• २८ वैशाख २०८१, शुक्रबार

घामको उज्यालो (कविता)

blog

 इन्द्रकुमार श्रेष्ठ सरित्

 सत्य बोल्दैनन् कोही

सबै भ्रमको खेती गर्नमै व्यस्त छन्

भ्रम रोपिरहेका छन्

भ्रम गोडिरहेका छन्

भ्रम नै काटिरहेका छन्

भ्रमको खेतीले

कति दिन छारकाप्रो हाल्ने हो ?

कति दिन आँखै धुन नदिएर

आँखै हेर्न नदिएर

सत्य लुकाइरहने हो ?


अँध्यारो जति नै गाढा भए पनि

भुकभुके उज्यालोसँगै

बिहानी त हुन्छ ।

भ्रमको जालोले छेकेर

के घामको उज्यालो पनि लुकाउँछौ ?


घामको उज्यालो र

समयको गतिलाई

कसले छेक्न सकेको छ र ?

कसले रोक्न सकेको छ र ? 


तरहरा– सुनसरी