• २९ कात्तिक २०८२, शनिबार

‘पाकिस्तानमा अध्ययन गर्ने नेपालीबाट डायस्पोरामा योगदान’

blog

काठमाडौँ, कात्तिक २९ गते । नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तानमा अध्ययन गरेर नेपाल फर्केका नेपाली अध्येताहरुको भेला आयोजना गरेको छ । 

नेपाली अलुम्नाई अफ पाकिस्तान नामक संस्थाको भेलामा पाकिस्तान सरकारको सौजन्यमा विभिन्न योजनाअन्तर्गत छात्रवृत्ति पाएका र आफ्नै लगानीमा पनि अध्ययन गरेका व्यक्तिहरु रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

समारोहमा पाकिस्तानका प्रतिष्ठित व्यक्तिका साथै ४५० जना पूर्व विद्यार्थीको उपस्थित रहेको कार्यक्रम दुई देशबिचको सम्बन्धलाई पुनः गाँस्ने, सम्झना ताजा गर्ने र बलियो बनाउने अवसरका रुपमा आयोजित थियो ।


त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले पाकिस्तानी संस्थाका चार हजारभन्दा बढी नेपाली स्नातकहरूले नेपालको विकास र विश्वव्यापी रूपमा डायस्पोरामा योगदान पु¥याइरहेको बताउनुभयो ।

उहाँले यस्ता भेला दुई देशबिचको पारस्परिक समझदारीलाई सुदृढ पार्न अमूल्य मञ्च हुने बताउनुभयो । उहाँले पकिस्तानमा अध्ययन गरेका अधिकांश पूर्व विद्यार्थीले पाकिस्तानको संस्कृति, खाना र आतिथ्य अनुभव गरेको स्मरण गर्दै त्यसले दिगो सम्झना र पारस्परिक सम्मान सिर्जना गर्न बल पुगेको चर्चा गर्नुभयो । 

पूर्व विद्यार्थीले अलुम्नाईको विस्तारित भेलाको आयोजना गरेकामा दूतावासको प्रशंसा गर्दे पाकिस्तान र नेपालबिचको सांस्कृतिक, शैक्षिक र जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे । सहभागीहरूले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, चिकित्सा नवप्रवर्तन र अन्य आवश्यकतामा आधारित विषयमा शिक्षा र तालिमको आवश्यकताबारे लाई प्रकाश पारेका थिए ।

कार्यक्रममा पाकिस्तान नेपाल पूर्व छात्र सञ्जालको सुरुवातको घोषणा पनि गरिएको थियो।