आमुख– पूर्वीय यात्रासाहित्यको सुरुवात ऋग्वेदबाट नै छिटफुट रूपमा भएको पाइन्छ । ऋग्वेदको सिर्जना इसा भन्दा बिस हजार वर्ष अगाडि भएको प्रो. अनिलचन्द्र दासको दाबी छ । (डा. भोलाशङ्कर व्यास, भारतीय साहित्य की रूपरेखा, पृ.२२) ।
ऋग्वेदको पठन गर्दा सन्दर्भगत रूपमा भए पनि यात्राका कुरा उल्लेख भएको पाइन्छ । त्यसरी नै इसापूर्व छैटौँ शताब्दी वा ६०० वर्ष अगाडि रचित महाभारत तथा रामायणमा पनि सन्दर्भगत रूपमा यात्राका कुरा उल्लेख छन् । (उही, पृ.३१) । यस्तै प्रकारले पाश्चात्य यात्रासाहित्यतर्पm अध्ययन चिन्तन गर्ने हो भने ग्रिसेली महाकवि होमरले इसापूर्व करिब १००० वर्ष अगाडि ओडिसी नामक यात्रा काव्य सिर्जना गरेको पाइन्छ ।
अभिलेखमा प्राप्त हुन सम्भव नभए पनि मौखिक रूपमा वा ध्वनिमा भने पृथ्वीको सुरुवातदेखि नै अविरल रूपमा यात्रा भइरहेको यथार्थलाई नजर अन्दाज गर्न मिल्दैन । पृथ्वीमा अस्तित्वमा रहेका मूर्त र अमूर्त चिजहरूको यात्रामा निरन्तरता छ । मानिस, पशु, पन्छी, नदी, हावा, ध्वनि, प्रकाश, ग्रह, चन्द्रमा आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ । पृथ्वीको सर्वश्रेष्ठ जीव हुनका साथसाथै चेतनासहितको मान्छे भएकाले आफ्ना यात्रालगायत कुरालाई एकअर्कामा मौखिक रूपमा सुनाउने गर्दथे । अमूर्त चिजमा समेत एकापसमा कुरा नहुने हो भने लज्जावती झार बाह्य आव्रmमित समयमा सतर्क भएर पत्रपुष्प एकट्ठा हुने थिएनन् । यही दृष्टान्तलाई आधार मान्दा लेख्य पद्धतिको विकास भई नसकेको अवस्थामा प्राचीन वेदका ऋचा तथा होमरका कृति पनि सानका साथै मौखिक रूपमा नै रहेको कुरा अस्वीकार गर्न सकिन्न ।
यात्रा साहित्यको विकास र विधा मान्यता– यस शीर्षक अन्तर्गत नेपाली साहित्यमा यात्रासाहित्यबारे चिन्तन र बहस गरिनुपर्ने भएकाले नेपाली यात्रातर्फ नै ध्यान केन्द्रित गरौँ । यात्रा साहित्यको सन्दर्भमा विचारविमर्श गर्दा विसं १५५० मा राजा गगनीराजले गरेको यात्रालाई तृतीय पुरुष शैलीमा सिर्जना गरिएको सर्वाधिक पुरानो भनी स्विकारिएको छ । प्रा वासुदेव त्रिपाठीको दृष्टिमा उक्त कृति नेपाली यात्रा साहित्यको पुख्र्यौली प्रारूप वा बीजाधान ठहरिन आउँछ । (राजा गगनिराजको यात्रा, पृ.१५)।
नेपालमा लामो समयदेखि नियात्राको सिर्जना भइरहेको भए पनि विद्वान्वि/दुषीहरूको ध्यान नपुग्नाले भारतीय साहित्यमा भने सन् १९६१ तिर नै यात्रा विधाले मान्यता पाएको कुरा डा. अनिल कुमारले लेखेका छन्– “सातौँ दशक (१९६१–१९७०) यही दशकमा यात्रा साहित्यलाई एक अलग विधाको रूपमा परिचय स्थापित गरेको र यसलाई सम्मानको दृष्टिले हेरिन थाल्यो । फलतः कैयौँ प्रसिद्ध साहित्यकार यस विधातर्पm आकर्षित भए । (स्वातंत्रयोत्तर यात्रा–साहित्यको विश्लेषणात्मक अध्ययन, पृ.३३) ।” अर्का अन्वेषक विद्वान् के. सचिदानन्दनले यही कुरालाई सहमति जनाउँदै लेखेका छन्, “उन्नाइसौ‘ शताब्दीको अन्त्यतिर (भारतमा) यात्रा साहित्य जवान भएको हो । यही समयमा यात्रा साहित्य नवीन प्रमुख विधाको रूपमा भारतको आधुनिक भाषामा उदाएको पाइन्छ ।” (ट्राभल राइटिङ इन् इन्डिया, पाना ३) ।
नेपाली यात्रा साहित्य प्राचीनकालदेखि क्रमशः विकसित हुँदै आएको भए पनि नियात्रा नामकरणसहित विधागत मान्यता दिने सम्बन्धमा गहन खोज र अनुसन्धानको अभावमा निकै नै पछि मात्र वा विसं २०७८ मा प्राप्त गरेको छ । (प्रज्ञा समकालीन नेपाली नियात्राको विभागीय मन्तव्य, प्राडा गोपीन्द्र पौडेल, प्रमुख, साहित्य (समालोचना र निबन्ध) विभाग, २०७८ असार, सम्पादक : वन्दना ढकाल, पृ.७, ८)।
तर ढिलै भए पनि नियात्रा विधालाई न्याय मिलेको छ । सबै नियात्रा सर्जकले विधागत मान्यता प्रदान गर्न दिव्यदृष्टि राख्ने संस्था र महानुभावलाई कृतज्ञता ज्ञापन गर्न कत्ति पनि कन्जुस्याइँ गर्नु हुन्न ।
नियात्रा भनेको के हो ?– कोही कसैले एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम गर्दछ । यस व्रmमबाट यात्राको सूत्रपात हुन्छ र त्यसलाई अभिलेखित गरिन्छ भने यात्रासाहित्यको सिर्जना हुन्छ तर त्यही यात्रालाई सरसरती मात्र नलेखी आवश्यक मरमसला मिसावट गरी लेखिने काम भएमा नियात्राको सृष्टि हुन्छ ।
यस सम्बन्धमा नियात्रा शब्दका प्रथम प्रयोक्ता
प्रा बालकृष्ण पोखरेलका कथनलाई मनन गर्न सकिन्छ । उनले लेखेका छन्– “सत्यको निस्तो वर्णन छ भने त्यो यात्रालेख र रमरमको आनन्दबाट मुछिएको छभने चाहिँ नियात्रा कहलाउँछ ।” (बेलाइततिर बरालिँदा, भूमिका खण्ड) । यसरी नै जय छाङ्छाका अनुसार– “निजात्मक अनुभूतिका साथै निर्बन्ध सिर्जना वा यात्रा–आलेख भन्ने बुझिन्छ । अझ स्पष्ट शब्दमा भन्ने हो भने नियात्रा मौलिक अनुभूति घुलन गरिएको र पाठकले पनि स्वअनुभूतिलाई नै पठन गरिरहे जस्तै प्रतीत हुने गरी सिर्जना गरिएको निर्बन्ध यात्राको विवरण भन्ने हुन्छ ।” (आख्यानेतर गद्यविधाको सैद्धान्तिक स्वरूप, नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.७०) ।
नियात्राको जन्म भई प्राक्कालीनकाल, उद्भवकाल पार गर्दै विसं २०२६ देखि आधुनिककालमा यात्रारत छ । (छाङ्छा, नियात्रा विधा : परिचय, अनुसन्धानात्मक कृति, पृ. ९७) । अहिले शैशव तथा किशोर वय बिताएर तरुणावस्थामा रहेको छ । जुनसुकै कुराले पनि समय व्यतीत गरेर अगाडि बढ्ने क्रममा अनेकौँ परिवर्तनलाई अङ्गीकार गर्नु स्वाभाविक छ । आजभन्दा ५३० वर्ष अगाडि नेपाली यात्रासाहित्यको बीजाधान कृतिको लेखन ढाँचामा आजको दिनसम्म आइपुग्दा आनका तान परिवर्तन भई विकासतर्पm उन्मुख भएको स्थितिलाई स्विकारिनु बुद्धिमानी ठहरिन्छ ।
हवाई जहाज आविष्कारमा चराहरूको प्रेरणा रहे जस्तै नियात्राको विकासमा वैदिक ग्रन्थ, रामायण, महाभारत, पुराण आदि रहेका छन् । कुनै कुराको उत्पत्ति भएपछि विकासको साथसाथै परिमार्जित हुँदै फड्को मार्दै जानु स्वाभाविक छ । यही प्रव्रिmयालाई अङ्गीकार गर्दै नेपाली यात्रासाहित्य परिष्कृत भएर नियात्राको स्वरूपमा अनवरत अग्रगामी यात्रामा जुटेको छ ।
नेपाली यात्रासाहित्यले दीर्घायुको क्रममा आरोह अवरोहमा सङ्घर्ष गर्दै लोकप्रिय नामसहितको सौभाग्यशाली नियात्रा विधाले खुला आकाशमा स्वतन्त्रपूर्वक कावा खाँदै पखेटा फर्फराउँदै उडान भरिरहेको स्थिति छ तर परम्परावादी वा रूढग्रस्त, स्वनामधन्य सर्जकहरू, सिकारू नियात्राकारहरूले नियात्राको अर्थ, परिभाषा, महत्त्व, विशेषता, तìव तथा स्वरूपलाई उपेक्षा गर्दै सिर्जना गर्दा दिग्भ्रमित भएकोे पाइएको छ ।
नियात्राको क्षेत्र अन्य साहित्यिक विधाको तुलनामा निकै नै विशद रहेको छ । जसको तात्पर्य बुझ्न बेलायतबाट प्रकाशित हुने ग्रान्टा जर्नलका सम्पादक बिल बुफोर्डले सम्पादकीयमा प्रस्तुति गरेका कुरालाई लिन सकिन्छ– “यात्रालेखन साहित्यको याचक विधा हो; यसले संस्मरण, समाचारीय ढाँचा र आख्यानबाट महìवपूर्ण अंश सापटी लिन्छ । यो जे जस्तो भए पनि कर्तृवाच्य वा प्रथम पुरुषमा लेखिने उपाख्यान हो, जसमा जीवन्त अनुभूतिको प्रमाणीकरण हुन्छ ।” (ग्रान्टा–१०, स्प्रिङ, १९८४) ।
उल्लिखित कथनबाट स्पष्ट हुन्छ कि साहित्यका प्रायः सबै किसिमका विधासँग सम्बन्ध रहने गर्छ । संस्मरणतर्पm अलिक बढी नियात्रा झुकेको जस्तो आभास हुन्छ । विवेक राखेर सावधानीपूर्वक सिर्जना गरिनुपर्ने हुन्छ । संस्मरणमा जहिले पनि भूतकालिका क्रियापद प्रयोग हुन्छ । यसले पाठकलाई भन्दा पनि सर्जकले आफ्नो कुरालाई महìव दिएर तयार पार्ने काम हुन्छ । भूतकालिक व्रिmयापद प्रयोग गरिने भएकाले विश्वासनीयतामाथि प्रश्न उठ्ने सदैव सम्भावना रहन्छ । नियात्रामा वर्तमानकालको उपयोग गरिन्छ । यसले पाठकलाई सर्जकसँग सहयात्रा गराउनु जरुरी छ । त्यसैले नियात्रा सिर्जना गर्दा वर्तमानकालिक क्रियापदको उपयोग गरिन्छ । नियात्रा सिर्जना गर्नु भनेको वास्तविक इतिहास लेखन पनि हो । यसको प्रमाणस्वरूप पूर्वजका यात्राकृतिलाई अगाडि सार्न सकिन्छ । चिनिया यात्री फाहियानले इसापूर्व ४०० वा ३९९ तिर भारतवर्षको तीर्थयात्राका लागि चाँगगानबाट प्रस्थान गरी यात्राक्रममा लुम्बिनी आइपुगेका र पन्ध्र वर्षपछि फर्किएर चीनको सिंगचाब पुगेका थिए । (जगन्मोहन वम्र्मा, अनुवाद, चिनी यात्री फाहियान का यात्रा विवरण) ।
त्यसरी नै मार्कोपोलो सन् १२७१ मा इटलीबाट पैदल यात्रा गर्दै इसाई धर्म प्रचारका लागि खानबालिक (हाल बेइजिङ) आएका थिए । त्यसरी नै मोरोक्कन इस्लाम तीर्थयात्री इबन बट्टाले सन् १३२५–१३५४ सम्म यात्रा गर्दा भारत आइपुगेका थिए । यसतै किसिमले इसाई धर्म प्रचार गर्ने व्रmममा नेपाल आउने प्रथम युरोपेली फादर जोहन काव्राल थिए । (सी वेस्सेल्स, अर्ली जेसुइट ट्राभलर्स इन सेन्ट्रल एसिया १६०३–१७२१, पृ. १५७ र १६२) । यस सम्बन्धमा स्पष्ट हुन निम्न वाक्यांशलाई नियाल्न सकिन्छ । “जनवरीको अन्तिम हप्ता फादर काव्राल तिब्बतको सिगात्सेबाट कलकत्ताका लागि प्रस्थान गरेर सन् १६२८ को मार्च अन्तिम वा अप्रिलको पहिलो हप्तातिर काठमाडौँ आइपुगेको अनुमान गरिन्छ । हिमपातको समयमा हिमाल पार गरेर बडो कष्टपूर्वकको यात्रा गरेर काव्राल आइपुगेका थिए ।” (छाङ्छा, साङ्ग्रिलाको पुछारतिर, पृ.३३९) ।
पूर्वोक्त दृष्टान्तबाट के बुझ्न सकिन्छ भने नियात्राको सिर्जना गर्दा पाँच प्रश्नको जानकारी दिन त्यति नै जरुरी छ । जति जीवलाई अक्सिजनको आवश्यक छ– ‘कसरी’, ‘कहाँ’, ‘कहिले’, ‘किन’ र ‘को’ । नियात्राको आत्मा यिनै प्रश्नहरूसँग गाँसिएका छन् ।
‘कसरी’– भन्नाले कुन माध्यमबाट यात्रा गरेको हो भन्ने प्रश्नको उत्तर दिन्छ । हवाई जहाज, रेल तथा मोटरको आविष्कार नभएको समयमा मार्कोपोलोको अधिकांश यात्रा पैदल मान्न सकिन्छ भने सन् १८४९ मा जङ्गबहादुर बेलायत जाँदा पानीजहाजको माध्यमबाट भएको थियो । यस प्रकारले यात्राको समयमा के कस्तो सहज असहज अवस्था थियो भन्ने कुरा जानकारी पाउन सकिन्छ ।
‘कहाँ’– यसबाट गन्तव्य स्थानको यथार्थ जानकारी मिल्छ । ‘कहिले’– कुन मितिमा गएको भन्ने कुरा जनाउँछ । तिथिमिति उल्लेख हुने हुनाले वास्तविक इतिहास लेखनमा महìवपूर्ण योगदान पु-याउँछ । चीनको इतिहास लेखनमा मार्कोपोलो, भारतको इवनबट्टुटा, नेपालको फाहियान आदिका यात्रा वर्णनको सहारा लिइएको छ ।
‘किन’– बिनाकारण कुनै यात्रा हुँदैन । फाहियान, मार्कोपोलो, बट्टुटाको यात्रा धार्मिक थियो । गगनिराजले तीर्थाटन, राजकाजी काम, जग्गा प्रदान गर्ने र कतिपय सामाजिक कार्यका लागि यात्रा गरेका थिए ।
‘को’– यात्रा शब्द आपैmँ घुमफिर गर्ने नभएकाले कोही कसैबाट यात्रा हुने भएकाले नियात्रामा यसको निकै महìव छ ।
गतिशीलता– नियात्राको मुटु होभने यथार्थपरकता नसाहरूमा बग्ने रगत हो । जुन कुरा माथिका दृष्टान्तले सिद्ध गर्दछ भने संसारमा लुप्ततुल्य रहेका विविध प्रथा, प्रचलन, तथा सांस्कृतिक रहस्यहरूको उत्खनन गर्ने कार्य पनि गर्छ । नियात्राका नायक प्रत्यक्षदर्शी हुने भएकाले वास्तविक भावभूमिमा नियात्राको सिर्जना गरिन्छ । कल्पनाका आधारमा लेखिएका नियात्रा विश्वासयोग्य हुँदैनन् । त्यसबाट व्यावहारिक ज्ञान होइन । केवल मनोरञ्जन मात्र पाइन्छ । त्यस प्रकारका नियात्रालाई निबन्धात्मक र आख्यानात्मक नियात्रा भन्न सकिन्छ । सन् १७२६ मा जोनाथन स्विफ्टले रचना गरेको ‘गुलिभर्स ट्राभल्स’ काल्पनिक नियात्रा हो । स्विफ्टले सिर्जना गरेको कृतिबाट मनोरञ्जन मिले पनि उनले लेखेका स्थानहरूमा भविष्यमा घुमफिर गर्न जानेले कुनै लाभ पाउन सक्दैनन् ।
उपसंहार– वर्तमान समयमा पाठकको चाहना भनेको भूगोल, इतिहास, सत्य, यथार्थ, धर्म, संस्कृति, जनजीवन, रहन सहन, प्रचलन, व्यावहारिक कुरा तथा गर्न हुने र नहुने कुराहरूको जानकारी दिने गरी सरल, सहज, रसिलो शैलीमा सिर्जित नियात्रामा रुचि भएको पाइन्छ तर यस यथार्थप्रति अबुझकी बन्दै कतिपयले ब्लुनियात्रा (गाइड) लेखेर नियात्राको नामले चिनारी गराउन चहान्छन् भने कतिपयले कल्पना गरेर अमूक स्थानबारे यात्रा सिर्जना गरेर नियात्रा भन्न चाहन्छन् । सबभन्दा महìवपूर्ण कुरा व्रिmयापद प्रयोगमा सर्वथा हेलचक््रयाइँ गरिएको पाइएको छ । संस्मरणको संरचनामा जरुरी पर्ने भूतकालिकालाई नियात्रामा प्रयोग गरेर सुन्दर चिज निर्माण गर्न खोज्दा ऊँट हुन गएको आभास हुन्छ । पाठकलाई नियात्रा सर्जकसँगै हिँडाउन वर्तमानकालिक क्रियापद प्रयोग गरिन नितान्त जरुरी छ । नियात्रा वर्तमानको व्यावहारिक जानकारी दिने एउटा साहित्यिक विधा हो भने भविष्यका पिँढीका लागि अनौपचारिक इतिहास लेखनमा सहयोग सिद्ध हुनेहुन्छ । राजनीतिक इतिहासमा विजयीले मात्र स्थान पाउँछ भने नियात्रामा जित्ने, हार्ने, अस्तित्वमा रहेका चिजहरू, प्रचलनमा रहेका कुरा, भूगोल, जनजीवन आदि सबैलाई यथा रूपमा स्थान दिइन्छ ।
वास्तविकतालाई मेरुदण्ड मानेर थोरै कल्पनाको लेपन लगाएर सिर्जना गरिने नियात्रामा प्रथमपुरुषको हाबी हुने भएकाले जीवित प्रामाणिक मुख्य आधार मानिन्छ । त्यसैले नियात्रा अन्य विधाभन्दा विश्वासिलो, यथार्थपरक र व्यावहारिक जानकारीमूलक हुन्छ भनेर विश्वास गरिन्छ ।
तसर्थ नियात्रा सर्जक र सम्पादनमा जोडिएका सबै पक्षले यी माथिका कुरा उपर गहन चिन्तन मनन गरी सिर्जना गर्ने र प्रकाशित गराउनेतर्फ अग्रसर भएमा नियात्रा विधालाई न्याय हुने छ । साथै लोकप्रिय विधा नियात्राका पाठकसमेत लाभान्वित हुने छन् । मधुपर्क