दुई वा दुईभन्दा बढी शब्दको योगबाट बन्ने शब्द निर्माण प्रक्रियालाई समास भनिन्छ । यसो परिभाषा हेर्दा त्यति जटिल लाग्दैन । हुन पनि समासमा खास अर्थ सम्बन्ध भएका शब्दहरूका बिच एकवत्भाव हुन्छ । यसलाई अर्को शब्दमा धेरै शब्दबाट एउटा शब्द बन्ने व्याकरणात्मक प्रव्रिmया भन्न सकिन्छ । यति त स्पष्ट छ तर यसैलाई गहिरिएर हेर्न खोज्दा जोड्नु वा एकवत् हुनुको अथ्र्याइ तथा व्याख्यामा भने केही जटिलता देखिन्छ । यस्तो जटिलताको एउटा प्रमुख कारण चाहिँ संस्कृत व्याकरणमा भएका समाससम्बन्धी चर्चालाई नपर्गेली नेपाली व्याकरणमा यथावत् ल्याउन खोज्दा पनि भएको हो कि जस्तो लाग्छ । यद्यपि समासको विवेचनमा संस्कृत व्याकरणको महìवपूर्ण भूमिका रहेको देखिन्छ । यिनै परिप्रेक्ष्यमा रहेर नेपाली भाषामा समासका विविध पक्षमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।
समास पनि शब्द व्युत्पादनको एक विशेष प्रकार हो । शब्द व्युत्पादनको सामान्य प्रकारमा सर्ग प्रव्रिmयालाई लिइन्छ । यस अन्तर्गत धातुलाई आधार तìव मानेर कृत् सर्ग र प्रातिपदिक (धात्वेतर) लाई आधार तìव मानेर तद्धित सर्ग लागेका शब्द बन्दछन् । साथै जुनसुकै आधार तìव (धातु वा धात्वेतर) मा पूर्वसर्ग÷उपसर्ग लागेर बन्ने शब्द पनि यही सर्ग प्रव्रिmयाभित्र पर्दछन् । यिनमा आधार तìवको अधीनस्थ भई सर्ग वा प्रत्यय रहेका हुन्छन् तर समासमा भने दुई वा सोभन्दा बढी शब्द एकीकृत भई एउटा शब्द बन्ने हुँदा यसमा सर्ग प्रव्रिmयामा जस्तो अधीनस्थताको स्थिति नरहन पनि सक्छ । यसरी समासमा एक शब्दसँग अर्को शब्दको आपसी अर्थ सम्बन्ध महìवपूर्ण हुन्छ र त्यस स्थितिमा अर्थ सम्बन्धगत प्रधानता–अप्रधानता वा समानान्तरता भने देखिन्छ । समासमा संलग्न शब्दहरूबिच अर्थ सम्बन्ध मूलभूत कडी हुने हुँदा यस्तो सम्बन्ध शब्दस्तरको नभई पदावली स्तरको देखा पर्छ । उक्त कुरा समस्त शब्दलाई अथ्र्याउने अथवा यसमा संलग्न घटकहरूलाई केस्य्राएर देखाउने व्रmममा गरिने विग्रहबाट स्पष्ट हुन्छ । उदाहरणार्थ; समस्त शब्द ः गाईगोठ, विग्रह गाईको गोठ । यसरी समास पदावली वा शब्द समूहको अर्थलाई एकीकृत गर्ने प्रक्रिया भएकाले यस्तो प्रव्रिmया शब्द व्युत्पादनका दृष्टिले पनि विशिष्ट देखिनु स्वाभाविक छ । अझ यस प्रक्रियाले कतिपय स्थितिमा वाक्यस्तरको अवधारणालाई पनि समेटेको हुन्छ । उदाहरणार्थ; समस्त शब्द: माछापुच्छ«े ः माछाको पुच्छर जस्तो छ जुन । यसबाट के स्पष्ट हुन्छ भने समासले पदावलीदेखि वाक्यसम्मको क्षेत्रलाई आप्mनो व्युत्पादन प्रक्रियाभित्र समेट्न सक्छ ।
समास र अर्थको सम्बन्ध
वास्तवमा समास त्यस्ता शब्दहरूका बिच सम्भव हुन्छ, जहाँ दुई वा दुईभन्दा बढी शब्दहरूमा खास किसिमको अर्थ सम्बन्ध निहित रहन्छ । नत्र त शब्दहरू एकै ठाउँमा राखिँदैमा तिनमा सामासिक प्रक्रियाको अपेक्षा हुँदैन । उदाहरणार्थ; हिमाल, भाइ, नदी यी शब्दका बिच समासको अपेक्षा गरिँदैन । त्यसैले शब्दहरू एकै ठाउँमा देखिँदैमा तिनका बिच अर्थगत निकटताको आपसी सम्बन्ध नमिलेमा समासको कुरा असान्दर्भिक ठहर्छ । त्यसैले संस्कृत व्याकरणमा समासलाई खास किसिमको अर्थको प्रधानताले डो¥याएको हुन्छ भन्ने मान्यता राखिएको देखिन्छ । अझ समासको मूल आधार नै यसलाई मानिएको छ । अर्थ प्रधानताका आधारमा संस्कृत व्याकरणले समासको वर्गीकरण यस प्रकार गरेको छ:
पूर्व पदार्थ प्रधान समास: संलग्न शब्दमध्ये पहिलो शब्द अव्यय हुन्छ र यसको अर्थलाई मुख्य मानिन्छ । यस्तो समासलाई अव्ययीभाव भनिन्छ । जस्तै; यथाशक्ति, भरदिन, पारिपाखा, विनाकाम उत्तर पदार्थ प्रधान समास: संलग्न शब्दमध्ये पछिल्लो शब्दको अर्थ मुख्य हुने समासलाई उत्तर पदार्थ प्रधान मानिन्छ । यसमा तत्पुरुष समास पर्दछ । वास्तवमा तत्पुरुषलाई संरचनात्मक आधारमा विभक्ति प्रधान समास पनि भनिन्छ । समास हुनुभन्दा पहिले विग्रहको स्थितिमा यसमा कुनै न कुनै विभक्ति संलग्न रहेको हुन्छ । समास भएपछि सो विभक्तिको लोप हुन्छ । वनवास, प्राणहीन, ज्यानमारा, जनहित, भयमुक्त, जलमग्न, नेपाल सरकार, गाउँ पालिका, अर्थविद्, शिक्षालय आदि यस्तै समस्त शब्द हुन् । विशेषण–विशेष्य संरचनामा आउने कर्मधारय पनि एक किसिमले उत्तर पदार्थ प्रधान समास हो । यस्तै पूर्ववर्ती सङ्ख्यावाची शब्द हुने द्विगु समासलाई पनि उत्तर पदार्थ प्रधान नै मानिन्छ । यसमा पनि एक किसिमको विशेषण–विशेष्य समास नै देखा पर्छ । अन्य पदार्थ प्रधान समास ः बहुव्रीहि समासलाई अन्य पदार्थ प्रधान मानिन्छ । यस समासबाट बनेको शब्दले संलग्न शब्दहरूभन्दा अलग अर्थ जनाउने हुँदा यसो भनिएको हो । लामकाने, लामखुट्टे, बाघमुखा, सयपत्री, घोडताप्रे आदि यस्तै समस्त शब्द हुन् ।
उभय पदार्थ प्रधान समास: यस्तो समासमा संलग्न प्रत्येक घटकका अर्थको उत्तिकै प्रधानता रहन्छ । द्वन्द्व समासलाई यस अन्तर्गत राखिन्छ । तनमन, घरवास, डरभर, लेखपढ, आकाश जमिन, गाँस वास कपास आदि यस्तै समस्त शब्द हुन् । यसरी समस्त शब्दहरूमा शब्दहरूको एकवत्भाव हुँदा अर्थको प्रधानता–अप्रधानता वा समानान्तरताको गुम्फन पनि स्पष्टतः देख्न सकिन्छ ।
समास र विग्रह
समासको विग्रहले यसमा संलग्न शब्दहरू (घटकहरू) को अर्थ सम्बन्ध खुलस्त पार्न मदत गर्छ । विग्रह समास हुनुभन्दा पहिलेको स्थिति हो र यो समासलाई अथ्र्याउने उपाय पनि हो । विग्रह पदावलीगत वा वाक्यात्मक पनि हुन सक्छ । जस्तै; लोकको आचार ः लोकाचार, बाटाका लागि खर्च ः बाटाखर्च, बरको बोट छ जहाँ ः बरबोटे बाह्य रूपमा एउटै देखिने समस्त शब्दहरू पनि विग्रह (अर्थ सम्बन्ध) को फरकले भिन्न भिन्न समासका मानिन्छन् । जस्तै; शिष्ट छ आचार जुन ः शिष्टाचार (कर्मधारय समास), शिष्टको आचार ः शिष्टाचार (तत्पुरुष समास) खाद्यका लागि अन्न ः खाद्यान्न (तत्पुरुष समास), खाद्य छ जुन अन्न ः खाद्यान्न (कर्मधारय समास)
विशेषण–विशेष्य संरचनाका कतिपय समस्त शब्दहरूको विग्रह र समासको स्वरूपमा खास अन्तर देखिँदैन । यस्ता पदावली संरचना र समस्त शब्दको स्वरूप एउटै हुँदा यिनलाई लेख्य रूपमा डिकोबाट अलग देखाउने प्रयास गरिएको हुन्छ । वस्तुतः शब्दहरू विशेषण–विशेष्य सम्बन्धमा हुनु र समास हुनुमा केही भिन्नता रहेको हुन्छ । समास हुनमा विशेषण–विशेष्य सम्बन्धभन्दा विशेष आबद्धता तथा रूढताको अपेक्षा हुन्छ । यस्तो नभएमा समासका दृष्टिले यसमा संलग्न शब्दहरूको विग्रह देखाउन खोज्नु र यिनलाई समस्त शब्द भन्नु नै पनि उचित देखिँदैन । जस्तै; कच्चा पदार्थ, खाद्य पदार्थ जस्ता शब्दलाई समस्त भन्नु आवश्यक छैन । उदाहरणार्थ; कस्तो पदार्थ ? कच्चा पदार्थ वा खाद्य पदार्थ । यिनको अर्थ र संरचना स्वतः स्पष्ट हुने र कुनै भिन्नता अनुभव नहुने हुँदा विशेषण–विशेष्य संरचनाका रूपमा सहप्रयोगमा देखिँदैमा यिनमा सामासिकता सिद्ध हुँदैन । यस्तो स्थितिमा अधिकतर विशेषण–विशेष्य संरचनामा समासको संरचना खोज्नु र तिनको विग्रह देखाउनतिर जोड दिनु आवश्यक ठानिदैन ।
सबल र शिथिल समास
संलग्न शब्द वा घटकहरूसँग गुम्फनका दृष्टिले सबै समास उत्तिकै बद्ध वा सघन नहुन सक्छन् । शब्दहरूको अर्थगत संलग्नतालाई नियाल्दा कुनै समास आपसमा शिथिल सम्बन्धमा रहेका र कुनै चाहिँ सघन सम्बन्धमा रहेका हुन्छन् । यस दृष्टिले हेर्दा बहुव्रीहि समास सबभन्दा सघन समासका रूपमा देखा पर्छ । अन्य पदार्थ प्रधान यो समास संलग्न घटकभन्दा भिन्न अर्थका लागि प्रयोग हुनु र समासान्त प्रत्ययले समेत आबद्ध हुनु पनि यसको सघनताको परिचायक देखा पर्छ । त्यसपछि विभक्ति लोप समेत भएर देखा पर्ने तत्पुरुष समासलाई पनि अर्थगत आधारमा सघन समासभित्र राख्न सकिन्छ । त्यस्तै अव्ययीभावलाई पनि यस अन्तर्गत समावेश गर्न सकिन्छ । उल्लिखित समास बाहेक कर्मधारय, द्विगु र द्वन्द्व समासलाई शिथिल समास भन्न सकिन्छ । किनभने यिनमा संलग्न शब्दहरूको अर्थगत र सामासिक संरचनाको बन्धन केही शिथिल नै देखा पर्छ । कर्मधारय र द्विगुमा यस्तो हनाको मुख्य कारण विशेषण–विशेष्य संरचना पनि हो । विशेषण–विशेष्य संरचनाका कतिपय समस्त शब्दहरूको विग्रह र समासको स्वरूपमा खास अन्तर नदेखिनु पनि यसको प्रमाण हो । यस्ता पदावली संरचना र समस्त शब्दको स्वरूप प्रायः एउटै देखिने हुँदा यस्ता कतिपय शब्दको सामासिकताको सीमा अस्पष्ट देखा पर्छ । द्वन्द्व समासमा चाहिँ संलग्न घटकका बिच समानान्तर अर्थ सम्बन्ध रहनु पनि यसको शिथिलताको मुख्य कारण हुन सक्छ । यसका साथै कुनै समास सघन र शिथिल मानिनुमा संलग्न घटकका बिच सन्धि घटित हुने स्थिति र त्यस्तो नहुने स्थिति पनि जिम्मेवार बनेको हुन्छ । जस्तै; विद्यालय, तपोभूमि जस्ता समस्त शब्दका तुलनामा सन्धि नभएका शब्द केही शिथिल सम्बन्धमा देखिन सक्छन् । यस्तै लोप, आगम, आदेश जस्ता सन्धि नियम वा मध्यसर्गको संलग्नताले पनि समस्त शब्दहरूलाई सबल समास अन्तर्गत ल्याउँछ । भानिज दाइ ः भान्दाइ, चारबाटो ः चौबाटो, सत्य नाश ः सत्यानाश, देख र भेट ः देखाभेट, चिन र जान ः चिनाजान यस्तै समस्त शब्द हुन् ।
समास र सन्धि
समास भएका कतिपय शब्दमा पनि सन्धि घटित हुन्छ । यस्तो सन्धि दुई शब्द वा घटकका बिचमा ध्वन्यात्मक निकटताका कारणले देखा पर्छ । जस्तै; धर्म+आत्मा ः धर्मात्मा, एक+असी: एकासी, अति+आचार ः अत्याचार, सत्+आचार ः सदाचार, सम्+गति ः सङ्गति, तपस्+वन ः तपोवन । केही समस्त शब्दमा समासान्त प्रत्ययको परिवेशले अग्र वर्णमा परिवर्तन देखिन्छ । बाघ+मुख+आ ः बघमुखा, कान+फाट्+आ ः कनफट्टा, लामो+कान+ए ः लमकाने, आठ+असी ः अठासी, सात+चालिस ः सच्चालिस यस्तै सन्धियुक्त समस्त शब्द हुन् । सन्धि आफैमा शब्द निर्माण प्रव्रिmया होइन र यसले आफै शब्द व्युत्पादन गर्ने होइन । यसलाई रूपायन, व्युत्पादन वा समास हुँदा संलग्न कतिपय घटकहरूको पूर्वापर परिवेशले गर्दा हुने ध्वन्यात्मक परिवर्तन तथा समायोजनको परिणति मात्र मानिन्छ । त्यसैले सन्धि रूपायन वा व्युत्पादनको प्रकार होइन तर यो रूपात्मक तथा ध्वन्यात्मक परिवर्तनको आनुषङ्गिक प्रव्रिmया भने हो । समास र सामासिक शब्दबारे चर्चा गर्दा केही यस्ता विषय पनि देखिन्छन्, जसबाट समास प्रव्रिmयाबारे अलमल हुने सम्भावना रहन्छ । यस्ता कुरामा यहाँ उपसर्ग र समास, द्वन्द्व र द्वित्व, समास र डिको सम्बन्धमा केही स्पष्ट पार्ने प्रयास गरिन्छ ।
क. उपसर्ग र समास प्रक्रिया
दुई वा दुईभन्दा बढी शब्दका बिच समास हुने हुँदा शब्द र सर्गबिच समास हुन्छ भन्नु उचित ठानिदैन । संस्कृतमा उपसर्गहरूसँग समास हुने स्थिति देखाइएको छ, जसलाई प्रादि तथा नञ् समास भनिएको भेटिन्छ । यस कुराले वैदिक संस्कृतमा उपसर्गलाई पनि शब्दस्तरको वर्गमा राखिएको सम्झना गराउँछ । यास्कले निरुक्तमा नाम, आख्यात, निपात र उपसर्गलाई शब्दवर्गको तहमा राखेकाले सोही अवधारणा अनुसार यस्तो प्रावधान रहेको हुन सक्छ तर लौकिक संस्कृत र त्यसपछि विकसित भाषाहरूमा उपसर्गले शब्दवर्गगत हैसियत गुमाएको देखिन्छ । उपसर्गहरूको कोशीय अर्थ पनि खिइएर व्याकरणात्मक वा प्रत्ययार्थ जस्तै रहेको स्थितिमा नेपालीमा यिनलाई पनि शब्द मानी समास प्रव्रिmया अन्तर्गत समेट्ने कुरा स्वाभाविक मानिदैन । समासको परिभाषाले पनि आप्mनो सीमाभित्र अटाउन नसक्ने तथा अव्याप्ति देखाउने हुँदा उपसर्ग निर्मित शब्दहरूलाई समास प्रव्रिmयाभित्र राख्न खोज्दा अस्पष्टता र भ्रम थपिने हुन्छ । त्यसैले नेपालीमा निर्गुण, निष्फल, निःस्वार्थ, दुष्प्रचार, दुष्कर्म, विगत, अदृश्य, अकाल, अस्पष्ट, कुविचार, कुअन्न, नकाम आदि शब्दलाई उपसर्ग व्युत्पादित मानिएको हो । एउटा स्वतन्त्र शब्दसँग उपपद (शब्दांश) अधीनस्थ भएका स्थितिमा चाहिँ त्यस्तो उपपदमा भने कोशीय अर्थ स्पष्टतः निहित हुने हुन्छ । उक्त स्थितिको संयोजनलाई भने समास मान्न कुनै बाधा देखिँदैन । त्यसैले तत्पुरुष समासमा क्रियाधर्मी उत्तरपद संलग्न रहेका वनमारा, कनफट्टा, गतिछाडा, नाटककार, भाषाविद् जस्ता समस्त शब्दलाई समासभित्र समेटिनु स्वाभाविक छ ।
ख. द्वन्द्व समास र द्वित्व
दुई अलग शब्दको एकवत्भावलाई समासका रूपमा लिइन्छ भने द्वित्वमा एउटै स्वरूपका शब्दको पुनरावृत्ति भएर अर्को शब्द बन्न सक्छ । यस दृष्टिले हेर्दा दुःखदर्द, पिरमर्का, कामकाज, तालमेल, सुरसार, देखाभेट आदि समस्त शब्दका घटकका बिच अर्थमा केही समानता भए पनि स्वरूपतः भिन्न शब्द भएकाले यिनमा द्वन्द्व समास भएको मानिन्छ तर चालचुल, टालटुल, सारसुर, खोलखाल, मालताल जस्ता शब्दहरूमा एउटा मात्र सार्थक आधार तìवको ध्वन्यात्मक रूपमा अंशतः पुनरावृत्ति देखिएकाले यिनमा भने द्वित्व प्रव्रिmयाबाट शब्द निर्माण भएको पाइन्छ । त्यसैले यी पछिल्ला शब्दलाई द्वन्द्व समास अन्तर्गत राख्न मिल्दैन । यस्तै मुक्कामुक्की, धक्काधक्की, मुखामुख, देखादेख, भनाभन, पोलापोल, मालामाल, फालाफाल जस्ता पारस्परिकता तथा अत्यधिकता जनाउने शब्दमा पनि एउटा शब्द नै पुनरावृत्ति भएर आ मध्यसर्ग संलग्न रहेको छ । यिनलाई पनि द्वित्व प्रव्रिmयाबाट निर्मित शब्दका रूपमा लिइनु उचित हुन्छ ।
ग. समास र डिको
डिको वा योजक चिह्न आफैले समास जनाउने होइन । समास त विभिन्न अर्थगत सम्बन्धमा घटित हुन्छ । त्यसैले समास खास आर्थी सम्बन्धका बिच हुने प्रव्रिmया हो । यस सन्दर्भमा डिको खास अर्थ सम्बन्ध जनाउने ऐच्छिक चिह्न मात्र भएकाले यसलाई समासका लागि निर्णायक ठान्नु उचित देखिँदैन । एउटै डिकोमा नलेखिए पनि कतिपय शब्दहरू अर्थ सम्बन्धका आधारमा समस्त शब्दका रूपमा चिनिने हुन्छन् । उदाहरणार्थ; नेपाल सरकार, नगर प्रहरी, शिक्षा विभाग, मन्त्री निवास, विश्राम स्थल, पर्यटक मार्ग, कविता सङ्ग्रह, गाउँ विकास, बस विसौनी, आँप बगैँचा, बिजुली बजार । यी र यस्ता अधिकांश लामा समस्त शब्दहरूमा संलग्न अंशहरूका बिच डिकोविना लेखिने प्रचलन देखिएकाले पनि समस्त शब्दका लागि डिको अनिवार्य नरहेको स्पष्ट हुन्छ । अझ दुईभन्दा बढी शब्द संलग्न भएका समस्त शब्दका घटकहरू अलग डिकोमा लेखिँदा पनि तिनका बिचको अर्थ सम्बन्ध बुभ्mन कठिनाइ नहुनु पनि यसको प्रमाण मान्न सकिन्छ । गाँस वास कपास, लोक सेवा आयोग, कृषि विकास बैङ्क, मानव स्रोत विकास केन्द्र आदिलाई यस्तै समस्त शब्द मान्न सकिन्छ । यस्तै शुभ दिन, शुभ रात्रि, शुभ बिहानी, शुभ कामना, मङ्गल ध्वनि, मङ्गल कामना आदि विशेषण–विशेष्य संरचनामा देखिने कतिपय शब्दहरूका घटकका बिच समस्तता देखाउन डिको वा योजक चिह्न दिनु पनि लेखनमा भद्दापन बढाउनु हुन जान्छ । पारस्परिकता जनाउने केही शब्दमा भने योजक चिह्नको प्रयोगलाई उचित ठानिन सक्छ ।
 
                                
                             
                                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                