पाश्र्ववर्ती पात्र
समय, घडी–पल या काल यो अनौठो छ । समय व्यतित हुँदै यसका बहुरङ्गी डोबहरू हाम्रो स्मृतिपटमा रङ्गिँदै जान्छन् । त्यो कसरी आयो ? कसरी भयो ? कसरी गयो ? यी यक्षप्रश्नहरू सदा अनुत्तरित छन् । तर एउटा कुरो भने पक्कै हो कि यो रुखो वर्तमानमा विगतमय स्मृतिक्षण सारै मिठा हुन्छन् ।
समयको द्वन्द्व
‘अब यो दिन पनि आयो !’ उसको मनमा सोचाइ पनि झ्वाट्ट आइपुग्छ, जब विमानस्थलमा आफ्नो हितैषीलाई बिदाइको हात अन्तिम पल्ट हल्लाउँछ । –“म अरू जस्तो होइन, यहीँका लागि जन्मिएको हुँ । जो जहाँ जान चाहे जाऊन्, म यहीँ गर्छु, जे गर्नु छ ।” भन्ने पनि जाँदै छ अब त अन्त्यमा ।
टोपी भिसामा अस्ट्रेलिया
उच्च शिक्षाका लागि बिदेसिएकी छोरीको दीक्षान्त समारोहमा भाग लिन हामी अस्ट्रेलिया जाने भयौँ । कोभिड प्रकोपको सुरुवाती दिनहरूमा उसले नेपाल छोडेको पनि तीन वर्ष भएछ । पासपोर्ट हात लागेको खुसियाली डेङ्गुले खोस्यो ।
नेपाली कविता/काव्यमा ‘हिमाल’
नेपाली कवितामा विम्ब, प्रतीकहरूको प्रयोग यथेष्ट मात्रामा हुँदै आएको पाइन्छ । विशेषतः आधुनिक कालखण्डमा नेपाली कविताको पदार्पण भए यता विम्ब, प्रतीकहरूको प्रयोगको क्रममा अझै गतिशीलता एवं व्यापकता
फूलको मन (कविता)
फूलको मन कति दुख्दो हो फक्रेर फूल्न नपाउदै चुडिनु पर्ने उसको पीडा
के छुट्यो ? (कविता)
छुट्न सक्ने थियो– कृति जुन कमाउन कहिल्यै ध्यान दिनुभएन
मिटरब्याज प्रताडना (कथा)
काठमाडौेँ चिसो कचौरा जस्तो भूगोल । पुसको तुसारामा झनै सिरेटोले गुटुमुटु बनाए जस्तै भएको थियो । सडकभरि सेताम्य छरिएको शीत र छारो मात्रै होइन बिहान उज्यालोसँगै जुलुस जस्तो ढाकेर आउने हुस्सुमा हराएको सहर
साहित्यमा अनुसन्धानको सम्भावना र औचित्य
अनुसन्धान निरन्तर चलिरहने प्रक्रिया हो । एउटै विषयको पनि भिन्न भिन्न कोणबाट अनुसन्धान हुन सक्छ । अनुसन्धानले सिद्धान्त निर्माण गर्छ । पूर्वस्थापित सिद्धान्तको परीक्षण गर्छ र यस्ता सिद्धान्तमा परिमार्जन तथा संशोधन गर्छ
अक्षरमा रमाउने डाक्टर
४० वर्षको उमेरमा पहिलो कृति प्रकाशमा आएपछि साहित्य क्षेत्र पनि उहाँको योगदानको क्षेत्र बन्न पुग्यो । केट्यौले उमेरदेखि सङ्गीतमा रुचि राखेर गाउँदै हिँड्दा पुरस्कार पनि हात पार्नुभ
‘अनेकोs हम् एकः स्याम’ उन्मुख तरुण–तपसी (समालोचना)
तरुण–तपसी नव्यकाव्य लेखनाथ पौड्यालको अद्वितीय दार्शनिक कृति मानिन्छ । अधुनिकतासँग प्राणीजगत्को जीवनदर्शनलाई जोडेर अध्यात्मको सुन्दर नमुना पस्किन सफल कवि लेखनाथको यो कृति एउटा तरु र तपस्वीको जीवनकथाका साथै स्वयम् कवि
बेल्जियमदेखि बार्सिलोनासम्म (नियात्रा)
जीवन रहेसम्म सङ्घर्ष सकिँदैन बरु यो समय यात्रालाई भनेर तुरुन्तै स्पेन जाने योजना बनायौ । जैले पनि समय मिलाउनको धौ धौ । हामी बेल्जियमबाट स्पेनका लागि ब्रसेल्सबाट बुवा
बेइमान समय (कविता)
समय चङ्गा बनेर झुन्डिएको छ हावाले कहिले यता हल्लाउँछ कहिले उता हल्लाउँछ
मान्छे (कविता)
एक दिन मान्छेबारे सोच्दा सोच्दै स्मृतिपटलमा आयो एउटा आदिम मान्छे !
अमिलो यात्रा
त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो ।
क्षणिकी : सङ्क्षिप्त परिचय
क्षणिकी समयको सूक्ष्मताभित्र जीवन र जगत्लाई समग्रतामा हेर्ने माइक्रोस्कोप हो । मेरो प्रथम निबन्ध सङ्ग्र
नेपाली आधुनिक गीत : देश, काल र चिन्तन
रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्– साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।
विज्ञान र पुस्तान्तरण
आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा
म आशा रोप्तै छु
वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । अनुभूतिका रङहरू
ट्याक्सी ड्राइभर
ए रोक, रोक । किन दौडाएको ? रोक भनेको सुनेको छैन ? कानमा बडो कर्कश रूपमा परे
ओभरकोटको खल्तीमा जुन दिन
कथान्तरका नवजात चोटामा मनोगत अनुभूतिलाई थाहा भएकै कुरा हो,
हृदयमा छ तिर्सना कतै
छ दिलकी मुना लजाउँदै प्रणय ऐसमा रजाउँदै कुसुम कुञ्जमा हराउँदै
भेरिएन्ट !
परापूर्व कालदेखि नै वेद, उपनिषद्, जातक र पुराणहरूमा समेत अपूर्व तालले गन्यमान्य महर्षिमा मानिएका सिद्ध पुरुष उनै अगस्ति ऋषि जति खाए पिए पनि नअघाउने हन्तकाली बाजेका रूपमा पनि प्रसिद्ध थिए ।
अक्षर र कक्षामै बितेको जीवन
सत्रवर्षे उमेरमा एसएलसीपछि महिनाको तिस रुपियाँ तलब खाने गरी मास्टर भएको हो उहाँ धनकुटाको बालमन्दिरमा । काठमाडौँबाट पढेर फर्किएका तुलसी दिवसले चित्रकला र कविता लेखनमा हुटहुटी जगाएपछि कलम र कुची पनि चलाएको हो । स्थानीय पत्रिकामा १७ सालमै कविता र १८ सालमा गोरखापत्रमा समालोचना छापिएपछि त धनकुटाका टोपी साहु (सूर्यबहादुर श्रेष्ठ) का छोरा
पार्टिसिपेटोरी आर्ट (कला)
गत राष्ट्रिय कला प्रदर्शनीमा झाडीमा फालिएको जस्तो भएर एउटा काठको डुङ्गा, डुङ्गामाथि सजाएर राखिएको पुस्तकको थुप्रो अनि कलाकार स्वयंले चियापसल थापी चिया ख्वाउने भनेर बनाइएको क