• १५ कात्तिक २०८२, शनिबार

पहिरो खस्दा गोरुसिङ्गे–सन्धिखर्क सडक अवरूद्ध

blog

पहिरो खस्दा अवरुद्ध भएको सडक ।

गणेश खनाल

अर्घाखाँची, कात्तिक १४ गते । लगातारको झरीले अर्घाखाँचीको मुख्य सडक अवरूद्व भएको छ । रिब्दीमा पहिरो जाँदा गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको हो । 

गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका –६ नरपानीदेखि घुम्टीनजिक रिब्दी भन्ने स्थानमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक दिवश जिसिले जानकारी दिनुभयो । पहिरोले अवरुद्ध सडक सुचारु गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।