• १३ वैशाख २०८१, बिहिबार

नियति (कविता)

blog

शून्यमा गुञ्जिएका आवाज !

आवाजमा बनेका यी रङ्गीन शब्दहरू

यिनै रङ्गीन शब्दहरूका परिधिभित्रको

यात्रामय जीवन !


जीवन ! थरीथरीका रङ मिश्रित भोगाइ

खुसीका रङहरू !

पीडाका रङहरू !

यस्तै अरू यावत...

विविध रङहरू !!


जुन रङ ! तिमीले लगाइदियौ

म रङ्गिएँ

जुन रङ ! मैले लगाइदिएँ

तिमी रङ्गियौ

जुन रङ ! उसले लगाइदियो

हामी दुवै रङ्गियौँ


यिनै मिश्रित रङहरूसँग रुमल्लिएर

बिना प्रश्न चुपचाप रङ्गिनुपर्ने

जीवनको नियति ! 

...

चाबहिल, काठमाडौँ