• १९ असार २०८२, बिहिबार

सुकुटे र खाडी चौरका पेट्रोल पम्पहरूबाट उपभोक्ता ठगीको आरोप

blog

मङ्गलबार सुकुटे, अँधेरी सानीटार क्षेत्रका आयल स्टोरमा अनुगमन गर्दे गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक दीपेन्द्र रोकाहा, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बख्रेल लगायत । तस्बिर गाेरखापत्र

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, असार १८ गते । सिन्धुपाल्चोकका विभिन्न स्थानमा सञ्चालित आयल स्टोरहरूले उपभोक्ता ठगी र तेलमा अनियमितता गरेको गुनासो बढेपछि बुधबार सरकारी संयन्त्रले अनुगमन गरेको छ । 

गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरका निरीक्षक दीपेन्द्र रोकाहा, प्रमुख जिल्ला अधिकारी किरण थापा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुवास कार्की, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल लगायतका सरकारी अधिकारीले आयल स्टोरहरूमा अनुगमन गरेका हुन् । 

चौतारा साँगचोकगढी नगरपालिका–१०, सुकुटेस्थित सुनकोसी आयल स्टोर, बलेफी गाउँपालिका–६ र बलेफी गापा–४, अंधेरीस्थित सुनकोसी आयल स्टोर र सानीटारमा रहेको अँधेरी आयल स्टोरमा अनुगमन टोलीले आयल स्टोरको मापदण्ड, मातहत कार्यालयमा दर्ता, नवीकरण, मापन यन्त्र, लगायत उपकरणको अनुगमन गरेको गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरका निरीक्षक रोकाहाले जानकारी दिनुभयो । साथै दर्ता, नवीकरण लगायतका कागजातहरू सर्वसाधारण सबैले देख्न स्थानमा राख्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।