• २३ असार २०८२, सोमबार

उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा

blog

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको सिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली ।

काठमाडौँ, असार २३ गते । सिसी पुरुष यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

शनिबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताउनुभएको छ । उहाँले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताउनुभयो । परिणामतः खेल जित्न सम्भव भएको बताउनुभयो ।

यु १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको जानकारी दिनुभयो । प्रत्येक खेललाई महत्त्वपूर्ण मानेर खेलेको बताउनुभयो । नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको जानकारी दिनुभयो । फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको बताउनुभयो ।