समय बलवान् समय, जन्म र मरणबीचको समय जीवन समय, अमूल्य समय, पलपलदायी समय मनोहर सुखद लालिमा भावपूर्ण समय । उमङ्ग र उत्साह भावविभोर समय । समय कला, समय साहित्य, समय संस्कृति, समय जीवनमय, समय सम्पदा, समय प्रतिष्ठा, समय युगीन धरोहर ।
समय निरन्तर बग्छ, सरिता जसरी रोकिँदैन निरन्तर निरन्तर समय गतिशील छ । अविशान्त गतिशील समय नदी हो । सदुपयोग शिरोधार्य गर्न सकिए समय अमूल्य । समयलाई सही ढङ्गले अङ्गीकार गरेर बढ्न नसके अर्थहीन समय । प्रातः कालीन समय, मध्यान्ह समय रात्रिकालीन समय । समय सोपात्रक्रममा चलखेल छ । समयचक्र मानव जीवनचक्र सज्ञा र प्रतीक भएर झझल्को छाउँछ ।
समय सरल छ सहज जीवनयापन गर्नेहरूका लागि, समय तरल छ गतिशील यात्रुका लागि समय गलत छ पीडा, सन्ताप, चिन्ताको भुवरीमा डुब्नेहरूका लागि, समय कलकल स्वच्छ निर्मल छ । जुझारु पौरखी स्वाभिमानी र स्वावलम्बीहरूका लागि । समयलाई मुट्ठीमा कस्ने धृष्टता गर्नु मूर्खताको सङ्केत जस्तो मलाई लाग्छ ।
समय समयसँगै संयम भएर सार्थकताको खोजीमा पाइला चल्नु र अघि बढ्नुमा कल्याण भेटिन्छ । वस्तुतः हाम्रा पूर्वजहरू समयको प्रकृतिसँग नगिचैबाट परिचित थिए । समयको ख्याल गर्न माहिर थिए । प्रातः उषाको आगमनलाई अन्तस्करणबाटै नमम गर्दै स्वागतम् गर्दथे । दैनिक कार्यसम्पादन कुशलतापूर्वक गर्दथे । अथक श्रम, कर्मशील बन्दै उद्योग गर्न उद्यत मानौँ कर्म गर्न यस धरतीमा आइपुगेका देवत्वका अंश प्राप्त कर्मवीर मान्न ।
समयका पल क्षणलाई अति महìव समयको गतिमा कर्मक्षेत्रमा निरन्तर पाइला चाल्दैअघि बढेर अनुज पुस्तालाई पनि समयप्रति आस्थावान र कृतज्ञ हुन सामाजिक शिक्षा दिन्थे । समय सरिताको बहावमा सहज ढङ्गले बहेर साफाल्यताको शिखर चुम्नु ती अग्रज आत्माहरूको एक मात्र निश्चय प्रगाढ सङ्कल्प । समयको गति, बहाव, समय समय अनुसारको पदचापमा आफूहरूलाई समाहित गरेर बदल्न सक्नु नै पूर्वजहरूका महानता हो ।
समय सम्झना, समय स्मृति, समय शुभमुहूर्त ः समय सादाजीवनको सजीवतामा सादृश्य प्राप्तिको उक्तोमोत्तम अग्रगामी उत्थान र अभियान । समयको सोपान कुशलतापूर्वक चढ्न सक्नु नै सार्थक जीवनको पाइलो सराइ हो । प्रकृति समय, मानव त्रिआयामिक गाढा सम्बन्ध । समय जीवन्तताको अनुबन्ध । यस मानेमा कि प्रकृतिको अभिलक्षण गुणले मानवलाई चेतना र नूतन पाठ सिकाउँछ । समयले समयकै ज्ञान उत्पादन गरी संज्ञानको क्षेत्र व्यापक विस्तार गर्छ । सही समयमा सही निश्चय गर्न सके त्यस समयबाट सर्वाङ्गीण विकास गर्न चेतना प्रदान हुन्छ । समयको मूल्य र मान्यता मानव जीवनको सार ।
समय लक्ष्य, समय उद्देश्य, समय दृढ सङ्कल्प, समय संसार सञ्चालन विश्वसनीय आधार । समय सुखद, समय दुखद, समय काँडा, समय फूल । समय अनन्त सौर्यबल, समय अस्थिर समय हलचल । समय सत्ता र शक्ति, समय आधार, अभिरचना समय रीति र प्रवृत्ति ।
त्यो समयमा म शक्तिशाली थिएँ आज शक्तिहीन भएछु, समयले लुट्यो जवानी, समय समयका रामकहानी मानिसको अतिवादी सम्पूर्ण जिन्दगानीमा समय कण कण भएर अदृश्यरूपमा आउँदो रहेछ ।
पराक्रम समय, सङ्क्रमण समय, यादगारमा रमण समय । समयका बान्कीहरू समयका शैलीहरू समयका अलङ्कारहरू समयसामयिक रूपका प्रतिविम्ब साक्षात मार्गदर्शक पथपर्दशकको रूपमा ध्यान अगाडि उभिँदा सायद हामी अवाक् हुन्छौँ ।
समय जीवन्त यात्राका अनन्त जीवहरूमा अदृश्य सहयात्री बनेर आउँदो हो मन मस्तिष्कमा सुस्मृतिको सुन्दर तस्बिर निर्माण गर्दो हो । यसर्थ समय समयका कुरा समयले बताएको इतिहास, त्यो समयको गौरव, त्यो समयमा हाम्रा वीरहरूले योगदान आदि कुरासँग वीरकालीन समयको स्मृति हुन्छ । समय अनुष्ठान, समय गरिमा, समय उत्थान, समय हुरी समय पतन, समयसँग सकरात्मक सोच, सदुपयोग संयम सत्कर्म गर्न सकियो बस समय वरदान साबित हुन्छ हाम्रो जीवनमा । समयका सारगर्भित क्षणहरूलाई छोडेर उल्टाचालमा चले आफैँलाई भार हुन्छ जिन्दगी अभिशाप्त पहाड ठिङ्ग उभिन आउँदै, समय हुरी बनेर सुन्दर सपनाहरू उडाई लान्छ ।
सन्दर्भ मानौँ मेरो पढाइ भनु मेरा हितैषी मित्रहरू भन्छन्, यो बुढेसकालमा पढेर पिएचडी गरेर डाक्टर बनेर के औचित्य ? तिमी समय पछि छौ । म एक मनले सोच्छु हो म समयभन्दा निक्कै पर छु । र, म कोसिस पनि गरिरहेछु पुनः समयको फेरि समाई आफ्नो गन्तव्य पुग्न । मलाई दुनियाँदारीको हावादारी गफ मन पर्दैन हरेक कुरा सहजै विश्वास पनि म गर्दिनँ । जरूर ढिला हुँ तर निरन्तर अगाडि बढ्ने बटुवा एक दिन लक्ष्य चुम्छ । कोकिल वसन्तमा गीत गाउँछ । भ्यागुताहरू वर्षायाममा ट्वार ट्वार कराउँछ । सुनाखरी वैशाखमा फुल्छ सयपत्री मखमली तिहारमा फुल्छ हिमाल हिउँदमा खुल्छ यी समय समयका बात हुन् ।
ज्ञान अनन्त हुन्छ सम्पूर्ण ज्ञानले भरिपूर्ण मानव हुँदैन । अतः ज्ञान हासिल गर्न ज्ञान आर्जन गर्न मलाई समय सीमाले बाँधेको हुन्छ जस्तो लाग्दैन । फगत यति फरक चाहिँ अवश्य हुँदोरहेछ हर कुरा । समयमा फत्ते गर्न सके ज्यादा फाइदा हुन्छ । यी यस हार्दिकता बिनाको प्रखर बौद्धिकता । मानव जीवनमा बौद्धिकता र व्यक्तिपरक स्वार्थयात्राको उपयोगिता केही होइन, परन्तु वैयक्तिकताको स्वार्थमा केवल रम्न सक्छ ।
म भावुक बन्छु, यतिखेर मेरो हृदय विशाल छ । म ती विशालताभित्र वैयक्तिक स्वार्थका धर्साहरूभन्दा पनि मावन कल्याणका रेसारेसाहरू छाम्न पुग्छ ज्ञान प्राप्ति गर्नु र सो ज्ञानलाई मानव समाजको कल्याणका खातिर बाँड्नु मेरो एक मात्र ध्येय । यसर्थ म समय पछि पनि ज्ञानमार्गको पथमा लम्किरहन चाहन्छु । औचित्य र महìवका कुरा समयले जानोस् केवल म ज्ञान प्राप्त गरेर संज्ञान अनुभव समिश्रण गरी अज्ञान बस्तीहरूमा बचेखुचेका समयमा आफूमा प्राप्त ज्ञान प्रवाह गर्छु ।
अटल दृढ विश्वास भएपछि समयपछि यात्रा गर्नेहरू पनि सफलता चुचुरोमा पुगेका ज्वलन्त उदाहरण छन् । सिद्धार्थ गौतमले अथक ध्यान गरी निकै समय कुरेर बोधित्व प्राप्त गरेका थिए । गान्धीलाई हिन्दुस्थान स्वतन्त्र बनाउन निक्कै समय खर्च भयो । कोलम्बसलाई अमेरिका पत्तालगाउन अत्यधिक समय लाग्यो के ती सबैलाई समयपछिको औचित्य भनुँ ?
यो समयमा यही नै गर्नुपर्छ भन्ने कुनै गणितीय फर्मुला प्रयोग हुँदा मानव जीवनमा । सबै सिद्धान्तपरक निहित संसारका नियमबाट संसारमा कार्य सञ्चालन असम्भव प्रायः हुन्छन् जस्तो मलाई महसुस हुन्छ ।
कल्पनाको उडान चढ्न सजिलो छ, व्यवहारमा प्रयोग गर्न अति कठिन, समय सँगसँगै हिँड्दा हामीभन्दा कति छिटो समयअघि बढिसकेको हुन्छ पत्तै हुँदैन । जसरी खोलाको पानीका कलकल नाप्न सकिँदैन त्यसरी नै समयका पल क्षणलाई नापेर हामी अघि बढ्न सक्दैन । समय आउँछ जान्छ, मूल कुरा समयसँग कदम मिलाएर अघि बढ्नु नै हाम्रो उद्देश्य हो ।
समय छुकछुके छ, समय चञ्चल छ, समय हलचल छ, समय निश्चल छ, समय अधीर अस्थिर कुम्हालेको चक्र जसरी घुम्दो छ । मानव जीवनमा पनि हरक्षण महìव औचित्यले गरिएको छ । के समयपछि प्राप्त गरेको ज्ञान औचित्यहीन हुन्छ ? हुँदैन मेरो अन्तस्करण यही भन्छ । यदि वैचारिक स्वार्थ र आश्वासनका लागि प्रयोग गर्न सकिएन पृथक् कुरा तर मभित्र वैयक्तिक स्वार्थका हाबीभन्दा पनि समाज सेवा सद्भाव र मानवताका भावना प्रबल छन् भने निश्चित रूपमा मैले आज्र्याका ती ज्ञान, सीप कला मानव समाजकै लागि उपयोगी सिद्ध हुन्छ भन्ने कुरामा म विश्वस्त छु । जसरी पुर्खाले जानी नजानी हासिल गरेका ती ज्ञान भावी पुस्तामा अर्पण गरेर गए । आजसम्म हाम्रा परम्परा संस्कृति रीतिरिवाज भनी हामीले आत्मसाथ गर्दै अघि बढिरहेका छौँ, के ती सबै ज्ञान समय सँगसँगै आर्जन गरेका हुन् ? या समयपछि मात्र प्रश्नहरूको पहाड उभिन्छ ।
समयअघि र समयपछि उचित मापन छैन, यो निरपेक्ष सत्य हुन् कि जस्तो लाग्छ । समयले युगपुरुष महात्मा अवश्य जन्माउँछ । अर्थात् समय समयमा एउटा स्वर्णजन स्वर्णिम क्षणले । संसारलाई नवीन उपलब्धिको अध्याय थप्दछ । यो व्यावहारिक र समय सापेक्ष कुरा हो । सफोक्लिजको समयका वेदव्यासको समय, देवकोटा, सिद्धिचरण, रवीन्द्रनाथ टैगोरका समय, फ्रोडरिक नित्से, रोलाँवार्यको समय, रिमाल, भूपि, नारायण गोपालका समयहरू पृथक् पृथक् पहिचानको सुन्दर समय । समय रङ्गमञ्च हो, त्यो खुला रङ्गमञ्च जहाँ जुनसुकै कलाकारले प्रवीण कला प्रदर्शन गर्न सक्छ । युग युगको यो युगीन रङ्गमञ्चमा आफ्नै मौलिक कला प्रदर्शन गरेर कति वीरवीरङ्गना कति दार्शनिक विचारक, साहित्यकार रचनाकारलाई स्वत्वमा भएको निपुणकला सम्पे्रषण, प्रस्तुत गरी मानव समाजलाई अति स्मरणीय बनायो ।
समष्टिमा समयपछि र समयअगाडि भन्नुको तात्पर्यताभन्दा त्यो समय वा यो समयमा भए पनि सार्थक कार्य, गर्नु जरुरी छ । जुन वैयक्तिक स्वार्थभन्दा पर सामूहिक हित कल्याणको उत्कृष्ट कार्य जुन समाज, राष्ट्र विश्वजनीय एवं प्राणीयात्राका लागि हितकारी होऊन् । म झिनामसिना मानिस वर्गका प्राणी यही उत्कण्ठा यही भावनाले अभिप्रेरित हुँदै केही नयाँ ज्ञान सिक्दै बौद्धिकता र हार्दिकताको समन्वय गरी मैले आर्जन गरेका
ज्ञान मिमांशका पुष्पसुगन्ध वरपर छर्ने कामनाले समयपछि भए पनि ज्ञानको पहाड उक्लिरहेछु । अज्ञानताको तुवाँलो चिर्दै सङ्घर्षमा भिर्दै पो छु त अचेत अब उही समयको प्रतीक्षामा छु । जुन समय ज्ञान सद्भावका किरणहरूले जाज्वल्यमान होस् । अस्तु !