स्थान : नम्रताको घरको एउटा कोठा
समय : साँझ
पात्रहरू : नरेश ३० वर्ष
नम्रता : २८ वर्ष
साँभलको समय । एउटा फराकिलो कोठा ! रातो तर मधुरो बत्ती बलेको छ । झट्ट हेर्दा कुनै रेस्टुरेन्टझैँँ लाग्छ । एक सेट सोफा कोठाको दुईतिर छन् । हल्का गुलाबी पर्दा झ्यालमा झुन्ड्याइएको छ । एउटा कुनामा -याकमा केही पुस्तकहरू छन् । अर्को कुनामा दुई जना सुत्न मिल्ने पलङ छ । एक छेउमा काँचको टेबल छ । सँगै केही मदिराका भरिएका बोतलहरू छन्, भुजियाका प्याकेटहरू छन् । बीचको भागमा सानो टि–टेबुल र तीन/चारवटा चकटीहरू छन् । छेउमा एउटा डायरी र कलम छ । सोफामा अनुहार छोपेर नम्रता पत्रिका पढ्दै छिन्। कसैले कलबेल बजाउँछ ।
टिङटिङ !
टिङटिङ !
टिङटिङ !
नम्रता उठेर ढोकामा खोल्छिन् । छोटो तर झुस्स दारी पालेको लामो कपाल पछाडि बाँधेको नरेश ढोकामा देखा पर्छ ।
नम्रता : हेलो .....!
नरेश : हाई ......!
नम्रता : भित्रै आऊ न । कति ढिलो गरेको तिमीले ?
नरेश : (भित्र छिर्दै) सरी यार ! ढिला भयो ।
नम्रता : (ढोका लगाउँदै) केही छैन । म त आउँदैनौ कि भन्ठानेको । फोन पनि कत्ति ट्राई गरेँ, तर लाग्दै लागेन । तिमी पनि... अलि टाइममै हिँड्नुपर्छ नि त ।
नरेश : (हाँस्दै) हैन ! हिँड्न त टाइममै हिँडेको थिएँ ! तर हेर न ! यो सहरको ट्राफिक जामले गर्दा, आउँदाआउँदै ढिला भयो । अनि खै त अरू कोही छैनन् घरमा ?
नम्रता : आज कोही पनि छैनन् । बहिनीको कलेज छुट्टी भएर गाउँ गइन् । म एक्लै छु । तिमीलार्ई फोन नलागेपछि एसएमएस पनि गरेको थिएँ ।
नरेश : (सोफामा बस्दै) यस्तै हो ! नेटवर्कले भनेको बेला काम गरे पो फोन लाग्छ ।
(बोतलको पानी पिउँछ) हैन ! कति सारै जाम हुन थालेको यो सहरमा अचेल त ।
नम्रता : (अर्को सोफामा बसेर पत्रिका पल्टाउँदै) हो भनेको । हैन मान्छेहरू पनि कहाँ–कहाँबाट आउँछन््् होला ! मान्छे चाहिँ बढेका बढ्यै छन् ! न धारामा पानी आउँछ ! न बत्ती छ ! न भनेको बेला ग्याँस पाइन्छ । अभावै–अभावभन्दा केही पनि छैन यो सहरमा ! र पनि यी मान्छेहरूलार्ई यही सहरले किन यसरी तानिरहेको छ ? अचम्म लाग्छ मलाई त ।
नरेश : (लामो श्वास तान्दै) सबैका आआफ्नै कारण होलान् ! कतिका विवशताहरू होलान््् । कतिका रहरहरू होलान् । केही नभए पनि कमसेकम सपनाको हाटबजार त छ यो सहरमा । तर मलाई कहिलेकाहीँ अचम्म लाग्छ यो सहर देखेर अनि यी मान्छेहरू देखेर । खै ...
खैर छाडौँ यी कुराहरू ! सुनाऊ न के छ तिम्रो नयाँ खबर !
नम्रता : (हाँस्दै) के हुन्छ ? सुनाउनै पर्ने नयाँ त खासै केही पनि छैन । सबै पुरानै हो । बरु तिम्रो केही नयाँ छ कि ?
नरेश : मेरो पनि त्यस्तो केही छैन । चलिरहेको छ जेनतेन ! नयाँ भनेको स्कुलमा ड्रामा सिकाउन सुरु गरेँ त्यही हो ।
नम्रता : ए ! ल राम्रो ! अनि फिल्मको सुटिङ सकियो त ? फेसबुकमा त ! खुब चर्चा छ त त्यो फिल्मको त ! साँच्ची ! अस्ति नै तिम्रो नाटक हेर्न आउँला भन्दाभन्दै टाइम नै मिलेन ! सरी है ।
नरेश : इट्स ओके ! फिल्मको सुटिङ त लगभग सकियो । राम्रै काम गरेको छु र अपेक्षा पनि गरेको छु मैले यसबाट त । तर, थिएटरमा जस्तो ओपन्ली एक्टिङ गर्न नपाइने फिल्ममा त ।
नम्रता : ल बेस्ट अफ लक । ड्रामा हेर्न नसके पनि फिल्म चाहिँ पक्कै हेर्छु ।
नरेश : अनि तिम्रो केके हुँदै छ अरू नयाँ ? किताब पनि रामै बिक्यो भन्ने सुनेको थिएँ । अनि तिम्रो त बिजनेस राम्रै चलिरा’को होला ?
नम्रता : बिजनेस त ठिकै छ ! अहिले अलि अफसिजन छ । मैले त त्यति ध्यानै दिन पनि पा’को छैन । बजारमा त किताबको राम्रै चर्चा छ । तर यी प्रकाशकहरूले लेखकलार्ई थाहै निदिई भित्रभित्रै किताब छापेर बजारमा पठाउँदा रहेछन््् । उनीहरूले त कमाउलान््् । तर लेखक त मरेको म¥यै हो ।... गफमै भुल्यौँ हामी त । के लिने ? सफ्ट या हार्ड ?
नरेश : सरी यार ! आज मलाई केही पिउने मुडै छैन ।
नम्रता : किन ?
नरेश : यत्तिकै । बरु आज म तिम्रो कविता सुन्छु ।
नम्रता : ठिकै छ त्यसो पनि ! उसो भए हिजो राति एउटा नयाँ कविता लेखेकी छु । त्यही सुनाउँछु । तर रफ नै छ । कविता सुनेपछि मुड बनिहाल्छ कि । हैन ? (हल्का हाँस्छे । उठेर भुइँमा रहेको डायरी पल्टाउँछे र नरेशको छेउमा आएर बस्छे ।)
नरेश : मुड त बन्ला नबन्ला, कविता चाहिँ सुनौँ न । (नम्रता हल्का मुस्काउँछे) तर मलाई चाहिँ जीवनमा कहिल्यै पनि कविता लेख्न आएन । लेख्नै सकिन यार !
नम्रता : मैले पनि जानेर कहाँ लेखेकी हुँ र ! जस्ट फिलिङ्सहरू कोरेको मात्रै हुँ । तर एउटा कुरा चाहिँ पक्कै पनि हो । भगवान्ले सबैलार्ई सबै चिज दिएका हुँदैैनन् । हुन सक्छ तिमीलार्ई पनि कुनै दिएनन् ।
नरेश : कुनै मात्रै होइन, धेरै चिज दिएका छैनन् । (उठेर अर्को सोफामा पुग्छ) अब तिम्रो कविता सुन्छु ।
नम्रता : (उठेर नरेशसँगै सोफामा बस्छिन्) कस्तो धेरै दिएका छैनन् ? तिमी त आफैँमा पूर्ण छौ ।
नरेश : (आँखा जुधाउँदै) तिमीलार्ई त्यस्तो लाग्न सक्छ ।
नम्रता : (आँखा अन्तै घुमाउँदै) तिमी त्यसरी नहेर न मलाई ।
नरेश : (हाँस्दै) किन डर लाग्छ ?
नम्रता : (टाउको निहुराउँदै मुन्टो हल्लाउँछिन्) अँ ......
नरेश : (हाँस्दै) के म बाघ हो र ? कि तिमीलार्ई कप्लक्क खान्छु र मैले... ?
नम्रता : (बीचैमा रोक्दै) छाड न यी कुरा ... (सम्हालिन खोज्दै) म कविता सुनाऊँ ?
नरेश : ह्वाइ नट ? स्योर ! सुरु गर ।
नम्रता : तर अलि फरक किसिमको कविता छ ।
नरेश : तिमीलार्ई थाहा छ नि ! मलाई कवितामा भूमिका फिटिक्कै मन पर्दैन ।
नम्रता : भूमिका हैन यार... ! थोरै पृष्ठभूमि मात्रै बताउन खोजेको !
नरेश : (हाँस्दै) तिम्रो यही बानी मलाई मन पर्दैन । तिमीलार्ई सधैँैँैं जित्नै पर्छ । भनेपछि भन्यो, भन्यो । पुरानो बानी अझै गएको रहेनछ ।
नम्रता : हे...ऽऽऽ ! तिमी यसलार्ई जित र हारसँग नजोड न... ।
ओके ! म पहिला कविता सुनाउँछु ।
कविताको शीर्षक : तिर्खाएको मन
हरेक पल्ट सपना भाग्छ
म बिउँझिएपछि
जब म निदाउँछु
फेरि बिथोल्न आइपुग्छ
मनको पर्दा खोलेर
यो कस्तो लुकामारी हो
सपना र मेरो बीचमा
म सम्झौता पनि गर्न सक्दिनँ
सामना पनि गर्न सक्दिनँ
तिरस्कार त झनै परको कुरा
माया गर्छु
विनामहसुसको
सामीप्यता खोज्छु न्यानो आलिङ्गनको
मलाई थाहा छैन
किन ऊ मसँग भागिरहेछ
हरेक रात ।
यौवनको फूलबारीमा फुलेका
चाहनाका बिस्कुन फिँजाएर
गुलाबी पत्रहरू बिछ्याउँदै
सुवासिला फूलहरू
आफैँ सुमसुम्याउँछु र
हराउँछु कल्पनाको सागरमा
तिर्खाएको मन
र अतृप्त आँखा लिएर
तृप्तताको मरुभूमिमा
प्यासी काकाकुलझैँ
सधैँ छटपटाउँछु
तर अफसोच !
हरेक रात उसैगरि
मेरो मनको पर्दा खोलेर आउँछ
र बिथोलेर जान्छ
निर्दयी सपना मलाई ।।
नरेश : आरे वा ! कति मीठोे कविता ! ...साह्रै मन छोयो... तर ! एउटा कुरा नम्रता...
तिमी सधैँ यस्तै खालका कविता मात्रै किन लेख्छ्यौ ?
नम्रता : यस्तै खालका ? कस्तो यस्तै खालको ?
नरेश : यस्तै !! अहिले भर्खर सुनायौ नि ...तिम्रा धेरै कविताहरूमा नारीपीडाका स्वरहरू उर्लिएको देख्छु । (सम्झँदै) के थियो अर्को यस्तै एउटा कविता ? तिमीले कहाँ सुनाएको थियौ ? .....
अँ ...प्रज्ञा प्रतिष्ठानमा वाचन गरेको !
अनुत्तरित प्रश्नहरू...
मलाई साह्रै मन परेका कवितामध्ये एक हो । एकछिन्पछि त्यो कविता सुनाऊ है ... । त्यो पनि त यस्तै–यस्तै थियो नि ।
नम्रता : (हल्का हाँस्दै) हा हा हा हा ! संयोग... संयोग हुन सक्छ ।
नरेश : हैन ! हुनै सक्दैन । यो संयोग हुनै सक्दैन ।
नम्रता : तिमीलार्ई के लाग्छ ? नम्रताले अरू कविता लेख्नै सक्दिन ? त्यस्तो मात्रै पनि होइन । तर केही हदसम्म मिल्न सक्छन््् विषयवस्तुहरू । छाड न यी कुराहरू (मदिरातिर इशारा गर्दै) थोरै है ।
नरेश : सरी नम्रता, आज मलाई मुड नै छैन । तिमी पिऊ न । म गफ गरेर बस्छु नि ।
नम्रता : हैन के प्लिज ! नाइँ नभन न ।
नरेश : हैन ! मलाई त्यति सन्चो पनि छैन र भनेको ।
नम्रता : थोरै मात्र नि ...ल ! कि मसँग बसेर पिउन हुन्न ?
नरेश : त्यस्तो भनेको होइन ...(भित्ताको घडी हेर्दै) साँझ ढल्न लागिसक्यो । अहिले फर्कंदा बाटोमा मापसेमा परिन्छ फेरि के गर्नु । पुलिसले पनि गर्नु ग¥यो भनेको ।
नम्रता : हे ऽऽऽ केही हुन्न ।
नरेश : अब तिम्रो जिद्दीपनको अगाडि मेरो के लाग्छ र ? एकछिन पख न त । बिस्तारै सुरु गरौँला...
(उठेर झ्यालको पर्दा खोल्छ । बाहिर नियाल्छ ।)
नम्रता : (उठेर दुईवटा गिलासमा मदिरा खन्याउँछे र प्लेटमा केही भुजियाहरू राख्छे) बाहिर के हेर्न थालेको अब ?
नरेश : (नहेरी जवाफ दिन्छ ) सहर ! सहर हेर्दै छु ......
नम्रता : सहर त तिमी वर्षौंदेखि हेरिरहेछौ त ?
नरेश : खै ! अचेल अलि फरक लाग्दै छ यो सहर ।
नम्रता : (मदिरा र भुजिया टेबलमा ल्याएर राख्दै) सहर फरक भएको होइन नरेश ! सहरप्रतिको तिम्रो सोचाइ बदलिएको हुनसक्छ ।
(नम्रता पनि नरेशसँगै झ्यालमा पुग्छे)
म पनि धेरै दिनदेखि साँझमा यो सहर नियालिरहेकी छु । ती मान्छेहरू ...
हेडलाइट बालेर कुदेका गाडीहरू...
(औँलाले देखाउँदै) ऊ पर ऽऽऽ क्षितिजमा उड्दै गरेका चराहरू...
नरेश : (हल्का हाँस्दै) म पनि कुनै दिन यही सडकमा यसरी नै साँझमा यी मान्छेहरू जस्तै भौँतारिइरहेको हुन्थेँ ।
नम्रता : के हो ! पुराना दिनहरूको सम्झना आयो ? पूरा भावनामा पो बग्न लाग्नुभयो त अभिनेता महोदय ! कि अभिनय नै जाओस् न त अलिकति !
नरेश : होइन ! अहिले यी सब देखेर याद आयो भनेको ।
नम्रता : हिँड न उता बसौँ । (हात समातेर तान्दै) आऊ न ...
नरेश नम्रताको आँखामा आँखा जुधाएर हेर्छ । नम्रता लजाएर नरेशको हात छाड्छे ।
पर्दा खुल्लै हुन्छ दुवै जना चकटीमा आएर बस्छन् ।
सुरु गरौँ न त ।
नरेश : ओके । चियर्स ऽऽऽ
नम्रता : (मदिराको चुस्की लगाउँदै) चियर्स ऽऽऽ तिमीलार्ई कहिलेकाहीँ त मसँग रिस उठ्छ होला है !
नरेश : (मदिराको चुस्की लगाउँदै) किन ? किन रिसाउनु म तिमीसँग ?
नम्रता : पहिलेका कुराहरू सम्झेर ।
नरेश : मलाई पुराना कुरा सम्झनु नै छैन । अतीतबाट शिक्षा लिने हो सम्झने हैन ।
नम्रता : मैले तिमीलार्ई दुखाउनकै लागि यी कुराहरू गरेको भने हुँदै होइन । म आफैँ दुःखेर बाँचिरहेकी छु । (भुजिया खाँदै) लामो समयको अन्तरालपछि तिमीसँग यसरी एउटै कोठामा बसेकी छु । धेरैपछि तिमीसँग भेट भयो । तर तिमीमा कुनै चेन्ज देखिनँ अहिलेसम्म पनि । अस्ति–अस्तिको बसाइमा म चाहेर पनि तिमी खुल्न सकिरहेकी थिइनँ ।
नरेश : खुल्न ? कस्तो खुल्न ?
नम्रता : (मदिरा पिउँदै) सायद तिमीले मलाई गलत सोचेका छौ जस्तो लाग्दथ्यो । त्यही भएर पनि धेरै कुराहरू तिमीसँग सेयर गर्न सकिनँ ।
नरेश : (भुजिया खाँदै) म तिमीसँग सधैँ नजिक छु । फरक यत्ति हो । हामीबीचको भौगोलिक दूरी टाढा थियो । अस्ति भनेकी थियौ, तिमीसँग धेरै कुराहरू गर्नु छ भनेर । त्यही भएर नै मैले आजको साँझ तिम्रै लागि छुट्याएको ।
नम्रता : (कामुक हेराइ हेर्दै) साँझ मात्रै ?
नरेश : (हाँस्दै) तिमीलार्ई त लागिसक्यो कि क्या हो !
नम्रता : (हाँस्दै) म प्रायः सधैँ ह्याङमै हुन्छु ।
दुवै हाँस्छन् एकअर्कालार्ई हेरेर ।
नरेश : मैले त यस्तो सोचेको थिएँ । बिहेपछि तिम्रा बालबच्चाहरू भए होलान् । तिमी उनीहरूकै स्याहार–सुसारमा लागेर साहित्यलेखनलाई निरन्तरता दिन छाड्यौ होला । तर... ! तिमी त पहिलेभन्दा पनि खतरा भएर निस्किछौ !
नम्रता : तिमीले भनेको जस्तो पनि अलि होइन । तर, निरन्तरता भने दिइरहेकी छु ।
नरेश : निरन्तरता नै ठूलो कुरा हो नि । तर ......!
नम्रता : तर !... के तर ?
नरेश : (टार्न खोज्दै) केही होइन ...।
नम्रताले बोतलबाट दुवैलार्ई मदिरा थप्छिन् ।
नम्रता : किन लुकाउँछौ ? कि म तिम्रो नजिक छैन ?
नरेश : के लाग्छ तिमीलार्ई ?
दुवै हल्का मात्न थालेका छन््् । एकअर्कासँग हात हालेर चल्न थाल्छन््् ।
नम्रता : (हाँस्दै) तिमी अझै पनि उस्तै छौ ।
नरेश : तिमी पनि उस्तै छौ । ... उस्तै राम्री ... (चुस्की लिँदै) तर तिमीले बताउँछु भनेको कुरा ?
नम्रता : (हाँस्दै) तिमीलार्ई हतार भयो ? साला लोग्नेमान्छेको जात ...! तिमीलार्ई भनेको होइन । हैन मेरो पहिलाको लोग्ने साला नामर्द ! दिनभरि काम गरेर आउँथ्यो ! बेलुकी भात खान्थ्यो । मुढो लडेझैँ लड्थ्यो । म भने उसैको पर्खाइमा रातभरि छटपटाएर बस्थँे ।
नरेश : तिमी त सुखी थियौ त ऊसँग होइन ?
नम्रता : सुखी त थिएँ । तर खुसी थिइनँ । साला श्रीमतीको चाहनाको त ख्यालै नहुने । उसले चाहेको बेला म सधैँ तयार हुनुपर्ने । मैले चाहेको बेला ...! भो छाडिदिऊँ पुराना कुरा ! मलाई त सबै लोग्नेमान्छेहरू उस्तै लाग्छन् ।
नरेश ; सबै लोग्नेमान्छेहरू उस्तै नहुन सक्छन््् ।
नम्रता : म त्यही हेर्दै छु आज ...
उठेर ढोकामा चुकुल लगाउँछिन् ।
नरेश : ढोका किन लगाएकी ?
नम्रता : (नरेशलाई अँगालो हाल्दै) किन खुल्लै राख्नु त ? कोही आउने पनि छैन, जाने पनि छैन । त्यही भएर लगा’को ।
नरेश : (अँगालोेबाट छुट्टिन खोज्दै) तिमी धेरै नै मात्तिसक्यौ । अब नपिऊँ ल । म पनि जानुपर्छ । रात पर्न लागिसक्यो । ट्राफिक बाटो ढुकेर बसेको होला समाउनलाई ।
नम्रता : छाड न यार ! केको ट्राफिक ? को ट्राफिक ? डर लाग्यो तिमीलार्ई मसँग ! किन आज यहाँ बस्न हुँदैन ?
नरेश : (असजिलो मान्दै) त्यस्तो भनेको होइन ! .....
नम्रता : (लर्बराएको स्वरमा) कस्तो भनेको त ? कि तिमीलार्ई म वेश्याजस्तो लाग्यो ?
नरेश : (सम्झाउँदै) नम्रता ! मैले त्यस्तो भनेको हैन यार । साँच्चै तिमी मातिसक्यौ । अब अरू नपिऊ ।
नम्रता : (गिलासमा भएको रक्सी एकै घुट्कोमा पिउँछे) नसा ! नशा लागेको ! हो हो ! मलाई नसा लागेको छ । तर यो रक्सीको नशा होइन । होइन । मलाई त यौवनको नसा लागेको छ । तिमी पुरुषहरू आफ्नो सन्तुिष्टका लागि हरेक रात केटीहरू छानीछानी सुत्न हुने र भोलिपल्ट फेरि चोखिने । हामीलार्ई चाहिँ चाह नै नहुने ? हामी चाहिँ कसैसँग बोल्दा बात लगाउने समाज यही हो । कति सहनु ? भित्र सल्किएको यौवनको आगोले मलाई पोल्छ ! (नम्रता उत्तेजित भएर कराउँछे ।)
नरेश : रिल्याक्स यार... बाहिर मान्छेहरूले सुने भने !
नम्रता : सुनुन् !... सुनेर के हुन्छ साला !! बाटोमा हिँड्दा यस्तो, उस्तो भनेर जिस्क्याउन हुने, कुरा सुन्न नहुने ! कुराले कहिले पनि सन्तुष्टि दिँदैन ! तिमी मर्द हौ कि नामर्द ?
(लरबराएर भुइँमा ढल्छे । नरेश नम्रतालार्ई हातमा समाएर उठाउँछ) सरी ! नरेश तिमी मलाई चाहन्छौ कि चाहदैनौ ? तर म तिमीलार्ई माया गर्छु । रियल्ली आई लभ यु ! (नरेशलार्ई अँगालो हाल्छे ।)
नरेश ः (नम्रतालार्ई अँगालोमा कस्दै) चाहन्छु, मनैदेखि चाहन्छु । तर ...!
नम्रता ः तर ... ! तर के ! तिमीसँग रात बिताउन सक्दिनँ... यही भन्न खोजेको ?
नरेश ः प्लिज यार... (रोक्न खोज्छ । नम्रता अँगालोेबाट छुट्टिएर खाटमा बस्छे ।)
नम्रता ः (दबिएको स्वरमा) म सक्दिनँ, अब सक्दिनँ ! प्लिज ! मलाई यसरी नतड्पाऊ ! मभित्र पनि चाहना छ । मसँग पनि फिलिङ्स छ । बस् ! मभित्रको वासनाको आगोले मलाई जलाउँदै छ । कति सहनु ! कति जल्नु ! (रुन्चे स्वरमा) मलाई आमा हुनु छ नरेश, मलाई आमा हुनु छ । के यो मेरो अधिकार होइन ? किन बोल्दैनौ ? तिमी सन्तुष्ट हुनुपर्छ भने म हुनुपर्छ कि पर्दैन ? के सेक्स सन्तान जन्माउनका लागि मात्रै हो ? प्लिज नरेश... ।
नम्रता उठेर नरेशलार्ई तानेर पलङमा बसाउँछिन् र एकोहोरो हेर्छिन् । नरेश चुपचाप छ । कोठामा शून्यता छाउँछ । दुवै बोल्दैनन् ।
बाहिर बिजुली चम्कन्छ ! गड्याङगुडुङ गरेर पानी पर्न सुरु गर्छ ! नरेश र नम्रता एक–अर्कालार्ई अँगालो हाल्छन् ।