ऊ समुद्रको किनारामा उभिएको निकै बेर भइसकेको छ । अनगिन्ती छालहरूले उसलाई स्पर्श गरेर गइसकेका छन् । ऊ टोलाएर तिनै छालसँग प्रश्न गर्दैछ के मेरा सपना र खुसीहरू पनि यिनै छालजस्तै हुन् ? मौन प्रश्न गर्दै ऊ नजिकै आएर तनमनलाई रोमाञ्चित गर्दै अनायास फर्केर जाने समुद्री लहरजस्तै आफ्ना सपनाहरू सम्झन पुग्छे । आफ्ना चाहना र भावना नबुझ्ने परम्परागत समाजको घेरा तोड्दै कोही त आउने छ अनि उसको हात समातेर जीवनको एउटा नयाँ अध्यायको आरम्भ गर्नेछु भन्ने सपना ! तन र मनको पृथकताबाट उब्जिएको जटिलताको गाँठो फुकाउँदै मायाको निर्वाध संसारमा रमाउँदै बाँच्ने चाहना ! एउटा मान्छे भएर मान्छेहरूमाझ नै बिरानिएर बस्नुपर्ला भन्ने उसले सोचेकी पनि थिइन तर आज भोगिरहेकी छ । आज उसलाई सम्झना भइरहेको छ आमाको भनाइ “छोरी ! आफ्नो सोचमा परिवर्तन गर अन्यथा जीवनमा एक्लो बन्नुपर्ने छ । अहिले तिमी जे सोच्दैछौ त्यो तिम्रो अल्लारे आवेग हो । तिमी आपूmलाई जे ठानिरहेकी छौ त्यो तिमी होइनौ ! आपूmभित्रको सही मान्छेलाई जगाऊ । आपूmलाई बेलैमा चिन । हेर, हामी त डाँडामाथिको घाम हौँ सिङ्गो भविष्य तिम्रै हो । अपरिपक्व सोचमा बहकिएर अनि समाजको धारभन्दा भिन्दै हिँड्न खोजेर कोही लक्ष्यमा पुग्दैन । तिमी जान खोजेको संसार उत्पीडनबाट सिर्जित विद्रोहबाट निर्मित संसार हो तर हामीले त्यस्तो उत्पीडन झेलेका छैनौँ, आफ्नो स्वाभाविक संस्कारको निरन्तरतामा छौँ । त्यसैले छोरी बाटो नबिराऊ ।” के साँच्चै मैले बाटो बिराएकी हुँ त ? उसले आफ्नै मनलाई प्रश्न गर्छे ।
“ओहो ! सुमन, तिमी यहाँ ? एक्लै के गरिरहेकी ? हेर यस्तो रमाइलो साँझमा त कोही पार्टनर हुनुपर्छ नि साथमा । हुन त तिमीजस्तो संस्कारी मान्छेले यहाँ पार्टनर बनाउन कहाँ सक्छन् र ? एक्लै मोज गर । आज काममा जानु छैन त्यसैले म त गएँ मस्ती गर्न । ऊ मलाई कुरिरहेको छ ।” एक परिचित नेपाली युवतीले एकै सासमा भनेर गई । उसलाई साथीको बोली वाण बनेर मुटुमा गडेभैmँ भयो । हुन त साथीले एक पटक होइन पटकपटक उसलाई यसरी चस्काएकी छ । रसिक स्वभावकी उसका धेरै साथीहरू छन् ती पनि पुरुष ! कतिपय त विदेशी नै छन् । खानु–पिउनु, रमाइलो गर्नु अनि...। कुनै सीमाना मान्दिन ऊ जीवनको रसभोग गर्नलाई । सुमनलाई भने त्यसमा कुनै रुचि छैन । उसको खोजी र चाहना बेग्लै थियो तर... ।
रात छिप्पिने सङ्केत पाएर ऊ आफ्नो निवासतिर लागी । आज किन किन उसलाई त्यो रित्तो र शून्य लाग्न थाल्यो । सायद सधैँ काममा व्यस्त भएर होला एक्लोपनको आभाष नभएको तर आज बिदाको दिन त्यसैले होला । विदेशको अति व्यस्तताबीचको बिदामा सबै घुमफिर र रमाइलो गर्दछन् । आफन्त र परिचितकहाँ जान्छन् । परिचितहरू धेरै भए पनि आफन्त छैनन् उसका । उसका आफन्त भन्नु केवल अतीतका पलहरू हुन् जहाँ उसले सुन्दर सपना सजाएकी थिई । तिनै सपनाको खण्डहरजस्तै लाग्न थालेको छ अचेल उसलाई आफ्नो त्यो निवास । भौतिक सुखसुविधा सबै छन् किनकि ऊ त्यहाँ राम्रो कम्पनीमा कार्यरत छ । उसको क्षमता तथा प्रतिभाको कदर गरेर उसलाई राम्रो सुविधा प्राप्त छ । नहोस् पनि किन त्यहाँको स्थापित विश्वविद्यालयबाट उत्कृष्टताका साथ प्राविधिक विषयमा विद्यावारिधि गरेकी हो । उच्च शिक्षाका लागि मात्र ऊ विदेश आएकी होइन आफ्नो चाहना अनुरूपको भविष्य पाइने आशामा आएकी हो किनकि उच्च शिक्षा त उसले स्वदेशमा नै पनि गर्न सक्थी । परिवारकी एक्ली सन्तान, आर्थिक अभाव पनि त थिएन । केवल आफ्नो मनको आग्रहलाई लत्याउन नसकेर उसले विदेशलाई लक्षित गरेर पाइला चालेकी हो ।
आज उसका आँखामा निद्रा छैन । मनमा अनौठो छटपटी भइरहेको छ । स्मृतिमा एउटा सुन्दर अनुहारले चियाइरहेको छ । प्रेम अनि तिरस्कारका बाछिटाहरू पालैपालो उसको अस्तित्वलाई भिजाउँदै वर्षिरहेका छन् । ऊ बिर्सने प्रयासमा हुन्छे तर सकिरहेकी हुन्न । यस्तैमा फोन बज्छ । नेपालबाट परिचित बहिनीको फोन रहेछ । धेरै भएको थियो कसैसँग कुराकानी नभएको त्यसैले हतारिँदै कुरा गर्न थाली । उताबाट आवाज आयो, “दिदी ! कति भयो सम्पर्क नभएको । साह्रै व्यस्त हो कि ? कि हामीलाई बिर्सनुभएको ? घरको सम्झना पनि आउँदैन कि ?” ऊ बहिनीलाई सम्झाउँदै सामान्य रूपमा कुरा गर्न लागी । दुवैबीच लामो कुराकानी भयो । अबदेखि निरन्तर सम्पर्कमा रहने भन्दै दुवै छुट्टिए । फोन सम्पर्क टुटे पनि उसको बेचैनी टुटेन । बहिनीका एकएक शब्दले मनमा घाउ बनाएको अनुभव भयो । “अस्ति आन्टीलाई भेटेकी थिएँ । अङ्कललाई अलि सन्चो नभएर अस्पताल आउनुभएको रहेछ । अब चाँडै अङ्कलको रिटायर्ड हुँदैछ रे । अब बसेको घर पनि भाडामा लगाएर कुनै आश्रमतिर जाने योजना सुनाउँदैहुनुहुन्थ्यो । “सुमन उतै रमाएकी छ अब आउँदिन होला । खै किन रिसाएकी होली अचेल सम्पर्क पनि छैन । उतै घरबार गरेर बसेको भए त हुने । सन्तानको सुख र खुसीमा बाधा बन्नुभन्दा आश्रमको साधनामय जीवन नै उत्तम लाग्यो । आखिर कति बाँचिएला र !” भन्दै गर्दा उहाँको आँखामा भने असीम पीडा छचल्किएको थियो दिदी । तपाईं उतै सेटल हुनुभएको हो र दिदी ? अब यता नआउने ?” यो भनाइ उसको कानमा गुञ्जिरह्यो ।
आपैmँमाथि पश्चाताप भयो उसलाई । उसको अस्तित्वमा आमाबाबु उत्तरदायी थिए र ? मनले प्रश्न ग¥यो । उसको व्यक्तित्व निर्माणमा उनीहरू दोषी होलान् तर उसको जन्ममा भने उनीहरूको दोष थिएन । आज बल्ल उसलाई त्यसको आभाष भएको छ किनकि उमेरले चालीस लाग्दै गर्दा अनुभवले पनि धेरै सिकाएको छ । उप्m ! दोष कसलाई दिऊँ ? भाग्यलाई या परिवेशलाई ? ऊ पुनः मौन प्रश्न गर्छे । उसको आँखासामु अतीतका एकएक पल दृश्य बनेर ओइरिन थाल्छन् । ऊ तिनलाई नियालिरहन्छे ।
शिक्षित र उदार परिवारमा जन्मिएकी एक्ली सन्तान उसलाई सानैदेखि लैङ्गिक विभेदमुक्त राखिएको थियो । छोटो कपाल अनि केटाको लुगामा छरितो देखिने हुनाले उसलाई सबैले छोरो भन्थे । माया गरेर छोरा भनी बोलाइन्थ्यो । पछिपछि उसलाई त्यही सम्बोधन प्रिय लाग्न थाल्यो । छोरीको पहिरन पटक्कै मन नपराउने उसले आनीबानी पनि केटाकोजस्तै गर्न थाली । स्कुल जाँदा पनि केटाको ड्रेस लगाउने अनि केटाकै समूहमा रमाउने उभित्र नजानिदो किसिमले पुरुष मानसिकताको विकास हुन थाल्यो । घरमा ऊ आमाको सुन्दरतामा रमाउन थाली । हरेक क्षण आमासँग टाँसिन मन लाग्थ्यो उसलाई । अलि ठूलो कक्षामा पुगेपछि स्कुलका केटी साथीहरू उसलाई ‘ह्यान्डसम ब्वाइ’ भन्दै झुम्मिने गर्न थाले । हेर्दा अत्यन्त आकर्षक ऊ पढ्नमा पनि अति तेज थिई । त्यसैले स्कुलमा सबैको आँखाको नानी पनि बनेकी थिई । कतिपय केटीहरू त उसलाई आफ्नो ‘ब्वाइफ्रेन्ड’ पनि भन्ने गर्दथे । उसको अल्लारे मन साँच्चै नै आपूmलाई त्यही सोच्न थाल्यो । आपूmमा विकसित भइसकेको नारी शरीरका कारण उसलाई नराम्रो लाग्थ्यो किनकि, ऊ त किशोरीहरूको स्पर्शले उत्तेजित हुन थालेकी थिई ।
उभित्रको पुरुषले बाहिरको नारीलाई परास्त गरिरहेको थियो । पुरुषप्रधान समाजमा पुरुषको हैकमबाट ऊ प्रभावित भएकी थिई भने परिवार र समाजमा पुरुषको उच्च स्थान देख्दा आपूmलाई नारीको स्थानमा राख्न ऊ चाहँदैनथी । आपूm केटी भएर पनि केटाको भावना कसरी आयो भन्दै उसले इन्टरनेटका विभिन्न साइटहरू भिजिट गरी । समलिङ्गी समाज र त्यहाँका सुन्दर जोडीहरू देखेर ऊ झनै आकर्षित भई । आपूmले पनि कुनै सुन्दर केटीसँग बिहे गर्ने रहर उसको अल्लारे मनमा हुर्कन थाल्यो । त्यति मात्र होइन समाजमा दिनानुदिन बढिरहेका बलात्कारका समाचारले उसलाई विचलित बनायो । पुरुषप्रति घृणा जगायो । महिला र पुरुषको यौनजीवनबारे खोजी गरी जहाँ महिलाका अथाह उत्पीडन पाई अनि त कुनै पुरुषसँग विवाह गर्नु उसका लागि असम्भव लाग्न थाल्यो । कहिलेकाहीँ आमालाई भन्थी, “केटासँग बिहा गर्ने त मैले सोच्न पनि सक्दिनँ ।” आमाले भन्थिन्, “बिहा गर्नैपर्छ भन्ने बाध्यता छ र ? मन नलागे नगरे भइहाल्छ नि । आफ्नो खुट्टामा उभिन सके अरूको सहारा किन चाहियो ?” “अनि के म एक्लै मरूँ ? यो पनि सम्भव छैन । भैगो मलाई न हजुरले बुझ्न सक्नुहुन्छ न त समाजले नै” भन्दै ऊ दिक्क मान्थी ।
कक्षा दसमा पढ्दा कक्षाकी एउटी अत्यन्त राम्री केटी ऊसँग नजिकिई । थाहा छैन त्यो केटी किन नजिकिई तर उसले त्यसलाई प्रेमको रूपमा लिन पुगी । त्योसँग अँगालो हाल्दै हिँड्नु, सँगै बसेर खाजा खानु अनि रमाइला कुरा गर्नु उसका लागि सर्वाधिक आनन्दको क्षण बन्न गयो तर जब त्यो केटीले सोही कक्षाको एउटा केटासँग प्रेम गर्न थाली र उदेखि टाढिन पुगी तब उसको मन नराम्ररी भाँचियो । उसले पढाइ बिगारी । खानपानमा ध्यान दिन छाडी अनि बिरामीजस्ती देखिन थाली । बोलीमा चिढचिढाहट देखेर आमा हैरान भइन् । मुस्किलले फकाएर सोध्दा उसले रुँदै सबै कुरा बताएकीले आमाले उसलाई पढ्नेबेला यस्ता कुरामा लाग्नुहुँदैन । यसो गरेमा भविष्य अन्धकार हुन्छ भन्दै सम्झाएर पढाइ राम्रो गरी उच्च शिक्षाका लागि विदेश गएपछि त्यहाँ आपूmले चाहेअनुसारले बाँच्न सकिन्छ भनेर उसलाई टुट्नबाट जोगाएकी थिइन् ।
उमेर बढ्दै जाँदा उसको केटीप्रतिको आकर्षण पनि बढ्न थाल्यो । पढाइका साथसाथै उसले आपूmलाई ‘ह्यान्ड्सम’ बनाएर केटीहरूलाई प्रभाव पार्ने प्रयास पनि गर्न थाली तर वेशभूषा केटाको भए पनि हेर्दा ऊ पूर्णतः केटी नै थिई । कुनै केटीले उसलाई बुझ्न चाहेनन् । ऊ भने सपना र कल्पनामा एउटी सुन्दरीको साथमा रमाउने गर्दथी । स्कुले जीवनमा सबैजसो केटी साथीहरू केटाप्रति आकर्षित भएको, प्रेममा परेको तर आपूmमा त्यस्तो कुनै आकर्षण नआएको हुनाले पनि उसले आपूmलाई भिन्न प्रकृतिको ठान्न थाली । आमाको हौसला र प्रेरणाबाट उसले बाह्र कक्षा राम्ररी पास गरी अनि पूर्ण छात्रवृत्तिमा विदेश उडी । त्यो उडानमा उसँगै उसका सपनाहरू पनि थिए । विदेशको खुला परिवेशमा ती साकार हुनेमा ऊ विश्वस्त थिई ।
पढाइका क्रममा एउटी विदेशी केटीसँग ऊ नजिकिई । सँगै पढ्ने उनीहरू पछि सँगै बस्न थाले । उसलाई लाग्यो सोचेजस्तै जीवन पाउन लागेँ । त्यो केटी पनि उसलाई धेरै माया गर्थी । रमाइलो वातावरणमा केही वर्ष बिते । पढाइ सकियो र दुवैले राम्रो काम पाए । त्यो केटीले आपूmलाई नेपाल घुम्न जान मन लागेको सुनाउँदा त उसको खुसीको सीमा नै रहेन । उसले सोचेजस्ती राम्री थिई त्यो केटी । अब भने उसले त्यसलाई आफ्नो मनको भावना खुलेर राख्ने सोच बनाई । बिदाको साँझ समुद्री किनारामा बसेर केटीको हात आफ्नो हातमा लिएर उसले आफ्ना भावना पोखी । त्यो केटी अचम्मित भई । आपूmसँग उसले बिहेको प्रस्ताव राखेको सुनेर प्रश्न गरी “के तिमीले त्यसरी नै मेरा शारीरिक आवश्यकता पूरा गर्न सक्छौ जसरी मेरो ब्वाइफ्रेन्डले पूरा गर्न सक्छ ? तिमी मेरो फ्रेन्ड मात्र हौ ब्याइफ्रेन्ड हुन सक्दैनौँ ।” सुनेर उसलाई यस्तो लाग्यो मानौँ उसको पैतालामुनिको जमिन भासिँदै छ । आपूmले प्रेमिका ठानेकी केटी अर्कैकी पे्रमिका भएको तथ्य उसलाई असह्य भयो । मुस्किलले ऊ बोली “म तिमीलाई धेरै माया गर्छु । तिम्रा लागि म ट्रान्सजेन्डर हुन पनि तयार छु । प्लिज तिमी मलाई छाडेर अरूसँग नजाऊ ।” केटीले कठोर हुँदै अर्को यक्ष प्रश्न राखी, “मलाई सन्तान चाहिन्छ के तिमी त्यो दिन सक्छौ ? मलाई पूर्ण पुरुष चाहिन्छ अर्धपुरुष होइन बुझ्यौ ?” त्यसका नीला आँखा क्रोधले चम्किरहेका थिए भने ऊ निरुत्तर !
त्यसपछि ऊ पुनः एक्लिई । उसको मनमा गहिरो चोट लाग्यो । आपूmलाई प्रकृतिको बेकम्मा वस्तुसरह ठानेर कयौँ दिन पीडामा बिताई । उसलाई आत्महत्या गर्न पनि मन लाग्यो तर आमाको अनुहारले उसलाई रोक्यो । नियतिले बनाएको बाटोमा हिँडिरहने अठोट गरेर ऊ पुनः आपूmलाई कठोर बनाउन थाली । अब उसलाई केटा मात्र होइन केटीहरूसँग पनि घृणा लाग्न थाल्यो । दुनियाको स्वार्थी यथार्थको बोधले उसलाई पत्थरजस्तै रुखो बनाइदियो तर आज बहिनीको फोन अनि आमाको सन्देशले ऊभित्रको मान्छेलाई ब्युँताइदियो । “ओहो ! मैले कस्तो गल्ती गरेछु । म जस्तोसुकै भिन्न प्रकृति र स्वभावको भए पनि एउटी आमाको सन्तान हुँ । मेरो स्वभाव देखेर केही व्यक्तिहरूले ‘हिजडा’ भन्दै अपमान गरे भन्दैमा मैले आफ्नो समाज र देशै बिर्सन हुने थियो र ? केही केटीहरूले मेरो भावनासँग खेलवाड गरे भन्दैमा मैले सबै नारीजतिलाई घृणा गर्नुहुने थियो त ? के बिहा नै मेरो जीवनको लक्ष्य हो त ? उसले ठिकै त भनेकी हो नि ! म केटाजस्तै देखिए पनि, मेरो स्वभाव र चाहना केटाको भए पनि मैले कुनै केटीलाई यौनसन्तुष्टि र सन्तान दिन त सक्दिनँ नि ! संसार व्यवहारले चल्दोरहेछ, भावनाले होइन ।” अनायास उसलाई आमाको सम्झनाले सताउन थाल्छ ।
हो, आमा ! तिमीले सानोमा भन्ने गर्दथ्यौ “मेरो छोरा पनि तिमी छोरी पनि तिमी” त्यसैले शरीरले म तिम्री छोरी अनि मनले छोरो ! समाजले मेरो प्रकृति र पहिचानलाई उपहास गरेर के भयो त मेरो कर्मका अघि त्यसले झुक्नैपर्छ । मेरो भावना कुण्ठित भएर के भयो त मेरो पौरख त ताजैै न नि ! म हुँदाहुँदै मेरा जन्मदातालाई आश्रमको सहारा किन ? आज मेरी जननीलाई मात्र होइन जन्मभूमिलाई पनि मेरो खाँचो भएको छ । यो विदेशी भूमिमा गर्ने पौरख म आफ्नै भूमिमा गर्छु । मजस्ता असङ्ख्य प्रतिभा विदेश पलायन हुनाले नै मेरो देश पछाडि परेको छ । हो, यो देशले मलाई निःशुल्क शिक्षा र सीप दियो । त्यसप्रति कृतार्थ हुँदै यतिका वर्ष मैले यहाँको सेवा गरेँ तर अब म आफ्नो देशको सेवामा जान्छु । प्रकृतिले मलाई भिन्न स्वभावको बनायो तर पनि म एक पूर्ण मानव हुँ । मजस्ता कति होलान् यो संसारमा ! अझ कतिलाई त अल्पसङ्ख्यकका रूपमा जन्माएको हुन्छ, जसलाई परिवार र समाजले विचित्र र अभिशाप ठानेर अवहेलना गर्दछन् । त्यसैले उनीहरू खुलेर सम्मानित जीवन बाँच्न पाएका हुँदैनन् । आफ्नो सीप र क्षमताले स्वदेशमा नै योगदान गरेर म तिनै अल्पसङ्ख्यकका लागि काम गर्नेछु । तिनीहरूले समाजमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण तयार पर्न लागिपर्नेछु । तिनै मेरा परिवार हुनेछन् अब । साँच्चै ! आमा, अब म एक्लै मर्दिनँ । उसले निकै दिनदेखि पूmलदानीमा ओइलिएको पूmल झिकेर त्यहाँ ताजा पूmल टिपेर सजाई । झ्यालतिर गई अनि पर्दा उघारी । केहीबेरअघि आकाश धुम्म थियो तर अहिले खुलेर सफा देखिएको छ ।