शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                बिर्सुं भन्छु तिमीलाई किन बिर्सिंदैन ?
तिमीसँग बिताएका छिन बिर्सिंदैन ।
माया भन्ने चीज के हो छैन परिभाषा
लागेपछि एक दुई तिन बिर्सिंदैन ।
सुखभन्दा दुःख धेरै पर्छ जिन्दगीमा
सुख भुलेँ दुःखका ती दिन बिर्सिंदैन ।
लेनदेन बराबरी हुन्छ रे मायामा !
दिएपछि आफूले नि लिन बिर्सिंदैन ।
घृणा भए माया हुन्न शत्रु परस्परका !
माया टुट्यो भने त्यही घिन बिर्सिंदैन ।।
रुरुक्षेत्र–५, गुल्मी
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                