म बसिरहेछु आफ्नै कोठाको झ्याल सामुन्ने । मौसम धुम्म छ । मन पनि धुम्मिएको छ । पर आकाशमा फरर पखेटा चल्दै केही चराहरू उड्दै छन् ।
आफ्नो गन्तव्यको खोजीमा । कता जान्छन् होला ती चरीहरू अन्धकार सूर्यलाई छोपी रात पर्छ अनि आजसम्मका सबै घटनाहरू भोलि इतिहासमा परिणत हुन्छन् । विधिको यही नै नियम छ मनमा अनेक कुरा सलबलाइ रहेछ, आकाश कालो बादलले घेरिइसक्यो । गडगडाहटको ध्वनिले मन विचलित हुन लाग्यो । म उठेँ, मनभरि भुइँचालो बोक्दै चुपचाप ओछ्यानमा पल्टेँ, सिरकले मुख छोपेँ । अनेक कुरा मनमा खेलिरहेछ । कुनै सकारात्मक छ भने कुनै नकारात्मक । मनलाई शान्त गर्न खोज्छु, आँखा चिम्म पार्दै निद्रादेवीको काखमा लुटपुटिन पुग्छु ।
म पुग्छु साहित्य जगत्मा कविता वाचन गर्न तर सबै सबै कोठा खाली खाली छन् । फगत साहित्यकारहरूको तस्बिर मात्र प्रज्ञा भवनको गरिमा बढेको रहेछ । म त्यहाँबाट फेरि असन इन्द्रचोक पुग्छु । दोहोरो लाइन पसलसँगै छरपस्ट सडक छेउ पसारिने कपडाका पसलहरू केही पनि देख्दिनँ । सुनसान सुनसान सडकमा ओहोर दोहोर गरिरहेका सुरक्षाकर्मीका पदचाप सुन्दै म त्यहाँबाट पुनः न्युरोडतिर लाग्छु । त्यता त झनै कहाली लाग्ने सुनसान । खै त्यत्रा सुन चाँदीका लाम लागेका पसलहरू खै न्युरोडलाई शोभायमान बनाएका गरिमामय पसलहरू सबै सबै नै बन्द छन् । न्युरोड गेटबाट परपरसम्म आँखा पु¥याउँछु । सबैतिर शून्यवत दृश्य मानौँ कुनै अदृश्य शक्तिले अप्रत्याशित शासन गर्दै छ । परबाट दुई तीन वटा कुकुर भुक्दै भुक्दै आएर मेरासामु झन कराई कराई भुके । मानौँ उनीहरू मलाई यहाँ यति बेला किन आएको जाउ जाउ भन्दै छन् जस्तो लाग्यो । एकै छिनमा हावा चल्न थाल्यो, अहो हुरी आउला जस्तो पनि भयो । मलाई मनमा केही अनिष्टताको आभास भयो र वेगले फर्के घरतिर । बाटादेखि नै रुघा खोकी लाग्ला जस्तो भयो । घरमा गएर पनि सिरक ओढी सुतेँ । रातभरि ज्वरो आयो नराम्रोसँग । परिवारले डाक्टरलाई फोन गरे र अस्पताल लगे । उही कोरोना निर्मूल गर्ने अस्पतालमा एउटा बेडमा लगे र बली विस्तारसँग जाँच गर्दै मेरो टेस्ट गरे । दुई दिनपछि मलाई कोरोना भाइरस भएछ पोजेटिभ रिपोर्ट आयो । ज्वरो झन् झन् बढ्दै छ, जिउ आलस्यले चल्न दिएको छैन । म झन्डै बेहोस जस्तै छु । घरपरिवार आउँछन् निनाउरो अनुहार लिएर, परै बस्छन्, मलाई छुन बर्जित छ ।
भोलिपल्ट डाक्टरहरूको अचुक निगरानीमा मलाई मृत्यु घोषित गरे । परिवारलाई खबर गयो । लासलाई बाहिर बरन्डामा राखे । सबै सबै आए तर सबै नै दुई तीन फिटको दुरीमा नै उभिइरहे । साथीहरू आए, अहो कस्तो गजब मेरो प्यारो साथी त गइछ । तर कोही पनि नगिच आएनन् । अस्पतालका मानिसले मेरो सम्पूर्ण शरीर सेतो वस्त्रले ढाकिदिएका छन् ।
निकै बेरेपछि खबर आउँछ ल ल लासलाई लैजानु प¥यो, यहाँ धेरै बेर राख्न मिल्दैन । को हो परिवार ? इष्ट, मित्र लैजानु प¥यो । भन्दै नर्सहरू कराउन थाले । तर वरिपरि उभिएका परिवार साथीभाइ, इष्ट, मित्र सबै सबै नै लासको नगिच जान डराएका छन् । कोरोनाको छुत उनीहरूलाई पनि आउँछ भन्ने डरले सबै एकैछिनमा पलायन हुन्छन् । अलपत्र छ, बेबारिसे भएको छु । केही समयपछि पुलिसको एक डफ्फा आउँछ र हैन यो कसको लास यसरी बेवारिसे गरी बाहिर राखेको । यसरी यहाँ राख्न पाइँदैन, ल ल यसको बन्दोबस्त गरिहाल्नु प¥यो भन्दै लट्ठी लासमाथि बजारेछन् । लट्ठीको बजारिएको आवाजले ऐया भन्दै म कराउँदै उठ्छु । सामुन्ने आमालाई देखेँ, डरले आमालाई बेजोडले अँगालोमा भिœयाएँ । एकैछिन अघिको दृश्य त भयावह दृश्य आँखामा नै छ म त मेरै कोठामा छु र मेरी आमा मसँगै छन् भन्ने ढुक्क भएपछि म आमाको अँगालोबाट छुट्टिएँ ।
“हैन के भयो तिमीलाई छोरी ?” साँझ पर्न लागिसक्यो कति सुतेकी भनेर म त उठाउन आएको । किन यसरी आत्तिएको केही नराम्रो सपना देख्यौँ कि के हो नानु ? भन्दै आमाले मलाई मायाले मुसार्नुभयो । म गदगद भए हर्षको आँसुले वाक्य पनि निस्कन सकेन र आपूmलाई सम्हाल्दै पुनः आमाको अँगालोमा बेरिँदै भने, हो आमा हो । मैले विकट सपना देखेँ र आज मेरो पुनर्जन्म भयो आमा । मेरो पुनर्जन्म भयो । अब मलाई केही हुँदैन आमा, धन्दा नमान्नुस् भन्दै म एकाएक रुन थालेँ । आमा मलाई सान्त्वना दिँदै खाजा लिन जानुभयो । म एकछिन सपनामा चलचित्रमा देखे भैmँ एक एक दृश्यलाई सम्झन थालेँ । यो कोरोनाले मृत्यु भएपछि त सबैसँग सम्पर्कविहीन नै पार्दौ रहेछ । यो अदृश्य शक्तिलाई हामी आपैmँले परास्त गराउनै पर्छ । मेरो मनमा एउटा पुनः अदृश्य शक्ति उत्पन्न हुन्छ । म यसको विरुद्धमा लड्नलाई आपूm मात्र हैन अरूलाई पनि सचेत गराउँछु भन्ने भावनाले हात मिची मिची धुन्छु । मास्क लगाएर आमा छेउ पनि एक फिटको दूरी राख्दै खाजा माग्छु र खान्छु । अघिको दुःस्वप्नलाई भुलाएर अघि बढाउँछु आफ्नो पुनर्जन्मलाई ।