• १९ असार २०८२, बिहिबार

इन्डोर क्रिकेट असार अन्तिममा

blog

काठमाडौँ, असार १८ गते । नेक्सोभा स्पोर्ट्स प्रालिको आयोजनामा सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार २९ देखि ३२ गतेसम्म हुने भएको छ ।

चुनिखेलस्थित रोयल स्पोर्ट्समा हुने प्रतियोगितामा १६ क्लबको सहभागिता रहने आयोजकले बताएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिने छ ।

समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेतालाई उपाधिसहित एक लाख र उपविजेतालाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

व्यक्तिगत विधा र हरेक खेलको ‘प्लेयर अफ दी म्याच’लाई विशेष पुरस्कार प्रदान गरिने बताइएको छ ।