धरहराको अग्लाइ
ऊ धरहराको अग्लाइलाई हेरी हेरी पाइला सार्दैछ चुपचाप । उसका पैतालाका हरेक चाल पिच्छे, मुटुको धड्कनको हरेक गति पिच्छे आत्महत्याको दुर्गन्घ फैलँदैछ । केही पर बाटोमा ढसमसिएको यौटा अन्तरकथाले एकाएक ठेस लगाइदिन्छ– “कता ?” ऊ झोक्किन्छ– “आत्महत्या गर्न ।” “म पनि त्यसैलाई पर्खिरहेको छु”– त्यो अन्तरकथा बोल्छ– र यिनीहरू पनि त्यसैलाई पर्खिरहेका छन् ।
ओथारोबाट हिँडेका विपनाहरू...
‘साहित्य र गीत सङ्गीतको कुनै सीमा हुँदैन’ भन्ने मान्यताअनुसार फेयरफेक्स, भर्जिनियाबाट प्लावित सुगन्धित पूmलहरूको सङ्ग्रह भएर ‘ओथारो बसेका सपनाहरू’ कविता सङ्ग्रह प्रकाशनमा आएको छ । नेपाली साहित्याकाशमा नारी सर्जकहरूको अभावमा पनि विविध रचनाहरूबाट उदीयमान कवि विमला ढुङ्गानाले आपैmँप्रति इमानदार भएर कवितामा आफ्ना भावनाहरू पोख्नुभएको छ । जस्तैः
समाजको यथार्थ चित्रण
चूडामणि काफ्ले नेपाली साहित्यका क्षेत्रमा परिचित नाम हो । उनको पहिलो प्रतिच्छाया नामक पहिलो कविता सङ्ग्रह बजारमा आएको छ । चौँतीसवटा कविता सङ्ग्रहित यस कविता सङ्ग्रहको पहिलो कविता अपहृत छोराहरू शीर्षकमा आफ्ना निर्दोष बालकहरू अपहरणमा परेको मार्मिक सन्दर्भलाई बडो रोचक शैलीमा प्रस्तुत गरिएको छ । यिनको सो कविता पहिलो कविता पनि हो, जुन ३६ सालमा दृष्टिकोण पत्रिकामा छापिएको हो । धरती आकाश खोजिरहेछ नामक कवितामा कवि अत्यन्तै भावुक रूपमा प्रस्तुत भएका छन्, जसमा आधुनिकताले ल्याएको पीडादायी अवस्थाको चित्रण गरिएको छ । अर्को कविता सुन्दर फूलबारी कवितामा हतियारको होडबाजी, युद्ध, द्वन्द्व आदिले पारेको नकारात्मक अवस्थालाई । रोचक शैैलीमा पाठकसामु पस्किएका छन् ।
पठनीय कृति
पच्चीसवटा निबन्धहरूको सँगालो शब्दशिविर लिएर निबन्धकार मुकुन्दराज शर्मा देखा परेका छन् । प्रस्तुतिका दृष्टिले यस सङ्ग्रहका धेरैजसो निबन्धले संस्मरणको रूप धारण गरेको देखिन्छ । सामान्य विषयप्रसङ्गदेखि गहन चिन्तन गर्नुपर्ने सन्दर्भलाई निबन्धकारले यहाँ सङ्कलित कतिपय निबन्धमा उठाएका छन् । संस्मरणात्मक निबन्धमा निबन्धकारको इमानदार अभिव्यक्ति अपेक्षित हुन्छ । निबन्धकार शर्माले यहाँ आफ्नो निजत्वलाई सरल एवं स्पष्ट रूपमा अभिव्यक्त गर्ने प्रयास गरेको भेटिन्छ ।
डोटेली संस्कृतिमा (जाँत) जात्रा
वैदिक सनातन धर्ममा सबै चाडपर्वको आआफ्नै महत्व तथा विशेषता छ । यस्ता चाडपर्वले हाम्रो संस्कार संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता चाडपर्वले संस्कार र परम्परालाई सुरक्षित राख्दछ । जात्रालाई सुदूरपश्चिमतिर मुख्य रूपमा डोटेली संस्कृतिमा जाँत भन्ने गरिन्छ । जाँत सुदूरपश्चिम प्रदेशतिरको देव पूजनको मौलिक पर्व हो । कुनै देवताको मन्दिरमा वार्षिक रूपमा पूजाआजाका लागि उल्लेख्य उपस्थितिमा लाग्ने ठूलो मेला, जात्रालाई जाँत भनिन्छ । देवीदेवताको पूजा निश्चित तिथि, दिनमा गरिन्छ । तिथि गणनामा कुनै समय ठीक त्यसै दिन हुन्छ भने कुनै समय डाडाँगन्तको हिसाबले जाँतको दिन तय हुन्छ । जाँत हुने निश्चित दिनलाई हुलो भन्ने गरिन्छ । सामान्यतया पूजा हुलो पर्वमा गर्ने गरिन्छ । कहीँ देवता
गजल
बिर्सुं भन्छु तिमीलाई किन बिर्सिंदैन ? तिमीसँग बिताएका छिन बिर्सिंदैन । माया भन्ने चीज के हो छैन परिभाषा लागेपछि एक दुई तिन बिर्सिंदैन ।
सम्झनाको लहर
वसन्तपुरको मानन्धर परिवारको चारतले घरमा डेरा गरी प्रसन्न मनले दिन बितिरहेका थिए । त्यस्तैमा एउटा नयाँ शिशु (कान्छो छोरा)को आगमन हुने भयो । त्यो बेला हाम्रो आफ्नो परिवार कोही पनि साथमा थिएनन् । अवस्था पनि निकै दयनीय थियो । आफन्तहरू सबै बलेको आगो मात्र ताप्ने रहेछन् । सधँै त्यो मानन्धरको घरमा पाहुनाको लर्कोे तर त्यो २०२६ सालमा पाहुना भने कोही थिएनन् । त्यस्तो अवस्थामा म प्रसूतिका लागि अस्पताल जान तयार भएँ बल्लतल्ल श्रीमान्जी कामबाट घरमा आइपुग्नुभयो । साँझ सबैले खाइसकेपछि मलाई सन्चो नभएको कुरा सुनाएँ । त्यो कुराले श्रीमान्को मनमा निक्कै दुःखपीडाहरू उम्लन थाले । जेठो छोरो प्रतीक काखमा थियो । उसलाई छाडेर हामी दुई जना वीर अस्प
मानक व्याकरण र शब्दकोशको खोजी
(ध्यानाकर्षण : उद्धरण चिह्नभित्रका सामग्रीको हिज्जे प्रकाशित सामग्री अनुसार नै गरिएको छ ।
समुद्री किनारको देशबाट (कविता)
अभावको अत्यासलाग्दो गुँडबाट बचेराको ममताले अभिभूत चारोको खोजीमा हुत्तिएको चरीझैँ म आइपुगेँ यो समुद्री किनारको देशमा ।
सत्यमोहन ! (कविता)
हीराजस्तै चम्कियो उसको अमूल्य यात्रा उसको मृत्युमा मृत्यु पनि मुस्कुरायो
त्याग र समर्पणको जीवन
एकातिर भर्खर प्रेम गर्न थालेको प्रेमी अर्कातिर तत्कालीन राजा महेन्द्रको उतैको केटासँग बिहे ग¥यौ भने देशलाई ठूलो नोक्सानी हुन्छ भनेर सम्झाएको कुरा सम्झिँदा उर्मिला गर्ग उपाध्यायलाई हुनसम्म दोधार प¥यो । बिहेअघि नै आफैँले सर्त राखेपछि शायद उहाँको प्रेमीलाई पनि यस्तै दोधार परेको थियो होला । प्राध्यापन र समाज सेवामा लागेका कृष्णमुरारीलाई उर्मिला गर्गको सर्त सहज लागे । विदेशी भूमिमा कमाएको सुख सयल, मान सम्मान सबै छाडेर आफ्नै माटोमा केही गर्छु भन्ने अठोटले समाज सेवा र कला सिर्जनामा जीवनको बाँकी जीवन बिताउँछु भन्नु सानो कुरा थिएन । झन्डै छ दशकअघि आफैँले पे्रम गरेको डा. कृष्णमुरारी गर्गलाई बिहेअघि सर्त राखेर वैवाहिक जीवनमा बाँधिने उर्मिला गर्गले आफ्ना श्रीमान्सँग त्यति समय व्यतीत गर्न पाउनुभएन ।
दुर्भिक्ष (कथा)
नयनराज पाण्डेको ‘लू’ पढ्दै गर्दा नरैनापुरबाट तरेर शङ्करपुर जान र शङ्करपुरबाट तरेर नरैनापुर आउन कठिन थाहा भयो । धरा नाकछोङले यो लाइनभन्दा अगाडि पढेन । बरु आँखा चिम्लियो । एक हुल मान्छे ओरालो झरेर नदीको किनार आइपुगेका थिए । टालेको लुगा लगाएका, कोही कछाड बेरेका, अनिकालले पेट दबिएका कुपोषित ली मान्छेहरूमध्येको एउटा पाको मान्छे अगाडि सरेर जम्लाहात गर्दै पुकारा ग¥यो, “हे जलदेवी हामीलाई पारि जाने बाटो देऊ ।”
माथिमाथि मुनिमुनि
सहरबाहिर एउटा पक्की पुल थियो । पक्की पुलछेउमा एक दिन उसले एउटा जुत्ता मिल्केको देख्यो । जुत्तालाई उसले गडेर हे-यो । जुत्ताबारे ऊ अनुमान गर्न उत्सुक भयो । पहिलो त यो अनुमान ग¥यो, जुत्ता कसको हो ? जुत्ता जसकसैको हुन सक्थ्यो । जुत्ता मेल फिमेलमध्ये पुरुषकै थियो । फित्ता बाँध्ने खालको । जुत्ता मिल्किएको ठाउँमा उत्तानो परेर आँ गरेर बसेको थियो मानौँ पूरै आकाश निल्न तयार छ ।
पशुबलिको विरोध
दुर्गा लाग्नुभन्दा केही दिनअगाडि काठमाडौँबाट पशु अधिकारवादीको एउटा टोली जिल्ला भ्रमणमा आयो । उनीहरूका कुरा सुनाएर जनतामा चेतना भर्ने आमसभा आयोजना गरिएको थियो । केही स्थानीय बुज्रुक र उतैबाट आएकाहरूले मन्तव्य राखे ।
फालिएको मान्छे (कथा)
भनुँ भने सुन्नेलाई अवश्यै मन पर्ने छैन र मलाई पढ्दा पनि पढ्नेको आँखामा म मानवताविहीन मान्छेका रूपमा गनिने, ठहरिन सक्छु । मैले पहिला पनि मेरो यो यथार्थता एकचोटि लेखेको थिएँ । तर टाइप गर्न पठाउँदा ती टाइपकर्ताले तपाईंको रचना कता प-यो प-यो म खोज्दै छु भनी रचना नै हराइदिए । हाराइदिए वा आफ्नै नाममा कतै प्रकाशित गरे म अझै अनविज्ञ नै छु । टाइप गर्न गलत मान्छेको हातमा दिएकोमा आफैँलाई निकै ग्लानि छ ।
साहित्यको विकास, विकासमा साहित्य
अर्थशास्त्री एडम स्मिथले मानिसले आर्जन गर्ने दक्षता तथा योग्यतालाई ‘पुँजी’ भने, मानवीय पुँजी । नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमत्र्य सेनले भने– मानिसलाई क्षमताको उच्चतम तहमा पुग्न सक्षम बनाउने क्रिया नै विकास हो । कुनै जमना थियो सडक, पुल, जहाज मैदान, बाँध वा ठूला भवन बनाइनु नै विकास हो अर्थात् भौतिक संरचना बनाउनु विकास हो । क्रमशः विकासका परिभाषा र अवधारणामा परिवर्तन आए । भन्न थालियो– आर्थिक वृद्धि विकास हो, विद्यमान अवस्थाभन्दा उन्नत अवस्थामा पुग्नु विकास हो, चाहना र उपलब्धताबीचको दूरी जति कम हुन्छ त्यो विकास हो, मानवीय क्षमता बढ्नु विकास हो ।
जाग हे युवा ! (कविता)
खाएर मानो चलाई गानो, रोपेको असार हरियो भयो रोपेको रोपो, बेँसीको संसार धानको गाँज धरती माझ, पसायो बाला ली फुल्दै र झुल्दै बयली खेल्दै, बनियो पहेँली ।
काफ्काको दोहोरो कायाकल्प
फ्रान्ज काफ्काले ‘द मेटामर्फोसिस’मा आफ्नो पात्र ग्रेगोर साम्सालाई घिनलाग्दो कीरोमा बदलिदिए । तर कीरोबाट मान्छेमा बदल्न सकेनन् । नाक चुच्चे अनि ख्याउटे तिनै काफ्का ग्रेगोर साम्साको मानवीय अस्तित्व फर्काउन नसकेको गहिरो पश्चात्तापबोध अनि विश्वका कुनै लेखकको आत्मामा पसेर मान्छेबाट कीरो अनि कीरोबाट मान्छेको दोहोरो कायाकल्प गराउने ध्याउन्नमा भड्किरहेका भेटिन्छन्, राजवकृत आख्यान, ‘काफ्काको काम सकियोे’मा ।
अस्पताल त बन्यो तर...
रामेछाप जिल्लाका साथी हिम्मतसिंह लेकालीको प्रस्ताव भनौँ वा आग्रह थियो, “रामेछाप जिल्ला अस्पतालको रणनीतिक योजना बनाइदिनुप¥यो भन्ने आग्रह आएको छ, रामेछाप जिल्लालाई सहयोग गर्नुप¥यो है ! तपाईंको सहमति हुनेछ भनेर मैले हुन्छ भनेको छु ।” बडो आत्मीय तवरले मनले जितेर गरिएको आग्रह थियो । कसैको बानी हुने रहेछ, खोजेको कुरा भेट्दा पनि अरूका लागि गरिदिएझैँ गर्ने, “तिमीले भनिहाल्यौ र मात्र, अरूले भनेको भए यो काम छुने र गर्ने नै थिइनँ” भन्ने । मलाई यस्तो आडम्बर गर्न मन लाग्दैन, अनि भनेँ पनि– बडो राम्रो प्रस्ताव, यस्तै काम गर्न मनले खोजिरहेको थियो । म खुसीसाथ गर्छु ।
छेपेखोलाले बनाएको त्रासदी
पहाडी बाटोमा एकनासले गुडिरहेको थियो हाम्रो जिप । हामी सात जना स्रष्टाहरू खोटाङको दिक्तेलबाट भोजपुरतिर गइरहेका थियौँ । ठाउँठाउँमा पैह्रो गएर बाटोमा हिलोेमाटो बगिरहेको थियो । हाम्रो गुरुजी भने अलिकति पनि नडराईकन जिप चलाइरहेका थिए । हाम्रो भने ओठतालु सुकिसकेको थियो । कोही कसैसँग बोल्न सकिरहेका थिएनौँ । कोही अगाडिको बाटोतिर हेरिहेका थिए । कोही हिलाम्मे बाटोतिर । कोही चर्कोसँग परिरहेको पानीमा ध्यान दिइरहेका थिए । कोही सडकछेउको भीर हेरेर डराइरहेका थिए । जिपको अलिकति मात्र पनि नियन्त्रण बिग्रियो भने सिद्धिन्थ्यौैँ सबैजना एकैसाथ । यात्रा हुनसम्मको त्रासदी बनिरहेको थियो ।
होबार्टमा बिहानको मुस्कान
लाग्छ एउटा खण्डेथालजस्तो छ ताज्मानियाको लन्सेस्टन । होचाहोचा घरहरू सानो रुखमा लटरम्म फलेका आँपजस्ता लाग्छन् यहाँका घरहरू । सहरमा एकतर्फी गुड्छन् गाडीहरू । उक्लिँदा उक्लिँदै ओर्लिन्छन् र ओर्लिंदा ओर्लिसक्छन् सडकहरू । गाडी चालकहरूले ख्याल गर्नु जरुरी छ । नियमापत्ति कतिखेर सडक बत्तीले दिन्छ । नियममा बाँधिनु स्थानविशेषको आफ्नै कुरा हो । पालन गरौँ ।
मानक व्याकरण र शब्दकोशको खोजी
(ध्यानाकर्षण : उद्धरण चिह्नभित्रका सामग्रीको हिज्जे प्रकाशित सामग्री अनुसार नै गरिएको छ । यस्तै, सोमनाथ शर्माको १९७६ सालमा प्रकाशित पुस्तकको आवरणमा ‘मद्ध्यचन्द्रिका’ उल्लेख भएकाले यहाँ पनि सोहीअनुसार गरिएको हो । एकै व्यक्तिको मध्यनाम कतै जोडिएको र कतै छुट्टिएको छ । त्यसलाई प्रकाशित कृति÷सामग्रीका आधारमा जस्ताको तस्तै राखिएको हो ।)
नाटक : मनको तिर्खा
स्थान : नम्रताको घरको एउटा कोठा समय : साँझ पात्रहरू : नरेश ३० वर्ष नम्रता २८ वर्ष साँभलको समय । एउटा फराकिलो कोठा ! रातो तर मधुरो बत्ती बलेको छ । झट्ट हेर्दा कुनै रेस्टुरेन्टझैँँ लाग्छ । एक सेट सोफा कोठाको दुईतिर छन् । हल्का गुलाबी पर्दा झ्यालमा झुन्ड्याइएको छ । एउटा कुनामा -याकमा केही पुस्तकहरू छन् । अर्को कुनामा दुई जना सुत्न मिल्ने पलङ छ । एक छेउमा काँचको टेबल छ । सँगै केही मदिराका भरिएका बोतलहरू छन्, भुजियाका प्याकेटहरू छन् । बीचको भागमा सानो टि–टेबुल र तीन/चारवटा चकटीहरू छन् । छेउमा एउटा डायरी र कलम छ । सोफामा अनुहार छोपेर नम्रता पत्रिका पढ्दै छिन्। कसैले कलबेल बजाउँछ ।
गजल
जब उसले फूलमा व्यापार देख्यो झरेको पातमा पनि प्यार देख्यो ।। मन्दिरको मूर्ति जब मनले छाम्यो मूर्तिकारको मुटु वारपार देख्यो ।।