• १९ वैशाख २०८१, बुधबार

कमाइ र सम्झाइका रसिक

blog

हुँदैन कोही पनि मन नपराउने सङ्गीत । सुनेपछि आवाज मिलेको बाजाको । सुने पनि कानले पहिले । बस्छ गएर थपक्क मनमा नै । मन नपराउने सङ्गीतलाई । हुँदैन सामान्य मान्छे कोही पनि । भए पनि जतिसुकै क्रुर र रिसाहा । भए पनि स्वरूप र स्वभाव जस्तोसुकै । हुँदैन फरक मन कसैको पनि । नभए पनि बजाएको बाजा मान्छेले । निस्किएको भए पनि स्वतः सङ्गीत प्रकृतिको । बनाउँछ विभोर मन जसको पनि । हुन्छ सामथ्र्य सङ्गीतको यस्तै मनकारी । 

होइन गीत सङ्गीत मान्छेका लागि मात्र । परेका छन् प्रभाव जनावर र पन्छीमा त्यस्तै । बिरुवा र रुखहरूमा पनि । नसके पनि बोल्न मान्छेले जस्तै । नभए पनि मस्तिष्क मान्छेको जस्तै । बनाएको छ सङ्गीतले शान्त र ज्ञानी जनावर । सप्रेका छन् छिटै बोटबिरुवा अरूभन्दा पहिले । दिएका छन् फल र पूmल पनि पहिले । हुन् यी प्रभाव प्रमाणित भइसकेका । 

 बनाउने आनन्दित सबैलाई गीतसङ्गीत । हुन्छन् अझ बढी आनन्दित स्वयं सर्जक । चिनिन्छन् लोकमा भनेर गायक, सङ्गीतकार । हुन्छन् महान् सर्जक त्यसैले । हुनुहुन्छ त्यस्तै प्रिय लोकका गायक, सङ्गीतकार गणेश रसिक । गर्नुहुन्छ सिर्जना शब्द संयोजनको पनि । चलाउनु भएर औँला निकाल्नुहुन्छ धुन मिठो । बनेपछि सङ्गीत चलाउनुहुन्छ ओठ । गाउनुहुन्छ गीत पनि मिठो । छ कला स्वरको र सिर्जनाको । नभएर दोभान मात्र गीत सङ्गीतको । बन्नुभएको छ त्रिवेणी नै साहित्यको समेत । हुनुभए पनि व्यक्ति एक । बन्नुभएको छ धनी अनेक व्यक्तित्वको । मानेका भएर लोकले गीत, सङ्गीत र स्वरमा । आउनासाथ मात्र नाम गणेश रसिकको । भए पनि जतिसुकै ठुलो भिडमा । आइहाल्छ चित्र सजिलै मिठो स्वर र सङ्गीतको । शक्ति शब्द सिर्जनाकोे ।

छ ज्यान खाइलाग्दो स्वरूपले । न अग्लो न होचो । मुस्कान जोडिरहने मुहार । शिरमा सधैँको नेपाली टोपी । छ व्यवहार शालीन सबैसँग । देखिन्छ हेर्दै सोझा अनुहारले । सक्दैन बोल्न झुठो कसैसँग जस्तो । गर्दैन बेइमानी कसैसँग जस्तो । छ व्यवहार प्रभाव पार्ने शालीन । बनाउन सक्ने नजिकैको भेटेपछि जति नै टाढाको भए पनि । हुँदैन कि जस्तो ठुलो आवाज रिसाउँदा पनि । भएकाले होला मिलाउने स्वर सारेगममा । सुनिन्छ होला मिठै स्वर कराउँदा पनि । 

हुनुहुन्छ जन्मले माझकिराँत भोजपुरको । थरले थुलुङ राई । सक्नुभएन चिनिन नामले नागरिकताकै । नभए जस्तो कुनै सम्बन्ध गीतसङ्गीतसँग । न चिनिनुभयो साहित्यिक समाजमा नैै । राख्नुभएपछि भने उपनाम रसिक । छोप्नुभएपछि थर । बन्यो नाम चिन्ने सबैले । बन्यो नाम लोकप्रिय । बन्यो नाम प्रतिष्ठित र सम्मानित । नभएर मात्र मेची महाकाली । बन्यो सुनाम संसारभरि नै । पुगेजति देशमा नेपालीहरू । 

थियो नाम गणेश चारजनाको परिवारमा । भएन चिनिनु मात्र नाम गणेशले । बन्न खोज्नुभएपछि फरक । राख्नुभयो रसिक । थियो प्रभाव अच्छा राई रसिकको । 

थप्नुभए पनि उपनाम रसिक । हुनुभए पनि उमेरमा रसिक । हुनुहुन्छ पर्याय जस्तै सङ्घर्ष र पीडाको । थाल्नुभएपछि हिँड्न पाइला पौरखले आफ्नै । छ गर्नुभएको सङ्घर्ष सक्नेजति । लाग्छ सुन्दा पनि अहिले । भोगाइ नभएर गणेश रसिकको । भए जस्तो पात्र कथाको साहसी । नभएर रसिक, भए जस्तै सङ्घर्ष । छ पीडा पनि पीडादायिक । गुमाउनुपरेको छ परिवार पटक पटक । आधा जीवनकी अर्धाङ्गिनीसमेत । पारेर निहुँ कोरोना । थिएन छोडेको कोरोनाले परिवारमा कसैलाई । परेको थियो बस्न थलिएर सबै जना । दिए पनि दुःख सबैलाई । दिएन बाँच्न निरा भाउजूलार्ई । नभए जस्तो बाँकी दिन । कात्तिकको तेह्र गतेपछि अठहत्तर सालको । 

सहनुपरेको छ पीडा गुमाउँदाको छोरो एक्लो । छ पीडा भाइलाई गुमाउँदाको पनि । बोक्नु परेर दुःखको भारी । हुनुभएर पनि सबै जनासँग । बन्नुभएर पनि धेरै जनाको । बनिरहनुभए जस्तो छ एक्लो । नसुनिए जस्तो आवाज हुरीमा मरुभूमिको । नमेटिए जस्तो प्यास भएर समुद्र साथैमा । 

परेको छ बोक्न भारी रोगको शरीरमा । भइसकेको छ तीन वर्ष भएको प्रोस्टेड क्यान्सर । नभएपछि देशमा उपचार । गर्नुभयो गएर विदेशमा । लिइरहनुभएको छ औषधी नपाइने देशमा । पर्छ मगाउन महिनैपिच्छे खर्चेर लाख नै । देखिन्छ शरीर गलेको । देखिँदैन फुर्ति र उत्साह पहिले जस्तो । भएको छ ठिक्क स्याहार्दै शरीर आफ्नै । हुन्छ हाँस्नु त्यही पनि भेटेजतिसँग । 

बजाउनुहुन्छ हार्मोनियम । खोज्नुहुन्छ पहिले जस्तै गर्नलाई सिर्जना सङ्गीतको । दिन्छ जानकारी छस् रोगी भनेर शरीरले । सक्नुहुन्न अहिले रमाउन धेरैबेर बाजासँग बज्नलाई । छन् भरिएका जीवनका अनुभव र अनुभूतिहरू । समाउनुहुन्छ कलम लेख्नलाई । उतार्नुहुन्छ भावना कापीमा खुरुखुरु । सङ्केत गरिहाल्छ औँलाहरूले । झमझमाएर भएपछि एकडेढ घण्टा । सम्झाइहाल्छ एकैछिनमा बिर्सिएको रोगलाई । हुनुभए पनि नामले रसिक । सक्नुभएको छैन बन्नलाई रसिक केही वर्षदेखि । 

हुनुहुन्छ स्वभावले सकारात्मक सबैप्रति । हुनुहुन्थ्यो उत्साहित सधैँ । बन्नुभएन कहिले महìवाकाङ्क्षी । उठ्नुभएन कहिल्यै अरूलाई लडाएर । गर्नुभएन गुनासो कसैसँग कसैको । गर्नुभएन आफैँसँग पनि कुनै कुराको । मान्नुहुन्छ दिक्क अहिले आफैँसँग । कटिरहेका छन् दिन यसरी नै । बजेजस्तै धुन बाँसुरीको आफैँमा एक्लै । नबजेजस्तै स्वर सातै हार्मोनियमको । 

हुनुहुन्थ्यो बुबा साहित्यप्रेमी नरोत्तम राई । ल्याइरहनुहुन्थ्यो किनेर किताब घरमा । सुनाइरहनुहुन्थ्यो कथाहरू बेलाबेलामा । परेको थियो बानी पढ्ने र सुन्ने सानैदेखि । जानुभएपछि पढ्नलाई दार्जिलिङमा । बढ्यो प्रभाव झन् साहित्य, सङ्गीत र कलामा । थाल्नुभो लेख्नलाई कथा, कविता । पठाउनुभो छाप्नलाई पनि चित्त बुझेपछि आफ्ना रचना । छापियो पत्रिकामा पहिलो पटक । थियो पत्रिका ‘आमा’ बनारसबाट निस्कने । हुनुहुन्थ्यो सम्पादक ललिजन सिजापति । 

बन्यो पुस्तक पनि पहिलो कथाकै । थियो चौबिस साले ‘क्षितिजलाई छुन खोज्दा’ । पाउनुभो चर्चा पनि कथाबाटै । बन्यो परिचय कथाकारकै । हुनुभएपछि उत्साहित बन्यो दोस्रो पनि सङ्ग्रह कथाकै । निस्कियो सत्ताइस सालमा ‘एउटा सारङ्गी छुन खोज्दा’ । ‘बिलाउँदै गएको गीत’ पनि कथाकृति नै हो अन्ठाउन्न सालको । ‘रसिकका गीत’ र स्वाधीनताको पीडा’ बने सङ्ग्रह गीतका । राखेर मिति पैँतालिस र अठसठीको । निकाल्नुभएको थियो उपन्यास अड्चालिसमा नै । राखेर नाम ‘आकाशगङ्गाको ओतमुनि’ । राखेर नाम ‘पेरुङ्गो र संस्करण’ । 

निस्किएको छ पाँच कृति अठहत्तरमा । आइसकेका छन् संस्मरणका तीन पुस्तक । बनेको छ पछिल्लो ‘छपक्कै मनमा बसेकाहरू’ उनानअसीमा । पचपन्नको थियो ‘जब सिस्नुहरू टेक्दै हिँडे’ । ‘दसगजामा उभिएर’ त्रिसठ्ठीमा । भएका छन् पुरस्कृत तीनमध्ये दुई संस्मरणकै । छन् हुनसम्मका शक्ति अक्षरहरूमा । नगरेर बेइमानी आफैँसँग । उतार्नुभएको छ पत्रपत्रमा आपूmलाई । गराउँछ अनुभूति सँगै भएजस्तै घटनाको । बसेजस्तै साक्षी नजिकैको । पढिरहँदा कतिपय संस्मरण । निचोर्छ मन पनि आँखासँगसँगै ।

देख्नुभएको थियो पहिलो धर्ती छिनामखु, भोजपुरको । साइत पारेर असोज चार गते चार सालकै । हुर्किनुभएको भए पनि पूर्वी पहाडमा । प्रमाणित गर्नुभयो आफ्नो प्रतिभालाई देशैभरि । हुनुभएर पुरस्कृत पहिले प्रतियोगिताहरूमा । पारेर अवसर सहिद दिवसको । प्रतियोगिता थियो देशव्यापी कविताको । भएको थियो टुँडिखेलमा काठमाडौँ नगरपञ्चायतले । जितेर सबैलाई हुनुभयो प्रथम । पाउनुभो पुरस्कारमा तीन सय रुपियाँ । सकिनासाथ कार्यव्रmम । जानुभो सरासर किन्नलाई हार्मोनियम । तिरेर सानले एक सय पचहत्तर रुपियाँमा । 

नहुँदासम्म हार्मोनियम आफ्नो । पथ्र्यो बजाउन साथीभाइको । पाइन्थेन बजाउन मन लागेको बेला । बजाउन खोज्दा एक पटक साथीको । लगेको थियो खोसेर कोठाबाट । हुनुभएको थियो हुनसम्मको दुःखी । रिसाउनुभएको थियो झन् बढी तेजबहादुर मुखिया । रिसैले गएर बेच्नुभो औँठी सुनको आधा तोलाको । पाएपछि एक सय पच्चिस । गएर हार्मोनिय माइला कहाँ रसिक र मुखिया । किन्नुभएको थियो तुरुन्तै हार्मोनियम पचहत्तरमा । बोकेर काँधमा फुर्तिले जानुभाथ्यो डेरामा । 

भयो फेरि अर्को प्रतियोगिता कथाको । भएको बेला नेपाल युवा महोत्सव । हुनुभो प्रथम फेरि पच्चिस सालमा । लिनुभो भाग फेरि कविता महोत्सवमा । थियो साल अठ्ठाइस । हुनुभो प्रथम नै फेरि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट । जित्नुभएर पटक पटक प्रतियोगिताहरूमा । देखाउनुभएको भए पनि आफ्नो सिर्जनशील क्षमता । आउनुभो काठमाडौँ जागिर खानलाई जेटिएको । 

आउँथ्यो रुपियाँ पचहत्तर महिनाको । पु-याउनुपथ्र्यो सबै खर्च खाने, बस्ने । चलाउनुभएको थियो जसोतसो दुःख गरेर । आउँदा भोजपुरमा थियो गर्मी । भएपछि जाडो काठमाडौँमा । थिएन साथमा लगाउनलाई बाक्लो लुगा । पुग्थेन किन्नलाई न्यानो कपडा । काट्नुपरेको थियो जाडो सामान्य लुगामा नै । 

आउनुभएपछि काठमाडौँ भेट भइसकेको थियो रामेश र मञ्जुलसँग । सम्पर्कले उहाँहरूसँग हुनुभो आबद्ध राल्फा समूहमा । जोडिनुभो अभियानमा सार्थक बनाउने गीतसङ्गीतलाई । थिएन माध्यम गीतसङ्गीतको मात्रै राल्फा । थियो विचार र सिद्धान्तले पनि एकबद्ध । बाजिन थालेपछि विचार । हुन थालेपछि मतभेद सिद्धान्तमा । छुट्टिनुभो छिट्टै नै राल्फाबाट । 

थियो कोठा होस्टेलको मिनभवनमा । हुनुहुन्थ्यो साथी कोठामा तेजबहादुर मुखिया । थियो जिम्मा सांस्कृतिक कार्यक्रम गर्ने प्रत्येक शुव्रmबार । हार्मोनिय बजाउने रसिक । मादल बजाउने मुखिया । थियो मनभरि कराइरहने गीतसङ्गीत । नमानेर अलिकति पनि जाडो । जानुहुन्थ्यो हिँडेर रेडियो नेपाल बिहानै । लिनलाई मिति गीत गाउने दिनको । भनिन्थ्यो डेट लिने । साह्रै गाह्रो हुन्थ्यो वर्षमा एक पटक लिनलाई पनि । पाइन्थ्यो गाएको पारिश्रमिक दस रुपियाँ । फर्कंदा सकिसकेको हुन्थ्यो खानाको समय होस्टेलमा । मागेर भात राखिदिनुहुन्थ्यो कोठामा । हुनुपर्थेन भोकै हुनुभएकोले मित्र मुखिया । जानुहुन्थ्यो त्यसपछि पढ्नलाई क्याम्पस । 

बागवानी केन्द्र, कीर्तिपुरबाट हुनुभयो सरुवा कृषि सूचना शाखा, हरिहर भवनमा । थियो दरबन्दी भने डोल्पा कृषि शाखामा । ल्याउनुभएको थियो चन्द्रप्रसाद भट्टराईले । हुनुहुन्थ्यो रेडियो नेपालबाट प्रसार हुने कृषि कार्यव्रmमका हर्ताकर्ता । मरेपछि महिना पाउनुहुन्थेन तलब । भएकाले आउन जिल्लाबाट । धान्नुभो चार महिना जसोतसो । आएन तलब पाँच महिनासम्म । छोड्यो दिनलाई उधारो छिमेकी पसलेले । छोडिसकेको थियो दिनलाई उधारो अफिसको क्यान्टिनले पनि । बाँकी थियो कोठामा आलु छ वटा । खानुभो उसिनेर नवीनकिशोर राईसँग । लगाएर भाग तीन तीनवटा । नभएपछि केही पनि बस्नुप-यो भोकै तिन दिनसम्म । 

नसक्ने भएपछि बस्न भोकै । जानुभो सरुवा माग्न अफिसमा । पर्ने गरी भोजपुर घरपायक । सक्नुभएन जानलाई अफिस भोकले रिँगटा लागेर । थियो नजिकै गइरहने चिया पसल । आउँछ तलब भोलि भनेर । जानुभो अफिस भरेर पेट । लागेको रहेछ रातो चिह्न हाजिर कापीमा । जानुभो सरासर हाकिम कहाँ । भन्नुभो, काम गर्दिनँ तलब नआउने अफिसमा । पठाएपछि डाइरेक्टर वसन्तकुमार भट्टराई कहाँ । बताउनुभो पीडा भोकको । माग्नुभो सरुवा भोजपुरमा । हुनुहुन्थ्यो डाइरेक्टर भावना बुझ्ने । गरिदिनुभो व्यवस्था दिनभरिमा । पाउनुभो पाँच महिनाको तलब र सरुवा पत्र पनि । रकम एक हजार पच्चिस भ्रमणभत्तासहित । 

देखाउनुभएपछि सरुवापत्र हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई । रोक्नुभो जानलाई भोजपुर । थियो जागिर भोजपुरेको नेपाल राष्ट्र बैङ्कमा । मञ्जुल, रुबी जोशी र कृष्णभूषण पनि त्यही बैङ्कमा । हुनुहुन्थ्योे डेपुटी गभर्नर युधिर थापा । गरियो कोसिस जागिरका लागि त्यहीँ । नभएपछि त्यहाँ भयो खोज्ने काम धेरै ठाउँमा भएर तीन जना । भन्न गएर हिरण्य भोजपुरेले । मार्पmत् श्री ५ अधिराजकुमारी प्रिन्सेफ । भयो जागिर सोल्टीमा । गर्ने गरी काम राति क्यासिनोमा । पाउने गरेर तलब पाँच सय । चल्यो त्यही बेला कलाकार भर्ना नाचघरमा । गएर भेटेपछि डाइरेक्टरलाई संस्कृति विभागको । खानुभो जागिर साउन एक गतेदेखि सोह्र सालको ।

बनिसकेको थियो लेकाली परिवार । साइत पारेर श्रीपञ्चमीको चौबिस सालमा । अभियान थियो फरक गर्ने गीतसङ्गीतमा । बनाउनुभएको थियोे त्यसअघि पनि मिलन परिवार । मिलेर तेजबहादुर मुखिया, मिरा राना, शकुन्तला गुरुङ, तीर्थ शेरचन र सानु ताम्राकारसँग । भइसकेको थियो दुई प्रस्तुति हेटौँडा र त्रिशूलीमा । 

बनिसकेपछि लेकाली परिवार । आएको थियो नयाँ मोड नै गीतसङ्गीतमा । भएको थियो पहिलो कार्यक्रम महेन्द्र पुलिस क्लबमा । राखिएको थियो नाम ‘छहराको गीत’ । चलेको थियो दुई दिन । चैतको पन्ध्र र सोह्र गते पच्चीस सालको । भयो कार्यव्रmम भव्य । पायो चर्चा पनि भव्य नै । हिँड्दा पनि बाटोमा जिस्क्याउँथे भनेर गायक । बज्न थाले लेकाली गीतहरू भटाभट रेडियो नेपालबाट । 

बनिसक्नुभएको थियो ढुकढुकीजस्तै गीतसङ्गीत रसिकको । नपाउँदा गुन्जिन आपँैm । हुन्थ्यो नभएजस्तो सन्चो । थियो साथ पनि कला र गलाको । सङ्गीत र सिर्जनाको । पाएर शक्ति र साथ कला र साहित्यको । हार्नु परेन कहिल्यै कसैसँग । हेर्नु परेन फर्केर कसैलाई । भएको छैन कमी कहिल्यै प्रतिष्ठा र प्रसिद्धिमा । हुनुभएको भए पनि पटक पटक प्रशासक । बस्नुभएकोले इमानमा । नचुकेर कहिल्यै कुनै सन्दर्भमा ।

बनेको छ जीवन नै सङ्गम साहित्य र कलाको । हुनुहुन्थ्यो नजिक सत्तासँग गाएर पञ्चायतकोे गीत । हुनुभयो महाप्रबन्धक छ वर्ष सांस्कृतिक संस्थानमा छयालीससम्म । भएपछि जनआन्दोलन छयालीसको । बनाउनुभएको थियो संस्था सांस्कृतिक । थिए आबद्ध हुने धेरै जना कलाकारहरू । जोड्नुभएको थियो मलाई पनि । गर्ने गर्थें म पनि नाटकसाटक । हुनुहुन्थ्यो शम्भु राई र प्रवीण गुरुङहरू गीतसङ्गीत विभागमा । बनाउनुभएको थियो संयोजक मलाई नाटक विभागको । भए केही कार्यव्रmमहरू उपत्यका र जिल्लाहरूमा पनि । लाग्दैन पुरानो अहिले पनि नाटक त्यतिबेलाको–उज्यालो बोक्ने मान्छे । 

चढ्नुभएर दुःखको पहाड । गर्नुभए पनि यात्रा कठिन सङ्घर्षको । भएन बस्नु कहिल्यै थाकेर । परेन हार्नु पनि कहिल्यै । पत्याइह्यो समयले जुनै व्यवस्था हुँदा पनि । भनौँ भयो कदर योग्यताको । बन्नुभयोे अध्यक्ष तथा महाप्रबन्धक रत्न रेकर्डिङ संस्थानमा । बन्नुभो महाप्रबन्धक सांस्कृतिक संस्थानमा । बन्नुभो अध्यक्ष तथा महाप्रबन्धक साझा प्रकाशनमा । दिनुभएपछि राजीनामा त्यहाँबाट । जानुभो लड्नलाई चुनाव सांसदको । बनेर उम्मेदवार इलाम क्षेत्र नं.१ । हुनुभएर राप्रपा । हुनुभो पराजित नराम्रोसँग । बन्नुभो सदस्यसचिव पछिल्लो पटक । बहत्तरदेखि पचहत्तरसम्म सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा । 

उक्लनुभएको छ पहाड सङ्घर्षको । नआत्तीकन अलिकति । तर्नुभएको छ पीडा समुद्रको । हुनुभएर शान्तसँग । गर्नुभएन विचलित मनलाई । बनाउनुभएको छ गतिलै उचाइ गीत, सङ्गीत र साहित्यमा । बदलिएको भए पनि व्यवस्था पटक पटक । भएन कमी उहाँको दक्षतालाई कदर गर्नेहरू । छन् नसक्ने गनेर माया गर्नेहरू गीतसङ्गीतमा । हुँदा पनि पदहरू उच्च । भन्दैनन् कसैले मात्तिएको थियो रसिक । सक्नुभएर हो जित्न सबैलाई व्यवहार हार्दिकले । रहेछ कमाउने पनि यत्ति र सम्झिने पनि यत्ति नै । हुनुभएको छ यस दृष्टिले भरिपूर्ण गणेश रसिक ।