• २३ वैशाख २०८३, बुधबार

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनः मतगणना जारी

blog

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २३ गते । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी रहेको छ।

काठमाडौँमा सम्पन्न मतदानपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेको हो। महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष तथा कार्यकारिणी सदस्य पदका लागि भएको निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी–व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन समितिका अनुसार हाल विभिन्न क्लस्टरका मतगणना भइरहेको छ र परिणाम क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ। निर्वाचनमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः आगामी कार्यकालका लागि अध्यक्ष बन्ने व्यवस्था रहेको छ। अन्य पदहरूको अन्तिम मतपरिणाम प्राप्त भएपछि नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।