• ७ वैशाख २०८१, शुक्रबार

ओथारोबाट हिँडेका विपनाहरू...

blog

‘साहित्य र गीत सङ्गीतको कुनै सीमा हुँदैन’ भन्ने मान्यताअनुसार फेयरफेक्स, भर्जिनियाबाट प्लावित सुगन्धित पूmलहरूको सङ्ग्रह भएर ‘ओथारो बसेका सपनाहरू’ कविता सङ्ग्रह प्रकाशनमा आएको छ । नेपाली साहित्याकाशमा नारी सर्जकहरूको अभावमा पनि विविध रचनाहरूबाट उदीयमान कवि विमला ढुङ्गानाले आपैmँप्रति इमानदार भएर कवितामा आफ्ना भावनाहरू पोख्नुभएको छ । जस्तैः 

यो कोलाहल बीचमा फगत एक्लो छु,

उफ् !  मेरा पीडा बोक्न, आँसु पुछ्न र

हौसला दिन सक्तैनौँ तिमी ।

घोप्टिएर रुने काख,

सहारा दिने हातको तिर्सनामा

निस्तब्ध छु तिम्रो अभावमा ।

(तिमीबिनाको म, पृ.२६)

ओथारो बसेका सपनाहरू : 

सपनाहरू तन्किरहेका छन्

सपनाहरू लगिरहेका छन्

सपनाहरू दृढ बनिरहेछन्

सपनाहरू आफ्ना र पराया दाँजिरहेछन्

सपनाहरू वर्तमानमा भयाह भइरहेछन्

सपनाहरू पीडाग्रस्त र हुरहुर्ती बलिरहेछन्

अग्रगामी सपनाहरू तुहिरहेछन्

सपनाहरू मीठा परदेशी जीवन बाँचिरहेछन्

सपनाहरू स्वर्णिम बन्ने आशामा देशको बस्तीबस्तीमा ओथारो बसिरहेछन् ।

(ओथारो बसेका सपनाहरू, पृ.३६)

डायस्पोरामा रहेर पनि विशुद्ध नेपाली नारीको मनमा हुने हलचल, तरङ्गित भावनाहरू र सांस्कृतिक पाटाहरूलाई उजागर गर्न कवि विमला ढुङ्गाना सफल देखिनुहुन्छ । उहाँमा रहेको कवित्व प्राकृतिक हो भन्ने कविताका शब्द संयोजन, लेखन र कुमारित्वले नै वकालत गरेको पाइन्छ । अन्यथा हिजोआज कसरी कविता लेख्ने भनेर कोठे तालिम सञ्चालन गरी हाइब्रिड सर्जकहरूको उत्पादन हुन थालेको पाइन्छ । सङ्ग्रहमा कविको सुललित, सरल तर गहन कविताको एक अंश हेरौँ–

काँडाबीचको मुस्कान

तिम्रो महानता ।

दिनको प्रचण्ड र

रातको आँसुसँग

तिम्रो मित्रता । (पूmल,  पृ.५०)

मान्छे चेतनशील प्राणी हो, जीवनयात्रामा अघि बढ्न आवश्यक ऊर्जाको स्रोत नै नभएको पीडाबोधलाई घरपरिवारको प्रेरणा र आत्मविश्वासका साथ यथार्थ प्रस्तुत गरिएको उनका प्रत्येक सिर्जनाले प्रतिनिधित्व गर्दछ । समय जटिल छ, परिवर्तनशील पनि छ र अझ वर्तमान भयावह हुँदै गएको छ । यस्तो स्थितिमा पनि सिर्जनशील भएर देश र समयको चित्रण कविले कुशलताका साथ गर्नुभएको छ ।

कविको हृदय संवेदनशील छ, आपूm जन्मेहुर्केको समाज, देश अनि सम्पूर्ण विश्वप्रति नै चिन्तित छ । देशको भौगोलिक राजनीतिक अवस्था, देशको गरिबी तथा विकृत मानसिकता बोकेका नेताहरूले वर्षौंदेखि देशलाई भड्खालोमा जाकेको उहापोहको प्रतिनिधि कविताहरूको सशक्त सङ्ग्रह प्रस्तुत कृति होभन्दा दुई मत नहोला । á

कृति :  ओथारो बसेका सपनाहरू

विधा :  कविता सङ्ग्रह

कवि : विमला ढुङ्गाना

प्रकाशक :  विमोचन निरौला

प्रकाशन : २०७८  

पृष्ठ :   १४३

मूल्य : ३५०।–