । म बसेको कोठानजिक कतै चियाको धुलो वा बिरालो थिएन । अन्यथा सामान्य देखिने कोठाका बारेमा यो एक अनौठो कुरा थियो । कोठामा कुनै छत थिएन; त्यसैले काठको राफ्टरको बीचैमा बसोबास गर्ने खरानी मुसाको तल्लो पेट हेर्न पाउँदा मलाई रमाइलो लाग्थ्यो ।
साहित्य र विद्युतीय पुस्तकालय
पुस्तकालयले वाङ्मयको विकासमा उल्लेख्य योगदान दिएको र दिनेमा विवाद हुन सक्दैन । चिन्तन मात्र हुन सक्छ । तर इतिहासको कठोर सत्य स्वीकार गर्ने हो भने वाङ्मयको विकास हेतुले पुस्तकालय स्थापना भएका थिएनन् । तर सत्यको अर्को क्षितिजबाट हेर्दा पुस्तकालयले समग्र वाङ्मय, अझ बढी साहित्यको विस्तारमा पु¥याएको योगदान सामान्य लेखबाट आकलन सम्भव छैन । पुस्तकालयबिनाको देश, समाज वा व्यक्ति कल्पना गर्न सकिँदैन । हरेक व्यक्तिका घरमा पुस्तकालय हुन्छन् किनभने त्यहाँ केही न केही लिखित÷मुद्रित, कोरित (कोरिएका चित्र) सामग्री हुन्छन्, भलै तिनीहरू जिरा पोको पारिने प्रयोजनले पनि घरघर पुगेका हुन् । समयले संस्कृतिमा भिन्नता ल्याउँछ । आवश्यकताले सस्ंकृतिको निर्माण गर्छ । पुस्तकालय संस्कृतिमा पनि भिन्नता आएको छ
क्याक्टस–एउटा अन्तरकथा
साँझ झर्दैछ । साँझको छायामा जङ्गली फूलहरूका बिरुवासँगसँग क्याक्टसका साना साना बिरुवाहरू पनि डुब्दै गइरहेका छन् । ती साना साना क्याक्टसले आज लेफ्टिनेस्ट कुर्टको मुर्दा शरीरको स्पर्श पाउने भएका छन् । लेफ्टिनेन्ट कुर्टका रगत–मासु र थेग्राले तिनका नसानसामा ताजापनको रस प्रवाहित हुने भएको छ । उसभित्रको नात्सीपनाले उसलाई सुम्पिदिन लागेको छ क्याक्टसका जरामा सधैँ सधैँका निमित्त । सत्यको निरन्तर बलात्कारले नपुंसक ऊ क्याक्टसका जरामुनि सुतीसुती युद्ध लोलुपताको ऋणशोध गर्नेछ । एउटा मसाने बिरक्तिको झैँ मुस्कान म आफ्नो ओठको डोलमा चिम्लिएको अनुभव गर्न थाल्छु । आश्चर्य । ऊ यसरी यति छिटै मर्न सक्छ भनेर मैले विचारसम्म पनि गरेको थिइनँ । उसका नात्सीपन खेलिरहेका आँखाका चिप्लेँटीलाई एकआध घण्टा पहिलेसम्म पनि मैले आफ्नो शरीरमा अनुभव गरेको थिएँ । उसको अनुहारमा मृत्युको छाया थिएन । एकदम सद्दे थियो, तन्दुरुस्त थियो, जीवनका सारा सपनालाई छातीभरि लिएर उभिएको थियो ऊ मजस्तै । तर उफ् । ऊ कति छिटो म¥यो, कस्तो नपत्याउने किसिमले म¥यो ।
दौलत दाइसँगको आग्रह
चपाइएका अनुहार पढेपछि नै दौलतविक्रम विष्टप्रतिको क्रेज ह्वात्तै बढेको हो पाठकको । कलेज जीवनको आरम्भिक दिनमै चपाइएका अनुहार पढेपछि हाम्रा लागि नायक बन्न पुगे दौलतविक्रम । यस्तो उपन्यास लेख्ने मान्छे कस्ता होलान् ? यस्तो उपन्यासलाई चलचित्र बनाउन सके कस्तो होला ? यस्तै जिज्ञासाले डो¥याएको हो उहाँको आँगन छेउ । चालीसको दशकको सुरुताकाको समय मित्र अमोद (साहित्यकार अमोद भट्टराई) का साथ काठमाडौँको मीनभवनस्थित दौलत निवासको छेउछाउ उभिएका थियौँ हातमा चिठ्ठी लिएर । विद्यार्थी कालमा त्यतिबेला हाम्रा लागि दौलतविक्रमजस्ता साहित्यकारलाई भे
चपाइएका अनुहार : बचाइएको मानवता
दौलतविक्रम विष्ट (सं. १९८३–२०५९) को ‘चपाइएका अनुहार’ (सं. २०३०) चर्चित उपन्यास हो । काव्यात्मक भाषाको जादुले यो कृति अविस्मरणीय बनेको छ । फौजी सिपाहीको कथा चपाइएको अनुहार यथार्थवादी उपन्यास हो । बीसको दशकपछि नेपाली उपन्यास लेखन उन्नत समयमा प्रवेश गरेपछि यस उपन्यासले जन्म लिएको देखिन्छ । नेपालको सामाजिक सांस्कृतिक अवस्थालाई यसमा चित्रण गरिएको छ । लघु आकारको यस उपन्यास संस्मरणात्मक शैलीमा सिर्जित छ । मानवतालाई दर्शाउनु यस उपन्यासको मुख्य लक्ष्य देखिन्छ । खा
प्रातः भ्रमण( लघुकथा)
कमरेड चन्द्रकिरणले हामीलाई भूमिगत कालमा अध्यात्मवादमाथि दैनिकझैँ एकचोटि कक्षा लिएरै छाड्थे । उही माक्र्सका अन्यान्य कुरा र ‘धर्म अफिम हो’को चर्चासम्म लगेर कुरा टुङ्याउँथे । टोलमा भएको धार्मिक कार्यक्रमलाई गएर बिथोल्न भन्थे । केही नलागे पुलिस थानामा गुनासो हाल्थे । घोर नास्तिकताको उदाहरणमा सिङ्गै पार्टी पङ्क्तिमै उनी एक मात्र धर्म विरोधी चेतना भएको पदाधिकारीको हकदाबी गर्दथे । समयले धेरैथोक गरेछ कि क्या हो उमेरको नेटो कटेको धरी कमरेडले थाहै पाएनन् । निक्कै कुरामा परिवर्तन भएझैँ, सङ्घीय लोकतन्त्रात्मक गणतन्त्र आएपछि धेरथोर परिवर्तन कमरेडमा पनि आएछ ।
अनि खुल्छ आकाश... !(कथा)
ऊ समुद्रको किनारामा उभिएको निकै बेर भइसकेको छ । अनगिन्ती छालहरूले उसलाई स्पर्श गरेर गइसकेका छन् । ऊ टोलाएर तिनै छालसँग प्रश्न गर्दैछ के मेरा सपना र खुसीहरू पनि यिनै छालजस्तै हुन् ? मौन प्रश्न गर्दै ऊ नजिकै आएर तनमनलाई रोमाञ्चित गर्दै अनायास फर्केर जाने समुद्री लहरजस्तै आफ्ना सपनाहरू सम्झन पुग्छे । आफ्ना चाहना र भावना नबुझ्ने परम्परागत समाजको घेरा तोड्दै कोही त आउने छ अनि उसको हात समातेर जीवनको एउटा नयाँ अध्यायको आरम्भ गर्नेछु भन्ने सपना ! तन र मनको पृथकताबाट उब्जिएको जटिलताको गाँठो फुकाउँदै मायाको निर्वाध संसारमा रमाउँदै बाँच्ने चाहना ! एउटा मान्छे भएर मान्छेहरूमाझ नै बिरानिएर बस्नुपर्ला भन्ने उसले सोचेकी पनि थिइन तर आज भोगिरहेकी छ । आज उसलाई सम्झना भइरहेको छ आमाको भनाइ “छोरी ! आफ्नो सोचमा परिवर्तन गर अन्यथा जीवनमा एक्लो बन्नुपर्ने छ । अहिले तिमी जे सोच्दैछौ त्यो तिम्रो अल्लारे
जिन्दगी एक सफर (कथा)
‘किरण पौडेल, यु आर रेस्ट्रिकेटेड ।’ कलेजको डिनले भन्यो । कुरा सुनेर मन चसक्क भयो । निधारको बीच भाग खुम्चियो । मुहारको रङ्ग बदलिएर मुटुको गति तेज भयो । पछाडि जोल्ठाएर राखेको हात फुकिएर सिधा भए । डाक्टर बन्ने सपना दुर्घटनामा परेको देखेर शरीर चिसो भएको थियो । ‘नारा लगाउँदैमा रेस्ट्रिकेट हुन्छ सर ?’ उसले सोध्यो ।
जितेन्दरको रिक्सा (कथा)
हामी डेराबाट बाहिर निस्केर बाटोमा दुई पाइला मात्रै के हिँडेका थियौँ, रिक्सावाला मूल सडक छोडेर हाम्रै गल्लीमा, हाम्रै अगाडि आइपुग्यो । मूल सडकमा लहरै उभिएका अटोरिक्साहरू ग्राहकको प्रतीक्षामा थिए । तर हामी आफ्नै अघिल्तिर आइपुगेको मान्छेले चलाउने प्याडलवाला रिक्सामा गएर बस्यौँ । मानिसहरू अटोरिक्सा चढ्न छोडर प्याडलवाला रिक्सा चड्न खोज्दैनन् । तर यसरी कसैले उनीहरूको रिक्सा नचढ्ने हो भने बिचराहरूले के कमाउन, के खाउन् ! त्यही भएर हामी भेटेसम्म प्याडलवाला रिक्सा नै चढ्न खोज्छौँ ।