दौलतविक्रम विष्ट
ऊ झोक्किन्छ– “आत्महत्या गर्न ।”
“म पनि त्यसैलाई पर्खिरहेको छु”– त्यो अन्तरकथा बोल्छ– र यिनीहरू पनि त्यसैलाई पर्खिरहेका छन् ।
ऊ आफ्नो वरिपरि आँखा घुमाउँछ । वरिपरि छरिएका हजारौँ हजारौँ अन्तरकथाहरूका आँखा ऊ आफूमा चिप्लेँटी खेल्न लागेझैँ अनुभव गर्न थाल्छ । उसको गहिराइमा सुरक्षित आत्महत्या मानौँ झन् दह्रो हुन्छ । आत्महत्या गर्नेहरूको जुलुसझैँ लिएर ऊ फेरि धरहरातिर पाइला सार्न थाल्छ ।
जुलुसले धेरिएको ऊ धरहरानिर आइपुग्न पाएको पनि हुँदैन धरहराको अग्लाइले आफ्नो काँधबाट उतिखेर यौटा खित्का उडाइदिन्छ ।
ऊ जङ्गिन्छ– आत्महत्या गर्न आएका हामी । यसमा यस्तरी हाँस्न पर्ने के कारण ?
“त्यसैले त हाँसेको”– धरहराको अग्लाइ गम्भीर स्वरमा भन्छ– “म कहाँ आत्महत्या गर्नेहरूको निम्ति कहिले ठाउँ हुँदैन । म कहाँ त तिनैले फेला पार्छन् उसको हातमा जङ्गे छाता हुन्छ ।”
ऊ आफ्नो वरिपरिका अन्तरकथाहरूको जुलुस सँगसँगै धरहराको अनुहारमा घोरिन्छ । उसका आँखा यतिखेर सगरमाथाको उचाइसँग साउती मारिरहेको हुन्छ । á
आलो कथा (वि.सं. २०४०)दौलतविक्रम विष्ट नवीन प्रकाशन