रहेनन् भने सम्भावना रहरका जिउने कसरी
बिराना बने भने बस्ती मनको सहरका जिउने कसरी
भन्न त सजिलो छ विगत भुल्नुपर्छ भविष्य राम्रो पार्न
तर मेटाएर याद ती सुनौला प्रहरका जिउने कसरी
उनीलाई हेर्दै निदाउनु कस्तो हुन्थ्यो होला ?
ब्युँझँदा नि उनैलाई पाउनु कस्तो हुन्थ्यो होला ?
मानौँ नङ र मासु जस्तै अलग हुनै नसकिने
हामी यस्तै माया लाउनु कस्तो हुन्थ्यो होला
एउटा आयो अर्को आयो आए धेरैथरि
पालैपालो कुर्सी च्याप्ने खेला सधैँभरि
लुटि ल्यायो भुटी खायो भए नियम कानुन
लुटेरैले सक्ने भए यो देश यसैगरी
लाग्यो भन्दैमा रहर कहाँ पाइन्छ
हीरैहीराको घर कहाँ पाइन्छ
प्रेमले त नाम मुटुभित्र लेख्ने हो
खोजेर हावामा अक्षर कहाँ पाइन्छ
न पर्खन्छ न त आफूसँगै लिएर जान्छ
समयले अनेकौँ गृहकार्य दिएर जान्छ
न तपाईंको न मेरो के नै छ र आखिर
सङ्र्ष गर्दागर्दै जीवन सकिएर जान्छ ।
खोटाङ, दिक्तेल
हाल : चाबहिल, काठमाडौँ