• २९ कात्तिक २०८२, शनिबार

गुल्मीमा एमालेको प्रदर्शनसहितको जनसभा

blog

तम्घासमा एमालेले गरेको सभा । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, कात्तिक २९ गते।  नेकपा (एमाले)ले गुल्मीमा जनसभा गरेको छ।  तम्घासमा भएको प्रदर्शनसहितको जनसभालाई सम्बोधन गर्न केन्द्रीय नेताले सम्बोधन गरेको छ।

एमालेका केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सचिव गोकर्णराज विष्ट, महिला नेतृ रामकुमारी झाँक्रीलगायतले यस जनसभालाई सम्बोधन गर्नुभयो। 

जनसभालाई सम्बोधन गर्दै उहाँहरुले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। देशको राष्ट्रियतासँगै लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। जेन्जी आन्दोलनपछि गृहजिल्ला गुल्मी आउनुभएका उहाँहरुले राष्ट्रियताका रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने भन्दै देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जनताले जोगाउन सक्ने बताउनुभयो। जनता नै सर्वपरि शक्ति भएको उहाँहरुको भनाइ छ। 


तम्घासका चार स्थान बाख्रेछेंडा, भगवती मन्दिर, अर्घाखाँची जिपपार्क र उधिनढुङ्गा जिपपार्कबाट र्‍याली निकाली सबै मिलनचोकमा मिसिएर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि जनसभा कार्यक्रम गरिएको छ।