• १४ फागुन २०८०, सोमबार

साहित्यमा प्रतीकतावाद र संज्ञान

blog

मानवशास्त्रीहरू भन्छन्– मानिसको आवश्यकतामा संस्कृतिको निर्माण हुन्छ । अर्कोतिर समाजको सदस्यको नाताले मानिसले सिकेका ज्ञान, सिप, कला, रीतिरिवाज, मूल्य, मान्यता, विश्वास, परम्परा सबै संस्कृति हुन् । यसर्थ मानिसले सिकेका भाषा वा साहित्य संस्कृतिका शाखा हुन् । भाषामा विभिन्न सङ्केत हुने भएकाले भाषालाई साङ्केतिक÷प्रतीकात्मक संस्कृतिको शाखामा राखेर अध्ययन गर्न सकिन्छ । अर्कोतिर भाषा स्वयम् सङ्केत (इनकोड) हो । साहित्यमा खास गरी पद्यमा विभिन्न प्रतीकको प्रयोग गरेर लेखकले आफ्ना भनाइ व्यक्त गर्छन्, जसलाई विम्ब भनौँ । यस्ता विम्ब, प्रतीक, सङ्केत, बव्रmोक्तिका तìव हुन् जसले पद्यलाई सपाट वर्णनात्मक हुनुबाट जोगाउँछन् र रङ्गीन, मिठास तथा सुन्दर बनाउन सहयोग गछनर्् तर साहित्यमा बुझिएको वा प्रयोग गर्ने गरिएको विम्ब र मानवशास्त्रमा विकसित ‘प्रतीकात्मक मानवशास्त्र’ शाखा (सिम्बोलिक एन्थ्रोपोलोजी) ले व्यक्त गर्ने प्रतीकात्मकमा केही भिन्नता छन् । साहित्यको विम्ब कुनै सन्दर्भको व्याख्या गर्न प्रयोग हुन्छ, केही साँगुरो । तर प्रतीकात्मक मानवशास्त्र अलि व्यापक हुन्छ । प्रतीकताले संस्कृति, भाषा र मानिसहरू बिचको अन्तरसम्बन्धलाई अध्ययन गर्दछ । विभिन्न प्रतीक मिलेर संस्कृतिको निर्माण हुने भएकाले प्रतीकहरूका विभिन्न अर्थ हुन्छन् । एउटै प्रतीकले विभिन्न सन्दर्भ, समुदाय तथा समयमा भिन्न भिन्न अर्थ राख्छन् । यस्ता प्रतीक सांस्कृतिक नियम अनुसार निर्देशित हुन्छन्, अर्कोतिर प्रतीकले संस्कृतिको उद्घोष गर्छ । 

साहित्यका विभिन्न विधामा प्रतीकात्मक मानवशास्त्रका मान्यताहरू अनुसरण गर्न सकिन्छ । विश्वको वर्तमान परिदृश्यले बहुलवादको पक्षपोषण गर्छ । बहुलवादी लेखनले मूलतः लेखक, भाषा, शैली, शब्द, विम्ब, पाठकमा विविधता ल्याएको छ । अहिलेको लेखन कार्य कुनै एक निश्चित र स्थापित वर्गले मात्र गर्दैन । नेपाली साहित्यको अध्ययन गर्ने हो भने आजभन्दा ५० वर्षअघि लेखनमा जुन जात र वर्गको वर्चस्व थियो आज त्यो लेखकीय स्थापना भत्किँदै छ । विभिन्न जातजाति, समुदायका मानिसले लेख्न थालेपछि यस्तो सहभागिताले बहुलवादी लेखनको विकास तथा विस्तार गर्न सहयोग गरेको छ । यस अर्थमा लेखन साहित्यमा विभिन्न जातजाति, समुदायका भाषा, विम्ब, प्रतीक, उदाहरण, इसारा, मान्यता, विश्वास, परम्परा प्रदर्शित हुन थालेका छन् । विभिन्न सङ्केतबाट यस्ता प्रतीक व्यक्त भएका हुन्छन् जसबाट संस्कृतिको सूक्ष्म अध्ययन गर्न सकिन्छ । 

एउटै प्रतीकको पनि विभिन्न संस्कृतिमा अर्थ भिन्न हुने भएकाले ‘प्रतीक’ गतिशील र ससर्त हुन्छ । यो निरपेक्ष, स्थूल र स्थायी हुँदैन । यसै कारण समान संस्कृतिमा पनि समय र सन्दर्भ अनुसार प्रतीकको व्याख्या तथा बुझाइ फरक फरक हुन सक्छ । प्रतीकको व्याख्या संस्कृतिमा निर्भर रहन्छ । प्रतीक मानिसले बनाएको मूर्त बुझाइ हो । प्रतीकहरूलाई अमूर्त रूपमा हेर्न हुँदैन । यो मानिसको चेतना र व्यवहारबाट निर्माण हुन्छ भन्ने मानवशास्त्रीहरू संस्कृतिको भौतिकवादी व्याख्या हुन नसक्ने बताउँछन् । प्रतीकात्मकलाई उनीहरू भौतिकवादले संस्कृतिलाई हेर्ने दृष्टिकोणको विकल्प भन्छन् । भौतिकवादीहरू संस्कृतिलाई भौतिकवादी आँखाले हेर्नुपर्ने र भौतिकवादी भाकाले व्याख्या गर्नुपर्ने बताउँछन् तर अर्काथरीहरू खास गरी साहित्य लेखनमा प्रतीकलाई अमूर्त भनेर बुझ्न तर प्रतीकात्मक– मानवशास्त्रले प्रतीक वा सङ्केतलाई मानव मस्तिष्कले निर्मित मूर्त बुझाइ मान्छन्, जसले भौतिक जगतको सूक्ष्म व्याख्या गर्छ तर उनीहरू प्रतीकलाई ठोस वस्तु मान्दैनन् । मानवशास्त्रका विविध शाखा जस्तै भाषाशास्त्र, सामाजिक तथा सांस्कृतिक मानवशास्त्र, पुरातìवशास्त्रमा प्रतीकहरूको बढी उपयोग हुन्छ जब कि मानवशास्त्रको अन्य शाखा जस्तै जैविक तथा भौतिक मानवशास्त्र (शारीरिक मानवशास्त्र) मा प्रतीकको चर्चा र औचित्य कम हुन्छ । प्रतीकात्मक मानवशास्त्र संस्कृतिलाई हेर्ने भौतिकवादी र माक्र्सवादी दृष्टिकोणको विरुद्ध र विकल्पमा छ । भौतिकवादी÷ माक्र्सवादीहरूले संस्कृतिलाई ठोस तथा अवलोकनयोग्य वस्तुको ढाँचामा बुझ्छन् तर प्रतीकात्मक मानवशास्त्रीहरू प्रतीक÷ सङ्केतलाई मानसिक संरचनाहरूको सन्दर्भमा हेर्नु पर्छ भन्छन् । छोटकरीमा भन्नुपर्दा भौतिकवादीको विचारमा प्रतीकहरू वस्तु हुन् जबकि साङ्केतात्मक÷ प्रतीकात्मक मानवशास्त्रीहरू प्रतीकलाई मानव निर्मित संज्ञान भन्छन् जो संस्कृतिको सूक्ष्म अध्ययन लागि उपयोगी हुन्छ तर वस्तु होइन र अर्मूत पनि छैन । यिनै विचारसहित साठी÷सत्तरीका दशकमा मानवशास्त्रभित्र सिम्बोलिक एन्थ्रोपोलोजी विधा स्थापना र चर्चित भयो । 

प्रतीकात्मक मानवशास्त्र र साहित्य 

मानवशास्त्री इमायइल दुुर्खिमले समुदायबारे लेख्दा कम्तीमा पनि छ महिना उनीहरूसँगै बस्नुपर्ने र उनीहरूको भाषा बोल्न सक्नु पर्छ भनेका छन् । साहित्य लेखनमा दुुर्खिमको यो मान्यता निकै उपयोगी हुनेछ । समुदायमा प्रचलित संस्कृति बुझ्न भाषा नै पहिलो सर्त हुने छ । भाषा नजानेसम्म भाषामा प्रचलित विम्ब, सङ्केत, प्रतीक बुझ्न सकिँदैन । तिहारका बारेमा लेख्दा माला लगाइने सयपत्री, ढोकामा फोरिने ओखर र बाटो छेकिने तेललाई शब्दनुवाद गरी लेखेर वा बुझेर तिहारका सन्दर्भमा यी वस्तुले व्यक्त गर्ने सांस्कृतिक मूल्य, प्रतीक वा विम्ब बुझ्न, बुझाउन सकिँदैन । अथवा नेपाली समाजमा प्रचलित ‘चुरा फुटाइनुु’ को अर्थ शब्दमा मात्र खोज्न सकिँदैन । यसको सांस्कृतिक सङ्केत, प्रतीक वा अर्थलाई शब्दानुवाद गरेर पुग्दैन । न त नेपाली संस्कृति नबुझेको मानिसले ‘सिउँदो पुछिनु’ को सांस्कृतिक उद्घोष बुझ्न सक्छ । यी सन्दर्भमा शब्द होइनन् संस्कृति छन्, भाषा होइनन् प्रतीक÷सङ्केत छन् । पछिल्ला वर्ष नेपाली लेखक जातीय÷ सबाल्र्टन लेखनमा आकर्षित छन् । समुदायका संस्कृतिमाथि लेख्ने प्रचलन बढेको छ तर उनीहरूले इमानदारपूर्वक त्यस क्षेत्रमा बस्ने, समुदायको संस्कृतिको स्थलगत अवलोकन गर्ने, अनुभवसिद्ध लेखन÷परीक्षण (इम्पिरिकल टेस्ट) गर्नुभन्दा पनि द्वितीयक तथ्याङ्क, आर्मचियर अनुसन्धानमाथि निर्भर भएर लेख्ने गर्नाले समुदायको संस्कृतिको अपव्याख्या, अधिव्याख्या वा अल्पव्याख्या हुने गरेका छन् । 

एउटा स्पष्ट कुरा के हो भने सांस्कृतिक प्रतीक÷सङ्केतहरू पूर्णतः भौतिक वस्तु वा अवधारण होइन जो भौतिकवादीले भन्दै आए । अर्कोतर यो अमूर्त पनि होइन । प्रतीक, सङ्केत, विम्ब, मानिस वा समाजले बनाएका संज्ञान हुन् । बुझाइ हुन् । त्यसैले समाज र समय अनुसार एउटै प्रतीक, सङ्केत, विम्बको अर्थ भिन्न भिन्न हुन सक्छ । लिम्बू समुदायमा ‘मेन्दुरी प्यासाङा’ भनेको केवल एउटा ढुङ्गा मात्र होइन । कुनै विषयमा ढुङ्गालाई साक्षी राख्नुपर्ने अवस्थामा त्यो सामान्य ढुङ्गा ‘मेन्दुरी प्यासाङा’ बन्दछ । यो भनेको ढुङ्गामाथि रहेको जातीय संज्ञान (इथ्नो–कग्निसन) हो । जातीय संज्ञान बुझ्न यस्ता प्रतीकहरू उपयोगी हुन्छन् । प्रतीकताको अध्ययनले संस्कृति कसरी प्रकार्यात्मक (फङ्सनल) हुन्छ भनेर जान्न सकिने विचार मानवशास्त्री इमाइल दुर्खिमलगायत प्रकार्यवादीले व्यक्त गरेका छन् । दसैँको अष्टमी वा विश्वकर्मा पूजाका दिन सवारी साधनलाई देवताको प्रतीकमा पूजा गर्ने नेपाली समाज कसरी प्रतीकमार्फत प्रकार्यात्मक हुन्छ भनेर बुझ्न सकिन्छ । प्रतीकताले संस्कृति भाषा र मानिसको अन्तरसम्बन्धलाई प्रदर्शन÷उद्घोष (मेनिफेस्टे) गर्छ । विभिन्न प्रतीकताको धरातालमा संस्कृतिको निर्माण हुन्छ । 

साङ्केतिक÷ प्रतीकात्मक मानवशास्त्रले प्रतीकले संस्कृतिको सङ्केत गर्छ भन्छन् । नेपालमा ‘सालीलाई फकाउनु पर्दैन, गुन्दु्रकलाई पकाउनु पर्दैन’ भन्ने उखानले कति ठुलो संस्कृतिको सङ्केत गर्छ । यही हो साङ्केतिक मानवशास्त्र तर यस्ता उखान सर्वकालीन, सर्वदेशीय वा सर्वजातीय नहुन सक्छन् । 

प्रतीकात्मक मानवशास्त्रका मान्यता निम्न प्रकारका छन् । सबै समाजमा विभिन्न प्रकारका प्रतीकहरू हुन्छन्, जसले भिन्नभिन्न अर्थ दिन्छन् । प्रतीकवादीले समाजमा अर्थ निर्माण र अर्थको बुझाइका लागि प्रतीकको आवश्यकता देख्छन् । उनीहरूको विचारमा यो प्रतीक अमूर्त हुँदैन बरु मानिसले बनाएको व्यवहार वा बुझाइ हो तर आम रूपमा भन्नुपर्दा संरचनावादी (स्ट्रक्चरालिस्ट) हरूले समाजलाई संरचनाले सञ्चालन गर्छ भन्छन् भने प्रतीकवादीहरू फङ्सनालिजमसँग नजिक रहेर समाजलाई व्रिmयाशील बनाउन प्रतीकहरू कामयावी हुन्छ भन्छन् । सङ्क्षेपमा के भन्न सकिन्छ भने संस्कृतिको सन्दर्भमा प्रतीकात्मक भनेको भौतिक वस्तु पनि होइन संरचना वा संस्था पनि होइन, बरु मानव निर्मित मूर्त संज्ञान हो । प्रतीकात्मक मानवशास्त्री डेभिड स्नाइडरका अनुसार प्रतीक सामाजिक एकाइ हो संस्था होइन । 

प्रतीकले मानव व्यवहार सामाजिक गतिविधिलाई नियन्त्रण तथा मार्गनिर्देशन गर्छ । भाषा स्वयम् प्रतीक हो । प्रतीकतात्मकताले संस्कृति, भाषा र मानिसबिचको अन्तरसम्बन्धको व्याख्या गर्छ । संस्कृति प्रतीकहरूको सञ्जाल हो । सामाजिक र सांस्कृतिक प्रणालीमा प्रतीकहरू प्रकार्यात्मक हुन्छन् । संस्कृति विभिन्न प्रतीकहरूको आधारमा निर्मित हुन्छ । जनश्रुति अध्ययनकर्ताको ध्यान प्रतीकहरूमा पुग्नु पर्छ । प्रतीकहरूको विभिन्न अर्थहरू हुन्छन् जसले भिन्न सन्दर्भमा समान प्रतीकले भिन्न प्रकारका अर्थ राख्छन् । मानवशास्त्री क्लिफोर्ड गिटर््जले संस्कृतिमा प्रतीकहरूको भूमिका स्पष्ट गर्न इन्डोनेसियाको बाली टापुमा प्रचलित भाले–जुधाइ (बालिनी भाषामा टेटाडजेन साबुङ्गन) को अध्ययन (१९५८) गरी त्यसबारे उल्लेख गरेका छन् । बाली अध्ययनपछि गिटर््जले निम्न विचार व्यक्त गरे– बालीबासीका लागि भाले जुधाइ (कक–फाइट) को लाक्षणिक (मेटाफोरिक) महìवको छ, जसले बालीबासीलाई विजयी, नायक, योद्धा, महिला आशक्ति (लेडी किलर) को अर्थ दिन्छ । यो पुरुषत्वको प्रतीक हो । बालिसी संस्कृतिमा, भाले जुधाइ साहसी, बहादुर र शक्तिशाली पुरुषको लडाइँ हो, जुन खेलमा महिला (पोथी) ले भाग लिन सक्दैनन् । जितेको भालेले उनीहरूको मान, समृद्धि ल्याउँछ र उनीहरूलाई समुदायमा समृद्ध व्यक्तिको सङ्केत गर्छ । यसमा राजनीतिक सङ्केत र प्रतीक पनि छन् । कतिपय अवस्थामा इन्डोनेसियाको सरकारविरुद्ध नागरिकले गरेका विरोधको अभिव्यक्ति भनेर यस्ता प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ । नेपालमा ‘मकैको खेती’ र ‘पिँजडाको सुगा’ जस्तै । 

अनुवाद साहित्यमा प्रतीक 

भाषा साहित्य स्वयम् नै मानवशास्त्रको एक हाँगा हो, त्यसैले भाषा साहित्यमा प्रतीकात्मक मानवशास्त्रको अस्तित्व रहन्छ । मूलतः समुदायमाथिको अध्ययन र अनुवादमा प्रतीकको ठुलो भूमिका रहन्छ । ‘पोथी बास्यो भने त्यसलाई काटेर धुरी नघाउनु पर्छ’ भन्ने मान्यतालाई लैङ्गिक दृष्टिकोणबाट हेर्ने हो भने माहिलामाथि कति ठुलो ‘सांस्कृतिक– दमन (कल्चरल बार्बारिजम) देख्न सकिन्छ । जातीय साहित्य अथवा भनौँ आञ्चलिक साहित्य लेख्नेले यस्ता प्रतीकलाई बुझ्नु पर्छ । पाठकलाई बुझाउन सक्नु पर्छ र समुदायसँग पाठकलाई जोड्न सक्नु पर्छ तर यस्ता प्रतीकलाई अनुवाद गर्न सहज हुँदैन । सही सन्दर्भमा कतिपयले काव्य÷ कविताको अनुवाद हुन सक्दैन भनेका हुन् । 

अनुवादमा मात्र नभएर प्रतीकको उपयोग साहित्यको अनुसन्धानमा पनि प्रयोग गर्न सकिन्छ । प्रतीकलाई बुझ्न मानवशास्त्रीय अनुसन्धानको इमिक (आफूसहितको) र इटिक (आफूबाहेकको, गैरआफू) पद्धति अपानाउने गरिन्छ । प्रतीकको बुझाइमा पनि इटिक र इमिक पद्धतिले ठुलो प्रभाव राख्छ । गुह्वेश्वरीमा अन्डा, रक्सी चढाउने समुदाय र नचढाउने समुदायका सदस्यले ती प्रतीकमाथि कस्तो बुझाइ राख्छन्, कसरी बुझ्छन् अन्डा, रक्सी चढाउनुको जातीय संज्ञान के हो, यसबारेमा कसरी लेख्छन् र पाठकलाई कसरी बुझाउँछन् भन्ने कुराले साहित्यको अनुवाद र लेखनमा महत्व राख्छ । यसलाई जातीय संज्ञान (इथ्नो–कग्निसन) भनिन्छ । मानवशास्त्रीय अध्ययनको पुरानो ढाँचामा पढी÷सुनी जान्ने अनुसन्धाता थिए जो अर्मचियर (आरामदायी) अनुसन्धानमा रमाउँथे तर यस्तो अध्ययनले समाज र संस्कृतिको उपयुक्त व्याख्या गर्न नसकेपछि स्थलगत भ्रमणलाई महìव दिँदै इमाइल दुर्खिम, म्यालिनोस्की जस्ता मानवशस्त्रीले मूलतः मानिसलाई तिनीहरूको प्राकृतिक वातावरणमा वा परिस्थितिमा अध्ययन गर्नुपर्ने, मानिससँग प्रत्यक्ष अन्तव्र्रिmया गरेर अध्ययन गर्नुपर्ने, सामाजिक कार्यको बुझाइ प्राप्त गर्नुपर्ने र सदस्यको दृष्टिकोणमा आधारित सैद्धान्तिक कथन तयार गर्नुपर्ने, कम्तीमा छ महिना समुदायमा बस्नुपर्ने र समुदायको भाषा बोल्न सक्नुपर्ने जस्ता सर्त अघि सारे । साहित्यमा प्रतीकको जुन स्थान छ नेपालमा यसबारे गम्भीर बहस भएको छैन, जसले लेखकहरूले जातीय वा सबाल्र्टन लेखनको मोह त राख्छन् तर पाठकलाई समुदायमा पु¥याउन सक्दैनन् । यसरी लेखन र लेखक फिक्का हुन्छन् ।